सक्दो धेरै भारतीय र चिनियाँ पर्यटक भित्र्याऔँ
काठमाडौं । अहिलेसम्मको तथ्याङ्कमा भारतीय नागरिकहरू वर्षेनि धेरै संख्यामा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकका रूपमा दरिने गरेका छन् भने अलिक अगाडिसम्म दोस्रो नम्बरमा धेरै संख्यामा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकचाहिँ बेलायत, जापान, अमेरिका, फ्रान्स, अस्ट्रेलिया आदि देशका नागरिकहरू हुने गर्थे । सर्वसाधारण चिनियाँ नागरिकहरूलाई चीन सरकारले भने सन् २००३ देखि मात्रै नेपालमा पर्यटक भएर आउने अनुमति दिन थाल्यो । तापनि चिनियाँ सर्वसाधारण नागरिकहरूले नेपालमा पर्यटकका रूपमा आउन थालेको छोटो समयमा नै नेपाल आउने विदेशी पर्यटकको संख्यामा चिनियाँ पर्यटकहरू दोस्रो ठूलो संख्या हुन थालेका छन् ।
नेपालमा सन् २००३ को पहिलो वर्ष सात हजार पाँच सय ६२ जना सर्वसाधारण चिनियाँ नागरिकहरू पर्यटकका रूपमा नेपाल भ्रमणमा आएका थिए । त्यसयता कोरोना महामारी (कोभिड–१९) सुरु नभएसम्म चिनियाँ पर्यटकको संख्यालगातार बढेको बढै छ । तर सन् २०१९ को कोरोना महामारीपछि चाहिँ हालसम्म चिनियाँ पर्यटक प्रायः तेस्रो/चौथो स्थानमा रहने गरेको छ । आशा गरौँ, सन् २०२४ पछि विस्तारै दोस्रो हुँदै पहिलो स्थानमा आइपुग्ने छन् । हुन पनि नेपाल र चीनबीच धेरैवटा हवाई कम्पनीहरूले चीनको धेरै स्थान (सहर) मा हवाई उडानको व्यवस्था हुन सके चाँडै सम्भव देखिन्छ ।
सन् २०१९ को अन्तिम ताका चीनको दक्षिणपूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट फैलन सुरु भएको नोभेल कोरोना भाइरस (कोभिड–१९) को पहिलो लहरले विश्वलाई नै ‘त्राहीमाम ! त्राहीमाम !!’ बनाएको हुँदा केवल नेपालका लागि मात्रै नभएर विश्वका धेरै विकशित देशहरूका लागि पनि ‘सुनको फूल पार्ने कुखुरी’ पर्यटक अर्थात् चिनियाँ पर्यटकहरू सन् २०२० र २०२१ मा कम मात्रै चिनियाँ पर्यटकहरू विदेश भ्रमणमा निस्किएका थिए । हुन पनि जति नै महँगो सरसमान होस्, आपूmलाई मन परेपछि त्यस्तो सरसामान अथवा चिजबिजहरू किन्न कन्जुस्याइँ गर्दैनन्, चिनियाँ पर्यटकहरू त्यसमा पनि चिनियाँ महिलाहरू शौखका चिजबिजहरू धेरै किनमेल गर्छन् । तर अझै पनि नोभेल कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई पहिलो, दोस्रो, तेस्रो, चौथो र, पाँचौँ लहरले ‘त्राहीमाम !, त्राहीमाम !!’ बनाइरहेको यो बेला कोही पनि मानिसहरू ढुक्कले बाहिर–फेर (विदेश) घुम्न निस्कने अवस्था तयार भइसकेको छैन ।
त्यसो त फेरि पनि भन्नुपर्दा लामो समयदेखि नेपाल आउने विदेशी पर्यटक सबैभन्दा धेरै भारतबाट आइरहेका छन् भने भारतीय नागरिकहरूलाई भिसा शुल्क लाग्दैन । चिनियाँ पर्यटकका लागि भने १५ दिन, ३० दिन र ९० दिने प्रवेशाज्ञा जारी गर्ने गरेको छ । त्यसो भए पनि अबको केही वर्षपछि कोरोना महामारी (कोभिड –१९) ठीकठाक भएपछि नेपाल आउने विदेशी पर्यटकको ठूलो संख्या उत्तरको छिमेकी देश चीन हुने पक्का जस्तै देखिन्छ । विगत केही वर्षदेखि विश्वकै पहिलो नम्बर (धेरै संख्यामा पर्यटक भएर विदेश घुम्ने र प्रतिव्यक्ति दैनिक धेरै खर्च गर्ने) को रूपमा विदेशी पर्यटक भएर विदेश घुमिरहेका र सबैभन्दा धेरै दैनिक खर्च गरिरहेका त्यही चिनियाँ पर्यटकहरू नेपाल भ्रमणमा किन कम संख्यामा आउँछन् र उनीहरूले नेपाल भ्रमणमा आउँदा किन कम खर्च गर्छन् ? यस विषयमा पनि हामीले बेलैमा सोच्नुपर्ने देखिन्छ । त्यसमाथि नेपाल आउने चिनियाँ पर्यटक भनेका छोटो यात्रामा निक्लने र कम खर्च गर्ने खालका थिए । अझ सन् २०२० र २०२१ मा त चिनियाँ पर्यटकहरू काहीँकतै पनि ठूलो संख्यामा भ्रमण गर्न निक्लेनन् ।
त्यस्तै, चिनियाँ पर्यटकहरू नेपालमा चार/पाँच दिनदेखि नौ÷१० दिनसम्म बिताउनेहरू बढी आउने गरेका छन् । हुन त चिनियाँ पर्यटकहरू कुनै पनि देशको भ्रमणमा निक्लिँदा ट्रेकिङ, र्याफ्टिङ, जंगल सफारी, बञ्जी जम्पिङ, प्याराग्लाइडिङ, साइक्लिङ, क्यानोइङ आदि पनि गर्ने भएकाले चिनियाँ पर्यटकबाट टुर अपरेटरहरूलाई आर्थिकरूपमा भने भारतीय पर्यटक हेरी चिनियाँ पर्यटकबाट फाइदै फाइदा देखिन्छ । त्यसो भए पनि हामीले सन् २०२४/०२५ देखि बढ्ने पर्यटकीय गतिविधिबाट डिलक्स, लक्जरियस र सक्दो खर्च गर्न सक्ने र कम्तीमा आठ/दश दिनदेखि १४/१५ दिनसम्म बिताउने खालका चिनियाँ पर्यटकका साथै भारतीय पर्यटकहरू सक्दो धेरै भित्र्याउने प्रयासमा अहिलेदेखि लाग्नुपर्ने देखिन्छ ।
त्यसो त नेपाल आउने विदेशी पर्यटकहरू सकेसम्म कम खर्च गर्नेहरू छन् । तर चिनियाँ पर्यटकहरू ‘मक्खिचुस’ नै भने होइनन् । किनभने, गत केही वर्षअघिदेखि संयुक्त राष्ट्र संघ सम्बद्ध संस्था युएन–डब्लुटीओलगायत विश्व पर्यटनसँग सम्बन्धित संघ–संस्थाहरूले गरेको विभिन्न अनुसन्धान गरेर निकालेको तथ्याङ्कहरूमा चिनियाँ पर्यटकहरू लगाताररूपमा विश्वकै धेरै खर्च गर्ने पर्यटकमा गनिएका छन् । त्यतिमात्रै होइन, चिनियाँहरू संख्याकै आधारमा पनि विश्वका धेरै संख्यामा विश्व भ्रमणमा निक्लिने पर्यटकका रूपमा दरिएका छन् । सायद अब पृथ्वीको अस्तित्व रहेसम्म चिनियाँ पर्यटकहरूको संख्या र खर्च गराई दुवैलाई अन्य देशका पर्यटकहरूले उछिन्न सक्ने छैनन् ।
विभिन्न तथ्य–तथ्याङ्कमा जनाइएअनुसार सन् २०२१ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या गत दुई वर्ष (सन् २०१९ र २०२०) को भन्दा धेरै कम रहेको छ । अर्थात् सन् २०२१ मा एक लाख ५१ हजार चानचुन विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेका छन् । तथापि पनि विस्तारै घुमफिर गर्न सक्ने अवस्था आएपछि हामीले छिमेकी देश भारत र चीनबाट सक्दो धेरै अर्थात् ठूलो संख्यामा पर्यटकहरू नेपाल भित्र्याउनेतर्फ पहलकदमी लिनुपर्ने देखिन्छ । अझ त्यसमा पनि सक्दो धेरै खर्च गर्र्ने खालका भारतीय पर्यटक र चिनियाँ पर्यटकहरू भित्र्याउनेतर्फ अहिलेदेखि नै हामी लागि पर्नुपर्ने देखिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया