Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगअन्तर्राष्ट्रिय महिला दिवस र साक्षरता

अन्तर्राष्ट्रिय महिला दिवस र साक्षरता


काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवस विश्वभरका महिलाहरूको मुक्तिका लागि एक व्यापक अभियान हो । यस वर्ष ११४औँ अन्तर्राष्ट्रिय महिला दिवस ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ मनाइँदै छ । आर्थिक र सामाजिक सशक्तीकरणका लागि लगानीको सुनिश्चित गर्न सहयोग गर्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रमहरू आयोजना गरी दिवस मनाउन नेपाल सरकारले आह्वान गरेको छ । महिला दिवसको नारालाई सार्थक बनाउन महिलाहरूको समृद्धि र सशक्तीकरणका लागि शिक्षामा लगानी र सहज पहुँचलाई उच्च प्राथमिकतामा राखिनुपर्छ । विभिन्न क्षेत्रमा असमानता, अन्याय, अन्धविश्वास, दुव्र्यवहार, लैंगिक हिंसा समाजमा यो वा त्यो कोणबाट भइराखेको जगजाहेरै छ । नारी अधिकारका सुनिश्चिचतताको लागि विभिन्न कानुनी प्रावधानको व्यवस्था भए पनि व्यवहारमा खासैरूपान्तरण भएको पाइँदैन । सामाजिकरूपान्तरण गरेर समृद्ध नेपाल सुखी नेपाली बनाउने सपनालाई यथार्थतामा बदल्न आधा आकाश ओगटेका महिलाहरूको साक्षरता र सशक्तीकरणको विकल्प छैन । विज्ञान र प्रविधिको द्रूत गतिमा विकास र विस्तार भइराखेको वर्तमान एक्काइसौँ शताब्दीमा पनि विश्वमा ७५ करोड ९० लाख जनता निरक्षर प्रौढ छन् । जसमा करिब हरेक तीन निरक्षरमध्ये दुईजना महिला पर्छन् । विसं २०७८ को जनगणनाअनुसार नेपालको साक्षरता प्रतिशत ७६ दशमलव तीन प्रतिशत छ । जसमध्ये पुरुष ८३ दशमलव छ र महिला ६९ दशमलव चार प्रतिशत साक्षर छन् । महिला र पुरुषबीचको साक्षरताको खाडल करिब १४ प्रतिशत रहेको देखिन्छ ।

अशिक्षाका कारणले विपन्नता अन्धविश्वास, बेरोजगार, परालम्बी तथा कमजोर स्वास्थ्य आदि नकारात्मक प्रवृत्तिले महिलालाई बढी गाँजेको हुन्छ । जबसम्म महिला र पुरुषलाई शिक्षामा पहुँच उनीहरूको क्षमताका आधारमा सुनिश्चित गरिन्न तबसम्म विकासको गति तीव्र नहुने यथार्थता हो । त्यसमा पनि यो दूरी पिछडिएको जातजाति, सो दुर्गम तथा निर्धनहरूको बसोबास क्षेत्रमा अधिक छ । नेपाल गाउँ नै गाउँले भरिएको देश हो । यस्तो विसम परिस्थितिमा साक्षरतालाई सुगमतापूर्वक निरक्षरको पहुँचभित्र ल्याउन निश्चय नै ठूलै अठोट चाहिन्छ । महिला जनसङ्ख्या बढी भएको हाम्रोजस्तो देशलाई नयाँ नेपाल बनाउन महिला साक्षरतालाई विशेष महत्व दिएर सघन कार्यव्रmम ल्याउनुपर्ने हुन्छ । आधा आकाश ढाकेका महिलाको सशक्तीकरण नगरिकन समृद्ध समाजको अपेक्षा गर्न सकिन्नँ । युनेस्कोले पनि बेलाबखत महिला र सशक्तीकरणका लागि साक्षरतामा केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

शिक्षाको विकास र विस्तार महिला सशक्तीकरणको पहिलो खुड्किलो हो । यसै वास्तविकतालाई आत्मसात गर्दै महिलालाई विशेष ध्यान दिएर साक्षरता कार्यव्रmम सञ्चालन गर्नु आजको आवश्यकता हो । साक्षर नेपाल अभियानका स्वयंसेवक, स्थानीय निरीक्षक तथा पढ्न आउने निरक्षर समेतमा महिलालाई प्राथमिकता दिनुपर्ने प्रावधान राखेको छ । जसको फलस्वरूप महिला साक्षरतामा उल्लेख्य वृद्धि भएको छ । मातृ तथा बालमृत्यु दर घटेको छ । राज्यका विभिन्न निकाय र कार्यव्रmममा महिलाको पहुँच व्रmमिकरूपमा बढेको छ । साक्षरत शिक्षित एवम् सचेत महिला आमा भएको परिवारको बालबालिकाको पढाइको स्तर स्वभावैले बढ्न जान्छ ।

सशक्तीकरण भन्नाले प्राप्त सूचनाहरूको सही जानकारी गरी निर्णय गर्ने क्षमताको विकास गर्नु हो । किनकि महिलाले समान अधिकार र अवसरको उपयोग जबसम्म गर्न पाउँदिनन् तबसम्म दिगो विकासको कल्पना पानीको फोकाजस्तै हुन्छ । भनिन्छ, एकजना पुरुष शिक्षित भए आफूमा मात्रै सीमित हुन्छ तर एक जना महिला शिक्षित भए परिवार नै शिक्षित हुन्छन् । त्यसकारण महिला शिक्षित हुनु भनेको पारिवारिक सक्षमता आउनु हो, आयआर्जन बढेर आत्मनिर्भर बन्नु हो, इलममा बढोत्तरी गरी सम्पन्नतातिर लम्किनु हो । आफ्नो हक, अधिकार र कर्तव्यप्रति सजग र सचेत भई स्वाभिमानीपूर्वक आत्मनिर्भर जीवनयापन गर्न कम्तीमा साक्षरताको विकल्प छैन ।

साक्षरताले मानवको अन्तरनिहित प्रतिभा प्रष्फुटन गरेर सक्षमता ल्याउँछ । सक्षमताले पौरखी हातहरूलाई परिमार्जित र परिस्कृत गरेर हरेक व्यक्तिको जीवनमा आमूल परिवर्तन गर्छ । उसमा सूचना र प्रविधिको जानकारी राख्ने क्षमतामा वृद्धि हुुन्छ । साक्षरताले आत्मबल र आत्मविश्वासमा बढोत्तरी भई एक सफल र सबल नागरिकका रूपमा जीवनयापन गर्न अहम् भूमिका खेल्छ । साथै, साक्षरता सहज आधुनिक जीवनको अपरिहार्य कुञ्जी हो । आर्थिक, सामाजिक, सांस्कृतिकरूपान्तरण गरी देश विकास गर्न साक्षरता प्रतिशत उच्च हुनु पहिलो सर्त हो ।
मानव विकास सूचकाङ्कलाई उच्च राख्न आवश्यक सर्तहरू स्वास्थ्य, शिक्षा, विद्यालय मन्दिर, मातृशिशु मृत्युदर, पोषण आदिको आधारशीला पनि साक्षरता हो । अन्तर्राष्ट्रिय, राष्ट्रियस्तरमा प्रतिबद्ध सबैखाले विकासका लक्ष्य हासिल गर्न साक्षरता आधारभूत र अनिवार्य सर्त नै हो । त्यसकारण राज्यले आफ्ना नागरिकलाई यथाशक्य छिटो साक्षर बनाउन विभिन्न योजना, अभियान र कार्यव्रmम ल्याउनुपर्ने हुन्छ । निरक्षरता र गरिबी एक अर्काको परिपूरक हुन् । यस्ता विकृति र विसंगतिलाई छिमल्दै सहज र सफल जीवन जीउन साक्षर हुँदै शिक्षित हुनुको विकल्प छैन ।

नेपालमा महिला साक्षरता र सशक्तीकरणका कार्यव्रmम ल्याउने धेरै निकाय र संघसंस्था छन् । विगत वर्षहरूमा अनौपचारिक शिक्षा केन्द्र सानोठिमीले अग्रणी भूमिका खेल्दै आएको थियो । तर संघीय संरचनाअनुसार यो सरकारी निकाय खारेजीमा परेसँगै अनौपचारिक शिक्षाका कार्यक्रमहरू सरकारको विभागीय निकाय शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सञ्चालन गर्दै आएको छ । स्थानीय तहको जिम्मामा आएको अनौपचारिक शिक्षाका कार्यक्रमहरू आवश्यक जनशक्ति र स्रोत साधन तथा प्राथमिकताको अभावमा प्रभावकारीरूपमा सञ्चालन हुने छाँट देखिँदैन । विगतमा महिला सशक्तीकरणका लागि विविध कार्यव्रmमहरू जस्तै महिला साक्षरता प्रथम, द्वितीय, आयआर्जन समूहमार्फत आफूले अँगालेका र सम्भाव्य पेसाहरूलाई परिष्कृत गरेर आत्मनिर्भर बनाई आफ्नो खुट्टामा उभिन सक्ने सक्षमता प्रदान गर्ने नीति लिएको थियो । त्यसैगरी आयआर्जनमा वृद्धि गरी महिलाको जीवनस्तर उठाउन, आफ्ना कुराहरू निर्धक्कसँग राख्न अभ्यस्त बनाउन र संगठित भई हक र अधिकार सुनिश्चित गर्ने खालका कार्यव्रmमहरू सामुदायिक सिकाइ केन्द्रमार्फत आयआर्जन समूह गठन गरी सञ्चालन गर्दै आएको थियो । स्वास्थ्य र सरसफाइसम्बन्धी जनचेतना फैलाउने कार्यव्रmमहरू पनि सञ्चालनमा थिए । विगत वर्षदेखि राष्ट्रव्यापी साक्षरता अभियानमा महिला सहभागितालाई प्रोत्साहित गर्ने नीतिले महिला सशक्तीकरणमा टेवा पुर्याएको जगजाहेर नै छ ।

साक्षरता कक्षा केन्द्र तोक्ने स्वयम् सेवक एवम् स्थानीय निरीक्षक नियुक्ति तथा व्यवस्थापनमा समेत महिला सहभागीको सुनिश्चित गरेको छ । जसको फलस्वरूप महिला सहभागिता ८० प्रतिशतभन्दा बढी भएको प्रारम्भिक प्रतिवेदनले पुष्टि गरेको छ । आधारभूत साक्षरता सिप हासिल गरेपछि महिलाको निरन्तर शिक्षाका लागि अनौपचारिक प्रौढ विद्यालयहरू विकास र विस्तार हुने क्रममा छन् । जहाँ महिलाले एसईईसम्म पढ्न पाउने अवसर पाउँछन् । त्यस्तै, सामुदायिक सिकाइ केन्द्रमार्फत पायक पर्ने ठाउँमा आयआर्जन समूह गठन गरी उत्पादन वृद्धि र प्राप्त आर्जनलाई सामूहिकरूपमा बचत गर्ने अभ्यास गराउँदै आएको छ । उल्लिखित कार्यक्रमहरू निश्चय नै हात्तीको मुखमा जिरा भएको छ । कायक्रमको सफलताको लागि पर्याप्त साधन स्रोतको तर्जुमा, प्रभावकारी कार्यान्वयन एवम् सेवाग्राहीको अनुगमन निरीक्षण कार्य प्रगतिको आधारमा पुरस्कारको र दण्डको व्यवस्था गर्ने कार्यमा सबैको साथ सहयोग भएमा निश्चय नै आफ्नो लक्ष्यमा पुग्न सक्छौँ । (पूर्वजिल्ला शिक्षा अधिकारी, काठमाडौं)


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया