वातावरण जोगाउने, आम्दानी बढाउने
काठमाडौं । हरियो वन नेपालको धनलाई व्यवहारमा चरितार्थ गर्ने मन पृथ्वीनारायण शाहमा भएकाले नै जडीबुटीमा उनको आँखा पुगेको हो । जडीबुटीलाई निर्यात गरेर विदेशी मुद्राका साथै राष्ट्रिय आय बढाउने महत्वपूर्ण स्रोतको रूपमा लिनुपर्ने निर्देशन दिँदै पृथ्वीविचार अघि सरेको छ । नेपालका सुन्दर वनभित्र प्रकृतिले उपहार दिएका मूल्यवान जडीबुटीलाई धनको ढिकुटीमा बदल्ने पृथ्वीविचारलाई व्यवहारमा लागू गर्न नेपाली नेपालका वनभित्र पस्नैपर्ने हुन्छ । वातवरण जोगाउन वन चाहिन्छ, वनमा धन पनि पाइन्छ । वन जोगाउन र वनलाई धनमा रूपान्तरण गर्न मन पनि चाहिन्छ जडीबुटीको विकास, विस्तार, अध्यायन, अनुसन्धान, संरक्षण गर्दै त्यसलाई निर्यातका लागि नियमित र भरोषायोग्य वस्तु बनाउनका लागि नै पृथ्वीविचार अघि सरेको हो । यो आम्दानीसँग मात्र होइन वातवरणसँग पनि जोडिएको विषय भएकाले यो आफैँमा वातावरण मैत्री पृथ्वीविचार पनि हो । यो वातावरण जोगाउने र आम्दानी जोड्ने विषय भएकाले छलफलको प्रमुख विषय यसैलाई बनाउन कोसिस गरिएको छ । अर्थात् वातावरण जोगाउने र आम्दानी जोड्ने ।
जडीबुटीको विकास गर्नु भनेको वनको पनि विकास गर्न हो । किनभने जडीबुटीको लागि वन नै चाहिन्छ । यो पनि सत्य हो कि जहाँ वन, जडीबुटी वनस्पतिहरू धेरै पाइन्छ । त्यहाँको वायुमण्डल वा वातावरण शुद्ध पाइन्छ । त्यसैले जडीबुटीको साइनो वन संरक्षणसँग छ भने वन र जडीबुटीको साइनो वातवरण संरक्षणसँग छ । यसबाट स्पष्ट हुन्छ कि पृथ्वीविचार वातवरण संरक्षणको विचार पनि हो, वातवरणमैत्री विचार पनि हो । तसर्थ, वातावरणका लागि लड्नेहरूले पृथ्वीनारायण र पृथ्वीविचारलाई सही ढंगले बुझेरअघि बढ्नु पर्छ । नेपालमा वातवरण संरक्षणको विचार नेपाल एकीकरण अभियानसँगै अघि सरेको हो । नेपालमा जडीबुटीले प्राथमिकता पाउनु भनेको वन जंगलले प्राथमिकता पाउनु हो । वा जंगलले प्राथमिकता पाउनु भनेको वातावरणले प्राथमिकता पाउनु हो । वातवरणमैत्री पृथ्वीविचार भनेको वनजङ्गल, जडीबुटी, बोटबिरुवाले मुलुक हराभरा बनाएर वातवरणीय शुद्धता बनाइराख्नु हो ।
जडीबुटी वनजंगलसँग सम्बन्धित भएकाले यो वनजंगल संरक्षणको विषय पनि हो । वनजंगल संरक्षित, हुनु, बढ्नु फैलनु भनेको वनजंगलमा बस्ने जंगली जनावर बढ्नु, उनीहरू संरक्षित हुनु र फैलनु पनि हो । जंगल जनावर फैलनु भनेको आफैँमा वातवरणको शक्ति र शुद्धता र शक्ति फैलनु र बढ्नु हो । वनजंगल, जडीबुटी जनावर चराचुरुङ्गी फैलनु भनेको नेपालमा पर्यटकहरूको आगमन बढ्नु फैलिनु हो । नेपालमा पर्यटकको आगमन बढ्नु भनेको पृथ्वीनारायणले भनेजस्तो नगद खैँचिने आधार बन्नु र बढ्नु हो । यसरी वातावरण बनाएर बढाएर आम्दानी बढाउने आधार पृथ्वीविचारले अघि सारेको छ । नेपालमा वातावरणसँग सम्बन्धित भएर काम गर्ने धेरै संघसंस्थाहरू छन् । तर ती संस्था तथा संस्थासँगका सम्बन्धितहरूको ध्यान पृथ्वीविचारतिर गएको पाइएको छैन । कम्तीमा पनि उनीहरूलाई पृथ्वीविचार वातावरण मैत्री तथा वातवरणको संरक्षणतिर पनि आकर्षित विचार हो भन्ने तत्व बोध भने भएकै हुनुपर्छ । वन मन्त्रालय तथा वातावरण मन्त्रालय सम्हालेर बसेकाहरूमा पनि यो कुराको हेक्का भएकै हुनुपर्छ । पृथ्वीविचारलाई बिर्सेर वनजंगल वातावरणको संरक्षण हुन सक्दैन र जडीबुटी निर्यात गरेर नगद खैँचने पृथ्वीनारायणको उद्देश्य समेत पूरा हुन सक्दैन ।
नेपालका प्रमुख तीन नदी कोशी, गण्डकी, कर्णाली जलाधार क्षेत्रका हिमाली, पहाडी तथा तराई सबै क्षेत्रमा प्रशस्त जडीबुटीका भण्डार छन् । अर्थात् सबै क्षेत्रमा प्रचुर मात्रमा जडीबुटी पाइन्छन् । उर्भर जमिन कञ्चन हिमाली जल, पवित्र जडीबुटीको नेपाल हो । यस्तो महिमाप्रति नेपाल कहिल्यै गम्भीर भएको पाइएको छैन, पृथ्वीनारायणपछि अहिले गणतन्त्रसम्म आइपुग्दा पनि । पुष २७ गते पृथ्वी जयन्ती मनाउनेहरू तथा नमनाउनेहरू कसैले पनि पृथ्वीविचारमा निहीत जडीबुटीको अर्थ र वातावरणीय महत्व सम्झन सकेको पाइएन । यसलाई कसैले गहनरूपमा सम्झेनन् अथवा हलुकारूपमा औपचारिकता मात्र निभाए । यसको कारणले जडीबुटीको विकास पनि हुन सकेन र वातावरणको पनि संरक्षण हुन सकेन । के अब ब्युँझनुपर्ने भएन र ?
विदेशीको दाना खाएर विदेशीको भाकामा गाना गाएर नेपालमा वातावरणको संरक्षण हुन सक्तैन । नेपालमा वातावरणको क्षेत्रमा काम गर्ने सबै वातवरणविद् वा वातावरणवादी सबैले बुझ्न ढिला गर्नुहुँदैन । पृथ्वीविचारले नेपालको वातावरणवादी आन्दोलनलाई नेतृत्व र निर्देशन गर्न सक्ने यथार्थता बुझेमा मात्रै नेपालमा वातवरण संरक्षणको क्षेत्रमा ठीक ढंगले अघि बढ्न सकिन्छ । जडीबुटीको लागि जंगल, जंगलका लागि जडीबुटी वातावरणीय शुद्धताका लागि जंगल र जडीबुटी आर्थिक समृद्धिका लागि जंगल, जडीबुटी र वातावरणीय स्वच्छता एक अर्कामा अन्योन्याश्रित छन् । पृथ्वीनारायणले जडीबुटीमार्फत धेरै भनेका छन् । जडीबुटीसँग प्रकट अप्रकट धेरै कुरा जोडेका छन् । जडीबुटीसँग अर्थ जोडेका छन्, स्वास्थ्य र वातवरण जोडेका छन् । पृथ्वीविचार वातावरण संरक्षणको विचार पनि हो भन्ने अन्य तथ्य र दृष्टान्तले प्रमाणित गर्छ ।
पृथ्वीनारायणले बग्ने पानीलाई उच्च महत्व दिएका छन् । उनले जमेको पानीभन्दा बगेको पानी खाने कुरामा जोड दिएका छन् । स्वास्थ्य स्पूmर्तिका लागि पनि उनले बग्ने पानीलाई नै प्राथमिकता दिएका छन् । शुद्ध पानीका मूल, मुहान, झरना, खोलानाला नदीहरू र यिनका स्रोत हिमालय शृङ्खला आदि सबै स्वच्छ र शुद्ध बनाइरहने पृथ्वीविचारले भन्छ । पानी पनि वातावरण र आम्दानीसँग अलग्याउनै नसकिने प्रकृतिको वरदान हो । जडीबुटी वनजंगल बोटबिरुवा आदि इत्यादि हराभरा सबैतिर पानी जोडिएको हुन्छ । यसरी बग्ने शुद्ध पानीमार्फत पनि पृथ्वीविचार वातवरणसँग जोडिएको छ । वातावरणसँग जोडिएका हिमाल, पानी, जडीबुटी, वनजंगल आदि सबै आम्दानीसँग जोडिएका छन् । अथवा जोड्न सकिन्छ । त्यसैले पृथ्वीविचार वातावरण जोगाउने र त्यसलाई आम्दानीसँग जोड्नेमा स्पस्ट छ ।
खेतीयोग्य जमीन बस्तीले नढाक भनेर पृथ्वीनारायणले निर्देशन विचार अघि सारेका छन् । अर्थात् जताततै अन्नबाली फलफूल वा नगदेबाली आदि इत्यादिको हरभरा होस् । जताततै कृषि उत्पादनसँग जोडिएर आउने बोट बाली रुखबिरुवा आदि इत्यादिको हरभरा भइरहने हो भने यो आफैँमा वातावरणमैत्री हो, आम्दानी मैत्री हो । आँखाले हेरेर भ्याइनसक्ने सयौँ हेक्टरका ठूलाठूला कृषि फर्म हुन्, लहलह हरियाली होस्, पहेलपुर होस्, के यो आफैँमा वातावरण जोगाउने र आम्दानी बढाउनेमा दर्ज हुँदैन र ? कतै फलफूलको जंगल होस्, कतै खाने अन्नको खेती होस् त कतै तरकारीको खेती होस्, कतै चिया कफीको जंगल होस् त कतैकतै जडीबुटीको प्राकृतिक खेती र कतै मानव सिर्जित खेती । यी सबै एकैपल्ट वातावरण जोगाएर आम्दानी बढाउने प्रमाणित हुनेछन् । खेतीपाती व्यवसायलाई यसरी अगाडि बढाउने हो भने प्रत्यक्ष आम्दानी दिन्छ । जसले खेती गर्छ अप्रत्यक्ष योगदान वातावरणको क्षेत्रलाई दिन्छ । यसरी प्रत्यक्ष अप्रत्यक्ष पृथ्वीविचार वातावरण जोगाउँदै आम्दानी बढाउनेमा जोडिएको छ ।
नेपालमा वातवरणको लागि काम गर्ने भनेर धेरै अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरूले काम गर्दै छन् । वास्तवमा तिनीहरू प्राकृतिक वातावरण सपार्ने आवरणमा नेपालको सामाजिक वातावरण बिगार्ने काममा तल्लीन छन् । नेपाललाई त्यस्ता वातावरणवादी चाहिएको होइन । हामीलाई वातावरण मैत्री पृथ्वीविचार भए पुग्छ । प्रकृतिको वातावरण पनि मानव अझ प्राणीमैत्री भएर बाँचोस् र सकारात्मक अर्थतन्त्रमैत्री वातावरण बनाएर त्यसबाट मुलुकले अर्थोपार्जन गर्न पनि सकोस् । हरियो नेपाल आफैँमा आर्थिक हिसाबले बलियो नेपाल हो । वातावरण जोगाएर आम्दानी बढाउने पृथ्वीविचारले यही भन्छ । हरियो नेपाल बलियो नेपाल वातवरणमैत्री सबल अर्थतन्त्र पृथ्वीविचारको मूल मन्त्र ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
- सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
- इ–सेवाको घर जित्ने विजेता घोषणा हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया