औद्योगिक समूहका समस्या र समाधान
प्रदीप उप्रेती
वर्तमान कोभिड–१९ को उच्च जोखिमपूर्ण परिस्थितिमा औद्योगिक व्यवसाय सञ्चालन गर्नु निकै नै चुनौतीपूर्ण कार्य हो । एकातिर मुलुकको आर्थिकजन्य क्रियाकलाप लगभग शून्यप्राय अवस्थामा रहेको छ भने अर्कोतर्फ परीस्थितिको उचित मूल्यांकन गर्दै चलाएमान बनाउनु पर्ने अवसर पनि औद्योगिक समुदायलाई प्राप्त हुन आएको छ । जसका लागि निश्चित मापदण्डसहितको उचित व्यवस्थापनको पालना गर्ने शर्तमा व्यवसाय सञ्चालन गर्न दिने रणनीतिलाई राज्यका तर्फबाट अङ्गीकार गर्दै आएको पाइन्छ । जसको पूर्ण कार्यान्वयनको लागि मुलतः औद्योगिक सुरक्षाको क्षेत्रमा विशेष हेक्का राख्दै सम्बद्ध क्षेत्रका जानकारबाट प्राप्त हुनआउने सुरक्षाको पूर्ण प्रत्याभूतिसहितको उचित कार्ययोजनाले मात्र यस क्षेत्रमा आबद्ध रहने समूहले मानवीय जीवन सुरक्षाको अनुभूति महसुस गर्दै उपयुक्त कार्यथलोको रूपमा यस क्षेत्रलाई लिनेछन् भन्ने विश्वास लिन सकिन्छ ।
यद्यपि औद्योगिक सुरक्षा यस्तो सम्वेदनशील पक्ष हो जुन निश्चितरूपमा यस समूहको अनुशासनमा निर्भर रहने कुरा हो । तसर्थ अनुसाशन मर्यादाविपरीतका कार्य गर्दा हुनसक्ने सम्भावित जोखिमको तथ्यलाई हृदयगम गर्दै औद्योगिक व्यवस्थापनका तर्फबाट चालिएको सुरक्षा अवधारणालाई आफू र आफ्नो मातहतमा रहेको हरेक समूहलाई अवगत गराउँदै सतर्कतापूर्वक अनुशासनको घेरामा बाँध्ने प्रयत्न गनुपर्ने हुन्छ । जसले दुर्घटना न्यूनीकरण गर्न धेरैहदसम्म सहयोेगीको भूमिका निर्वाह गर्ने हुँदा औद्योगिक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि प्राप्त हुनेछ भन्दा फरक नपर्ला ।
त्यसो भएको हुँदा सुरक्षित अवधारणामा आधारित रहँदै उपयुक्त काम गर्ने वातावरणको निर्माण गरिनुपर्ने हुन्छ । किनकी योजनाबद्ध आधारमा काम गर्ने वातावरणको विकास नभएसम्म त्यस क्षेत्रमा रहेको श्रमशक्तिले आफ्नो स्वास्थ्य एवं औद्योगिक व्यवसाय प्रतिकूल रहेको महसुस गर्नेछन् । यस अवस्थामा उत्पादनको क्षेत्रमा समेत नकारात्मक प्रभाव पर्न गई प्रतिष्ठानहरूले घाटा व्यहोर्नुपर्ने अवस्था सिर्जना हुने देखिन्छ । त्यसो भएको हुँदा यसको संरक्षणमा ध्यान दिनु नै औद्योगिक उत्पादकत्व अभिवृद्धि गर्नुसरहको अवस्था हो ।
मुलुकको आर्थिक सम्मुन्नतिको आधारबिन्दुको रूपमा रहेको यस समूहको घनात्मक विकासको लागि आवश्यक पर्ने अनिवार्य तत्वको रूपमा रहेको श्रमशक्तिले औद्योगिक समूहमा पार्ने प्रभाव एवं परिणामलाई उचित मूल्यांकन गर्ने परिपाटीको विकासले औद्योगिक सुरक्षाको क्षेत्रमा विशेष महत्व राख्ने गरेको पाइन्छ । सोही आधारमा प्रस्तुत समूहको सुरक्षा अवस्थाबारे निर्योल गर्न सहज हुनेछ । औद्योगिक सुरक्षा श्रम सुरक्षाको आधारबिन्दु मात्र नभई राजस्व अभिवृद्धि गर्ने उपयुक्त माध्यम पनि हो । किनकी नेपाल राज्यमा अवस्थित औद्योगिक समूहहरू कोभिड–१९ को त्रास तथा जोखिमको कारण अझै केही समयसम्म बन्दाबन्दीको अवस्थामा नै रहने हो भने राज्यको राजस्व असुलीको क्षेत्रमा समेत ऋणात्मक प्रभाव पर्नगई आर्थिक मन्दीको अवस्था तयार हुने तथ्यलाई कुनै पनि हालतमा इन्कार गर्न मिल्दैन ।
प्रस्तुत डरलाग्दो आर्थिक परिस्थितिको निर्माण नहोस् भन्नाको खातिर औद्योगिक व्यवसाय सञ्चालन गर्न दिने रणनीतिलाई राज्यले अख्यितार गरेको बुझिन्छ । उक्त खतरोन्मुख अवस्थाबाट मुक्ति पाउनको लागि राज्य तथा रोजगारदाताको तर्फबाट काम गर्ने समय यथार्थरूपमा किटान गर्दै ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनसम्बन्धी अवधारणाले मूर्त रूप हासिल गरी श्रमिक तथा कर्मचारीवर्गको स्वास्थ्य एवं कार्य दक्षतामा अभिवृद्धि गर्ने रणनीतिलाई आत्मसात् गरिएको मात्र हो ।
यसका अतिरिक्त श्रमकोे अर्को महत्वपूर्ण पाटो भनेको सम्बद्ध पक्षको पारिश्रमिकलाई लिन सकिन्छ । जसका लागि श्रमिक तथा कर्मचारीवर्ग अहोरात्र आफ्नो कार्यक्षेत्रमा आबद्ध रहन्छन् भने सोही तथ्यलाई मध्यनजरमा राख्दै व्ययसायीवर्गले आफ्नो उत्पादन अभिवृद्धि गर्ने कार्यमा मानव पुँजी स्वरूप प्राप्त हुनआएको श्रमशक्तिलाई उपयोग गर्दै व्यवसाय विस्तार गर्ने विश्व प्रचलित औद्योगिक मूल्य एवं मान्यताहरू हुन् । जसमा नेपाल पनि अछुतो रहन सक्दैन ।
साथै औद्योगिक सुरक्षाको क्षेत्रमा प्रदूषण मुक्त छ वा छैन भन्ने तथ्यले भिन्नै अर्थ राख्नेछ । त्यसो भएको हुँदा त्यहाँ कार्यरत श्रमिक तथा कर्मचारीकोे स्वास्थ्य सुरक्षा औद्योगिक सुरक्षाको अर्को महत्वपूर्ण प्रश्न भएको हुदा सोको उचित व्यवस्थापन गर्नु जरुरी भइसकेको छ । जुन जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषय वस्तु हुन् । जसको अभावमा उपयुक्त कार्यक्षेत्रको विकासको सम्भावना लगभग शून्यप्राय अवस्थामा रहनेछ ।
यस देखिनबाहेक कोभिड १९ को जोखिमको कारण वर्तमान परिपेक्षमा व्यक्तिगत रूपमा प्रयोगमा आउने एप्रोन, ज्यावल, औद्योगिक क्षेत्रको मुख्य प्रवेशद्वारमा स्यानिटाइजेशनयुक्त ढोकाको प्रयोग, जोखिम न्यूनीकरणका उपायमा आधारित जनचेतनामूलक अभिमुखीकरण कार्यक्रमको उचित व्यवस्थापन, सामाजिक भौतिक दूरीको प्रयोगमा जोड दिने संस्कृतिको विकासले सुरक्षाको क्षेत्रमा उपलब्धिमुलक नतिजा हासिल गर्न सकिनेछ । जसको अभावमा औद्योगिक व्यवसायहरू सुरक्षितरूपमा सञ्चालनमा आउन नसक्ने हुँदा उचित संरक्षणसहितको व्यवस्थापन आजको औद्योगिक सुरक्षाका अभिन्न अंग हुन् भन्दा
फरक नपर्ला ।
तसर्थः श्रमिक, कामदार, व्यवस्थापकीय पक्ष तथा कर्मचारीवर्गको स्वास्थ्य एवं भविष्य केन्द्रित जीवन सुरक्षाको खातिर कोरोना बीमाको अवधारणामा आधारित रहँदै उक्त बीमाका अतिरिक्त अन्य स्वास्थ्य बीमा, जीवन बीमाको व्यवस्था गर्नुपर्ने देखिन्छ ।
हालको जोखिमपूर्ण अवस्थामा सुरक्षित अवधारणाअनुरूप सम्भव भएसम्म औद्योगिक प्रतिष्ठानभित्रै क्वारेनटाइनको व्यवस्थापनको अतिरिक्त आवश्यक परेको बखतमा कार्यरत पक्षको जीवन रक्षार्थ अस्पतालसम्म पुग्नको लागि आवश्यक पर्ने कोरोना संक्रमण न्यूनीकरण भ्यानको व्यवस्था गर्नसके श्रम सुरक्षाको क्षेत्रमा उल्लेख्यनीय सुधार अनुभूति गर्न सकिनेछ । जसलाई औद्योगिक सुरक्षाको क्षेत्रमा कोभिड–१९ को त्रास एवं संक्रमणको जोखिम न्यूनीकरणको अब्बल उपायको रूपमा लिँदा त्यति अनुपयुक्त नहोला ।
त्यसपछि यस क्षेत्रमा रहेको चुनौतीलाई चिर्दै सुरक्षित औद्योगिक अवधारणाअनुसार निरन्तर रूपमा औद्योगिक व्यवसायहरू सञ्चालन गर्न सकिने वातावरण तयार हुने देखिन्छ । मुलुकको आर्थिक विकासमा औद्योगिक समूहले निरन्तररूपमा राज्य पक्षसँग हातेमालो गर्दै सहयात्रीको रूपमा कार्य गर्दै आएको तथ्यसँग यस क्षेत्रका जानकारहरू अनभिज्ञ रहेका छैनन् । त्यसो भएको हुँदा चुनौतीपूर्ण यस घडीको अत्यधिक सदुपयोगका लागि राज्यका तर्फबाट निरन्तर सहयोगको अपेक्षा राख्दै व्यवसाय सञ्चालनको क्षेत्रमा लाग्ने प्रतिबद्धतासहितको कार्ययोजनालाई क्रमशः अगाडि बढाउने प्रणअनुसार जोखिम मोलेरै भए पनि औद्योगिक व्यवसाय सञ्चालनको लागि कम्मर
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- प्राधिकरणको नक्कली आम्दानीले कुलमान समस्यामा
- बहुवर्षीय ठेक्कासम्बन्धी संशोधित मापदण्डमा पुरानै मुद्दा
- पशुपति धर्मशाला विवादमा मारवाडीको दाबी झुटो साबित
- रियलस्टेटमा बैंकहरुको ऋण लगानी दुई खर्ब ६२ अर्ब
- धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो
- गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन
- भारतीय क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट एनपिएल खेल्ने
- द्रुतमार्गको प्रगति सोचेभन्दा राम्रो रहेको संसदीय समितिको निष्कर्ष
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया