थप हवाई उडान नभई कसरी पर्यटक बढ्छन् ?
काठमाडौं । नेपालमा धेरै वर्षअघिदेखि वार्षिकरूपमा लाख, उति लाख विदेशी पर्यटक भित्र्याउने भनी नेपालका पर्यटन क्षेत्रका उद्योगी, व्यवसायीहरूका साथै नेपाल सरकारका जिम्मेवार व्यक्ति, कर्मचारीहरू एवम् राजनीतिक दलका नेताहरूले सार्वजनिकरूपमा बोल्ने, घोषणा गर्ने गर्छन् । तर कसरी ? उनीहरूसँग योजना र खाका भने हुँदैन । जस्तै, त्यसका लागि आवश्यक पूर्वाधारहरू के–के हुन् ? जस्तोकि नेपालको सडक यातायात, हवाई यातायात आदि के–कस्तो अवस्थामा छ ? सो सम्बन्धमा उनीहरू इन्ट्याक्ट रहनु त कता हो कता, सामान्य जानकारसम्म हुँदैनन् ।
कुरो विसं २०७३ सालको हो । त्यो बेला तत्कालीन नयाँ शक्ति नेपाल पार्टीका अध्यक्ष रहेका डाक्टर बाबुराम भट्टराईले पर्यटनसम्बन्धी एक कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै ‘हामी (नेपालीहरू)ले नेपालमा वार्षिक चार, पाँच लाख होइन, वार्षिक पाँच करोड विदेशी पर्यटक भित्र्याउने आकांक्षा राख्नुपर्ने बताएका थिए । हुन त उनले त्यो बेला बोल्दाखेरि हामी खरो उत्रिन सकेकोमा व्यावहारिकरूपमा लागू गर्न सकिने, सम्भव किसिमको र वास्तविक अनि तर्कसंगत भनाइ नै राखेका थिए । किनभने अभैm पनि हामीले दुवै छिमेकी देशमा प्रचारप्रसार र हवाई तथा सडक यातायातको पहुँच जति छिटो धेरै बढाउन वा भनौँ विस्तार गर्न सकेमा छिमेकी देशहरू भारत र चीनबाट मात्रै वार्षिक एक–एक करोड पर्यटक नेपाल भित्र्याउन नसकिने होइन, वार्षिक एक–एक करोडभन्दा बढी पर्यटक नेपाल भित्र्याउन सकिन्छ । तर उनले त्यो बेला के–कसरी नेपालमा वार्षिक पाँच करोड विदेशी पर्यटक भित्र्याउने र त्यसमा पनि छिमेकी देशहरू भारत र चीनबाट मात्रै वार्षिक एक–एक करोड पर्यटक नेपाल भित्र्याउन के–कस्तो योजना बताउने, कार्यक्रम ल्याउने ? सो सम्बन्धमा चाहिँ केही बताएनन् ।
जसले जे भने पनि अहिलेसम्म नेपालमा सबैभन्दा धेरै संख्यामा विदेशी पर्यटकहरूले भ्रमण गरेको भनेको सन् २०१९, सन् २०१८ र सन् २०२३ मा हो । स्मरण रहोस्, सन् २०१९ मा हालसम्मकै धेरै संख्यामा विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका थिए । तथ्याङ्कअनुसार सो वर्ष ११ लाख ९७ हजार एक सय ९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै, गरेर सन् २०१८ मा चाहिँ ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटकहरूले नेपालको भ्रमण आएका थिए । स्मरण रहोस्, सन् २०१८ मा नेपाल भ्रमण गर्न आएको ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटकहरूको संख्या भनेको अघिल्लो वर्ष अर्थात् सन् २०१७ को तुलनामा २४ दशमलव आठ प्रतिशतले बढी संख्या रहेको थियो । यता आएर सन् २०२३ मा पनि नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या १० नाघेको छ । याद रहोस् कि सन् २०२३ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या १० लाख १४ हजार आठ सय ७६ जना पुगेको छ । जुन संख्याले हामी नेपालीहरूको मनमा एक किसिमको खुसीको बहार ल्याएको छ । हुन त तथ्याङ्क हेर्दा सन् २०२३ को डिसेम्बर महिनामा विगत वर्षका डिसेम्बर महिनामा भन्दा अलिक राम्रै संख्यामा विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरे । त्यसैले गर्दा सन् २०२३ मा सहजरूपमा १० लाखभन्दा बढी विदेशी पर्यटकको आगमन भयो ।
त्यसो त नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्याकै कुरो गर्दा सन् २०१९ मा हालसम्मकै धेरै संख्यामा विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका थिए । तथ्याङ्कअनुसार सो वर्ष ११ लाख ९७ हजार एक सय ९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै, गरेर सन् २०१८ मा चाहिँ ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटकहरूले नेपालको भ्रमण आएका थिए । स्मरण रहोस्, सन् २०१८ मा नेपाल भ्रमण गर्न आएको ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटकहरूको संख्या भनेको अघिल्लो वर्ष अर्थात् सन् २०१७ को तुलनामा २४ दशमलव आठ प्रतिशतले बढी संख्या रहेको थियो । त्यस्तै, गरेर सन् २०१७ मा चाहिँ नौ लाख ४० हजार दुई सय १८ जनाले विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका थिए । यो भनेको सन्् अघिल्लो वर्ष अर्थात् सन् २०१६ को तुलनामा २४ दशमलव आठ प्रतिशतले बढी संख्या रहेको थियो । रोचक के छ भने नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या वृद्धिदर सन् २०१७ र सन् २०१८ मा बराबर रहेको थियो ।
त्यस्तै, गरेर सन् २०१६ चाहिँ सात लाख ५३ हजार दुई जना विदेशी पर्यटकहरूले मात्रै नेपालको भ्रमण गरेका थिए भने यो संख्या भनेको सन् २०१५ को तुलनामा माइनस शून्य दशमलव नौ प्रतिशतले कमी रहेको थियो । त्यस्तै, सन् २०१५ मा चाहिँ केवल पाँच लाख ३८ हजार नौ सय ७० जना विदेशी पर्यटकहरूले मात्रै नेपाल भ्रमण गरेका थिए । त्यसको खास कारणचाहिँ नेपालमा भूकम्प जानु र भारत सरकारले नेपालमाथि नाकाबन्दी लगाउनु रहेको थियो । हुन पनि सो वर्ष ठूलो पैमानामा नेपालमा विदेशी पर्यटकको आगमन दरमा कमी आयो । अर्थात्, एकैचोटि लगभग एक तिहाइले नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या घटेको थियो । हुन पनि तथ्याङ्ककै आधारमा भन्नुपर्दा सन् २०१५ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या सन् २०१४ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको तुलनामा माइनस ३१ प्रतिशतले कमी रहेको थियो । उता सन् २०१४ मा भने सात लाख ९० हजार ९२ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए भने सो संख्या सन् २०१३ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्याको तुलनामा शून्य दशमलव नौ प्रतिशतले मात्रै कमी रहेको थियो । त्यस्तै गरेर सन् २०१३ मा चाहिँ सात लाख ९७ हजार छ सय १६ जना विदेशी पर्यटकहरूले नेपालको भ्रमण गरेका थिए । यो तथ्याङ्क हेर्दाखेरि सन् २०१३ र सन् २०१४ मा (दुई वर्ष नै) लगभग हाराहारी संख्यामा विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका थिए । तर सन् २०१२ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्यासँग तुलना गरेर हेर्दा शून्य दशमलव सात प्रतिशत कमी रहेको थियो । तथ्याङ्कअनुसार सन् २०१२ मा आठ लाख तीन हजार ९२ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो भनेको सन् २०११ को तुलनामा नौ दशमलव एक प्रतिशतले बढोत्तरी भएको थियो ।
यसरी नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको तथ्य–तथ्याङ्क हेर्दाखेरि सन् २०१३ देखि सन् २०२३ को ११ वर्ष लामो अवधिमा बल्ल ७२ लाख चानचुन पुगेको देखिन्छ भने उनीहरूको नेपाल बसाइँ अवधिचाहिँ खासै घटेको छैन । अर्थात्, नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरूको प्रतिदिन प्रतिव्यक्ति बसाइँ अवधि सन् २०१३ मा १२ दशमलव छ दिन, सन् २०१४ मा १२ दशमलव ४४ दिन, सन् २०१५ मा १३ दशमलव १६ दिन, सन् २०१६ मा १३ दशमलव चार दिन, सन् २०१७ मा १२ दशमलव छ दिन, सन् २०१८ मा १२ दशमलव चार दिन, सन् २०१९ मा १२ दशमलव सात सन् २०२० मा १५ दशमलव एक दिन, सन् २०२१ मा १५ दशमलव पाँच दिन र सन् २०२२ मा १३ दशमलव एक दिन रहेको देखिन्छ । तर सन् २०२३ को भने प्रतिव्यक्ति प्रतिदिन कति दिन बसे ? भन्ने विदेशी पर्यटकहरूको नेपाल बसाइँ अवधिको तथ्याङ्क आइसकेको छैन ।
सरकार र निजी क्षेत्रका पर्यटन उद्योगी–व्यवसायीहरूले विगत १०–११ वर्षदेखि वार्षिकरूपमा नेपालमा कम्तीमा पनि १०, १२ लाखदेखि १५ लाखसम्म विदेशी पर्यटक भित्र्याउने घोषणा गर्दै आएका थिए । त्यस्तै, गरेर बितेको चार, पाँच वर्षदेखि त वार्षिकरूपमा नेपाल भित्र्याउने पर्यटकको संख्या बढेर १२–१५ लाखबाट वार्षिकरूपमा २५, २६, ३० लाखदेखि ३५ लाखसम्म विदेशी पर्यटकहरू नेपाल भित्र्याउने घोषणा हुन थालेको देखिन्छ । अथवा भनौँ नेपालका निजी क्षेत्रका पर्यटन व्यवसायी तथा उद्योगीहरूले वार्षिक १२, १३, १४, १५ लाख होइन वार्षिकरूपमा २५, २६ ३०, ३५ लाख विदेशी पर्यटकहरू नेपाल भित्र्याउने घोषणा गर्न र लक्ष्य लिन थालेका छन् । यथार्थचाहिँ कस्तो छ भने नेपालले जति सक्दो चाँडो धेरै देशहरूसँग अन्तर्राष्ट्रिय हवाई सेवा स्थापना नगरेसम्म, हवाई उडान धेरैभन्दा धेरै देशहरूमा सक्दो धेरै (जस्तैः चीन र भारतका प्रमुख सहरहरूमा एकै हप्तामा कम्तीमा चार, पाँच पटक) हवाई उडान गर्न नसकेसम्म नेपालमा वार्षिकरूपमा विदेशी पर्यटकको संख्या १८, १९ लाख पुग्न पनि मुस्किल पर्छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया