Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगखानेकुरामा किन ध्यान दिने ?

खानेकुरामा किन ध्यान दिने ?


काठमाडौं । यो लेख मेरै जीवनमा म आफैंले भोगेको अनुभवको आधारमा लेखेको हुँ, लेख्दैछु । भनाइको मतलब म आफू विषयविज्ञ अर्थात् मुटुको सम्बन्धी डाक्टर होइन । तथापि म आफू विषय विज्ञ अर्थात् डाक्टर नभए पनि एक हृदय–मुटु (माइयो–कर्डियो÷माइ–कार्डियो) रोगी भने अवश्य नै हुँ । त्यसैले मैले यो लेखमा सकेसम्म म आफूले भोगेको र आफूले गरेको अनुभव अनि अनुभूतिहरूलाई आधार मानेर यो लेख लेख्दैछु ।

भनिन्छ, विश्वमा वर्षेनि दुई करोड मानिसहरू विभिन्न खालका हृदय–मुटु रोगका कारण मरिरहेका छन् । अध्ययनकर्ताहरूले पछिल्लोपटक अध्ययन गरेको निष्कर्षअनुसार विश्वमा जति पनि मानिसहरू विभिन्न रोगका कारण मर्छन्, त्यसमा हृदय–मुटु रोगीहरू मर्ने क्रम पहिलो नम्बरमा रहेको छ । त्यति मात्रै होइन कि विश्वमा विभिन्न महामारी, दुर्घटना, एचआईभी एड्सलगायतका कारण मर्ने मानिसहरूको संख्याभन्दा बढी विभिन्न खालका हृदय–मुटुरोगीहरू मरिरहेका छन् । त्यसैले हृदय–मुटु रोगीहरूले आफ्नो आयु लम्ब्याउन के–के खाने कुराहरू खाने, कति खाने ? अनि के–के खाने कुराहरू नखाने, किन नखाने ? भन्ने सम्बन्धमा मेरो आफ्नै अनुभवका आधारमा अनुभूतिजन्य ढंगले गर्दैछु । किनभने हाम्रो जीवन भनेको वास्तवमा हाम्रो आफ्नै हातमा हुने रहेछ । त्यसैले हामी हृदय–मुटु रोगीहरूले त आफू लाई हृदय रोग लागेको थाहा पाएपछि धेरै नै होसियार भएर के–के खाने, के–के नखाने ? अनि कति खाने, कसरी खाने भन्ने सम्बन्धमा ध्यान दियौँ भने हाम्रो जीवनलाई केही बढी समय बचाउन सक्छौँ ।

हृदय–मुटु रोगीहरूले सकेसम्म ताजा र हरियो तरकारी, घ्यु सिमी, गुलाबी भिण्डी, गुलाबी रंगको बन्दाकोबी, गुलाबी रंगको मुला, चुकन्दर, ताजा फलफूल, ताजा सलाद, नट्स, तोरीको तेल, जैतुन (ओलिभ आइल)को तेल, माछा, छाला फालेको सेतो मासु (कुखुरो, हाँस, बंगुर आदि) उवा, जौ, फापर, गहुँ, कोदो, मकै (धानजन्य खाना कम खाने)बाट बनेको खाने कुरो खाने गर्नुपर्छ । हुन त हामीलाई भात नै खानुपर्ने बानी परेको हुन्छ । त्यसैले भात नै खाए पनि अलि कम खाने, माछामासु, तेल, अण्डा, डिब्बामा बन्द गरिएका जुसहरू, फलफूल, तरकारी, प्याकिङ गरेको अन्य खाद्यपदार्थ र चिजबीजहरू धेरै हिटमा खारेको घ्यु, पनिर, मोजिला, दही आदि खानेकुरो सकेसम्म हृदय रोगीहरूले खाँदै नखानु राम्रो हो । कहिलेकाहीँ बाध्यताले गर्दा (आफूले सधैं खाने कुरो नपाउँदा) आफूले सधैं खाने गरेको खानेकुरोहरू पाउँदै नपाएमा थोरै मात्रामा खानुपर्छ । तर आर्थिकरूपमा साह्रै कमजोर मानिसहरूलाई ह्रदय रोग लागि हालेमा के गर्ने ? किनभने आर्थिकरूपमा कमजोर व्यक्तिले त्यसरी दैनिकरूपमा खानेकुरो बार्न सम्भव हुन्छ त ? भन्ने पनि हुँदो रहेछ । त्यसको उदाहरण म आफैं छु । हामीले सधैं त्यसरी ताजा र हरियो तरकारी, घ्यु सिमी, गुलाबी भिण्डी, गुलाबी रंगको बन्दाकोपी, गुलाबी रंगको मुला, चुकन्दर, ताजा फलफूल, ताजा सलाद, नट्स, तोरीको तेल, जैतुन (ओलिभ आइल)को तेल, माछा, छाला फालेको सेतो मासु (कुखुरो, हाँस, बंगुर आदि) उवा, जौ, फापर, गहुँ, कोदो, मकै (धानजन्य खाना कम खाने)बाट बनेको खानेकुरो खान नसेक पनि सिस्नो, साग, आलु, आँटा, ठीकठीकै दाममा पाइने तरकारीहरू किनेर खान सकिन्छ ।

अझ भेगनहरूको भनाइअनुसार त हामीले माछा–मासुबाट पाउने हरेक तत्वहरू, फलफूल र सागपातबाटै पाउन सक्छौँ । त्यसैले हामीले खानाका साथ ठीक मात्रा मिलाएर दैनिकरूपमा फलफूल र सागपात खाएमा फलफूल र सागपातबाटै माछामासुबाटै हामीले पाउने हरेक तत्वहरू पाउन सक्छौँ । तर खानेकुरो खाँदाखेरि सकेसम्म मात्रा मिलाएर ठीक समयमा खाने गर्नुपर्छ । के भनिन्छ भने धेरै मानिसहरू बिरामी हुने अनेक कारणहरूमा उसले खानेकुरो खानु नजानेर र खाने समय नमिलाएर पनि हो । त्यसैले मानिसले खानेकुरो खाँदा सकेसम्म मात्रा मिलाएर र ठीक समयमा खाने गर्नुपर्छ । किन यसो गर्ने ? धेरैलाई थाहा नहुन सक्छ । किनभने हामीले मेसिन वा कल–कारखानालाई नै एक उदाहरण मानौँ । निर्जीव मेसिन वा कलकारखानालाई पनि निश्चित समयसम्म काम गरेपछि आराम चाहिन्छ । मानिसलाई त झनै त्यसमाथि हाम्रो मुख्य भित्री अंगहरूजस्तै मुटु, कलेजो, मिर्गौला, फोक्सो, फियो, पित्त, आन्द्राभुँडी, पिसाब–थैली आदिले पनि दैनिकरूपमा ठीक समयमा ठिक्क काम मात्रै गर्नुपर्ने हुन्छ । त्यसो ग-यो भने बल्ल हाम्रो भित्री र महत्वपूर्ण अंगहरू जो मुटु, कलेजो, मिर्गौला, फोक्सो, फियो, पित्त, आन्द्रा–भुँडी, पिसाब–थैली आदि पर्छन्, ती पनि टिकाउ हुन्छ । हाम्रो हाम्रो भित्री र महत्वपूर्ण अंगहरू मुटु, कलेजो, मिर्गौला, फोक्सो, फियो, पित्त, आन्द्रा–भुँडी, पिसाब–थैली आदि टिकाउ हुनु भनेको हाम्रो आयु बढ्नु हो ।

जसरी हामीले मेसिन वा कल–कारखानालाई निश्चित समयसम्म चलाएपछि आराम दिनुका साथै तिखार्ने, अर्जाप्ने, सफा गर्ने, पुछ्ने गर्छौँ । त्यसरी नै हाम्रो भित्री र महत्वपूर्ण अंगहरू मुटु, कलेजो, मिर्गौला, फोक्सो, फियो, पित्त, आन्द्रा–भुँडी, पिसाब–थैली आदिलाई टिकाउ राख्नका लागि हामीले छिटो पच्ने, सजिलै पच्ने र शरीरलाई चाहिने मात्रामा मात्रै खानेकुरो खाने बानी बसाल्यौँ भने हाम्रो हाम्रो आयु अवश्य लम्बिन्छ, त्यसमा कुनै शंका छैन । त्यसैले यदि तपाईंसँग प्रशस्तै पैसा छ भने, ह्विट मिल, ओट मिल, ब्ल्याकबेरी, ब्लुबेरी, गोजीबेरी, प्लम्प, साल्मोन, टुना, फिस आयल, वाल नट, बदाम, पेस्ता, जैतुनको तेल, भीरमाहुरीको मह खानुहोस् । साह्रै गरिब हृदय–मुटु रोगी हो भने पनि गहुँ, कोदो, गहुँ, मकै (धानको चामलको भातचाहिँ कम खाने गर्नुस्) आदिको खोले, भात, रोटी, ढिँडो खानुस् । सिस्नो, साग, आलु आदिको तरकारी खानुस् । नुनचाहिँ एकदमै कम हाल्नुस् । महत्वपूर्ण कुरा नुन लागेन भनेर कहिल्यै पनि काँचो नुन थपेर नखानुस् । सके त नुन नै नखानुस् । किनभने कुनै पनि रोगी वा दीर्घ रोगी जो बल लगाएर, पसिना बग्ने खालको काम गर्न सक्दैन, उसको शरीरलाई दैनिकरूपमा चाहिने नुन लगभग सागसब्जी, फलफूल र अन्नबाट नै प्राप्त हुन्छ भन्ने विज्ञहरूको भनाइ रहेको छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया