मदन मण्डारीलाई सम्झिँदा
काठमाडौं । चितवनको दास ढुंगाना मदन भण्डारी र जीवराज आश्रितको रहस्यमयी तरिकाले कार दुर्घटनामा मृत्यु भयो । ड्राइभर बाँचे तर पछि तिनको झन् रहस्यमय तरिकाले काठमाडौंको मुटु मैतीदेवीमा खुलेआम दौडाएर मारियो । नेपाली कांग्रेसका वर्तमान सभापतिले एमालेकै कार्यक्रममा यो प्रश्न उठाउनुभयो तर शेरबहादुरजीको प्रश्नको उत्तर कसैले दिएन अथवा सकेनन्, तैचुप मैचुप भो ।
स्व जीवराज आश्रितसँग मेरो परिचय भएन स्व मदनजी पनि बनारसमा सक्रिय होइन । ई.सं. १९७ देखि १९८० सम्म त म बनारसमै पढेर बसेको हुँ । त्यहाँ देखिनुभएन । बनारसमा देखिएका र भेटिएका कम्युनिस्ट नेतामा सर्वश्री पुष्पलाल श्रेष्ठ, मोहन विक्रम सिंह, मोहन वैद्य, मोदनराज आश्रित, बलराम उपाध्याय, मोहन चापागाई र पछि नख्खु जेल तोडेर गएपछि सीपी मैनाली धरानतिरका पुण्य आचार्य हुन । छात्र राजनीतिमा हाम्रो धमासान नै हुन्थ्यो ।
जनमत संग्रह घोषणा भएको २०३६ सालको बीचमा निश्चित तिथिमिति थाहा भएन । मदन भण्डारीहरूले सिरहामा गोप्य भूमिगतरूपमा नक्सलाइट गु्रप भनिन्थ्यो । एउटा गाउँमा सम्मेलन गरेका थिए । प्रदीप गिरी र नरबहादुर भण्डारी मनिपुरका बनारसमा पढेका टंकनाथ, हामी कांग्रेसी तर समाजवादी ग्रुप भनेर लहानमा सेन्टर बनाएर काम गर्दै थियौँ । मेरो सम्पादनमा जनमत बुलेटिन छापिन्थ्यो । प्रकाशक सिरहा बहुदलीय प्रचार समिति भनेर छापिन्थ्यो । कृषि मजदुरलाई पक्की चार किलो मजदुरी दिनुपर्छ भन्ने अभियान चलाइयो । स्व मदन भण्डारीसँग मेरो पहिलो मेट भोजपुर क्याम्पसमा भयो । हामी धनकुटाबाट हिँडेर तेरथुम हुँदै भोजपुर गएका हौँ, तेरथुम क्याम्पसमा धरानका साथी आनन्द आचार्य पढाउनुहुन्थ्यो । भोजपुरमा विराटनगरका साथी अच्युत रिजाल, जनमत संग्रहपछि सूर्यबहादुर पञ्चायतमा मन्त्री हुँदा धनकुटामा स्व राजा वीरेन्द्रको सवारी रमाइलो र देश दर्शनमा थापाजी र म थियौँ । मदन भण्डारीलाई प्रदीप गिरीको नेतृत्वमा लोहियावादीहरूको सानो ग्रुप सिरहा लहान सक्रिय छ भने थाहा रहेछ । त्यसमा बर्मा, भुटान, मनिपुरतिरका विद्यार्थी छन् भने पनि थाहा रहेछ । तपाईँ बर्मेली हो भन्नु भो म छक्क परे । खुसी पनि लाथ्यो, बर्माको शिलिस्ट पार्टी जसको नेता उवास्वे हुन् । पिनाजी हाम्रो मिचिना जिल्लाको नेता हुनुहुन्थ्यो । तिनैले २००७ सालको क्रान्तिमा बर्माबाट हतियार ल्याउन सहयोग गरेका हुन् । भलाकुसारी परिचय भएपछि मैले नै प्रश्न गरे,जनमत संग्रहमा किन पहेँलोमा भोट हालेको ? अर्थात् निर्दलीय पञ्चायती पक्षमा ? भने अलिकति पनि नरिसाई सजिलो गरी उत्तर दिनुभयो । यो हाम्रो मजदुरी र रणनीति हो । कांग्रेस ठूलो पार्टी छ, २००७ सालमा क्रान्ति गरेको २०१५ मा आमचुनाव जित्नेको हामी त हराइहाल्छौँ नि होइन र ? स्पेसचाहिँ यो पनि धेरै कुराकानी भयो । सायद मलाई लाग्छ त्यहाँ दिप नेपाल र विद्या भण्डारी पनि हुनुहुन्थ्यो । हामी दुईजनाको गफ एक घण्टा भयो होला ।
अब मुख्य विषयमा जाऔँ, मदन भण्डारीले प्रतिपादन गरेको भनिएको यो जनताको बहुदलीय जनवाद मौलिक अवधारणा र सिद्धान्त होइन । कम्युनिस्टहरूले यस्ता प्रयोग धेरै ठाउँमा गरेका छन् । माक्र्सले यो रोपमा मजदुरहरूको शोषण देखेर अतिरिक्त मूल्यको सिद्धान्त प्रतिपादन गरे । नाफामा पुँजीले मात्र काम गर्दैन, श्रम पनि चाहिन्छ । नाफाको प्रतिफल उचितरूपमा श्रमिकले पनि पाउनुपर्छ यति नै हो । एगेंलको आर्थिक सहयोगमा बाँचे पनि माक्र्सले पुँजीपतिको पक्ष लिएनन् ।
माओको पनि आफ्नै पारा छ । उनले किसानलाई प्राथमिकता दिए । माओले लङमार्च गरेर आफ्ना लाल सेनालाई किसानका खेतीमा काम गर्न लगाए । किसानलाई खानपुग्ने अन्न बाली थन्काई दिएर आफूलाई राजी खुसी राखे । चीनको सामन्ति व्यवस्था र शोषण आश्र्चय लाग्दो छ । महिला पोइल हिन छन् भनेर सानैमा खुट्टामा फलामका जुत्ता लगाएर कुञ्ज्याउने अनेक प्रकारका शोषण जमिनदारका कति पत्नी गनिसाध्य हुँदैन’थ्यो । खास गरेर वर्तमान चीन राष्ट्रवादी र विकासवादीनै हो ऊ अमेरिकासँग पूरा युरोप प्रतिस्पर्धा गर्न चाहन्छ । भर्खरै भनौन दश वर्षअघि पोल्यान्डमा मजदुर नेता शेरव वालेसा राष्ट्रपति बने । तीनको हिजोआज अत्तोपत्तो छैन । उत्तर कोरियालाई चीनले काँध नहालेको भए उसको अस्तित्वमै रहने थियो थिएन भन्न सकिन्नँ । त्यत्रो लेलिनको प्रयासले निर्माण भएको सोभियत युनियन टुक्राटुक्रा भयो जर्मनीका नेता राजा लक्जेम्बर लेभनेको लेलिनले मानेका भए सोभियत युनियन टुक्राटुक्रा हुने थिएन होला । एसियामा कम्युनिस्टहरूले नयाँ तरिका निकाले सर्वप्रथम इन्डोनेसियाका डिएन अडिटले राजासँग मिलेर आफू बलियो बन्ने कम्युनिस्ट पार्टीलाई बलियो बनाउने अनि सत्ता कब्जा गर्ने राजा सुकार्णोलाई उचालेर थेचारे । हिजोआज भेनेजुएलामा कम्युनिस्टले एउटा फर्मुला निकालेका छन् । देशको तीस प्रतिशत आवादीलाई आफ्नो क्याडर बनाउने प्रजातान्त्रिक देशलाई देखाउन आवधिक चुनाव गराउने सत्ता आफ्नै हातमा कब्जा गराउने । यो कति दिन चल्ने हो थाहा छैन । भेनेजुएलाका छोरा अर्थात् राष्ट्रपतिका छोरा नेपाल भ्रमण गरेर फर्केका छन् । प्रगतिशील साथीहरूले ठूलो थेसिस लेखेका छन् । अबको प्रचण्डपथ यही हो । देश नङ्ग्याउने, टाट पल्टाउने आफू मासिने देश पनि मास्ने ?
नेपालका तथाकथित कम्युनिस्टहरूले नेपालमा धेरै प्रयोग गरे । स्व वीपी कोइरालाले अडिट फर्मुला भन्नुभएको थियो । इन्डोनेसियाका कम्युनिस्ट नेता डिएन अडिटले राजा सुकार्णोलाई उल्लु बनाएर सत्तामा त हाबी भए तर । सत्ता क्याप्चर गर्न सकेनन् । अडिट फर्मुला अन्तर गत सर्वश्री शैलेन्द्रकुमार उपाध्याय डीपी अधिकारी, कमलराज रेग्मी र अन्य कतिपय कम्युनिस्ट पञ्चायत व्यवस्थाको सत्ताकेन्द्रमा स्थापित पनि भए । पछि आएर सर्वश्री गिरिजाप्रसाद कोइरालाले अझ सटिक व्याख्या गर्नुभएको थियो । माले, मण्डले, मसाले सबै एउटै हुन् भन्नुभयो । यी सबै प्रजातन्त्रवादी होइनन् भन्नुभयो । माओवादीलाई सत्तामा आफैँले ल्याउनुभयो । अहिले प्रचण्ड ताण्डव नृत्य गरिरहेका छन् । पहिले त माक्र्सवादी मनमोहन अधिकारी भरतमोहन अधिकारी मैनालीहरूलाई नक्सलाइट आतंकवादी भनेर घृणा नै गर्थे । तर नक्सलवादीले संगठन बढाएपछि अन्तर्राष्ट्रिय जगतले उनलाई मान्यता दिँदैन भनेर बाध्यतावश मनमोहन अधिकारीलाई भारतले र चीनले पनि चिनेको प्रधानमन्त्री बनाए माक्र्सवादी प्रधानमन्त्री तर नक्सलाई माधवकुमार बन्दुक पड्काउन पनि नजान्ने उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री भएर प्रधानमन्त्री मनमोहन अधिकारीलाई अधिकार नदिएर रुवाएकै हुन् गृहमन्त्री केपी ओली त्यसैबेलादेखि ओलीको सत्ताभोग जागेको हो । अघि मदन भण्डारीले जनताको बहुदलीय जनवाद भन्थे अब धारणा ल्याए । यसले सबै कम्युनिस्टलाई समेट्न सकेन । जबजवाला वामदेव गौतम, माधव गौतम, केपी ओली, सबै अलतअलग भएका छन् । सीपी मैनाली, मोहन विक्रम सिंह, नारायणमान जिजुच्छे रोहित आफ्ना–आफ्ना धुनी जगाएर बसेका छन् । रोहितजीले सत्ताबाट परै नै बसेर आफ्नो काम गरिरहनुभएको छ । अरू कति छन् कति ? गनिसाध्य छैन । हिजो आजचाहिँ नेपालमा माक्र्सवादी, नक्स्लवादी र माओवादीको चरम गुण्डागर्दी चलिरहेको छ । बामपन्थी एकताका हल्ला र नाटक धेरै भए । सिद्धान्तविहीन च्याखेपार्टी पनि धेरै भएका छन् । रवि लामिछानेचाहिँ त्यसका जोकर हुन् । साहित्य फाँटमा शंकर लामिछाने भन्ने ठूला साहित्यकार थिए । उनको एउटा भूमिकाले पारिजात जमिनबाट आकाशमा पुगिन् । अब रवि लामिछाने आफू डुब्ने हुनकी ? ओली र प्रचण्डलाई नै डुबाउने हुन् ? निकट भविष्यले बताउला रविजी राजनीति पत्रकारिता जस्तो सजिलो छैन । संस्कृतका विद्वानले लेखेका छन् । बारङ्गनेक नृपनीति अनेक रूपा अर्थात् राजनीति बेश्याजस्तो अनेक रूप धारणा गर्छ । स्व मदन भण्डारीको नियत लोकप्रियता बाकपटुता, कार्य कुशलता र सैद्धान्तिक स्पष्टतामा कुनै शंका छैन । तर के गर्नु तिमीलाई नमारी औसरवादी पदलोभ, लोभी पापीले मौका पाउने भएनन् । कालगतिले मर्न पनि दिएनन् ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया