पर्यटन प्रवर्द्धनमा नेपाल र भुटानको अवस्था
काठमाडौं । पर्यटन नीतिका सम्बन्धमा भन्नुपर्दा विश्वका प्रायः सबै देशका आआफ्नै खालका पर्यटन नीति रहेको हुन्छ । त्यसमा हामीले छुट्टै बहस गरिरहनु परेन । यो लेखमा चाहिँ नेपाल र भुटानको बारे लेखिनेछ । हो यसो भन्दा नेपालको पर्यटन नीति भनेको जसरी पनि धेरै संख्यामा विदेशी पर्यटक भित्र्याउने अर्थात ‘हाई क्वान्टिटी लो क्वालिटी !’ रहेको देखिन्छ भने भुटानको पर्यटन नीतिचाहिँ आफ्नो देशमा विदेशी पर्यटक धेरै खर्चिलो र कम संख्या अर्थात् ‘हाई क्वालिटी लो क्वान्टिटी’ रहेको देखिन्छ ।
भुटानको कुरो गर्दा जनसंख्या र भूगोल दुवै आधारमा हेर्दा नेपालभन्दा धेरै सानो देश हो । तर, सानो देश भए पनि भुटानबाट हामीले पर्यटन प्रवद्र्धनका सन्दर्भमा भने धेरै कुरा सिक्नुपर्ने देखिन्छ । नेपालजस्तै हिमाली र भू–परिवेष्ठित देश पनि हो, भुटान । भुगोल र जनसंख्याको आधारमा भुटान नेपालभन्दा सानो भए पनि के–कसरी धेरैभन्दा धेरै गुणस्तरीय विदेशी पर्यटक भित्र्याउन सकिन्छ ? त्यसका लागि के–कस्तो खालको पर्यटन नीति, नियम, ऐन, कानुन आदि बनाउन उपयुक्त हुन्छ ? भन्ने सन्दर्भमा भने नेपालले भुटानबाट धेरै नै सिक्न सक्छ । किनभने, भुटान र नेपाल सरकारको पर्यटनसम्बन्धी सरकारी नीति, नियम, ऐन, कानुनहरुमा आकाश–जमिनको फरक देखिन्छ । भुटान सरकारले आफ्नो देशमा केवल विदेशी पर्यटकको संख्या बढाउनकै लागि भनेर जसलाई पायो, त्यसलाई (विदेशी पर्यटक नै भए पनि) पर्यटक मानेर आफ्नो देशमा ह्वार–ह्वार्ती प्रवेश गराउँदैन । भुटान सरकारले पर्यटक भन्दै जो पायो, त्यो व्यक्तिलाई विदेशी पर्यटक भन्दै ह्वारह्वार्ती आप्mनो देशमा प्रवेशाज्ञा दिँदैन । यसले देखाउँछ कि, भुटान सरकारको ध्यान आफ्नो देशमा आउने विदेशी पर्यटकको संख्या थोरै नै होस् तर ती गुणस्तरीय (धेरैभन्दा धेरै खर्च गर्न सक्ने लक्जरी÷डिलक्स) नै हुन्, भन्नेमा निकै ध्यान दिएको छ ।
भुटान सरकारको मातहतमा रहेको पर्यटनसम्बन्धी सरकारी निकाय टुरिज्म काउन्सिल अफ भुटान (टीसीबी)ले प्रकाशन गरेको भुटान सरकारको पर्यटनसम्बन्धी नीति तथा कार्यक्रम हेर्ने हो भने के प्रस्ट हुन्छ भने कुनै पनि विदेशी पर्यटकले भुटान छिर्नेबित्तिकै प्रतिव्यक्ति दैनिक दुई सय अमेरिकी डलर खर्च गर्नै पर्छ । अझ भुटानको विभिन्न क्षेत्रको भ्रमण गर्न ट्रेकिङ, साइट सिन, जंगल सफारी, कल्चरल टुर, साइक्लिङ, बर्ड वाचिङ आदिका लागि अफ सिजन र पिक सिजन गरेर दुई सिजनमा विभाजन गरेर विदेशी पर्यटकलाई भुटान सरकारको आधिकारिक निकाय टीसीबीले प्रतिव्यक्ति प्रतिदिन खर्चको सीमा तोकिदिएको छ । जस्तो कि, अफ सिजनमा (जनवरी, फेब्रअरी, जुन, जुलाई, अगष्ट र डिसेम्बर)मा भुटान घुम्न चाहने विदेशी पर्यटकले प्रतिव्यक्ति प्रतिदिन दुई सय अमेरिकी डलरमा प्याकेज बुक गर्नुपर्छ भने, पिक सिजन (मार्च, अप्रिल, मे, सेप्टेम्बर, अक्टोम्बर र नोभेम्बर)मा भुटान भ्रमण गर्न चाहने विदेशी पर्यटकले प्रतिव्यक्ति प्रतिदिन दुई सय ५० अमेरिकी डलरमा बुक गर्नुपर्छ । मुख्य कुरो भुटान भ्रमणमा आउने विदेशी पर्यटक कम्तीमा तीन जना हुनैपर्ने नियम पनि राखेको छ भुटान सरकारले ।
साथै भुटान सरकारले आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी पर्यटकबाट लिने दैनिक दुई सय र दुई सय ५० अमेरिकी डलर (सिजनअनुसार) जुन छ, त्यसमध्ये ६५ अमेरिकी डलर ‘दिगो किासका लागि पर्यटन’ कार्यक्रमका लागि सरकारले सिधै ट्रेकिङ तथा ट्राभल अपरेटरहरुबाट कटौती गर्छ । सो रकम सरकारले निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य, गरिबी निवारण, ग्रामीण विकासका लागि भवन निर्माण आदिमा खर्च गर्छ । भुटान सरकारले आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी पर्यटकका लागि विभिन्न सहुलियत र छुटहरु पनि दिएको देखिन्छ । जस्तो, भुटान भ्रमण गर्न आउने पर्यटक पाँच वर्षभन्दा कम उमेरको भए भिसाचार्जमा ४० अमेरिकी डलर मात्रै लिन्छ भने सो पर्यटकको बाँकी सम्पूर्ण खर्च सरकारले निःशुल्क व्यहोर्छ । त्यस्तै पाँचदेखि १२ वर्ष उमेरसमूहको केटाकेटी भए डेली प्याकेजमा ५० प्रतिशत छुट दिन्छ । विद्यालय वा विश्वविद्यालयको आधिकारिक र प्रमाणित विद्यार्थी परिचयपत्र भएको र उमेर २५ वर्षसम्मको भए त्यस्तो पर्यटकले डेली प्याकेजमा २५ प्रतिशत छुट पाउँछ । साथै ११ जनाको समूह भए डेली प्याकेजमा एक जनालाई ५० प्रतिशत छुट दिन्छ । १६ जनाभन्दा माथिको समूह भए डेली प्याकेजमा एक जनालाई शतप्रतिशत छुट दिन्छ । आठ रातभन्दा बढी बिताएमा त्यस्ता पर्यटकलाई रोयल्टीमा ५० प्रतिशत छुट दिन्छ । १४ रातभन्दा बढी बिताएमा त्यस्ता पर्यटकलाई शतप्रतिशत रोयल्टी छुट दिन्छ । यसरी हेर्दा विदेशी पर्यटकबाट पैसा लिनका लागि मात्रै पैसा नलिएर भुटान सरकारले आफ्नो देशको भ्रमण गर्न आउने विदेशी पर्यटकहरुलाई विभिन्न सेवासुविधाहरु पनि दिएको देखिन्छ ।
रोचक कुरो त के छ भने, भुटान भ्रमणमा आउने विदेशी पर्यटकमध्ये ५८ दशमलव ७६ प्रतिशत ट्राभल/टुर अपरेटरमार्फत पहिले नै बुक भएर भुटान भ्रमण गर्न आउने गरेका छन् भने सन् २०१९ मा ‘टुरिज्म काउन्सिल अफ भुटान (टीसीबी)’ले निकालेको पछिल्लो तथ्यांकअनुसार भुटान आएका विदेशी पर्यटकहरुमध्ये ८९ प्रतिशतको उद्देश्य बिदा मनाउने रहेको देखिन्छ । तर, भुटान आउने विदेशी पर्यटकहरुको प्रतिव्यक्ति प्रतिदिन बसाइ अवधि भने ६ दशमलव ३५ दिन मात्रै रहेको देखिन्छ । त्यस्तै, भुटान भ्रमणमा आउने विदेशी पर्यटकहरुमध्ये ९४ दशमलव ३४ प्रतिशत पहिलो पटक आउने पर्यटक रहेका छन् ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया