नेपालमा महिला उद्यमशीलताको विकासमा स्टार्टअपको महत्व
काठमाडौं । विश्वमा महिला विकासको अवस्थाको अध्ययन गर्दा सन्तोषजनक देखिँदैन । ज्याला, अवसर, पहुँच, सहभागिता सबैमा समानता देखिँदैन । विश्वमा गरिबी र भोकमरीको मुख्यकारण लैंगिक समानता रहेको संयुक्त राष्ट्र संघको अध्ययनले देखाएको छ । यसको कारण अनुमानित ६० प्रतिशत महिला र बालबालिका भोकमरीको चपेटामा परेका छन् । दक्षिण एसियामा ७० प्रतिशत महिलाहरू कृषि क्षेत्रमा काम गर्छन् । विश्वमा जम्मा २० प्रतिशत महिलाहरूको सम्पत्ति माथिको हक कायम रहेको छ । उत्तर अफ्रिका र पूर्वी एसियामा पाँच प्रतिशतभन्दा कम महिलाको कृषि भूमिमा स्वामित्व रहेको देखिन्छ । धेरैजसो देशहरूमा आंशिक र कम दररेटको ज्यालामा जागिर पाउने एउटै कार्यमा पनि कम ज्याला पाउने तर महिलाको घरायसी हेरचाह र बालबच्चा हुर्काउने दोहोरो जिम्मेवारी हुने हुनाले उनीहरू पुरुषभन्दा बढी घन्टा काममा खटिनुपर्ने देखिएको छ । तर सँगै अध्ययनले महिलाको आम्दानीको मात्रा बढेसँगै बालस्वास्थ्य, स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधार हुने देखाएको छ ।
उद्यमी शब्द वास्तवमा अंग्रेजीमा फ्रान्सिसी भाषाबाट लिइएको हो । यस शब्दको मूल अर्थ हो, यस्तो आर्थिक नेता जो, नयाँ वस्तुहरू, नयाँ प्रविधि तथा पूर्तिको लागि स्रोतहरूलाई सफलतापूर्वक प्रचलित गरेर सु–अवसर बनाउने योग्यता राख्छ । जसले आवश्यक संयन्त्र तथा साधन, प्रविधि र श्रमशक्तिलाई एक ठाउँमा ल्याउँछ र जसले संगठित गरेर कारोबार चलाउने समेत क्षमता राख्छन् । देशको आर्थिक तथा राजनीतिक प्रणाली जेसुकै होस् । तर आर्थिक विकासको लागि उद्यमी एकदमै आवश्यक छ, समाजवादी राज्यमा राज्य आफैँ उद्यमकर्ता हुन्छ । तर नेपालजस्तो अल्पविकसित देशहरूमा यही स्थिति रहन्छ, किनभने यस्ता देशहरूमा पनि निजी उद्यमकर्ताले जोखिम उठाउन संकोच गर्दछन् । जोखिम लिन संकोच मान्दछन् । जुन नयाँ उद्योगहरूसँग सम्बन्ध रहन्छ । उन्नत पुँजीवादी समाजहरूमा निजी उद्यमीहरूले नै समाजको विकासमा महत्वपूर्ण कार्य गर्छ ।
सामान्यतया महिला उद्यमशीलता भन्नाले महिला उद्यमीहरूबाट गरिने व्यावसायिक प्रतिष्ठानको सञ्चालन, सङ्गठन र स्थापनालाई बुझिन्छ । अथवा सुम्पिटरको उद्यमशीलता अवधारणाअनुसार महिला जसले नवप्रवर्तनद्वारा अथवा अन्य व्यवसायको नक्कल वा स्वीकार गरेर व्यावसाय सञ्चालन गर्छ भने त्यस कार्यलाई महिला उद्यमशीलताको अर्थमा लिन सकिन्छ ।
महिलाहरू पनि मानव जाति नै भएकाले उद्यमी शब्दले पुरुष, महिला दुवैलाई समेट्छ । यस अर्थमा उद्यमीको सामान्य परिभाषा महिला उद्यमीमा पनि समानरूपले लागू हुन्छ । उद्यमीसम्बन्धी सबैभन्दा सरल परिभाषा नरमन एम स्कारब्रो र थोमस डब्लु जिमररले दिएका छन् । उनीहरूको मतअनुसार ‘उद्यमी त्योहो जसले अवसरहरू पहिचान गरेर र ती अवसरहरूबाट फाइदा उठाउन आवश्यक साधनहरू जुटाएर नाफा तथा वृद्धि हासिल गर्ने उद्देश्यका लागि जोमी तथा अनिश्चितताका सम्मुख नयाँ व्यवसाय सिर्जना गर्छ । यस अर्थमा महिला उद्यमी भनेको व्यावसायिक संस्था आरम्भ, संगठन र सञ्चालन गर्ने महिला वा महिलाहरूको समूह हो ।
उद्यमीका रूपमा महिला तथा पुरुष दुवैको काम समान हुन्छ । उद्यमीहरूका कार्य वर्णन गर्दा हामीले उनीहरूका मूल कार्य जोखिम तथा अनिश्चितता बहन गर्नु, संगठन गर्नु, नवप्रवर्तन गर्नु हो भन्ने व्याख्या गरेका थियौँ । अतः महिला उद्यमीहरूका मूल कार्य पनि अनिश्चितता बहन गर्नु, संगठन गर्नु र नवप्रवर्तन गर्नु हो । महिला उद्यमीहरूले कुनै पनि उद्योग वा व्यवसाय स्थापना गर्नका लागि उसलाई विभिन्न स्रोत–साधनहरू तथा सुविधाहरूको आवश्यकता पर्छ । साना उद्योगका लागि थोरै मात्र स्रोत–साधनहरूको आवश्यकता पर्छ भने ठूला उद्योगका लागि त्यतिकै मात्रामा स्रोत–साधनहरूको आवश्यता पर्छ । त्यस्ता स्रोत–साधनहरू र सुविधाहरू सम्पूर्ण मात्रामा उद्यमीहरूले आफैँले मात्रै व्यवस्था गर्न सक्षम नहुन सक्छन् । यस्तो अवस्थामा उनीहरूलाई सहयोग गर्नका लागि विभिन्न संघ–संस्थाहरूको सहयोगको अतिआवश्यकता पर्छ । यसरी ती विभिन्न संघ–संस्थाहरूबाट प्राप्त हुने सहयोगलाई नै संस्थागत सहयोग भन्न सकिन्छ ।
महिला उद्यमशीलता विकासका लागि सर्वप्रथम आर्थिक तथा सामाजिक पूर्वाधारहरू निर्माण गरिनुपर्छ । यातायात, सञ्चार, विद्युत्, ऊर्जा सुविधा, बजार विस्तार आदि आर्थिक पूर्वाधारहरू र विकासको लागि प्रतिकूल रहेका सामाजिक बाधा व्यवधानहरू हटेपछि मात्र उद्यमशीलता विकासको सम्भावना वृद्धि हुन्छ । यातायात, सञ्चार, वित्तीय संस्थाको विकास, विद्युत्, इन्धन, सिँचाइ आदिको सिर्जना तथा विकास गर्नु आर्थिक आधारशीला निर्माण गर्नु हो भने शिक्षा, स्वास्थ्य, आवास, प्रशिक्षण, कुशल प्रविधिको विकास आदिमा लगानी गर्नु सामाजिक आधारशीला निर्माण गर्नु हो । विशेषतः यो कार्य गर्नमा सरकार तथा सरकारी नियकायहरू सहभागी हुन्छन् । यी आर्थिक तथा सामाजिक पूर्वाधारहरूले अर्थतन्त्रको विकासको गति अगाडि बढाउँदै लैजान्छ ।
नेपालमा उद्यमीहरूलाई संस्थागत सहयोग पुर्याउन सरकारी स्तरबाटै विभिन्न व्यवस्थाहश्ररु भएका छन् । विशेषगरी विभिन्न सरकारी निकायहरूले संस्थागत सहयोगले संस्थागत सहयोग पुर्याउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् । यस्ता सरकारी निकायहरू भन्नाले सरकार मातहतमा रहेका विभिन्न मन्त्रालय, विभागहरू र स्थानीय शाखा वा प्रशाखाहरूलाई बुझाउँछ । यी निकायहरूले उद्योग व्यवसायसँग सम्बधित विभिन्न नीतिनियमहरू तर्जुमा गरेर उद्यमीहरूलाई सहयोग गर्दछन् । प्रमुख सरकारी निकायहरू यसप्रकार छन् ।
१. उद्योग मन्त्रालय
२. उद्योग विभाग
३. घरेलु तथा साना उद्योग
४. कम्पनी रजिस्ट्रारको कार्यालय
५. नेपाल गुणस्तर तथा नापतौल विभाग
६. नेपाल पर्यटन बोर्ड ।
व्यावसायिक निरन्तरताको लागि उद्योग व्यवसायीले पाँच प्रतिशत ब्याजदरमा कर्जा पाउने भएका छन् । सरकारले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरेसँगै व्यवसायीले कर्जा सुविधा पाउने भएका हुन् । कोभिड १९ बाट प्रभावित घरेलु तथा मझौला उद्यम एवं पर्यटन व्यवसायका श्रमिक तथा कर्मचारीको पारिश्रमिक तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि कार्यविधिले कर्जा उपलब्ध गराउने सुनिश्चितता गरेको छ । कार्यविधिअनुसार सरकारले ५० अर्ब रुपैयाँको कोष स्थापना गर्नेछ । सोही कोषमार्फत कोभिड प्रभावित व्यवसाय सञ्चालन निरन्तरताका लागि ५० अर्बको कोष व्यवस्था गर्ने घोषणा सरकारले गरेको थियो । बजेट कार्यान्वयनमा आएका करिब पाँच महिनापछि मात्र कार्यविधि जारी गरेको हो । अब सरकारले राष्ट्र बैंकको बैंकिङ कार्यालयमा ५० अर्ब रूपैयाँको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह शोधभर्ना खाता खोल्नेछ । खातामा सरकारको पूर्ण वा आंशिक स्वामित्व रहेका संस्थाबाट मन्त्रालयको समन्वयमा रकम जम्मा हुनेछ । उक्त रकम बराबर सरकार र विदेशी संघसंस्थाबाट भएको सम्झौताबमोजिम प्राप्त हुने कार्यविधिमा उल्लेख छ । खातामा मन्त्रालयले पटक–पटक गरी आवश्यकताको आधारमा रकम जम्मा गर्नेछ । खातामा रहेको रकम प्रयोजन समाप्त भएपछि राष्ट्र बैंकले सरकार तथा सम्बन्धित संस्थालाई फिर्ता गर्ने व्यवस्था छ । यस कार्यक्रमअन्तर्गत न्यूनतम पाँचदेखि १० करोड रूपैयाँसम्म पाइने । व्यवसायीले कर्मचारीलाई कर्जा अवधिभर रोजगारीबाट हटाउन नपाउने, बैंक तथा वित्तीय संस्थाले १५ दिनभित्र कर्जा प्रवाह गर्नेपर्ने र सहुलियत ब्याजदरका अन्य कर्जा वा सहायता लिएका ऋणीले भने कर्जा नपाउने भएका छन् ।
महिला उद्यमीहरूको आधिकारिक एकीकृत तथ्याङ्क उपलब्ध नभए पनि उद्योग दर्ता गर्ने निकाय तथा उद्योग व्यवसायसँग सम्बन्धित छाता संगठनहरूले केही तथ्याङ्कहरू प्रस्तुत गरेका छन् । तथ्याङ्क विभागद्वारा हालै सार्वजनिक राष्ट्रिय आर्थिक गणना, २०७५ मा मुलुकभर नौ लाख २२ हजार चार सय व्यवसाय सञ्चालनमा रहेको र त्यसमा करिब ३४ लाख श्रमिकमध्ये महिलाको संख्या १३ लाख ६३ हजार अर्थात् ४० प्रतिशत रहेको तथ्याङ्क छ । त्यसैगरी मुलुकमा स्थापना भएका लघु उद्यम, घरेलु तथा साना उद्योगमा ६० प्रतिशतभन्दा बढी स्वामित्व महिलाको रहेको अनुमान छ । उद्योग विभागमा २०७६ माघ महिनासम्म दर्ता भएका ठूला, मझौला र विदेशी लगानी भएका साना उद्योगहरूगरी जम्मा आठ हजार एक सय ३५ उद्योग दर्ता भएका छन् भने यसमा चार हजार नौ सय ५१ विदेशी लगानीका उद्योगहरू छन् । यसमध्ये महिला उद्योगीको संख्या मात्र कति हो भन्ने छुट्टै तथ्याङ्क भने उपलब्ध छैन ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया