स्वदेशी मन : आफ्नो उत्पादन, आफ्नैमा धन
काठमाडौं । पृथ्वीनारायण शाह स्वदेशवादी नीतिका नेता हुन् । स्वाधीन राष्ट्रको आधार स्वदेशवादी विचार र व्यवहार पृथ्वीविचारको सार हो । उनी स्वदेशी मन र आफ्नो पनका प्रतिनिधि नेता हुन् । स्वदेशी जन, मन, साधन, उत्पादन श्रम र सिपमा उनले राष्ट्रको धन देखे । सिप सिकाउनु आफ्ना गुणस्तरीय उत्पादन देश विदेशमा बिकाउनु । यदि आफ्ना उत्पादन गुणस्तरीय छैनन् भने पनि आफ्नै प्रयोग गर्न नछोड्नु र बाहिरको प्रविधि भित्र्याएर पनि गुणस्तरमा सुधार ल्याएरै छोड्नु । यो उनको स्वदेशी उत्पादन उपयोग र गुणस्तर सुधारको मत हो ।
आफ्नो मुलुकको स्वाधीनता जोगाउन आफ्नै स्वाधीन अर्थतन्त्र हुनुपर्छ भन्ने स्वदेशवादी मन्त्र हो पृथ्वीनारायण शाहको । हो पृथ्वीनारायणको यो विचार नै नेपाली स्वतन्त्रता र स्वाधीन सम्पन्न अर्थतन्त्रको आधार हो । राष्ट्रिय पुँजी र पुँजीपति वर्गको संरक्षण विकासमा उनको जोड छ । पृथ्वीविचार विदेशी शोषण र लुटविरुद्ध दृढतापूर्वक उभिएको छ । आत्मनिर्भर अर्थतन्त्र स्वदेशवादी पृथ्वीनारायणको मूलमन्त्र हो । स्वदेशी साधन उत्पादन निर्यात गर्नु आय र आम्दानीले मुलुक धनी पार्नु भन्ने उनको मतले बुझ्न सकिन्छ । उनी निर्यातमुखी अर्थतन्त्रलाई पनि त्यतिकै जोड दिन चाहन्छन् ।
स्वदेशवादी मन उत्पादन र उपयोग गर्ने स्वदेशी जनको तनको सन्तुलन मिलेमा बलियो आर्थिक शक्ति बन्छ । आर्थिक शक्ति मात्र होइन कि बलियो राष्ट्रिय शक्ति पनि बन्छ । स्वदेशवादी मन बनाएर उत्पादनमा जनको तनलाई क्रियाशील बनाएर सन्तुलन मिलाएर भारतीय स्वतन्त्रता संग्राममा महात्मा गान्धीले बलियो राष्ट्रिय शक्ति बनाएका थिए । यो दृष्टान्त हाम्रो सामुन्नेमा छ । गान्धीजीले स्वदेशवादी तन मन उत्पादनलाई आन्दोलनको एउटै डालोमा राखेर भारतीय स्वतन्त्रताको बलियो अस्त्र र शक्ति बनाएका थिए । यसबाट हामी स्वदेशवादी पृथ्वीविचारको शक्तिलाई बुझ्न सक्छौँ । स्वदेशवादी हुनु भनेको न अन्ध वा उग्र राष्ट्रवादी हुनु हो न उग्र छिमेकविरोधी नै हुनु हो । न संकीर्ण र एकलकाटे नै हुनु हो । स्वदेशवादी हुनु भनेका स्वदेशका सबै सम्भावनालाई स्वदेशको हितमा अधिकतम सदुपयोग गर्नु हो । स्वदेशघाती कुनै सन्धिसम्झौता र काम नगर्नु हो । सधैँ स्वदेशको हित र जित हुने मात्र काम गर्नु हो । सबै नागरिकले गुणस्तरीय उत्पादन गर्न लाग्ने, स्वदेशी उत्पादन किन्ने प्रयोग गर्ने अभियान चलाउने हो भने पनि स्वदेशवादी मनले गति लिन्छ । आन्दोलनको रूप लिन्छ । यसले स्वदेशवादी आत्मनिर्भर अर्थतन्त्रलाई नयाँ गति दिन सक्छ । स्वदेशवादी पृथ्वीविचारको हरेक मुलुकले अनुुुशरण गर्ने हो भने विश्वव्यापी आत्मनिर्भर स्वदेशवादी अर्थतन्त्रको लहर आउने छ । यस्तो लहरले हरेक कमजोर तथा गरिब मुलुकलाई धनी बनाउने मात्र होइन कि शक्तिशाली मुलुकको शोषणबाट पनि बचाउन मद्दत गर्छ । स्वदेशी उत्पादनको प्रयोग.उपयोग गर्न कसैको अनुमति र अनुमोदन चाहिँदैन । केवल मनभित्र स्वदेशवादी पृथ्वीविचारले प्रवेश पाउनुपर्छ । व्यवहारबाटै आफूलाई स्वदेशवादी प्रमाणित गर्नुपर्छ ।
सबै किसिमले बलिया जनता भए राज्य केन्द्र आफैँ बलियो हुन्छ भन्ने उनको मत छ । जनताको श्रमशक्ति र देशभक्तिलाई उनी स्वदेशको सबैभन्दा ठूलो शक्ति मान्छन् । नेपाली पन र नेपाली मनलाई भाँचेर नेपाल बलियो हुँदैन भन्ने स्वदेशवादी बडानेता पृथ्वीनारायणको दृढ मत हो । अहिले कतिपय विदेशी शक्ति अनेक नाममा नेपालीलाई अनेक कित्तामा बाँड्ने र भाँड्ने कामका लागेका छन् खुला तथा गुप्तरूपमा । यो नित्तान्त सबै जातको पूmलबारीको स्वदेशवादी पृथ्वीविचारको विपरीत छ । भूगोल, संस्कृति र नेपाली मन तोडेर नेपाल बलियो हुँदैन । यी सबै जोडेर मात्र नेपाल बलियो हुन्छ । विदेशीका स्वार्थपूर्ण मुद्दा नेपालका राष्ट्रिय मुद्दा हुन सक्तैनन् । नेपाली पन र नेपाली मनविपरीत यस्ता मुद्दाहरूले नेपाललाई कमजोर बनाइरहेको छ । आफ्ना मुलुकका कला संस्कृति बचाउनु भनेको आफ्नो पनलाई बचाउनु हो । आफ्ना कला संस्कुतिमा रमाउनु र कला संस्कृतिबाट विदेशी नै पैसा आफ्नैमा खर्च गर्नु । यो पनि कला र संस्कृति क्षेत्रको स्वदेशी मन र पनि हो पृथ्वीनारायण शाहको । राष्ट्र र संस्कृतिको अन्योन्याश्रित सम्बन्ध हुन्छ । राष्ट्रको उत्थान र पतनमा त्यो राष्ट्रको संस्कृतिको उत्थान र पतनले निर्णायक भूमिका खेल्छ । राष्ट्र बचाउन आफ्नो संस्कृति बचाउनुपर्छ भने संस्कृति बचाउन आफ्नो राष्ट्र बचाउनुपर्छ । राष्ट्रिय जीवनमा विदेशी संस्कृति हावी भयो भने त्यो मुलुकको अस्तित्व धरापमा पर्छ भनेर नै पृथ्वीनारायणले स्वदेशवादी विचार अघि बढाएका हुन् । पृथ्वीविचार धर्म संस्कृति अतिक्रमण विरोधी स्वदेशवादी विचार हो । विविधताबीचको एकता नै नेपाली संस्कृतिको विशेषता हो । यो नै साँचो अर्थको नेपालीपनको तन र मन हो ।
विदेशी पुँजीभन्दा स्वदेशी पुँजीमा जोड दिने विदेशी पुँजीपतिभन्दा स्वदेशी पुँजीपतिमा जोड दिने पृथ्वीविचार आफैँमा स्वदेशी मन हो, स्वदेशी पन हो । आना(पुँजी)पसिना, नाना, खाना, छाना, गाना बजाना आदि सबैमा स्वदेशीपन र मन खोजेका हुन्, पृथ्वीनारायणले । आफ्नो उत्पादन आफैंभरि आफ्नो नगद आफ्नै वरिपरि बढी भए मात्र हिमाल र मेची कालीपारि हो, स्वदेशवादी अर्थतन्त्रको पृथ्वीमन्त्र । राष्ट्रको शक्ति जनताको देशभक्ति हो स्वदेशीपन र मनको सार । यसभित्र स्वदेशवादी राजनीति, अर्थनीति, धर्मनीति, संस्कृति, विकासनीति शिक्षा नीति र विदेश नीति सबै पर्छन् । यो भनेको आफ्नो गला आफ्नै कला हो । आफ्नै तालमा मादल बजाऊ आफ्नै शैलीमा कम्मर मर्काऊ पनि हो । स्वदेशवादी पन र मन, सबै क्षेत्रमा बलियो नेपालको आधार स्वदेशवादी पृथ्वीविचार नै हो र हुन सक्छ लामो समयसम्म ।
पृथ्वीनारायण शाहको स्वदेशवादी नीति बुझेर सबै नेपालीजनले नेपाली मन बनाएर नेपालीपन बढाए भने स्वदेशवादी नेपाली अभियान र आन्दोलनले सार्थकता लिन थाल्नेछ । स्वाभाविक हो यसले मात्र नेपाल र नेपालीलाई नै बलियो बनाउने छ । यसको लागि सबै नेपालीले आ–आफ्नो मन र संगठनमा पृथ्वीविचारको दियो बाल्नुपर्छ र मनबाट परवादी विकारको डल्लो फाल्नुपर्छ । यसैमा सबै नेपालीको हित र सिङ्गो नेपालको जित छ । सबैमा चेतना भया ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया