बैंक ‘फेल’ भए नागरिकका निक्षेपमा के असर पर्छ ?
काठमाडौं । पछिल्लो समयमा मेडिकल व्यवसायी तथा समाजसेवी भनिने दुर्गा प्रसाइँलाई काठमाडौंको होटेल एलो पागोडामा कालो छ्याप्ने कार्य भएको थियो । सामाजिक सजाल र मिडियाहरूमा यो घटनाका बारेमा प्रकाश भएपछि नागरिकहरू पनि त्यसबारेमा चर्चा गर्न बाध्य भए । के देशका एकजना व्यापारीलाई नेताहरूको आलोचना र विरोध गर्यो भन्दैमा कालोमोसो दल्न पाइन्छ त ? हाम्रो समाजमा कुकर्म गर्नेहरूलाई कालोमोसो डल्ने र जुत्ताको माला लगाउने गरिन्थ्यो तर कसैको आलोचना र विरोध गरकै आधारमा कालोमासो दल्नु चाहिँ अनौठो विषय हो । यसबारेमा आम नागरिकहरुमा चर्चा चल्ने गरेका छन् ।
व्यापारी प्रसाइँलाई राजनीतिज्ञ एवं र समाजसेवी भनेर पनि चिन्ने गरिन्छ । त्यसो त विगतमा दुर्गा प्रसाइँ प्रचण्ड निकट हुन् । प्रचण्ड र केपी ओलीलाई एकै ठाउँ किलाएर खाना आएको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि यनी एकाएक चर्तित भएका थिए । त्यसपछि मार्सी चामल भनेर ब्राण्ड नै भएको थियो । पछि प्रसाइँ नेकपा एमालेमा प्रवेश गरेर केपी ओली निकटका गनिए तर केहीपछि उनलाई एमालेबाट निकालेको भन्ने पनि चर्चा चलेको थियो । अहिले भने उनी पूर्व राजानिकट मानिन्छन् । लोकतन्त्र वा गणतन्त्रमा आफूलाई चित्त नबुझेको विषयको विरोध र आलोचना गर्न पाइन्छ । व्यापारी प्रसाइँले पनि यही गणतन्त्र र लोकतन्त्रको लाभ मात्र लिएका हुन् । त्यसो त प्रसाइँ राजावादी भएपनि गणतन्त्र र लोकतन्त्रको लाभ भने लिने गरेका छन् । आम नागरिकहरूले लोकतन्त्रबाट लाभ लिने भनेको बोल्न पाउने एवं आलोचना र विरोध गर्न पाउने अधिकार मात्र हो । आर्थिक लाभहरू त राजनितिक दलहरू, सरकार र नेताहरू एवं निजका आसेपासेहरूले मात्रै पाउने गरेका छन् । त्यसो त पूर्व राजाको साथ पाएर प्रसाइँ अलि बढी चर्चामा रहेको भन्ने पनि सरोकारवालाहरूको भनाइ छ ।
विभिन्न दलहरूमा आफ्नो नेताहरूको मलद्वारलाई पनि हरिद्वार देख्ने झोले नेता कार्यकर्ताहरू भएसम्म नेताहरू सुध्रिने वाला छैनन् भने देश सुध्रिने वाला पनि छैन । यसरी नेताहरूलाइ बिगार्ने र घमण्डी बनाउने नै त्यस्ता लम्पट् कार्यकर्ताहरू हुन् । आफ्ना नेताहरूको आलोचना र विरोध ग-यो भनेर कसैमाथि कालो छ्याप्ने भनेको अराजकता हो । लोकतन्त्रमा र गणतन्त्रमा विरोध र आलोचना गर्न पाइँदैन र ? आफ्ना नेताहरूले भने एकअर्कालाई गालीगलोज गर्दा किन बोल्दैनन् ती कार्यकर्ताहरू ?
पछिल्लो समय देशमा भ्रष्टाचार, घुसखोरी, कमिसनखोरी, नातावाद, कृपावाद र फरियावाद व्याप्त छन्, यसकारणले पनि विभिन्न राजनितिक दलहरू र नेताहरूदेखि वितृष्णा बढ्दैछ । त्यसो त नेता कार्यकर्ताहरू मात्र नभई कतिपय जनताहरू पनि अश्लील र अराजक बन्दै गएको पाइन्छ । लोकतन्त्र र गणतन्त्रमा जसले जे गरे पनि हुने होला भनेर कतिपयले आफ्नो पेशामा पनि अश्लीलता प्रदर्शन मात्र गरेका छैनन्, सामाजिक सञ्जालहरूमा प्रत्य रूपमै छाडा बोल्ने गरेका छन् ।
मेडिकल व्यवसायी प्रसाइँले पनि कालोमोसो दल्ने जत्था तयार गरेका छन् भन्ने पनि चर्चा छ । बैंक तथा वित्त कम्पनीहरूले मनपरी ढङ्गले चर्को ब्याज लिने गरेको कारणले ऋणीहरूले आत्महत्या समेत गर्ने अवस्था सिजर्ना भएको भनी विश्लेषण गर्ने गरिएको छ । त्यसो त बैंकहरूले ब्याज नघटाएमा र ब्याज मिनाहा नगरेको खण्डमा बैंकका कर्मचारीहरूलाई जहाँ भेटे पनि कालोमोसो दल्ने भनेर दुर्गा प्रसाइँले जत्था तयार गरेको भन्ने पनि चर्चा छ । व्यापारी दुर्गा प्रसाइँ बैंक तथा वित्त कम्पनीहरूको र मारवाडी समुदायको कटु आलोचक र विरोधीका नामले बढी चिनिन्छन् । प्रसाइँले बैंक तथा वित्त कम्पनीहरू सीमित व्यापारीहरूको हातमा र केही मारवाडी समुदायको हातमा रहेको बताउँदै आइरहेका छन् । बैंक तथा वित्त कम्पनीहरू सीमित मारवाडी समुदायहरूले मात्र चलाईरहेका कारणले आम नागरिकहरूले लाभ लिन नसकेको भन्ने पनि प्रसाइँको भनाइ रहेको छ । प्रसाइँको बैंक तथा वित्त कम्पनीहरूले मनोमानी ढङ्गले चर्को ब्याजले गर्दा ऋणीहरूले साँवा–ब्याज तिर्नसमेत नसकेकाले बैंकहरूले ब्याज मिनाहा गर्नुपर्ने भनाइ पनि प्रसाइँको रहेको छ ।
सरोकारवालाहरूले दुर्गा प्रसाइँलाई लघुवित्त कम्पनीहरूको पनि विरोधी रहेको बताउने गरेका छन् । व्यापारी दुर्गा प्रसाइँ लघुिवत्त कम्पनीहरूको विरोधमा लागेका कारणले कतिपय लघुवित्त कम्पनीहरूले समस्या भोग्न परिरहेको भन्ने पनि आरोप उनीमाथि लाग्ने गरेका छन् । केही स्थानहरूमा त लघुवित्त कम्पनीहरू विरुद्ध लघुवित्तका ऋणिहरूले आन्दोलन समेत गरेका छन् । व्यापारी प्रसाइँको भनाइमा लघुवित्त कम्पनीहरूले ऋणीहरूको घर गोठसमेत सखाप पारेका छन् । लघुवित्त कम्पनीहरूका विरुद्धमा लघुवित्तका ऋणीहरूलाई लगाएको आरोप समेत प्रसाईँलाई लगाउने गरिएको छ । लघुवित्त कम्पनीहरूका बारेमा कतिपय ठाउँमा दुर्गा प्रसाइँ ठिक होलान् त कतिपय ठाउँमा बेठिक पनि होलान् । सबै लघुवित्त कम्पनीहरू यस्ता चाहिँ पक्कै नहोलान् ।
बैंक तथा वित्त कम्पनीहरू हुन् वा लघुवित्त कम्पनिहरू नै किन नहोउन्, आम नागरिकहरुले ऋण लिँदा समयमा ऋण तिर्नुपर्ने हुन्छ । कसैसँग ऋण लिएर ब्याज चर्को भयो भनेर ऋण नतिर्ने भन्नु पनि अराजकता होइन र ? बैंक तथा वित्त कम्पनिहरूले पनि सेवा आफ्नो व्यवसाय गरेका हुन्छन् । व्यवसायमा नाफा कमाउनु आम विषय हो । यदि बैंक तथा वित्त कम्पनीहरूले मनोमानी ढङ्गले ब्याज र विभिन्न अनावश्यक शुल्कहरू लिएर ऋणीलाई ज्यादति गरेको खण्डमा यसको नियमन गर्ने दायित्व नियामक निकाय नेपाल राष्ट्र बैंकको हो । यस्तोमा सर्वसाधारणले घच्घच्याउने भनेको नेपाल राष्ट्र बैंकलाई हो ।
बैंक तथा वित्त कम्पनीहरूमा आम नागरिकहरूको पनि लगानी रहेको हुन्छ भने आम नागरिकहरूबाट निक्षेप संकलन गरेर नै ऋण दिइने हो । बैंकहरूले छरिएर रहेको पुँजीलाई एकत्रित गर्ने काम गरेका हुन्छन् । बैंक तथा वित्त कम्पनीहरूले यसरी एकत्रित गरेको पुँजीलाई विभिन्न उद्योग र व्यापार–व्यवसायमा लगानी गर्नको लागि कर्जा दिने हो । बैंकहरूलाई फेल गर्ने काम भए वा बैंक फेल भए भने आम नागरिकहरूको रकम पनि फेल हुन्छन् । बैंक तथा वित्त कम्पनीहरूमा सर्वसाधारण लगानीकर्ताहरूको लगानी रहेको र आम नागरिकहरूको निक्षेप समेत रहेको बैंकहरुले चर्को ब्याज लियो वा लिने गरेको छ भनेर साँवा ब्याज नतिर्ने भन्न मिल्छ र ? बैंक तथा वित्त कम्पनीहरूले मनोमानी ढङ्गले चर्को ब्याज लिने गरेका छन् भने यसको नियन्त्रण गर्ने काम नेपाल राष्ट्र बैंकको हो ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया