बैंकहरू मिटरब्याजी नै हुन् त ?
काठमाडौं । सेयरबजारका लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीलाई सेयरबजारका खलनायक भनेजस्तै व्यावसायिक दुर्गा प्रसाईँलाई पनि बैंकिङ क्षेत्रको खलनायक भनेर भन्ने गरेका छन् । पछिल्लो समयमा व्यापारीबाट नेता बनेका दुर्गा प्रसाईँले बैंकहरूको बारेमा अराजक तरिकाले अभिव्यक्ति दिने गरेको बताउँछन् सरोकारवालाहरू । पछिल्लो समयमा दुर्गा प्रसाईँले एनआईसी एसिया बैंक डुब्न लाग्यो बैंकले ऋणीहरूको घरखेत खाइदियो बैंकले नक्कली नोटको कारोबार गर्यो भनेर भनेको चर्चामा छन् । त्यसो त भन्नेहरूले दुर्गा प्रसाईँको दुई वटा एजेन्डाहरू छन् । एउटा बैंकलाई धराशायी पार्ने अर्को राजसंस्था फर्काउने आफू प्रधानमन्त्री बन्ने । त्यसो त यस्ताको पछि लाग्नेहरू फेरि कस्ता भनेर पनि भन्ने गरेका छन् सरोकारवालहरूले । त्यसो त पहिल्लो समयमा देशका प्रतिष्ठित नेताहरूले पनि बैंकहरू मिटरब्याजी भएको बताइरहेका छन् ।
पछिल्लो समयमा बैंकहरू मिटरब्याजी भइरहेको भन्ने चर्चाहरू भइरहेका छन् । व्यापारीदेखि नेतासम्मले बैंकहरू मिटरब्याजी भएको बताइरहेका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसम्मले पनि बैंकहरू मिटरब्याजी भएको र आफूले मात्र अरबौं नाफा कमाउने गरेको भन्नेलाई लिएर पछिल्लो समयमा चर्चाको विषय भइरहेका छन् । के बैंकहरू मिटरब्याजी भएकै हो त ? त्यसो त मिटरब्याजीको परिभाषा आ–आफ्नो रहेका छन् । पछिल्लो समयमा प्रतिनिधिसभामा समेत बैंकहरू मिटरब्याजी भएको भन्ने आवाजहरू उठिरहेका छन् । बैंकहरूले चर्को ब्याज लिएर अरबौँ कमाउँछन् अनि ग्राहकलाई पीडित बनाइरहेको भन्ने चर्चा प्रतिनिधिसभामा समेत भइरहेको छ । त्यसो त बैंक तथा वित्त कम्पनीहरूको विरोध गर्नेमा पछिल्लो समयमा नेतागिरी गरिरहेका मेडिकल व्यापारी दुर्गा प्रसाइँ हुन् ।
त्यसो त कतिपयले दुर्गा प्रसाईँलाई वन मेन आर्मी भनेजस्तो वन मेन प्रतिपक्ष भनेर पनि भन्ने गरेका छन् । दुर्गा प्रसाईँले बैंकहरूको बारेमा नानाथरीका भ्रमहरू फैलाइरहेका बताउँछन् सरोकारवालाहरू । बैंकबाट ऋण लिएकाहरूले नतिर्न २६ लाखसम्मको ऋणहरू मिनाहा गर्न पर्ने लघुवित्तका कर्मचारीहरू ऋण उठाउन आए लखटेर पठाऊ, कालोमोरो दलेर उठाऊ भन्नेजस्ता अराजक अभिव्यक्ति दिने गरेको कारणले लघुवित्त कम्पनीहरू समस्यामा परेको सरोकारवालाहरू बताउँछन् । त्यसो त दुर्गा प्रसाईँले जे भने पनि प्रधानमन्त्री भइसकेको व्यक्ति नेकपा एमालेको अध्यक्ष जस्ताले बैंकहरूलाई मिटरब्याजी भनेकोमा केपी ओलीको आलोचना भइरहेका छन् । त्यसो त केपी ओलीको एक कार्यकर्ता नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीको कारणले बैंक तथा वित्त कम्पनीहरूमा र सेयरबजारमा समस्या आएको सरोकारवालाहरू बताइरहेका छन् । कतिपय लगानीकर्ताहरू र सेयरबजारका विज्ञहरूको भनाइमा नेपाल राष्ट्र बैंक सेयरबजारप्रति सकारात्मक नहुँदा लगानीकर्ताहरूको लगानी डुबेको भन्ने पनि बनाइरहेका छन् । बैंकहरू वित्त कम्पनीहरू कुनै एक व्यक्ति वा संस्थाको हुँदैन बैंकहरू तथा वित्त कम्पनीहरूमा सबै साधारणहरूको पनि लगानी रहेका हुन्छन् । बैंक तथा वित्त कम्पनीहरूमा फुटपाथका व्यापारीहरूदेखि विभिन्न व्यक्ति तथा संस्थाहरूको समेत लगानी रहेका हुन्छन् भने बैंक तथा वित्त सेयर कम्पनीहरूमा आम नागरिकहरूले जम्मा गरेका हुन्छन् । बैंक तथा वित्त कम्पनीहरू डुब्नु भनेको सर्वसाधारणहरू डुब्न हो भन्नेसम्म कतिपय नेताहरूलाई थाहा नभएको विडम्बना नै मान्नुपर्ने हुन्छ ।
बैंक तथा वित्त कम्पनीहरू भनेको सेवा व्यवसाय हो । व्यवसाय गरेपछि केही नाफा पनि खोज्छन् यो सामान्य हो । हुन सक्छ केही बैंक तथा वित्त कम्पनीहरूले चर्को ब्याज लियो पनि होला यसको लागि त नियमन गर्ने नियामक निकाय त छ नि । बैंक तथा वित्त कम्पनीहरूलाई नियमन गर्ने त नेपाल राष्ट्र बैंक हो अनि नेपाल राष्ट्र बैंक के हेरेर बसिरहेको त । व्यापारीबाट नेता त्यो पनि राजावादी बनेका दुर्गा प्रसाईँले राजसंस्था फर्कियो भने बैंकबाट लिएको सबै ऋणहरू मिनाहा हुन्छ भनेर अराजक अभिव्यक्ति दिने गरेको कारणले बैंकहरूले आफ्नो लगानी उठाउन नसकिरहेको बताइरहेका छन् सरोकारवालाहरू । ऋण भनेको बैंक तथा लघुवित्त कम्पनीहरूको मात्र तिर्नुपर्ने होइन । कसैसँग ऋण लिएको छ भने पनि तिर्नुपर्ने हुन्छ । लिएको ऋणहरू तिर्नुपर्दैन भन्ने कस्तो अराजक विचारले बैंक तथा वित्त कम्पनीहरू दुर्गा प्रसाईँको श्रीमतीको दाइजोको रकमले चलेको हो त । बैंक तथा वित्त कम्पनीहरू भनेको सर्वसाधारण लगानीकर्ताहरू र निक्षेपले चलेका हुन्छन् ।
बैंकहरू प्रतिपूर्व प्रधानमन्त्रीदेखि नेता सांसद व्यापारीहरूले भ्रम फैलाइरहेका छन् । यस कारणले पनि बैंक तथा लघुवित्त कम्पनीहरूले आ–आफ्नो लगानी उठाउन नसकिरहेकाले गर्दा बैंक तथा वित्त कम्पनीहरूमा समस्या आइरहेको बताउँछन् सरोकारवालाहरू । बैंकहरूमा पर्याप्त तरलता भए बैंकहरूमा रकम थुप्रिरहे पनि लगानी गर्न सकिरहेका छैनन् भनेर पनि भन्ने गरेका छन् । यी विभिन्न कारणहरूले बैंक तथा वित्त कम्पनीहरूमा उतारचढाव आइरहेका छन् भने यसले सेयरबजारमा समेत नकारात्मक असर परिरहेका छन् । सेयरबजार उकालो लाग्न सकिरहेको छैनन । लगानीकर्ताहरूको लगानी डुबिरहेका छन् । त्यसो त कतिपय नेताहरू सेयरबजारप्रति नकारात्मक रहेका पनि छन् ।
त्यसो त सेयरबजारको बारेमा पनि बेलाबेलामा बिभिन्न राजनीतिक दलका नेता सासदहरूले नकारात्मक अभिव्यक्तिहरू दिने गरेका छन् । त्यसो त पछिल्लो समयमा बैंकहरूप्रति नकारात्मक अभिव्यक्तिहरू आइरहेका कारण सेयरबजारमा नकारात्मक असर परिरहेका छन् ।
सेयरबजारमा ८० प्रतिशतजति कारोबार बैंक तथा वित्त कम्पनीहरूले ओगटेका छन् । बैंकहरूको बारेमा नकारात्मक प्रचारप्रसार भइँरहदा बैंकप्रति सर्वसाधारणहरूले हेर्ने दृष्टिकोणमा नकारात्मक हुने देखिन्छ । पछिल्लो समयमा केही बैंक तथा वित्त कम्पनीहरूमा बेथिति बढिरहेको पनि देखिन्छ । तर नियामक निकायहरूले बैंक तथा वित्त कम्पनीहरूमा देखापरिरहेको बेथितिहरूलाई निराकरण गर्नुपर्छ । बैंक तथा वित्त कम्पनीहरूप्रति नै भ्रम हुने किसिमले अभिव्यक्ति दिइरहँदा बैंकका लगानीकर्ताहरू र निक्षेपकर्ताहरूमा त्रास देखिने देखिन्छ । बैंक तथा वित्त कम्पनीहरूमा सर्वसाधारणहरूको लगानी र निक्षेप रहेका हुन्छन् । बैंक तथा वित्त कम्पनीहरू सर्वसाधारणहरूको लगानी र निक्षेपले चलेका हुन्छन् । दुर्गा प्रसाईँले लघुवित्त कम्पनीहरूको ऋण तिर्नुपर्दैन भनेको कारणले पनि पछिल्लो समयमा लघुवित्त कम्पनीहरूको रिपोर्ट राम्रो देखिएन धेरैजसो लघुवित्त कम्पनीहरू दोस्रो त्रैमासिक रिर्पाेटमा घाटामा नै देखिन्छ । बैंक तथा वित्त कम्पनीहरू डुब्न भनेको सर्वसाधारणहरू डुब्ने हो, दुर्गा प्रसाईँ र केपी ओली डुब्ने होइन । बैंक तथा वित्त कम्पनीहरूको बारेमा नकारात्मक अभिव्यक्ति दिने दुर्गा प्रसाईँले पाँच अर्बभन्दा बढी बैंकको ऋण नतिरेको बताउँछन् सरोकारवालहरू ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया