भारतीय र चिनियाँ पर्यटक भित्र्याउन पहल गरौँ
काठमाडौं । भनिन्छ, पछिल्लो केही वर्षदेखि नेपालको सिमाना तीनतिर घेरिएको छिमेकी देश भारतका नागरिकहरू पनि विश्व पर्यटन बजारका लागि आकर्षणको केन्द्र बन्दै गएका छन् । हुन पनि विश्व पर्यटनसम्बन्धी तथ्याङ्क राख्ने ‘स्टाटिस्टा’ले हालै निकालेको तथ्याङ्कअनुसार सन् २०२२ मा मात्रै २१ मिलियन भारतीय नागरिकहरू विश्वको विभिन्न देशमा पर्यटक भई घुम्न निक्लेका थिए ।
त्यस्तै गरेर नेपालको उत्तरी छिमेकी देश चीनका एक सय ५५ मिलियन नागरिकहरू विश्व भ्रमण गर्न पर्यटक भई घुम्न निक्लेका थिए । हुन पनि सन् २०१२ देखि नै विश्वकै पहिलो नम्बरमा धेरै खर्च गर्ने पर्यटकहरूमा दरिएका थिए । जुन स्थान अहिलेसम्म पनि लगाताररूपमा चिनियाँ पर्यटकहरूले नै कायमै राखेका छन् । त्यस्तै, गरेर सन् २०१३ देखि त चीनका नागरिकहरू विश्वका नम्बर एक पर्यटक (धेरै संख्यामा) भई घुम्न निक्लने पर्यटकमा दरिएका छन् । हुन पनि जसरी चिनियाँ नागरिकहरूले सन् २०१२ देखि विश्वकै पहिलो नम्बरमा धेरै खर्च गर्ने पर्यटकको रूपमा र सन् २०१३ देखि विश्वका नम्बर एक पर्यटक भई निक्ले पर्यटकको स्थान लिए, त्यो स्थान अहिलेसम्म बीचको समयमा कुनै पनि देशका नागरिकहरूले उछिन्न वा भनौँ टप्न सकेका छैनन् ।
यता हाम्रो देश नेपालमा चाहिँ (तीनतिर) पूर्व–दक्षिण–पश्चिम सीमा जोडिएको छिमेकी देश भारतका नागरिकहरू धेरै वर्ष अघिदेखि नेपालमा ठूलो संख्यामा पर्यटकको रूपमा आउने गरेका छन् । भारतीय नागरिकहरू वर्षेनि धेरै संख्यामा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकका रूपमा दरिने गरेका छन् । हुन पनि सन् २०२३ मा मात्रै तीन लाख १९ हजार भारतीय नागरिकहरू नेपालमा पर्यटक भई घुम्न आएका छन्, भने चीनबाट चाहिँ केवल ६० हजार चानचुन नागरिकहरू पर्यटक भई नेपालमा घुम्न आएका छन् । स्मरण रहोस्, सन् २०१९ मा दुई लाख ५४ हजार भारतीयहरू नेपालमा पर्यटक भई घुम्न आएका थिए भने एक लाख ६९ हजार चिनियाँ नागरिकहरू पर्यटक भई नेपाल घुम्न आएका थिए । यसरी तथ्याङ्क हेर्दाखेरि सन् २०१९ को तुलनामा लगभग २५ प्रतिशतले संख्यात्मक ढंगले बढेको छ । तर सन् २०१९ र सन् २०२३ को तुलना गर्दा चीनबाट आएका पर्यटकको संख्याचाहिँ लगभग ६२–६४ प्रतिशतले पूर्ति हुन बाँकी छ ।
हुन त सर्वसाधारण चिनियाँ नागरिकहरूलाई चीन सरकारले भने सन् २००३ देखि मात्रै नेपालमा पर्यटक भएर आउने अनुमति दिन थालेको हो । तथापि चिनियाँ सर्वसाधारण नागरिकहरूले नेपालमा पर्यटकका रूपमा आउन थालेको छोटो समयमा नै नेपाल आउने विदेशी पर्यटकको संख्यामा चिनियाँ पर्यटकहरू दोस्रो ठूलो संख्या हुन थालेको हो । तर पनि सन् २०१९ को कोरोना महामारीपछि चिनियाँ पर्यटकहरू तेस्रो, चौथो, पाँचौँ, छैठौँ स्थानमा रहन थाल्यो ।
जब सन् २००३ मा चीन सरकारले चिनियाँ नागरिकहरूलाई नेपालमा पर्यटक भई घुम्न आउन दिने निर्णय गर्यो, सो वर्ष सात हजार पाँच सय ६२ जना सर्वसाधारण चिनियाँ नागरिकहरू पर्यटकका रूपमा नेपाल भ्रमणमा आएका थिए । त्यसयता कोरोना महामारी (कोभिड–१९) सुरु नभएसम्म चिनियाँ पर्यटकको संख्या लगातार बढेको बढै थियो । तर सन् २०१९ को कोरोना महामारीपछि हालसम्म चिनियाँ पर्यटक प्रायः तेस्रो, चौथो पाँचौँ स्थानमा रहने गरेको छ । आशा गरौँ, सन् २०२४ हालको (चालू वर्ष)पछि विस्तारै दोस्रो हुँदै पहिलो स्थानमा आइपुग्ने छन् । हुन त नेपाल र चीनबीच धेरै वटा हवाई कम्पनीहरूले चीनको धेरै स्थान (सहर) मा हवाई उडान लागू गर्न सकेदेखि निश्चय नै चिनियाँ पर्यटकको संख्या चाँडै चार–चार गुणाले बढ्ने थियो ।
जे होस्, सन् २०१९ को अन्तिम ताका चीनको दक्षिणपूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट फैलन सुरु भएको नोभेल कोरोना भाइरस (कोभिड–१९) को पहिलो लहरले विश्वलाई नै ‘त्राहीमाम !, त्राहीमाम !!’ बनाएको हुँदा केवल नेपालका लागि मात्रै नभएर विश्वका धेरै विकसित देशहरूका लागि पनि ‘सुनको फुल पार्ने कुखुरी’ अर्थात् चिनियाँ पर्यटकहरू सन् २०२०, २०२१ र २०२२ सम्म धेरै कम संख्या मात्रै चिनियाँ पर्यटकहरू विदेश भ्रमणमा निस्किएका थिए । के भनिन्छ भने जति महँगो सरसमान होस्, आपूmलाई मन परेपछि त्यस्तो सरसामान अथवा चिजबिचहरू किन्न कन्जुस्याइँ गर्दैनन्, चिनियाँ पर्यटकहरू । त्यस्तै गरेर चिनियाँ महिलाहरू आपूmलाई मन परेका र सौखका चिजबिजहरू धेरै नै किनमेल गर्छन् ।
लामो समयदेखि नेपाल आउने विदेशी पर्यटक सबैभन्दा धेरै भारतबाट आइरहेका छन् भने भारतीय नागरिकहरूलाई भिसा शुल्क पनि लाग्दैन । चिनियाँ पर्यटकका लागि भने १५ दिन, ३० दिन र ९० दिने प्रवेशाज्ञा जारी गर्ने गरेको छ । त्यसो भए पनि कोरोना महामारी (कोभिड–१९) ठीकठाक भएपछि नेपाल आउने विदेशी पर्यटकको ठूलो संख्या उत्तरको छिमेकी देश चीन हुने पक्काजस्तै देखिन्छ । विगत केही वर्षदेखि विश्वकै पहिलो नम्बर (धेरै संख्यामा पर्यटक भएर विदेश घुम्ने र प्रतिव्यक्ति दैनिक धेरै खर्च गर्ने) को रूपमा विदेशी पर्यटक भएर विदेश घुमिरहेका थिए र सबैभन्दा धेरै दैनिक खर्च गरिरहेका त्यही चिनियाँ पर्यटकहरू नेपाल भ्रमणमा किन कम संख्यामा आउँछन् ? उनीहरूले नेपाल भ्रमणमा आउँदा किन कम खर्च गर्छन् ? यस विषयमा पनि हामीले बेलैमा सोच–विचार गर्नुपर्ने देखिन्छ । त्यसमाथि नेपाल आउने चिनियाँ पर्यटक भनेका छोटो यात्रामा निक्लिने र कम खर्च गर्ने खालका थिए/छन् । अझ सन् २०२०, २०२१ र २०२२ मा चिनियाँ पर्यटकहरू कुनै देशमा पनि ठूलो संख्यामा पर्यटक भई भ्रमण गर्न निक्लेका थिएनन् ।
त्यस्तै, चिनियाँ पर्यटकहरू नेपालमा चार–पाँच दिनदेखि ७–८–९–१० दिन बिताउने मात्रै बढी आउने गरेका छन् । हुन त चिनियाँ पर्यटकहरू कुनै पनि देशको भ्रमणमा निक्लिँदा ट्रेकिङ, र्याफ्टिङ, जंगल सफारी, बञ्जी जम्पिङ, क्यानोइङ, प्याराग्लाइडिङ, साइक्लिङ, कायाकिङ, बालुनिङ, माउन्टेन फ्लाइट आदि पनि गर्ने भएकाले चिनियाँ पर्यटकबाट नेपाली टुर अपरेटरहरूलाई आर्थिकरूपमा भने भारतीय पर्यटक हेरी धेरै आम्दानी र फाइदा भइरहेको छ । त्यसो भए पनि हामीले सन् २०२४/०२५ देखि बढ्ने पर्यटकीय गतिविधिबाट डिलक्स, लक्जरियस र सक्दो धेरै खर्च गर्न सक्ने र कम्तीमा ९–१० दिनदेखि १४/१५ दिनसम्म बिताउने खालका चिनियाँ पर्यटकका साथै भारतीय पर्यटकहरू सक्दो धेरै भित्र्याउने प्रयासमा हामी अहिलेदेखि लाग्नुपर्ने देखिन्छ, पहल गनुपर्ने देखिन्छ ।
केही वर्षअघिदेखि संयुक्त राष्ट्र संघ सम्बद्ध संस्था युएन–डब्लुटीओलगायत विश्व पर्यटनसँग सम्बन्धित संघ–संस्थाहरूले गरेको विभिन्न अनुसन्धान गरेर निकालेको तथ्याङ्कहरूमा चिनियाँ पर्यटकहरू लगाताररूपमा विश्वकै धेरै खर्च गर्ने पर्यटकमा दरिएका छन् । साथै, चिनियाँ पर्यटक संख्याकै आधारमा पनि विश्वका धेरै संख्यामा विश्व भ्रमणमा निक्लिने पर्यटकका रूपमा दरिएका छन् । पृथ्वीको अस्तित्व रहेसम्म
चिनियाँ पर्यटकको संख्या र खर्च गराईलाई अन्य देशका पर्यटकहरूले उछिन्न सक्ने छैनन् ! त्यसैले हामीले आगामी दिनमा अरू देशका साथै भारतीय र चिनियाँ पर्यटक सक्दो धेरै संख्यामा भित्र्याउने प्रयास गर्नुपर्ने देखिन्छ । यसो गर्न सकेदेखि हाम्रा छिमेकी देश (भारत र चीन) का पर्यटकहरू वार्षिक ८–९ लाखदेखि १३–१४ लाख संख्यामा भित्र्याउन सक्छौँ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया