ईएसएस इनर्जी स्टोरेज सिस्टम : विद्युत् प्रसारणमा नयाँ क्रान्ति
काठमाडौं । पाषाण युगमा मानिसहरू शिकार गरी मासुलाई काँचै लुटेर खाने गर्दथे । यी आदिम मानवहरू केवल ढुङ्गे हतियारको प्रयोग गरी शिकार खेल्ने कार्य गर्ने गर्दथे । पाषण युगको अन्यतिर यिनीहरूले दुई रुख आपसमा ठोकिएर डढेलो लागेको बेलामा पोलिएको जनावरको मासु खाने गरे । यसरी पोलेको मासु ज्यादै मीठो हुने थाहा पाए ।
रुखहरू ठोकिएर आगो बल्छ भने ढुङ्गाहरू ठोकिएर पनि बल्छ कि भनी प्रयोगहरू भने गरे आगो बल्यो र त्यही आगोमा शिकार पोली खान थाले । अब यिनीहरूको जीवनशैली फेरियो, ढुङ्गा वा दाउराका टुक्राहरूको घर्षण गरी आगो बनाउने त्यस आगोमा शिकार गरी ल्याएको मासु पोल्ने र खाने अनि त्यो आगो बाल्ने गर्न थाले । अर्थात् आगोको सञ्चय अर्को शब्दमा भन्दा शक्तिको सञ्चय गर्न थाले । बिस्तारै–बिस्तारै कृषि युग सुरु हुन गयो । मान्छेहरू खेती गर्ने, त्यही खेतीयोग्य जमिनको नजिकै बस्ती बसाली स्थायीरूपमा नै बसोबास गर्न थाले । आगोमा पकाएर अन्न र मासु खान थाले । अब अन्न तथा मासु पकाउन र उज्यालो पनि बनाउन आगोलाई प्रयोग गर्न थाले । जाडो महिनामा शरीर तताउनसम्म आगोको प्रयोग हुन थाल्यो । बिस्तारै–बिस्तारै मानव आधुनिक हुन थाल्यो । विभिन्न बस्तीहरू बढ्न थाल्यो खेती तथा अन्य कार्यहरूको लागि मानिसहरू आवतजावत गर्न जनावरहरूको प्रयोग गर्न सक्षम भयो ।
मानव जीवन सुगम हुँदै गयो । अब कसरी जीवनलाई थप सुगम र सजिलो बनाउन सकिन्छ भनेर मानिसहरू प्रयोग र अनुसन्धानमा लाग्न थाले । यही अनुसन्धानको फलस्वरूप संसारमा कोइलाको प्रयोग रेल इन्जिन र इन्धनबाट चल्ने रेलहरू र पानी जहाजको आविष्कार भयो । अब मानिसहरूले शक्तिको महत्व हुन्छ भन्ने राम्रोसँग बुझेका छन् । जुन शक्तिको सहयोगले मानव जीवनका खाने, पकाउने, हिँडडुल गर्ने उज्यालो बनाउने, खेती गर्नेजस्ता कार्यका आयामहरू सजिलैसँग हुन सक्छ भनेर । समयको अन्तरालमा पेट्रोलियम पदार्थ प्रयोग गरी अत्याधुनिक सामानको निर्माण गरी आफ्नो गरी आफ्नो जीवनलाई सरल छरितो र सुगम बनाउने प्रकियामा पूर्णरूपले समर्पित भयो यसको फलस्वरूप संसार नै अत्यधिक विकसित र आधुनिक हुन थाल्यो । तर विडम्बना यसरी जीवाष्मको दहनबाट उत्पादित ऊर्जाको अत्यधिक प्रयोगले सारा संसार प्रदूषित हुन थाल्यो । पृथ्वीको तामक्रम बढ्न गयो, जसले गर्दा मौसम नै परिर्वतन भई ठूला–ठूला आँधी बेहरी, तुफान अतिवृष्टी, अधिक तातो, आधिक तातो, आधिक चिसो, महिनौसम्म घाम नलाग्नु, वातावरणमा सास फेर्न नसक्नु, अनेकौँ रोगव्याधिहरूले आक्रमण गर्नुजस्ता वातावरणीय कुप्रभावहरू देखिन थाल्यो । अर्थात् हावा, पानी र जमिन प्रदूषित भई मानव जीवन दुस्कर हुन गयो । मानवले यी विकासबाट सुखभन्दा दुःख पाउन थाल्यो । पृथ्वीमा नै बस्न नहुने स्थान बन्ने हो कि भन्ने चिन्ताले ग्रसित हुने अवस्था आयो । यस अवस्थाबाट ऋण पाउन मानवले विभिन्न खोज र अनुसन्धान गर्न थाल्यो र निष्कर्ष निकाल्यो कि सयौँ शक्ति, हावा, शक्ति र जलशक्तिबाट सिर्जित ऊर्जाले कुनै पनि खाले प्रदूषण वातावरणलाई गर्दैनन् भनेर त्यस्ता हरित ऊर्जाहरूको उत्पादनमा सारा संसार लाग्यो र यही शताब्दीको अन्तर्यसम्म सारा पृथ्वी नै जीवाष्मको बहनबाट उत्पादित ऊर्जाको प्रयोग शून्यमा झार्ने र पूर्णरूपमा यी नवीकरणीय ऊर्जा प्रयोग गर्ने भनी वैश्विक लक्ष्य राख्यो । पेरिस प्रोटोकल, क्योरो प्रोटकल यही प्रणको उपलब्धिहरू हुन् । अब वैश्विक लक्ष्य भनेको सम्पूर्ण पृथ्वीलाई जीवाष्ममा आधारित ऊर्जाको प्रयोगलाई निषेध गरी हरित ऊर्जामा आधारित आधुनिकता कायम गर्न हो । यस वैश्विक लक्ष्यमा सम्पूर्ण देशहरू सहमत छन् । यी नवीकरणीय ऊर्जाहरू खास समयमा वा खास ठाउँमा उपलब्ध हुन्छन् । जस्तो हावा लागेको समयमा हावाबाट विद्युत् निस्कन्छ अरू बेला निस्किँदैन, घाम लागेको बेलामा विद्युतीय ऊर्जा उत्पादन गर्न सकिन्छ, सबै ठाउँमा सकिँदैन । यसरी उत्पादित ऊर्जाहरू प्रसारण गर्नका लागि ठूलो धनराशी लाग्ने प्रसारण लाइन चाहिन्छ । अर्थात् यी हरित ऊर्जालाई सबै ठाउँमा र स्थानमा पु¥याउन नयाँ ऊर्जा भण्डारण गर्न सक्ने प्रविधि चाहिन्छ भन्नेमा संसारका विभिन्न वैज्ञानिकहरू सहमत भएर दिनरात अनुसन्धान र प्रयोगमा लागे । जसको फलस्वरूप लिथियम, आयोनमा आधारित ब्याट्रीको आविष्कार भयो र यसले सौय ऊर्जा, वायु ऊर्जा र जलविद्युत्बाट उत्पादित ऊर्जालाई ब्याट्रीमा भण्डारण गरेर मोटरकारदेखि अन्य विद्युतीय उपकरणहरू चलाउनलाई प्रयोग गर्न थाले । आजको इलेक्ट्रिक कार यही लिथिएम, आयोन ब्याट्रीमा भण्डारण भएको ऊर्जाले गर्दा सञ्चालन हुन सम्भव भएको हो ।
तर कुनै खास देश खास भौगोलिक वनावट र खास क्षेत्रमा उत्पादन हुने विद्युतीय ऊर्जाहरूलाई सानो परिमाणमा यस्ता ब्याट्रीमा भण्डारण गर्न सकिए पनि ठूलो मात्रामा उत्पादित विद्युतीय ऊर्जाको प्रसारणको लागि तारसहितको विद्युतीय ट्रान्समिसन लाइन नै तान्नैपर्ने अवस्था आजसम्म पनि छर्दैछ । बंगलादेश, भारत र चीनले नेपालमा उत्पादित विद्युत् किन्छु भने पनि खर्चिलो र झम्झटयुक्त प्रसारणलाई चाहिने अवस्थाले गर्दा ठूलो परिमाणमा विद्युत् उत्पादन गरी त्यसको बेचबिखनबाट विकास र समृद्धि ल्याउने नेपालको चाहना पूरा हुन सकेको छैन भन्ने अवस्था एकातिर छ भने विद्युत् आयात गरी देशलाई प्रदूषण मुक्त गराउँछ भन्ने चाहना पनि पूरा हुन पाएको छैन । तर खुसीको कुरा के हो भने अत्यधिक उन्नत प्रविधिको प्रयोग गरी विश्वका वैज्ञानिकहरूले ठूलो परिमाणको बिजुली भण्डारण गर्न सक्ने प्रविधि विकास गरेका छन्, जसलाई इनर्जी स्टोरेज सिस्टम(ईएसएस) भनिन्छ । यी इनर्जी स्टोरेज (ईएसएस)हरूमा एकदेखि सय मेघावाटसम्म विद्युत् भण्डारण गरी सजिलैसँग एक स्थानबाट अर्को स्थानमा लैजान सकिन्छ । यही लिथियम आयोज सानो क्षमताको टेक्नोलोजीमा उत्पादित सानो क्षमताको इनर्जी स्टोरेज सिस्टम (ईएसएस)हरूको घरेलु प्रयोगले सारा सहर ताररहित बनाउन सकिन्छ । जसको कारणले भरमा केवल आन्तरिक वायरिङ मात्र गरी बिजुली यही इनर्जी स्टोरेज सिस्टम (ईएसएस) बाट प्राप्त गर्न सकिन्छ । अब नेपालले लिथियम आयोनमा आधारित ब्याट्री साना ठूला, इनर्जी स्टोरेज सिस्टम(ईएसएस) को उत्पादन गर्ने र नेपालमा ठूला–ठूला जलविद्युत् परियोजनाहरूको निर्माण गर्न र लगानीको आह्वान गर्दा नेपाल सरकारले लगानीकर्ताहरूलाई सहुलियत दिनुपर्छ । यहाँ उत्पादित बिजुलीलाई इनर्जी स्टोरेज सिस्टममा भण्डारण गरी सजिलैसँग विदेश निर्यात गर्न सकिन्छ । त्यसैले विद्युत् प्रसारणमा इनर्जी स्टोरेज सिस्टम (ईएसएस) प्रविधिलाई एक क्रान्ति भनिएको हो । यसले गर्दा नेपालको जलविद्युत्मा ठूलो लगानी आई देश नै विकसित र समृद्ध हुन जान्छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया