Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपाली राजनीतिको नियति

नेपाली राजनीतिको नियति


निनाम कुलुड. ‘मंगले’
हुन त नेपालमा बल्ल कोरोनाको ‘पिक समय’ सुरु भएको छ । तर, सरकारले भने यसअघि नै कोरोना नियन्त्रणका लागि १० अर्ब खर्च गरिसकेको भनी सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यूले भन्नुभएको छ । तर, राज्यले कोरोना नियन्त्रण गर्न गरेको भनेको १० अर्बको हिसाब एक–एक गरी चाहिन्छ भनी सर्वसाधारण मानिसहरू (खासगरी युवा पुस्ताले) हिसाब माग गरेर प्रधानमन्त्री निवास बालुवाटार माइतीघर मण्डला र देशको अन्य सहरमा समेत प्रदर्शन गरेपछि सरकारले आठ अर्ब ४० करोड चानचुनको हिसाब देखाएको छ ।

तर, नेपालका अति जान्ने सुन्नेहरू त अति जान्ने सुन्ने नै भैहाले, त्यसैले सरकारको यो हिसाब (सरुमा १० अर्ब भनेको र पछि आठ अर्ब ४० करोड चानचुनको हिसाब देखाएकोलाई) नेपालका अति जान्ने सुन्नेहरूदेखि सर्वसाधारण मानिसहरूले पनि पत्याएका छैनन् । त्यसैले यही विषयमा लेख लेख्दा पनि हुने हो । तापनि आज म नेपालको समग्र राजनीतिमा हुने चाकरी, चाप्लसी, हनुमानगिरी आदिबारे लेख्ने प्रयास गर्दै छु । त्यसमा पनि नेपालका आदिवासी जनजाति मूलका नेताहरूमा देखिएको यस्तो प्रवृत्ति र त्यसले समग्र आदिवासी जनजाति आन्दोलनमा पारेको प्रभाव आदिबारे विषेश चर्चा गर्नेछु ।

यसको सुरुवात राष्ट्रियस्तरमा मनाउने विभिन्न कार्यक्रमहरूबाट सुरु गरौं । यसरी राष्ट्रियस्तरमा मनाउने विभिन्न कार्यक्रमहरूमा सरकार प्रमुख, राष्ट्र प्रमुख, राज्यका विभिन्न निकायका प्रमुखहरू र राज्यपक्षका मान्छेहरू धुमधामका साथ काठमाडौँको टुँडिखेलको सैनिक मञ्चमा भेला हुने गरेका छन् । त्यस्ता कार्यक्रमहरूमा देशका शासक जात र शासक वर्गका मान्छेहरूले त खुशी मनाउने नै भए । जस्तै संंविधान दिवस, प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, बडादशैं, घोडेजात्रा आदि आदि । तर, उक्त कार्यक्रममा ‘सुझो न बुझो टिकी ट्याँस–ट्याँस’ भनेझैं विभिन्नि जातजाति र भाषाभाषीका केटाकेटीहरू (केही वयस्कहरू पनि) त्यस्तो कार्यक्रमहरूमा जोडतोडका उफ्रीपाफ्री गर्न पुग्छन् ।

त्यस्तो कार्यक्रमहरूमा जोडतोडका उफ्रीपाफ्री गर्ने ती विचराहरूलाई केही थाहा हुँदैन । दोष त त्यसरी प्रयोग गर्न सहयोग गर्ने नेतृत्व तहका मान्छेहरूमा छ । जसको काम भनेको संंविधान दिवस, प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, बडादशैं, घोडेजात्रा आदि आदि मनाउन उपस्थित भएर सरकार प्रमुख, राष्ट्र प्रमुख, राज्यपक्षका मान्छेहरू, तिनका हनुमानगिरी गरेर र झोलेपोके बनेर सरकार र, राज्यको केही हिस्सामा भाग शान्ति जय नेपाल गर्न पाए हुन्थ्यो भन्ने मनसाय भएका हाम्रा भनिएका मान्छेहरू नै हुन् । ती आदिवासी जनजाति मूलका औंलामा गन्न सकिने केही व्यक्तिहरूलाई मनोरञ्जन दिलाउने र खुशी बनाउने काम मात्रै हो । भन्ने नै हो भने, विचरा ती आदिवासी जनजाति र मधेसी मूलका केटाकेटीहरू वा भनौं कलाकारहरूले दिलाएको मनोरञ्जन वा भनौं उफ्रीपाफ्रीले सरकार प्रमुख, राष्ट्र प्रमुखलगायत खुशी भएर फर्कन्छन् । त्यस्ता कार्यक्रमको दृश्यहरू हरेक पटक विभिन्न टेलिभिजन च्यानलहरू र युट्युबहरूमा राखिएको हुन्छ ।

तर, नेपालमा जो जनताहरू असन्तुष्ट पक्ष भनी चिनिन्छन्, नेपालका आदिवासी जनजाति र मधेसीले भने सुरुदेखि नै विसं २०७२ साल असोज ३ का दिन जारी भएको दिनदेखि नै नेपालको नयाँ संविधान प्रति असहमति राख्दै विरोध प्रदर्शन र विरोधसभा गर्छन् । यो वर्ष पनि ‘असोज ३ कालो दिन’ भनी उनीहरूले जुलुस निकाने, असहमति रहेको बुँदाहरू जलाए र विरोधसभा गरे ।

सो गर्ने क्रममा ३ जनालाई राज्यद्वारा पक्राउ गरियएको थियो । यसरी हेर्दा एक पक्षले विसं २०७२ साल असोज ३ का दिनलाई आधार मानेर नेपाल र दक्षिण एसियाको मात्रै नभएर विश्वकै उत्कृष्ट भन्दै धूपबत्ती गर्दै, मैनबत्ती बाल्दै संविधानको पक्षमा नारा जुलुस र जय, जय गर्दै संविधान दिवस मनाएका थिए भने राज्यपक्षका मान्छेहरूले नेपाल र दक्षिण एसियाको मात्रै नभएर विश्वकै उत्कृष्ट भन्ने गरेको संविधानविरुद्ध कालो दिवसको रूपमा सडकमा कार्यक्रम गरी ‘असोज ३ कालो दिन’ भनी कालो दिवसको रूपमा कार्यक्रम गरी कालो दिवस मनाइरहेका थिए ।

हुन त विसं २०७२ को संविधान जारी भएदेखि नै राज्य र राज्यपक्षका मान्छेहरूले धुपबत्ती बालेर, मैनबत्ती बालेर, दिपावली गरेर, अबिर लगाएर हर्षोल्लासका साथ संविधान दिवस मनाउँदै आएका छन् । त्यसैले यो वर्ष पनि उनीहरूले जे गर्नुपर्ने हो, त्यही गरे । अझ यो वर्ष त राज्यले नै ३ दिनसम्म हर्षोल्लास र भव्यताका साथ संविधान दिवस मनाउन उर्दी जारी गरेको थियो । जसलाई केही बुद्धिजीवी, लेखक तथा आलोचकहरूले ‘लोकतन्त्रको युगमा पञ्चायत व्यवस्थाको पुनरागमनको भूतको झल्को !’ भनी आलोचना पनि गरेका थिए ।

सरकारको सो निर्णयलाई पञ्चायत व्यवस्थासँग दाँजेका थिए । त्यसो त संविधान दिवस मनाउनका लागि राज्यले आम नागरिकलाई सार्वजनिक विदा दिएरै भव्यताका साथ संविधान दिवस मनाउँदै आएका छन् भने, आदिवासी जनजाति र मधेसीहरू भने सो दिनलाई आफ्नो समुदाय र वर्गका लागि कालो दिन वा कालो दिवस भनी मनाउँदै आएका छन् ।

जे होस्, पछिल्लो पटक वि.सं २०७२ असोज ३ मा जारी भएको नयाँ संविधान, जो राज्यपक्षका मान्छे र नेपालका ठूला भनिएका राजनैतिक दल र तिनका नेता तथा उनीहरूको हनुमानगिरी गरेर र झोलेपाके बनेर केही हिस्सामा जय नेपाल गर्ने आदिवासी जनजाति, दलित तथा मधेसीहरू र राज्यपक्षको वकालत गर्ने बुद्धिजीवीहरूको नजरमा नेपाल र दक्षिण एसियाको मात्रै नभएर विश्वकै उत्कृष्ट भनिएको संविधानको विरोधमा किन कालो दिवस नै मनाउने गरेका छन् त ? के उनीहरूले फगत विरोधका लागि विरोध गर्न मात्रै यसो गरेका हुन् त ? यहाँ एक चर्चा गर्ने प्रयास गरिएको छ ।

वि.सं २०७२ असोज ३ मा पछिल्लो पटक जारी भएको नयाँ संविधान, जो राज्यपक्षका मान्छे र नेपालका ठूला भनिएका राजनैतिक दल र तिनका नेता तथा उनीहरूको हनुमानगिरी गरेर र, झोलेपाके बनेर केही हिस्सामा जय नेपाल गर्ने आदिवासी जनजाति, दलित तथा मधेसीहरू र राज्यपक्षको वकालत गर्ने बुद्धिजीवीहरूको नजरमा नेपाल र दक्षिण एसियाको मात्रै नभएर विश्वकै राज्यको पक्षमा वकालत गर्ने बुद्धिजीवीहरूको नजरमा नेपाल र दक्षिण एसियाको मात्रै नभएर विश्वकै उत्कृष्ट भनिएको संविधान जो छ, त्यसमा आदिवासी जनजाति विरोधी ११ वटा धाराहरू रहेका छन् ।

त्यस्तै विश्वकै उत्कृष्ट भनिएको हालको संविधानमा २९ वटा धाराहरू आदिवासी जनजातिहरूका लागि विभेदकारी छन् । विसं २०७२ को संविधानमा सबैभन्दा धेरै अर्थात् ३९ वटा धाराहरू आदिवासी जनजातिहरूलाई बहिष्करण गर्ने खालका छन् । उता ५ वटा धाराले भने नेपालका शासक मानिएका आर्य–खस समूहको जातीय सर्वोच्चतालाई साथ र सहयोग गर्ने खालका छन् भने, धारा २७४ ले ७ प्रदेशबाहेक एक इन्च पनि तलमाथि गर्न नमिल्ने आशय बोलेको/उल्लेख गरिएको छ । मानौं कि, विसं २०७२ असोज ३ मा जारी भएको संविधानको धारा २७४ ढुंगोमा कुँदिएको अक्षर हो ! –सन्दर्भ स्रोतः अधिवक्ता शंकर लिम्बु, सचिव, लाहुर्निप ।

यस्तो हुँदाहुँदै पनि विसं २०७२ असोज ३ मा जारी भएको नयाँ संविधानलाई राज्यपक्षका मान्छे र नेपालका ठूला भनिएका राजनैतिक दल र तिनका नेता तथा उनीहरूको हनुमानगिरी गरेर झोलेपाके बनेर केही हिस्सामा जय नेपाल गर्ने आदिवासी जनजाति, दलित तथा मधेसीहरू र राज्यपक्षको वकालत गर्ने बुद्धिजीवीहरूको नजरमा नेपाल र दक्षिण एसियाको मात्रै नभएर विश्वकै राज्यको पक्षमा वकालत गर्ने बुद्धिजीवीहरूले विश्वकै उत्कृष्ट भनेर सुगा रटाइ गरिरहनु भनेको साँढेको … झर्ला र … ला भनी पर्खी बसेको, कमारो बुद्धि भएको र झोलेपोके प्रवित्ति भएकाहरू नै हुन् । जो ‘हाँ मा हाँ’ गर्दै र ‘चोचोमा मोचो’ मिलाउँदै जय नेपाल गर्नमै मस्त/व्यस्त छन् ।

खासमा त्यसरी राज्य र राजनैतिक दलको पक्षमा लागेका आदिवासी जनजाति मूलका नेता हौं भन्नेहरूको गलत कामकै परिणाम हो, गत अगष्ट ९ का दिन सरकारी अर्थात् सूचीकृत ५९ जातिहरूबीचमै अलगअलग रूपमा दुई समूहमा विभक्त भएर कार्यक्रम गर्न पुग्नु । यसो हुनुमा माथि शीर्षकमा भनिएझैंँ हामी नेपाली आदिवासी जनजातिहरूमा स्वविवेकले चल्ने प्रवृत्ति नभएर कमारो बुद्धि र झोलेपोके प्रवृत्ति हुनु नै प्रखुम कारण हो भन्न सकिन्छ ।

हुन त नेपालको आदिवासी जनजाति र समग्र आदिवासी जनजाति आन्दोलनको सन्दर्भमा भन्नुपर्दा नेपालमा तीनखाले आदिवासी जनजातिहरू रहेको स्वीकर्नुपर्ने हुन्छ । दुईखाले आदिवासीहरू सरकारी अर्थात् सूचीकृत ५९ (ग्रेट एट अर्थात् ठूलो समूह/धेरै जनसंख्या भएको र बाँकी थोरै जनसंख्या भएका जातिहरू) भए भने, सूचीकृत हुन बाँकी आदिवासी जनजातिहरू अरु एकखाले भए । जसले जे भने पनि यो वास्तविकता स्वीकर्नै पर्ने हुन्छ । हुन त सूचीकृत ५९ भित्रको ग्रेट एट र बाँकी थोरै जनसंख्या भएका जातिहरूबीच पनि आफू संलग्न राजनैतिक दल, आ–आफ्नो व्यक्तिगत स्वार्थ र, व्यक्तिगत टकरावको आधारमा केही मान्छेहरू यताउता गएको/भएको देखिन्छ ।

यहाँ स्वर्गीय डाक्टर हर्क गुरुङले लेखेको ‘जनजाति सेरोफेरो’ नामक किताबको पाना नम्बर–२२ मा लेखेको जनजातीय बित्याँस उप शीर्षकको ‘जनजातीय विविधताको । छिमेकी भारतको हामीमाथि ठूलो प्रभाव छ, विविध पक्षमा । त्यस देशको गणतन्त्र दिवसमा प्रदर्शन गरिने विभिन्न झाँकीमध्ये सबभन्दा बढी उफ्रिने टोलीहरू हुन् पञ्जावको भाँगडा र नागाहरूको नाच । तिनीहरूमध्ये ‘हो’ भन्नेहरू राजधानीमा उफ्रदै गर्छन्, ‘होइन’ भन्नेहरू स्वशासनको लागि पड्कदै गर्छन् ।

हाम्रो पनि राजनैतिक पर्वहरूमा जनजातीय धार्मिक/सांस्कृतिक झाँकीहरू प्रयोग हँदै आएको छ, तर पड्कनु भने बाँकी छ ।’ भनी लेखेको हरफको याद आयो । सायद हर्क गुरुङले आफ्नो सो लेखमा स्वतन्त्र पञ्जावको (खालिस्तान–स्वर्ण मन्दिर घटना) आन्दोलन र नागाल्यान्डको नागाल्यान्ड स्वतन्त्रताको आन्दोलनलाई इंगित गर्न खोजेका थिए ।

डाक्टर हर्क गुरुङ हालसम्म पनि जीवितै रहनुभएको भए समग्र नेपालको आदिवासी जनजाति आन्दोलन, विभिन्न राजनैतिक दलमा रहेका तर, आफ्नो जाति, भाषा, धर्म, संस्कार, संस्कृति र समग्र समुदायको हितको लागि केही न केही प्राप्त गर्नका लागि अधिकतम प्रयास गर्नेभन्दा पनि आफ्नो दल र तिनका नेताहरूको हनुमानगिरी गरेर र, झोलेपोके बनेर केही हिस्सामा ‘भागशान्ति जय नेपाल !’ गर्ने आदिवासी जनजाति मूलका नेताहरूप्रति कस्तो टिप्पणी गर्नुहुन्थ्यो होला ? उनीहरूलाई के भन्न चाहनुहुन्थ्यो होला ? कल्पना मात्रै गर्न सकिन्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x