भ्यु टावर निर्माणमा रमाउने नेता
काठमाडौं । झापाको दमकमा करिब दुई अर्ब खर्चिएर बनिरहेको १८ तल्ले भ्यु टावरको उपयोगिताबारे पूर्वप्रधानमन्त्री केपी ओलीले राम्रो प्रशंसा र व्याख्या गरे । उनको त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल पनि भयो । नेपालमा बन्ने अग्लाअग्ला भ्यु टावरहरूले देश र जनतालाई केपी ओलीले भनेजस्तै उपयोगी हुन त के यसले आमनागरिकहरूको दैनिक आवश्यकता पूरा गर्छ त ? के भ्यु टावर बनेपछि चिनीको हाहाकार हुँदैन र यसले दीर्घकालीनरूपमा आमनागरिकलाई रोजगारी दिन्छ त ? आमनागरिकलाई दीर्घकालीन रोजगारी सिर्जना गर्नका लागि भ्यु टावर होइन उद्योग फ्याक्ट्री र कलकारखानाहरू सञ्चालन गर्नु पर्छ । प्रधानमन्त्री भइसकेको व्यक्तिले यति पनि नबुझेको भ्यु टावरमा लगानी भनेको अनुत्पादक क्षेत्रमा गरिएको लगानी हो । यसले हामीलाई परनिर्भरतामा धकेलिन्छ न यसले देशको आमनागरिकहरूको दैनिक आवश्यतहरू नै पूरा गर्छ । यसरी अनुत्पादक क्षेत्रमा लगानी गर्दा देशलाई आयातमुखी बनाउँछ प्रश्न धेरै छन् । त्यसो त भ्यु टावरहरू केपी ओलीको प्रधानमन्त्रीको पालामा नै धेरैजसो भ्यु टावरहरू निर्माण भएको छभन्दा पनि फरक नपर्ला । काठमाडौंको केन्द्रमा रहेको सन्ुधारमा ४ अर्बको बजेटमा निर्माण गरेको केपि ओलिको लागि धरहरा भए पनि अरुको लागि भने झील्के टावर सेतो टावर बिजनेस टावर भएका छन । त्यसैगरि के पि ओलिले बखान गरेको झापा दमकको भ्यु टावर लगभग दुई अर्बको बजेटमा निर्माण भएको भन्ने जानकारहरूको भनाइ छ ।
त्यसैगरी, काठमाडौंको केन्द्रमा कमलादीमा बनेको स्काई वाक टावर लगभग दुई अर्बको बजेटमा निर्माण भएको जानकारहरू बताउँछन् । यी सबै लगानीहरू अनुत्पादक क्षेत्रका लगानीहरू हुन् । देशको लगानी भनेको अनुत्पादकमा होइन उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ हाम्रो देश पछिल्लो समयमा परनिर्भतामा गइरहेका छन् । देशका आम नागरिकहरूका लागि अतिआवश्यकीय उपभोग्य सामानहरू विदेशबाट आयातगरी ल्याउन परिरहेको छ । पछिल्लो समयमा मात्रै देशमा चिनीको हाहाकार भयो देशमा चिनी कारखानाहरू खोलेनन् । भएका कारखानाहरू पनि धमाधम बन्द भए । कृषकहरूले उखुको उत्पादन गरेनन् देशका युवापुस्ताहरू धमाधम आफ्नो खेतबारी बाँँझो राखेर घरखेत बन्धकमा राखेर विदेशिए । तर लगानीकर्ताहरू भने भ्यु टावरजस्तो अनुत्पादक क्षेत्रमा लगानी गरिरहेका छन् भने प्रधानमन्त्री भइसकेको व्यक्ति भने भ्यु टावर निर्माण गरेकोमा गर्व गरिरहेका छन् । यो नै देशका लागि विडम्बना हो । हामीले कस्ता–कस्ता प्रधानमन्त्रीहरू पायौं ? विगतमा नेपाल कृषि प्रधान देश थियो मैले स्कुल कलेजमा पढ््रदा नेपाल कृषि प्रधान देश भनेर पढेका थियौ । तर अहिले कृषि प्रधान नभएर आयातप्रधान देश हुने भइसक्यो । विगतमा नेपाल कृषिमा आत्मनिर्भर थियो । नेपालले कृषिमा आधारित सामग्रीहरू विदेशमा निर्यात गथ्र्यो तर पछिल्लो समयमा हामी परनिर्भर भइरहेका छौँ ।
देश कृषिप्रधान नभई आयातप्रधानमा परिणत भइरहेको छ । देशका आमनागरिकहरूको दैनिकी आवश्यक सामानहरू विदेशबाट ल्याउन परिरहेको छ । विदेशबाट नआए आमनागरिकहरूले आफ्नो दैनिक जीवनयापन गर्न नसकिने हो कि भनेर चिन्ता लिन परिरहेको छ । पछिल्लो समयलाई नै हेर्ने हो भने एक किलो चिनी लिनका लागि घण्टौ लाइनमा बस्नुपरेको छ । तर नेताहरू भने भ्यु टावर बनाएकोमा गर्व गरेर भाषण दिने गरेका छन् । यी र यस्तो फन्टुस नेताहरूले गर्दा आमनागरिकहरूले समस्या भोग्न परिरहेका छन् । नेपालमा कुबुद्धि भएका नेताहरू मात्र छैनन्, आमनागरिकहरू पनि कृषि उद्योग कलकारखानाहरूमा लगानी गर्नुभन्दा पनि भ्यु टावर मलहरू अपार्टमेन्टहरू रियलस्टेटहरूमा लगानी गरिरहेका छन् । यदि झापाको दमकमा बनेको कमलादीमा बनेको सुन्धारामा बनेको भ्यु टावरहरूको सट्टा उद्योग कलकारखानाहरू खोलेको भए देश र जनताका लागि फाइदा हुने थियो । तर यी भ्यु टावरहरूले देश र जनताका लागि खासै फाइदा दिँदैन । यसले न पर्यटन उद्योगलाई नै बढावा दिन्छ । यस्ता भ्यु टावरहरू हेर्नका लागि विदेशी पर्यटकहरू आउँदैन । विदेशमा नै अग्लाअग्ला राम्रा–राम्रा टावरहरू छन् । त्यसो त कतिपय सरोकारवालाहरूको भनाइमा सरकारले देशमा लगानीको वातावरण नै बनाइदिएन सरकार आफ्नो सत्ता बचाउन नै तल्लीन छन् । सरकार, देश र जनताको लागिभन्दा पनि आफ्नो स्वार्थका लागि काम गरिरहेका छन् । त्यसो त भ्यु टावर धेरै उपयोगी छन् यसको उपयोगिताको बखान गरेर गर्व गर्ने नेताहरूले देशको सरकारको नेतृत्व गरेकाले पनि देशमा उत्पादनशील क्षेत्रमा लगानीको वातावरण बनाउन नसकेको हो कि ।
भनिन्छ, पछिल्लो समयमा ८० लाख जति नेपाली युवाहरू रोजगारको लागि अध्ययनको लागि विदेशमा छन रे भनेर जानकारहरू बताउँछन् लगभग दुई करोड ९२ लाख जनसख्या भएको नेपालमा ८० लाख विदेशमा कस्तो विडम्बना ? के त देशमा रोजगारी नभएर विदेशिएका हुन् त ? के देशमा राम्रो कलेज नभएर विदेशमा अध्ययनका लागि नेपाली गएका हुन् त ? नेपालीहरू देशमा रोजगारी छैन भनेर विदेशिएका छन् तर विदेशीहरूले नेपालमा काम गरेर नेपालबाट महिनामा अरबौँ रेमिट्यान्स विदेश लैजाने गरेको बताइरहेका छन् सरोकारवालाहरू । विदेशीहरूले नेपालमा काम पाउने, नेपालीहरूले मात्र काम नपाउने हो त ? देशका गाउँघर पछिल्लो समयमा युवाविहीन भइरहेको छ । पछिल्लो समयमा लासले दुई÷तिन दिनछोराहरू कुरिरहनु परेको छ । पहिले छोराहरूले बाबुआमाको लास कुरिरहन्छन् भने पछिलो समयमा भने बाबुआमाको लासले छोराहरू कुरिरहन परेको छ । अधिकांश युवाहरू आफ्नो घरखेत बन्धकमा राखेर विदेश गइरहेका छन् । गाउँघरका खेतबारीहरू सबै बाँझो छन् तर सरकार भने रेमिट्यान्समा रमाइरहेको छ । कतिपय लगानीकर्ताहरू चिनी कारखानामा लगानी गर्नेभन्दा पनि भ्यु टावरमा लगानी गरिरहेका छन् भने प्रधानमन्त्री भइसकेको व्यक्ति भने भ्यु टावर बनाएकोमा गर्व गरिरहेका छन् । अनि कृषिमा क्रान्ति कसरी आउँछ देशमा कलकारखानाहरू कसरी खुल्छ ? देशमा कसरी रोजगारी बढ्छ ?
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया