Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगपर्यटन नीति, सूचना प्रविधि र संख्याको कुरो

पर्यटन नीति, सूचना प्रविधि र संख्याको कुरो


अन्य देशमा हेरेर हाम्रो देशमा धेरै ढीला मात्रै विदेशी पर्यटकहरूलाई प्रवेश गर्न दिइएको हो । हुन पनि विसं २००७/२००८ साल (सन् १९४९– ०५०) सम्म नेपाली समाज एक किसिमले बन्द समाजकै रूपमा रहेको थियो । त्यसबेलाको समयमा सरकारले नै विदेशीहरूलाई फिरंगी–विदेशी भनेर जो पायो त्यसलाई जथाभावीरूपमा नेपाल भित्रिन दिँदैन थिए । अरू त के कुरो भयो र मधेशकै मानिस (नेपाली)हरूले पनि पासपोर्ट लिएर मात्रै नेपाल (काठमाडौं खाल्डो) आउन पाउँथे । तर, सन् १९४९/५० मा आएको–भएको राजनीतिक परिवर्तनपछि चाहिँ तत्कालीन नेपाल सरकार (पछि श्री ५ को सरकार)ले नेपालकै मधेशी र विदेशीहरूलाई पनि नेपाल आउन खुला गर्यो ।

जे होस्, नेपालको समग्र यो कुरो गर्दाखेरि धेरै ढिला गरेर (विसं २०६५ मा) मा मात्रै नीतिगतरूपमा समग्रमा नेपालको पर्यटन नीति कस्तो हुने भन्ने सम्बन्धमा बृहद् ढंगले ‘नेपालको पर्यटन नीति–२०६५’ ल्याएको थियो । नेपाल सरकारले सो नीति ल्याएको गत लगभग १६ वर्ष भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विसं २०६५ मा ल्याएको सो पर्यटन नीतिअनुसार नेपाल सरकारले लगभग १६ वर्षको अवधिमा के–के काम गर्यो, के–के उपलब्धिहरू हासिल ग¥यो ? भनी मिहीन ढंगले हेर्ने र केलाउने हो भने देखाउन लायक वा भनौँ उल्लेख गर्न लायक त्यस्तो उल्लेख्य काम र उपलब्धिहरू के–के देखापर्लान् ? यी विष्यहरूलाई यहीँ छाडौँ ।

हुन पनि ‘नेपालको पर्यटन नीति–२०६५’ को बुँदा नम्बर ६, को (क) मा उल्लेख गरिएको दीर्घकालीन दृष्टिकोणअन्तर्गत ‘नेपालका प्राकृतिक, सांस्कृतिक, जैविक एवम् मानवनिर्मित सम्पदाहरूको संरक्षण तथा प्रवद्र्धन गर्दै नेपाललाई विश्व मानचित्रमा आकर्षक, रमणीय र सुरक्षित गन्तव्यस्थलको रूपमा विकास गर्नु पर्यटन क्षेत्रको दीर्घकालीन दृष्टिकोण हुनेछ’ भनी उल्लेख गरिएको भने (ख) मा राखिएको लक्ष्यमा ‘राष्ट्रिय सम्पदाहरूलाई दिगो उपयोगको माध्यमबाट पर्यटकीय क्रियाकलाप प्रयोग गरी राष्ट्रिय आयमा पर्यटन क्षेत्रको उल्लेख्य मात्रामा वृद्धि गराई जनताको जीवनस्तरमा सुधार ल्याउनु पर्यटन क्षेत्रको लक्ष्य गरिएका लक्ष्यको हुनेछ’ भनिएको छ । यसरी हेर्दाखेरि ‘नेपालको पर्यटन नीति–२०६५’ को अनेकौँ बुँदा र नम्बरहरू अनि (क), (ख), (ग), (क) १, २,(ख) १, २, ३,(ग) १, २, ३, ४ आदिमा नेपालको पर्यटनसम्बन्धी अनेकौँ मिसन, भिजन, गोल आदिको वर्णन गरिएको छ । जेहोस् यस सम्बन्धमा पछि छुट्टै लेखिने छ ।

उता आर्थिक वर्ष (०८१/८२) को बजेट भाषणमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष (विसं ०८१–८२) मा १६ लाख विदेशी पर्यटक भित्र्याउने उल्लेख गरेका छन् । नेपाल सरकारको सो लक्ष्य पूरा होला त ? पूरा भए कसरी होला ? शंकाको नजरले हेर्नुपर्ने हुन्छ । किनभने चालू आर्थिक वर्ष (२०८० को चैत १६, २०८१ को जेठ १५ (मार्च २९ देखि मे ३१, सन् २०२४) सम्मको दुई महिनाको अवधिमा नेपाल भ्रमण गर्नका लागि दुई लाख विदेशी पर्यटकको आगमन भएको मान्ने नै हो भने पनि विसं २०८१ को बाँकी १० महिनामा १४ लाख विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आउलान् त ? हो, यो प्रश्न चाहिँ मुख्य प्रश्नको रूपमा रहेको छ । हुन त बजेट भाषणलगत्तै विभागीय मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यस वर्ष (विसं २०८१ मा) १६ लाख विदेशी पर्यटक भित्र्याउनका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । यसरी बजेट भाषणमै चालू आर्थिक वर्ष २०८१–८२ मा १६ लाख विदेशी पर्यटक भित्र्याउने घोषणा गरेको भए पनि सरकारले के–कस्तो काम गरिरहेको छ ? सरकारले तुरुन्तै अन्तर्राष्ट्रिय हवाई सेवा थप्न लागेको छ ? तर नेपाल सरकारले पक्कै पनि त्यस्तो काम गरिरहेको छैन । तापनि नेपाल सरकारले आर्थिक वर्ष २०८१–०८२ मा १६ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने सो लक्ष्य पूरा गर्नका लागि के गर्दा सफल होला त ? त्यसै विषयका सम्बन्धमा यो लेखमा छोटो चर्चा गरिने छ । हालकै अवस्थामा विदेशी पर्यटकको नेपाल आगमन दरले १६ लाख पुग्न अलि असम्भव नै रहेको छ । किनभने १६ लाखको सो लक्ष्य पूरा गर्न पनि हरेक महिना लगभग एक लाख ३४–३५ हजार विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आउनुपर्ने हुन्छ । जुन तत्कालै कुनै आधारविना सम्भव हुँदैन । कसरीचाहिँ नेपाल सरकारले आर्थिक वर्ष २०८१–८२ मा १६ लाख विदेशी पर्यटक नेपाल भित्र्याउन भनी घोषणा गरेको लक्ष्य पूरा हुन्छ ?

त्यसो त अहिलेको जस्तो सूचना, सञ्चार र प्रविधिले अति छिटो फड्को मारिरहेको जमानामा कुनै पनि देशको पर्यटन आगमनमा सकारात्मक ढंगले वृद्धि हुन र पर्यटन प्रवाहन गर्नका लागि सहयोग पुग्न सूचना, सञ्चार र प्रविधिको भूमिका कस्तो रहन्छ, हुन्छ ? भन्ने सम्बन्धमा केही लेख्ने प्रयास गरिएको छ । त्यसरी हेर्दाखेरि सूचना, सञ्चार र प्रविधिले असाध्यै फड्को मारेको वर्तमान समयमा जुन देशको सरकार र पर्यटन व्यवसायीले आफ्नो देशका पर्यटकीय गतिविधिबारे छिटो र छरितो ढंगले सूचना, सञ्चार र प्रविधिको प्रयोग गर्छन्, ती देशले बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन सक्छन् भन्ने देखिन्छ । जुनसुकै देशको सरकार र पर्यटन व्यवसायीले पनि आफ्नो देशका पर्यटकीय गतिविधिबारे छिटो र छरितो ढंगले सूचना, सञ्चार र प्रविधिको प्रयोग गर्छन्, ती देशमा विदेशी पर्यटकहरूको आगमनमा विविधता पनि आउन सक्ने देखिन्छ । के भनिन्छ भनेदेखि आजभोलि सूचना, सञ्चार र प्रविधि विकासले गर्दा विश्व नै एक गाउँ (ग्लोबल भिलेज) भइसकेको छ । त्यसैले अब हामी नेपालीले पनि पछिल्लो पटक विकसित भएको सूचना, सञ्चार र प्रविधिको विकासलाई सही सदुपयोग गरेर धेरैभन्दा धेरै देशका पर्यटकहरूलाई धेरैभन्दा धेरै संख्यामा नेपाल भ्रमण गराउनका लागि लागिपर्नुपर्ने देखिन्छ ।

यसका लागि नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड (एनटीबी) र निजी क्षेत्रका पर्यटन व्यवसायीहरूजस्तै होटल एसोसिएन अफ नेपाल (हान), नेपाल ट्राभल एन्ड टुर एसोसिएसन (नाट्टा), नेपाल माउन्टेनियरिङ एसोसिएसन (एनएमए), हिमालयन रेस्क्यु एजेन्सी (एचआरए), एयरलाइन अपरेटर्स एसोसिएसन अफ नेपाल (एओन), ट्रेकिङ एजेन्ट एजेन्सी अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्ट (नारा), रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान)लगायत निजी क्षेत्रका पर्यटन व्यवसायसँग आबद्ध संघ–संस्थाहरूले पहल गर्नुपर्ने देखिन्छ ।

नेपालक पर्यटन प्रवर्द्धन गर्नका लागि नेपालको सामान्य परिचय र चिनारीसहितको प्रोफाइल बनाएर वेब पोर्टल–वेबसाईटमा राख्न सकेदेखि निश्चय नै नेपालमा वार्षिकरूपमा २८/३० लाखदेखि ३५/४०/४५ लाखसम्म विदेशी पर्यटकको संख्या भित्र्याउनका लागि कुनै आइतबार कुर्नुपर्दैन कि ? त्यसो गर्न सकेमा हाम्रोजस्तो ‘मास बेस टुरिस्ट’ चाहिने देश अनि संख्यालाई महत्व दिनेहरूका लागि पनि मुखमा बुजो लाग्ने थियो कि त ?


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x