परम्परागत कृषि : हातमा लाग्यो शून्य
डीआर पोखरेल
बिहान भालेको डाकोसँगै सुरु भएको साना तथा मझौला किसानहरूको दैनिकी राति अबेरसम्म आरामको स्वास फेर्न नपाँदै बित्छ । भौगोलिक विविधताले भरिएको कृृृृृृषि प्रधान देश हाम्रो नेपालमा श्रमिक वर्ग अर्थात् परम्परागत किसानहरू बेँसीमा खेत, लेकमा बारी, पहाडको खोँचोमा घरसँगै गोठमा गाई, भैंसी, बाख्रा, कुखुरासहितको समाजमा साङ्गठित रहेका छन् ।
कुनै पनि उत्पादनमा आत्मनिर्भर रहन नसकेका न्यून तथा जमिनविहीन कृषकहरू उत्पादनमा विविधताकै कारण सेकेण्डभर पनि फुर्सदमा देखिँदैनन् । यो तहका किसानको मिहिनेतलाई मूल्यमा परिवर्तन गर्ने हो भने आँकलन गरेको भन्दा बढी आर्थिक वृद्धिदर सजिलै माथि पुग्न सक्छ तर अपसोच किसानको जीवनस्तरले सुकिलोमुकिलो त परै जाओस् आधा पेटको वास्तविकता झलझल झल्किन्छ ।
विकासोन्मुख देश कृषिमा आधारित रहेर सरकारले वर्षेनी नीति तथा कार्यक्रम र बजेट पढिरहेको छ । आधुनिक कृषिको नारा सरकारले मात्रै नभएर बेरोजगारीले राजनीतिकर्मी बनेका हरिलठ्ठकहरूको जमातले पनि आधुनिकताको बाजा बजाइरहेको छ । वास्तविकरूपमा समस्याको खोजी र समाधानको उपायतर्फ सरोकारवाला कसैको ध्यान नजाँदा एकातर्फ किसानको जिवनशैली व्यस्तताकै कारण क्रमशः कमजोर बन्दै गएको छ भने देश पूर्णतया रेमिट्यान्समा निर्भर रहन बाध्य भएको छ ।
भौगोलिक विविधतासँगै हिमाल, पहाड र तराईका किसानहरूको दैनिकी, जीवनशैली सामान्यतया केही फरक त होला तर वास्तविकतामा तात्विक भिन्नता रहेको पाइँदैन । सबै क्षेत्रका किसानहरूको वास्तविक मिहिनेतलाई नियालेर हेर्दा अधिकतम बालीहरू आफैँ उत्पादन गरेर जीविकोपार्जन गरेको पाइन्छ । आम्दानी कमजोर हुँदा धान, गहुँ, मकै, कोदो, जौ, दाल, तरकारी, फलफूल तथा मासुजन्य पशुपंक्षीहरू सबैजसोमा न्यूनतम उपलब्ध भूमिलाई प्रयोग गर्न बाध्य छन् । एक मुरी धान फल्ने खेतको लागत हिसाब गर्ने हो भने दश मुरी सजीलै किन्न सकिन्छ ।
एक पाथि मकैको बीउ रोप्दादेखि उत्पादन समयसम्मको एउटा किसानको मिहिनेत खोज्दै जाँदा लाखौं मूल्यबराबरको हिसाब सजिलै निकाल्न सकिन्छ । देशको ८० प्रतिशतभन्दा माथि जनसङ्ख्या कृषिमा आधारित भएको नेपालमा वास्तविक किसानको जीवनस्तर न खुशी छ, न आत्मनिर्भर छ, न त सबल नै देखिन्छ, केवल छ, त मिहिनेत जसको नतिजा शून्यजस्तै छ ।
व्यवहारमा देखिने समस्याहरू
१. लागत र लाभ विश्लेषणको जानकारी नहुनु ।
२. बैंक तथा वित्तीय संस्थाहरू कागजी झमेलाका कारण आर्थिक अनुदानको महसुस गर्न नपाउनु ।
३. जमिनको न्यायिक वितरण अभावका कारण श्रमिक वर्ग जमिनविहीन हुनु ।
४. कृषिबीमा तल्लो तहसम्म नपुग्नु ।
५. माटो सुहाउँदो खेतीबाली नलगाउने ।
६. धेरै प्रकारका खेतीबाली लगाउने तथा बालीमा विविधता ।
७. आधुनिक कृषि औजारको अभाव तथा पहुँचका स्रोत साधनको पनि प्रयोग नगर्नु ।
८. उत्पादित वस्तुको बजार अनिश्चितता ।
९. आधुनिक कृषि प्रणालीको अंगीकार नगर्नु ।
१०. राज्यले तय गरेका नीति तथा कार्यक्रमहरू साना तथा मझौला किसानहरूसम्म नपुग्नु ।
व्यावहारिक समाधानमा किसानको पहल
१. परम्परावादी सोचलाई त्यागेर आधुनिक कृषि प्रणाली अवलम्बन गर्न तयार रहनुपर्ने ।
२. सबै बाली आवश्यकभन्दा पनि मुख्य बाली निर्धारण गर्दा जिविकोपार्जनसहित आर्थिक उपलब्धि हुने कुरामा आत्मविश्वास बढाएर लाग्नुपर्ने ।
३. जतिबेला पनि काम, काम, काम भन्दै समय बिताउनुभन्दा पनि कामको लागत लाभ विश्लेषणमा ध्यान दिनुपर्ने ।
४. नयाँ कृषि बालीको परीक्षण उत्पादनका लागि तयार रहनु पर्ने ।
५. हरेक उत्पादनमा व्यावसायिकता खोजी विभिन्न बालीहरूबीच प्रतिस्पर्धात्मक उत्पादनमा जोड दिने ।
व्यावहारिक समाधानमा राज्यको पहल
१. कृषकलाई होइन समाजलाई आत्मनिर्भर बनाउने नीति अवलम्बन गर्ने जसले बजारीकरणको समस्या तथा परम्परावादी सङगठित कृषि प्रणालीमा ठूलो भूमिका निर्वाह गर्नेछ ।
२. स्थानीय ठाउँ प्राविधिकरूपमा केका लागि सक्षम छ त्यसको निक्र्याेल र प्रवद्र्धनमा स्थानीय सरकारले जोड दिनु पर्ने ।
३. भूमिको प्राविधिक परीक्षणसहित किसानलाई बिनाधितो सहुलियत ऋण उपलब्ध गराइदिनु पर्ने, जसको साक्षी जमानी नेपाल सरकार सुनिश्चितता गरिदिने व्यवस्था मिलाउने ।
४. कृषि बीमाको दायरा फराकिलो बनाउने ।
५. आधुनिक कृषि औजार उपलब्ध गराउने ।
६. स्थानीय एवं आवश्यक विकासका पूर्वाधार तयार गर्ने ।
माटोअनुरूपको कृषि उत्पादनलाई प्रसय गरेर व्यनवसायिकतासहितको आधुनिक कृषि अवलम्बन नै व्यस्त दैनिकी बोकेका साना तथा मझौला किसानहरूको जीवनशैलीप्रतिको न्याय हो । समाजलाई आत्मनिर्भर बनाउने कुरामा राज्यको नीति अवलम्बन वा तर्जुमा हुनु समस्त किसानको शून्य उपलब्धिताको वास्तविकतामाथि विजय प्राप्त हुन सक्छ । किसानको लागत लाभ विश्लेषणसहितको व्यावसायिक कृषिको जोड आजको माग र आवश्यकता रहेको देखिन्छ ।
राज्य, सरोकारवाला, राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्था, बुद्धिजीवी वर्ग, मजदुर तथा किसान वर्ग समग्र पक्षहरू कृषिमा गुजारा होइन आधुनिकता बोकेर व्यावसायिक कृषिमा जोड दिन जरुरी देखिन्छ । परम्परावादी किसानहरू आफूले अवलम्बन गरेको कृषि प्रणालीमा आएको कमजोरी र समस्याहरूको महसुस गरी वैज्ञानिक आधुनिक कृषि प्रणाली स्वीकार गरेर अगाडि बढ्नु अर्थात् आधुनिक कृषि प्रणालीको अवलम्बन गर्नु नै उचित हुन्छ । लागत लाभ विश्लेषण गरेर व्यावसायिक आधुनिक प्रणालीसहितको कृषि प्रणाली नै साना किसानको लागि फलदायी हुन सक्छ । रातदिनको मिहिनेतले न्याय पाउँछ अनि विद्यमान समस्याको रूपमा रहेको ‘हातमा लाग्यो शून्यता’को न्यूनीकरण भई समाधानको बाटोमा जान्छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- पराष्ट्रमन्त्री राणा चीनमा, ओलीको भ्रमणमा बीआरआई कार्यान्वयनसम्बन्धी सम्झौता हुने सम्भावना कति ?
- प्रधानमन्त्रीद्वारा बुद्धका शिक्षाको प्रचारक भएर समाजमा प्रस्तुत हुन आग्रह
- निर्वाचन आयोगले सोध्यो ६ जना उम्मेदवारलाई स्पष्टीकरण
- लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त समारोह
- प्रहरी (असई)द्वारा आफैंमाथि गोली प्रहार !
- रामेछापमा फोर्स गाडी दुर्घटना, पाँच जनाको मृत्यु
- दुर्गा प्रसाईँलाई थप ५ दिन म्याद थप गर्न अदालतले दियो अनुमति
- कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छ: अर्थमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया