नेपालमा कति छन् बुटिक, तारे तथा स्तरीय होटल ?
काठमाडौं । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले पछिल्लो पटक (विसं २०७८) निकालेको होटेल, रिसोर्ट, क्यासिनो तथा साहसिक पर्यटनसम्बन्धी विवरण समेटिएको किताबमा उल्लेख भएअनुसार पछिल्लो समयमा नेपालमा हेरिटेज तथा बुटिकस्तरका होटेल चार वटा रहेका छन् । त्यस्तै, पाँच तारा डिलक्सस्तरको होटेल एक वटा, पाँच तारा स्तरको होटेल १७ वटा, चार तारा स्तरको होटेल २७ वटा, तीन तारा स्तरको होटेल ३५ वटा छ भने दुई तारा स्तरका होटेलचाहिँ ४३ वटा रहेका छन् । त्यस्तैगरी एक तारा स्तरका ३७ वटा रहेका छन् । साथै, नेपालमा लक्जरी रिसोर्ट दुई वटा र डिलक्स रिसोर्ट तीन वटा रहेका छन् । साधारण रिसोर्ट र होटेलहरू एक सय सात वटा रहेका छन् ।
यसरी विसं २०७८ सम्ममा नेपालमा साना–ठूला गरी दुई सय ७६ वटा होटेल खुलिसकेका छन् भने ऊबेला (विसं २०७८ मा) पर्यटन विभागबाट स्वीकृत भएका बुटिक, होटेल तथा रिसोर्टको संख्या पनि १६ वटा रहेको थियो । त्यस्तै गरी पर्यटन विभागमा संक्षिप्त वातावरणीय अध्ययनका लागि स्वीकृत गर्ने क्रममा रहेको बुकिट, तारे होटेल, रिसोर्ट तथा पर्यटकस्तरीय होटेलको संख्या पनि ऊबेलै दुई सय ६५ वटा रहेको थियो भने वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएर पर्यटन विभागमा स्वीकृत गर्नका लागि भनी आएको बुकिट, तारे होटेल, रिसोर्ट तथा पर्यटकस्तरीय होटेलको संख्या पनि ५९ वटा रहेको थियो । बितेको दुई वर्षको अवधिमा पक्कै पनि अरू बुकिट, लक्जरी, डिलक्सलगायत तारे होटेल, रिसोर्ट तथा पर्यटकस्तरीय होटेलहरूको संख्या बढेको हुनुपर्छ । (स्रोतः ‘होटेल, रिसोर्ट, क्यासिनो तथा साहसिक पर्यटन’ विवरण पुस्तिका । नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय । पर्यटन विभाग, विसं २०७८ ।)
त्यस्तै गरी नयाँ पत्रिका दैनिकमा विसं २०७९ साउन अन्तिम ताका आएको एक समाचारअनुसार विसं २०८० सालभित्र अरू १७ वटा पाँचतारे होटल थपिँदै छन् । पछिल्लो पटक नेपालमा खुलेका अधिकांश पाँचतारे होटलको व्यवस्थापन विदेशी (चेन) होटलहरूले सम्हाल्ने छन् । नयाँ थपिएका पाँचतारे होटल र पहिलेदेखि सञ्चालन हुँदै आएका पाँचतारे होटलको संख्या जम्मा ३४ वटा पुग्ने देखिन्छ । त्यसो त यस बीचमा अरू पनि पाँचतारे होटेल खुल्ने क्रम (पाइप लाइन) मा होलान् नै । माथि उल्लेखित ३४ वटा पाँचतारे होटेलको बेड संख्या पाँच हजार दुई सय ३४ वटा पुग्नेछ ।
होटलका साथै समग्र पर्यटन क्षेत्रलाई ‘धुवाँरहित उद्योग’को मान्यता दिएको छ । अथवा भनौँ विश्वमा समग्र पर्यटन उद्योगलाई ‘धुवाँरहित उद्योग’ भनेर चिन्ने गरिन्छ । सामान्यतया पर्यटन उद्योग भन्नाले होटल, मोटेल स्मरणीय छ, नेपालमा हालसम्म मोटेल नभएको जस्तो लाग्छ, यो पङ्क्तिकारलाई त्यस्तै कटेज, रिसोर्ट, गेस्ट हाउस, लज, होमस्टेका साथै पदयात्रा अर्थात् ट्रेकिङ, पर्वतारोहण, जलयात्राअर्थात् ¥याप्mटिङ, बरफ आरोहण (जमेको हिउँ जो निलो ढिक्का चढ्ने), निकुञ्ज विचरण, बन्जी जम्पिङ, स्कि खेल, चरा अवलोकन, फिसिङ, जंगली जनावरहरूको शिकार गर्ने शिकार पर्यटन, हट एयर बेलुनिङ, जिप फ्लाइएर, चट्टान आरोहण, कायाकिङ, साइक्लिङ, जंगल सफारी, मोटर ड्राइभिङ, बाइकिङ, हाइकिङ, स्काई ड्राइभ, माउन्टेन फ्लाइट, सांस्कृतिक भ्रमण, औषधोउपचार अर्थात् मेडिकल टुर, ध्यान पर्यटन अर्थात् योगा टुर, गाउँ अवलोकन भ्रमण, यस्तो भ्रमण कुनै जातजाति विशेषको बसोबास भएको ठाउँमा गरिन्छ, जसलाई अंग्रेजीमा ‘भिलेज टुर’ भन्ने गरिन्छ ।
त्यस्तै, प्राचीन सहर अवलोकन भ्रमण, सम्पदा अवलोकन भ्रमण अर्थात् हेरिटेज टुर आदिलाई बुझिन्छ । हुन पनि कुनै पनि मान्छे आफ्नो देश छाडेर दोस्रो देश जानेबित्तिकै वा आफ्नो घर छाडेर अन्यत्र जानेबित्तिकै सबैभन्दा पहिले बस्ने व्यवस्था हुनु जरुरी हुन्छ । त्यसपछि मात्रै उसले के खाने के पिउने ? भन्ने चिन्ता गर्छ वा खाने/पिउनेको व्यवस्था गर्छ । अथवा कुनै पनि मान्छेले आफ्नै देशमा पनि आफ्नो घर छाडेर २४ घण्टा वा एक रात बिताउने गरी दोस्रो ठाउँ जानेबित्तिकै उसलाई सबैभन्दा पहिले बस्ने व्यवस्थाकै आवश्यकता पर्छ । यस्तो खालको भ्रमणमा निक्लने मान्छेलाई नै पर्यटक मान्ने गरिन्छ । अर्को महत्वपूर्ण कुरो के हो भने जसले एक रात आफ्नो घर वा देश छाडेर बाहिर बिताउँछ, उसलाई मात्रै पर्यटक (आन्तरिक र बाह्य पर्यटक) मान्ने भन्ने संयुक्त राष्ट्र संघसँग आबद्ध ‘विश्व पर्यटन संगठन (युएन–डब्लुटीओ)’ को मान्यता वा भनौँ परिभाषा रहेको छ । यसरी हेर्दा भारतीय सीमा क्षेत्रको होटल, लज र गेस्ट हाउसमा बसेर दिउँसो एकैछिन नेपाल घुमेर बास बस्नका लागि भारततिरै जाने विदेशी (विशेषतः बौद्ध धर्मालम्बीहरू) पर्यटकलाई पनि हामीले पर्यटक मान्ने ? खासगरी हाल आएर भगवान् मानिएको र बुद्ध धर्मका प्रवर्द्धक गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्न एकछिन नेपाल आउने र सोही दिन भारततिरै फर्किने विदेशी पर्यटकहरूलाई पर्यटक मानेर पर्यटकको सूचीमा राख्ने कि नराख्ने ? यस बारेमा हामीले गम्भीर भएर सोच्ने दिन पनि आइसकेको छ ।
यसरी हेर्दा नेपालको पर्यटन उद्योगको विशेषतः होटल क्षेत्रको कुरो गर्दा (कोभिड–१९) को महामारीअघि ‘दिन दुई गुणा रात चौ गुणा’ले उन्नति वा भनौँ प्रगति भइरहेको थियो । हुन पनि लगभग दुई वर्षअघि आएको एक समाचारअनुसार नेपालको होटल उद्योगमा लगभग १३ खर्ब रुपैयाँ लगानी भइसकेको भनी समाचार आएको थियो । त्यो आधारमा अहिलेसम्म नेपाली होटेल उद्योगमा (रफ अनुमानको आधारमा भन्नुपर्दा) १७–१८–१९ खर्ब रुपैयाँभन्दा बढी नै लगानी भइसकेको हुनुपर्छ । पछिल्लो तथ्याङ्कअनुसार नेपालको होटलहरूले वार्षिकरूपमा ३५–३७ लाख विदेशी पर्यटकहरू धान्न सक्ने बेड क्षमता तयार भइसकेको छ । त्यहीअनुसार विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएनन् भने होटल क्षेत्रमा लगानी गरेका लगानीकर्ताहरूले तत्कालै नाफा कमाउने त त्यस्तै हो, होटेल सञ्चालन खर्चसमेत कठिन पर्ने देखिन्छ । खासगरी नेपाली होटेल उद्योगमा लगानी गरेका लगानीकर्तामध्ये धेरैजसोले आपूmसँग भएको नगदभन्दा पनि बैँक, फाइनान्स, सहकारी तथा वित्त कम्पनीहरूसँग ऋण लिएर लगानी गरेका छन् ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया