Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपालबाट निकासी हुने अलैँचीको मूल्य आकाशिँदै

नेपालबाट निकासी हुने अलैँचीको मूल्य आकाशिँदै


काठमाडौं । नेपालमा समयमा नै चाहिने जति पर्याप्त पानी नपर्दा अलैंचीका बोट सुकेका छन् । उत्पादन ५० प्रतिशत घटेको छ, नेपालमा उत्पादन हुने अलैंचीको भाउप्रति मन अर्थात् ४० किलोको एक लाख रुपैयाँसम्म पुगेको छ । उत्पादनमा कमी र मागमा वृद्धिका कारण अलैंचीको भाउ मनकै ९० हजारदेखि एक लाख रुपैयाँसम्म पुगेपछि किसान लाभान्वित भएको स्थिति छ । नेपाल अलैँची उत्पादक संघका सम्बन्धित पदाधिकारीले गत वर्ष प्रतिमन ७० देखि ७५ हजार रुपैयाँमा बिक्री भएको अलैँची अहिले ९० हजारदेखि एक लाख रुपैयाँमा खरिद बिक्री भइरहेको कुरा सार्वजनिक भएका छन् ।

सामान्यतः अलैंचीको भाउ गुणस्तरअनुसार प्रतिमन १० हजार रुपैयाँसम्म फरक पर्छ । उच्च गुणस्तरको अलैंची अहिले एक लाख रुपैयाँमा किनबेच भइरहेको छ । सरसरी गत वर्षको तथ्याङ्क हेर्दा, अलैँचीको भाउ गत वर्ष पनि बढेको थियो ।

यो मूल्यमा अग्रगामी छलाङ हुनुमा यो वर्ष समयमा पानी नपर्दा उत्पादन आधा घटेका कारण पनि मूल्य बढेको हो भानैंचा । वर्षा नहुनुका साथै रोगले पनि उत्पादन उल्लेखनीयरूपमा घटेको छ ।

नेपालमा नै उत्पादन हुने वस्तुमध्ये पहिलो नम्बरमा रहेको अलैंचीको निर्यात यस वर्ष दोब्बर भएको छ । अन्तर्राष्ट्रिय बजारमा अलैंचीको माग बढ्दै गएपछि निर्यातमा दोब्बरले वृद्धि भएको हो ।

यस आर्थिक २०७९/८०मा समग्र निर्यात व्यापार निराशाजनक रहे पनि कृषिजन्य वस्तुको निकासी भने उत्साहजनक मान्नुपर्छ  । नेपालबाट निर्यात हुने अलैंचीको ठूलो हिस्सा भारत जान्छ । भारतीय व्यवसायीले नेपाली अलैंची बंगलादेशमा बिक्री गर्न थालेका छन्। बंगलादेशमाअलैंचीको माग उच्च छ । तर उत्पादन घटेका कारण निर्यातमा असर परेको छ । एक सय ६० बोराको ठाउँमा ७०/८० बोरा उत्पादन हुने गरेको छ ।

चालू आर्थिक वर्ष २०८०/८१ को १० महिनामा नेपालबाट ४४ लाख २५ हजार दुई सय ४० केजी अलैंची छ अर्ब ९१ करोड रुपैयाँमा निर्यात भएको हो । गतआर्थिक वर्ष २०७९/८० मा आठ अर्ब ९१ करोड रुपैयाँको ९९ लाख ९० हजार केजी अलैंची निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

नेपालमा उपलब्ध तथ्याङ्क हेर्दा नेपालमा करिब १५ हजार चार सय हेक्टर जमिनमा यसको खेती हुने गरेको छ । मुलुकमा वार्षिक पाँच हजार टन अलैंची उत्पादन हुने गर्छ । केही वर्षदेखि नेपालमा निरन्तर ओरालो लागेको अलैंचीको मूल्य सिजनको अन्त्यतिर वृद्धि भएको देखिन्छ । वैशाखमा प्रतिमन कम मूल्यमा खरिदबिक्री भएको अलैंची अहिले केही बढेको छ । विश्व बजारमा नेपाली अलैंचीको माग र मूल्य दुवै बढेको छ ।

विगत फर्केर हेर्दा : विगतमा कोभिडको समयमा अलैंचीको खपत राम्रो हुने मुस्लिम देशहरूको भिडले प्रभावित हुँदा त्यसको असर नेपाली अलैंचीमा परेको थियो । तर यस वर्ष त्यो अवस्था छैन । मुस्लिम देशहरू विशेषगरी पाकिस्तानबाट अलैंचीको माग उच्च रहेको देखिन्छ  । कोभिडका केही वर्ष मुस्लिम देशहरूले इद पर्व राम्ररी मनाउन पाएनन्  । यो वर्ष ती देशहरूमा कोभिडको संकट छैन । त्यसकारण पनि यो वर्ष नेपाली अलैंचीको माग बढेर गएको हो ।

खडेरीका कारण औंल भेगका अलैंचीमा डढुवा रोगले क्षति पुर्याउने गर्छ । डढुवाले अलैंचीका बोट नष्ट गरेकाले आगामी वर्ष उत्पादन कम हुन सक्ने देखिन्छ । यस कारण पनि यो वर्ष अचानक अलैंचीको भाउ बढेको हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।

नेपालमा मात्र नभई भारतमा पनि डढुवा रोगले अलैंचीमा क्षति पु¥याउन सक्छ । एक पटक अलैंचीको बिरुवा मरेपछि तीन वर्षसम्म उत्पादनमा गिरावट आउने र नेपाली अलैंचीको प्रमुख बजार भारत रहेको छ । अलैंची भारतको अमृतसार दिल्ली र कानपुरमा बढी व्यापार हुने गरेको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्यवृद्धि भएको र त्यसको फाइदा भने स्थानीय किसान तथा व्यवसायीले लिन नपाएका गुनासो सुनिन्थे  । सर्सरी समीक्षा गर्दा पछिल्लो चार/पाँच वर्षयता मूल्य बढ्नेभन्दा पनि निरन्तर घट्ने क्रम रहेकामा अलैंची उत्पादक किसान तथा स्थानीय व्यापारीले सिजनमा चलेको मूल्यमै खरिद बिक्री गरिसकेकाले हालको मूल्यवृद्धिको फाइदा लिन सक्ने भएका छन् ।

हाल ताप्लेजुङमा चार हजार दुई सय ५८ हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिँदै आएको छ । उक्त खेतीबाट यस वर्ष मात्र दुई हजार नौ सय ६० मेट्रिक टन अलैँची उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्र पाँचथरको तथ्याङ्कअनुसार यस वर्ष जिल्लामा गत वर्षभन्दा करिब १० देखि १५ प्रतिशतले अलैँची उत्पादन वृद्धि भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा माग : अहिले अन्तर्राष्ट्रिय बजारको मागलाई नेपाली उत्पादनले धान्न सकिरहेको छैन । भारतमा अलैंचीको फसल मरेकाले नेपाली अलैंचीको माग बढेको र मूल्यमा वृद्धि भएको हो । नेपालको कृषि प्रणालीले पछिल्ला वर्षहरूमा एक स्पष्ट परिवर्तन आएको छ । यस परिवर्तनका लागि महत्वपूर्ण प्रेरणादायक कारक उपभोक्ताका केही उत्पादहरूका लागि बजार भएको छ । उत्पादित कृषिजन्य वस्तुको फसलको बजार र खेती प्रणालीको छनौट सहरी क्षेत्रहरूमा र बाहिर देशका उपभोक्ताको उत्पादनहरूको मागद्वारा निर्धारित भएको देखिन्छ । फलस्वरूप, निर्वाहमुखी रूपमा सञ्चालित साना फार्महरू अहिले बजारको माग र आपूर्ति संयन्त्रको साथ व्यावसायिक संस्थाको रूपमा रूपान्तरण हुँदैछन् ।

विगतमा यो विश्वास गरिन्थ्यो कि दुर्गम क्षेत्रमा कृषि विकासमा ठूलो धनराशीको लगानी न्याय संगत र लगानीको लागि प्रतिफलयुक्त हँुदैन, तर यो तार्किक धारणा अब उल्लेखनीयरूपमा परिवर्तन भएको छ । विगत चार दशकको अवधिमा कृषि क्षेत्रमा गरिएका प्रयासहरूले दुर्गम क्षेत्रहरूमा पनि आशाजनक परिणाम दिन थालेको छन् । किसानहरूले घरेलु वा अन्तर्राष्ट्रिय बजारका लागि धेरै उच्च मूल्यको नगदेबाली उत्पादन गरिरहेका छन् ।

विगतमा अलैंची : विगतको कुरा स्मरण गर्ने हो भने अलैंची सिक्किममा अनादिकालदेखि नै खेती गर्दै आएको देखिन्छ । यो सिक्किमको मूल बाली हो र यहाँबाट यो छिमेकी मुलुक र क्षेत्रहरूमा फैलिँदै गयो, जस्तो कि दार्जिलिङ, उत्तर–पूर्वी भारत, भुटान र नेपालको भूमिमा समेत फैलिएको देखिन्छ ।

प्राविधिक पक्ष : अलैंचीको निकासी (एमोमोमसुबुलाटमरक्सब) वा नेपालीमा अलैंची, बाह्रमासे जडिबुटी हो । जसमा भूमिगत राइजोमहरू पाइन्छ । जसले थुप्रै पात र कोपहरूलाई उत्पन्न गर्छ । अक्सर प्लान्टको उचाइ एक दशमलव आठ र दुई मिटरको बीचमा रहेको हुन्छ । सामान्यतः पातको टुप्पो वा स्युडो स्टेम्सको संख्या एकण दाता बेलनाकार र हरियो वा विभिन्न प्रकारको आधारमा रातो हुन्छ । एक स्वस्थ क्लम्प लगभग २०–५५ स्युडो स्टेमहरू ठाडो वा थोरै स्लेन्ट हुँदै जान्छ ।

नेपालजस्ता विकासशील देशहरूमा नगदेबाली उत्पादन सम्भावना र प्रवद्र्धनप्रायः पर्याप्त पुँजीको उपलब्धता, कृषि प्रविधिको स्तर, बजारीकरणको सुविधा र सरकारी र गैरसरकारी संस्थाहरू (एनजीओहरू)द्वारा नगद बालीनालीसम्बन्धी कारोबार गर्ने व्यवसाय तथा उनीहरूको संलग्नता र सक्रिय सहभागिताको माध्यमबाट गरिन्छ ।

नगदे बाली : राष्ट्रिय विकास योजना र कार्यक्रमहरूमा परिकल्पना गरिएको लक्ष्यलाई कार्यान्वयन गर्न सबै विकासोन्मुख देशहरूले विदेशी विनिमय कमाउन नगदेबालीको निर्यात बढाउनु आवश्यक छ । यो स्पष्ट छ कि नेपाली नगदे बालीनाली उद्यमीहरू ठूलो संख्यामा विदेशी बजारहरू निर्यात गर्न असमर्थ छन् । किनकि उत्पादनको उच्च लागत, अपर्याप्त भण्डारण सुविधा, ट्यारिफ अवरोध, यातायात अवरोध र वास्तविक उत्पादनदेखि निकाशी बजारसम्मको ज्ञानको अभावका कारण पनि केही नकारात्मक असर परेको छ ।

कृषिजन्य वस्तुहरू नेपालबाट कुल निकासी को एक प्रमुख हिस्सा हो । नेपाली निर्यातजन्य प्रमुख कृषिवस्तुहरूः अदुवा, तेलका बीउहरू जस्तैः सूर्यमुखी फूल, नाइजरको दाना, सुर्तीजन्य, तरकारीको बीउ, अर्थोडक्स चिया, अलैंची, मसला, फलफूल र तरकारीहरू, आदि । जनसंख्या र खाद्यान्नका लागि आन्तरिक माग दुवैतर्फ वृद्धि भइरहेको छ, उपलब्ध अधिक कृषिजन्य वस्तु निर्यातका लागि उपलब्ध घट्दै छन् किनकि उत्पादन जनसंख्याको वृद्धिको तुलनामा बढ्न सकेको छैन ।

अलैचीको निर्यात : अलैचीको ईलामलगायत संखुवासभा जिल्लाभित्र र बाहिर ठूलो अलैंचीको मार्केटिङ गरिन्छ । साना उत्पादकहरू सामान्य तथा थोक विक्रेताहरू र साहु विक्रेताहरूद्वारा भर्ती संकलकहरूको सट्टा आफ्नो उत्पादनहरू स्थानीय संकलनकर्ताहरूलाई बेच्छन् । यी व्यक्तिहरू सामान्यतया स्थानीय निवासी हुने गरेको र जो अन्य व्यवसायमा संलग्न छन् । तर मौसमको बीचमा अलैचीको कारोबारमा पनि संलग्न हुने गर्छन् ।

अलैंचीको निर्यात भारत जान्छ र त्यसपछि अन्य देशहरूमा यसलाई निर्यात गरिन्छन् । यसैले मूल्य सम्बन्धितद्वारा दोहन गर्ने भारी सम्भावना र अवसरहरू छन् । ठूलो अलैंचीले नेपालको विदेश निर्यात व्यापारमा महत्वपूर्ण स्थान ओगटेको छ ।

उत्पादन क्षेत्र : नेपालको पूर्वी क्षेत्र अलैंची उत्पादन गर्ने प्रमुख क्षेत्र हो । संखुवासभा, इलाम, पाँचथर, धनकुटा र भोजपुर अलैंची उत्पादनका लागि प्रमुख जिल्लाहरू हुन् । इलाम यी क्षेत्रहरूमा उत्पादन हुने कुल बालीको महत्वपूर्ण हिस्सा ओगटेको छ । यद्यपि, पछिल्लो वर्षमा केही रोगका कारण तीव्र गिरावट आएको छ । अलैंचीको उत्पादन वर्ष बढ्दै गइरहेको छ र यसले निर्यात वृद्धि हुने छ । भारत अलैंचीको प्रमुख विश्व उत्पादक र निर्यातकर्ता हो, त्यसपछि ग्वाटेमाला, श्रीलंका र तान्जानिया मुलुक पर्छन् । नेपाल र पापुआन्यूगुयनाको अलैंची विश्व बजारमा देखिन थालेको छ । अलैंचीको प्रमुख आपूर्तिकर्ता नेपाल, भारत, भुटान, इन्डोनेसियाले पनि जंगली ठूलो अलैंचीको आपूर्ति गर्छ जुन नेपाली अलैंचीजस्तै देखिन्छ ।

ठूलो बजार : सामान्यतः नेपालको अलैंची सबै भारत जान्छ जहाँबाट यो अन्य देशहरूमा पुनः निर्यात गरिन्छन् । नेपाली अलैंचीको लागि भावी आयात गर्ने देशहरू बंगलादेश, पाकिस्तान, कतार, र साउदी अरेबिया हुन् भन्नुमा अत्युक्ति नहोला । अलैंचीको आयातमा अन्तर्राष्ट्रिय व्यापार केन्द्रित छ । केही देशहरू जस्तैः साउदी अरेबिया, कुवेत, बहराइन र मध्यपूर्वका अन्य खाडी राज्यहरू र युरोपमा नार्डिक देशहरूमा निर्यातको सम्भावना छ ।

साउदी अरेबिया ठूलो अलैंचीको प्रमुख आयातकर्ता हो । अलैंचीको लागि प्रमुख बजार सिंगापुर हो । तर सिंगापुर वास्तविक उपभोक्ता बजार होइन, केवल एक इन्टरपोर्ट हो । इस्लामी राष्ट्रहरूमध्ये पाकिस्तान अलैंचीको ठूलो उपभोक्ता हो । उपलब्ध तथ्यांक विशेष गरी अलैंचीको आयातसम्बन्धी प्राप्त गर्न धेरै गाह्रो हुन्छ किनकि आधिकारिक व्यापार तथ्यांकले प्रायः अलैंचीलाई अन्य असम्बद्ध मूल्यहरूजस्तै जायफलसँग वर्गीकृत गर्छ । यद्यपि यो अनुमान गरिएको छ कि यस मसलाको औसत विश्व आयात प्रतिवर्ष बढिरहेको छ ।

नेपाली अलैंचीको बजार धेरै सीमित छन् । यद्यपि ट्रेड एन्ड एक्सपोर्ट प्रोमोसन सेन्टरले विगत केही वर्षहरूमा केही विविधीकरण गरेको भए पनि यस उत्पादनको प्रमुख खण्ड भारतमा नै निकासी भई जान्छ ।

अहिलेको आवश्यकता मसलाको आन्तरिक बजारमा मूल्य नियन्त्रण गर्नु पनि हो । त्यसका लागि एउटा छुट्टै सरकारी संस्था आवश्यक पर्छ । नेपालले अन्य अन्तर्राष्ट्रिय बजार पनि खोज्नुपर्छ ।

बजार अन्वेषण : साथै, कतार, साउदी अरेबिया, कुवेत र अन्य खाडी मुलुकहरूमा नियमित आधारमा परिवर्तन हुने उपभोक्ता व्यवहारहरूको अध्ययन गर्न आवश्यक छ । र्नार्डिक बजारमा अलैंची स्वादको सम्भावनाको अन्वेषण गरिनुपर्छ ।

दिगो बनाउनुपर्ने : समग्रमा, यस वर्षमा निकासी मूल्यको हिसाबले उत्साहजनक रहे पनि परिणाम बढाउन र यसलाई दिगो बनाउन धेरै पहल गर्नुपर्ने कुरा निर्विवाद छ । यस वर्ष सबैजसो कृषिजन्य उत्पादनको निकासी वृद्धि भएको तथ्याङ्क छ । निकासीका क्षेत्रमा राहत महसुस भए पनि विनालगानी निकासी बढाउन नसकिने कुरा निर्विवाद छ । अलैंची उत्पादन बढाउन रोग–किरा नियन्त्रण र सिँचाइमा ध्यान दिन सकिएको छैन । निकासी बढाउन सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x