कृषिमा आधुनिकीकरणको आवश्यकता
काठमाडौं । मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्न व्यवसाय कृषि हो । नेपालको झन्डै दुइतिहाइ जनता आजसम्म पनि यही व्यवसायमा आश्रित छन् । यहाँको कुल गार्हस्थ उत्पादनमा उक्त व्यवसायको योगदान अन्दाजी २७ प्रतिशत छ भने आर्थिक वृद्धिदरमा ३२ प्रतिशत छ । यहाँ झन्डै २३ दशमलव पाँच प्रतिशतको रोजगारी पनि उक्त व्यवसायले दिएको छ । तर केही वर्षयता विभिन्न कारणले गर्दा यहाँको कुल गार्हस्थ उत्पादनमा उक्त व्यवसायको योगदान क्रमशः घट्दैछ । कृषिमा आधुनिकीकरण गर्न सके भविष्यमा यसमा सुधार हुने सम्भावना छ ।
आज विश्वभरि जनसंख्या वृद्धि भई आठ अर्ब नाघेको छ । यो जनभारलाई भरणपोषण गर्नका लागि कृषि विकासबाहेक अर्को विकल्प छैन । यसको लागि कुनै जमिनमा कस्तो किसिमको माटो छ सो जाँचेर मात्र कृषि कर्म गर्न उपयुक्त हुनेछ । यसो गर्न सकेमा कुनै पनि कृषि उत्पादन अपेक्षा गरेअनुरूप वृद्धि गर्न सकिन्छ ।
सर्वप्रथम त प्रत्येक कृषकलाई खाद्यान्न बाली, तरकारी बाली, फलफूल बाली र अन्य बालीहरूको लागि कस्तो किसिमको माटोको आवश्यकता हुन्छ सोको जानकारी हुनुपर्छ । त्यसपछि उपयुक्त माटोमा उपयुक्त बालीको खेती गरेमा कृषि उत्पादन तथा उत्पादकत्व बढाउन सकिन्छ । जसबाट कुनै पनि देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ ।
नेपालको झन्डै २९ लाख हेक्टर खेतीयोग्य जग्गाको माटोका डिजिटल नक्साङ्कन गर्दा ५० देखि ५५ प्रतिशत अम्लीय प्रकृतिको, चारदेखि पाँच प्रतिशत क्षारीय र ४० प्रतिशत तटस्थ प्रकृतिको छ । निःसन्देह यो तथ्याङ्कहरूबाट यहाँको माटोको उर्वराशक्ति सन्तोषजनक नभएको प्रष्ट हुन्छ ।
विगतमा रासायनिक मलको अत्यधिक प्रयोग, पीएच भ्यालुमा विद्यमान गिरावट, पोटास तत्वमा विद्यमान कमी आदि कारणले यहाँको माटोको उर्वराशक्ति घट्दै गएको कुरा यहाँको कृषि विभागद्वारा प्रकाशित एक तथ्याङ्कले इङ्गित गरेको छ । यसबाट यहाँकोे कृषि उत्पादनमा नकारात्मक प्रभाव पर्ने कुरा निश्चित भएकाले यथाशीघ्र सुधार गर्न आवश्यक छ । वस्तुतः प्राङ्गारिक मूलको उपयुक्त प्रयोगले कुनै पनि ठाउँको माटोको उर्वराशक्तिमा सकारात्मक प्रभाव पर्छ । परन्तु यहाँको खेतीयोग्य जमिनको ४० देखि ४५ प्रतिशत माटोमा प्राङ्गारिक मलको अंश न्यून, ४० प्रतिशतमा मध्यम र १५ प्रतिशतमा अत्यधिक देखिएको कुरा एक आधिकारिक तथ्याङ्कले प्रष्ट पारेको छ । भविष्यमा यहाँको माटोको उर्वराशक्ति क्रमशः घट्दै गई कृषि प्रणालीमा नै सङ्कट नआउला भन्न सकिँदैन । त्यसैले यस सम्बन्धमा यथाशीघ्र ध्यान दिन आवश्यक छ ।
नेपाल दक्षिण एसियाकै पहिलो देश हुने गरी डिजिटल नक्सा तयार गर्न समेत सफल भएको दाबी सम्बन्धित क्षेत्रले गरेको छ । यसमा हालसम्म ५७ जिल्लाबाट लगभग २३ हजार दुई सय ७३ वटा माटोको नमुना परीक्षण गरी नक्साङ्कन गरिएको एकातिर छ भने अर्कोतिर कृषकहरूले सम्बन्धित साइटहरूमा गई आ–आफ्नो जग्गाको रासायनिक पक्षबारे विस्तृत जानकारी पाउन सक्छन् । अरू जिल्लाहरूमा पनि सङ्कलन गर्ने काई जारी छ । जसमा पनि नक्साङ्कन काइले किसान मात्र नभई नीतिनिर्माता, अनुसन्धानकर्ता, कृषि प्राविधिक, निजी क्षेत्रका सेवा प्रदायक संघसंस्था र मल आयातकर्ताहरूलाई समेत माटोसम्बन्धी पूर्ण जानकारी दिने कुरा उल्लेख गरिएको छ ।
समाजका हरेक क्षेत्रमा आधुनिकीकरणले प्रवेश पाएसँगै कृषिमा पनि आधुनिक प्रविधि वा उपकरणको प्रयोग आवश्यक छ । यसले प्रत्येकका कृषिमा लगानी गर्ने आत्मबल बढ्छ । नेपालमा हालसम्म पनि माटो परीक्षण गरी खेती गर्ने प्रचलन कम छ । त्यसैले हालसम्म पनि यहाँका अधिकांश कृषकहरूमा पुर्खाले जेगरे, त्यही गर्ने प्रवृत्ति छ । तर नयाँ सुविधा प्रयोग गर्नाले प्रत्येक कृषकले सम्बन्धित वेवसाइटमार्फत माटोको रासायनिक पक्षबारे विस्तृत जानकारी लिएर त्यसअनुसार खेती गर्न सक्ने भएकाले विगतको अभ्यासमा परिवर्तन गर्न यो प्रविधि सहायक हुनेछ ।
उक्त नक्साङ्कन कृषकहरूको लागि उपयोगी हुने देखिए पनि कृषि क्षेत्रका नीति निर्माता, अनुसन्धानकर्ता, कृषि प्राविधिक, कृषि उद्यमी आदिलाई पनि प्रत्यक्ष वा परोक्षरूपमा फाइदा हुनेछ । जुन कुरा विकसित देशहरूको अनुभवबाट प्रष्ट भएको छ । वस्तुतः कुन बालीका लागि कस्तो माटो उपयुक्त हुन्छ भन्ने कुराको जानकारीविना गरिएको खेतीबाट अपेक्षित खेती नहुने भएकाले माटोसम्बन्धी डिजिटल नक्सा तयार गरी सार्वजनिक गरिएको छ ।
वर्तमान समयमा नेपाल कृषि युगको नयाँ चरणमा प्रवेश गरेको छ । त्यसैले आम कृषकले डिजिटल नक्साबारे सहज जानकारी लिई अधिकतम फाइदा पाउन सक्ने गरी सम्बन्धित पक्षबाट व्यवस्था मिलाउन आवश्यक छ । उक्त डिजिटल नक्सा चार वर्ष लगाएर तयार गरिएको हो । सार्क क्षेत्रको सबैभन्दा ठूलो देश भारतमा समेत उक्त नक्सा तयार गर्न सकिएको छैन । उक्त नक्सा कार्यान्वयन गर्ने सार्क क्षेत्रका देशहरूमध्ये नेपाल नै पहिलो हुनेछ ।
उक्त नक्सामार्फत माटोको उर्वराशक्ति, अम्लीयपन, प्राङ्गारिक पदार्थको मात्रा, माटोका बनावट, आदि गुणहरूको बारेमा कृषकहरूले सहजै जानकारी पाउने छन् । यसबाहेक कृषकहरूले आफ्नो जग्गामा उत्पादन हुने बाली, प्रयोग गर्ने मलको मात्रा, माटो सुधार गर्ने तरिकालगायतको विषयमा पनि निर्णय लिन सक्ने छन् ।
विद्यमान माटो व्यवस्थापनका लागि उक्त डिजिटल नक्सा कोशेढुङ्गा सावित हुने दाबी सम्बन्धित क्षेत्रले गरेको छ । वास्तवमा विद्युतीय माध्यमबाट तत्कालै जानकारी पाइने भएकाले यस्ता प्रविधि र सुविधामा कृषकहरूलाई अभ्यस्त बनाउनुपर्ने पहिलो चुनौती छ । यस्ता सुविधा प्राज्ञिक अनुसन्धानमा भन्दा कृषकहरूले व्यवहारमा उतार्न सक्ने गरी विकास एवम् विस्तार गर्नसके बढी फाइदा हुनेछ । किनभने यसबाट कृषि उत्पादनमा सकारात्मक प्रभाव पर्नेछ ।
उक्त नक्साको प्रयोगबाट विभिन्न किसिमका फाइदा लिन सकिन्छ । जसका लागि सरकारी तथा निजी क्षेत्रको सक्रिय सहयोग हुनुपर्छ । वास्तवमा बढी कृषि उत्पादनका लागि माटोको गुणअनुसार बाली लगाउने काम गर्नुपर्छ । योबाहेक रासायनिक मलको प्रयोग पनि माटोको गुण पहिचान गरेपछि मात्र प्रयोग गर्न उचित हुन्छ । तर नेपालको कृषकहरूलाई यससम्बन्धी राम्रो ज्ञान नभएकाले हालसम्म पनि उनीहरू परम्परागत खेती गर्दै भएकाले आशा गरेअनुरूप फाइदा लिन सकेका छैनन् ।
यहाँ कुन मौसममा के बाली लगाउने, कहाँ कति रासायनिक मल प्रयोग गर्ने आदि कुरा माटोको गुणस्तरले इङ्गित गर्न देशभर नै विद्युतीय नक्साङ्कनको आवश्यकता छ । उक्त नक्सा तयार भएपछि सरकारलाई पनि माटोको गुणस्तरअनुसार सिफारिस गर्न सजिलो हुनेछ । यसैगरी, कृषकलाई पनि विभिन्न बाली लगाउन छुट्टै माटो जचाउन आवश्यक पर्दैन । यसका लागि एउटा एप्स तयार गरिन्छ । कुनै ठाउँको माटोको बारेमा जानकारी लिन त्यसमा एक क्लिक गरे पुग्छ । जुन सर्वसाधारणको लागि सहज हुनेछ । उक्त विद्युतीय नक्साबाट माटोमा रहेको नाइट्रोजन, फस्फोरस, पोटास, अर्गानिक पदार्थ, पीएच, जिङ्क, बोरोनबारे सजिलै जानकारी लिन सकिन्छ । जसले गर्दा कृषकलाई विभिन्न बाली लगाउन सहज हुनेछ ।
माटोसम्बन्धी वैज्ञानिकहरूले गरेको परीक्षणबाट प्राप्त परिणामजस्तो धेरै नै भरपर्दो नभए पनि कृषकहरूले कम्प्युटर वा मोबाइल एप्सबाट आफ्नो खेतबारीको माटोको बारेमा एकीकृत जानकारी प्राप्त गर्न सक्छन् । जसबाट कृषकहरू लाभान्वित हुन सक्छन् । यसको साथै विभिन्न स्रोतहरूबाट सङ्कलित माटोको सूचनाको आधारमा हरेक दुई वर्षमा डेटाबेसलाई अध्यावधिक गर्न नित्तान्त आवश्यक छ । जसबाट भविष्यमा कृषकहरूले बढी फाइदा लिन सक्छन् र कृषि उत्पादन वृद्धिमा पनि सकारात्मक प्रभाव पर्नेछ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया