Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगव्यापार प्रवद्र्धनमा टिफाको बैठकपछिको आशा

व्यापार प्रवद्र्धनमा टिफाको बैठकपछिको आशा


नेपालले अमेरिकासँग व्यापार तथा लगानी सम्झौता वा टिफा गरिसकेको छ । यस सम्झौतापछि दुई देशबीच, स्वतन्त्र व्यापारतर्फ भविष्यमा उन्मुख भएको छ । नेपाल र अमेरिकाबीचको व्यापार तथा लगानी सम्झौता अर्थात् टिफा परिषद्को पाँचौँ बैठक २०७७ मार्गमा भएको थियो । यो बैठकमा आठ विषयमा छलफल भएका थिए । यी विषयहरूमा भन्सार मूल्याङ्कन, टीए, आईपी, बजार पहुँच, टीबीटी, श्रमिक, नेपालमा लगानी तथा विश्वमा नेपाली उद्योगको अवस्था र लगानी नीति थिए । टिफाको छैटौं बैठक मे १९, २०२३ मा काठमाडौंमा भएको थियो । अमेरिकी सरकारको तर्फबाट निमित्त युएसटीआरका सहायक लिन्चले भाग लिएका थिए । दुवैतर्फबाट व्यापार, कृषि, वित्त, श्रम र अरू सम्बन्धित एजेन्सीका अधिकारी थिए । बैठकमा नेपालले आईटीका विषयमा जोड दिएको थियो । टिफाको सातौँ बैठक सन् २०२४मा हुने भएको छ ।

अमेरिकाले दिएको एनटीपीपीको कार्यक्रम डिसेम्बर २०२५ मा म्याद सकिने भएकोले यसको मल्याङ्कन गर्ने भनिएको छ । नेपालको हितमा हँुदै गरिएका विषयले नेपालको व्यापार तथा वाणिज्य स्थितिबारे छलफल भई नेपाली उद्योगलाई विश्व बजारमा पुगाउने उद्देश्य रहँदै आएको छ । चौथो टिफा बैठकमा उठाएका विषय कार्यान्वयन गर्ने सम्बन्धमा पनि पाँचौँ बैठकमा छलफल भएका थिए । चौथो बैठकमा नेपालले अमेरिकी सरकारबाट शून्य भन्सार सुविधा प्राप्त गरेको ७७ वटा वस्तुका निकासी प्रवद्र्धन, बाह्यस्तरमा मान्यता प्राप्त प्रयोगशाला, बौद्धिक सम्पत्ति संरक्षण तथा कर्मचारीको क्षमता विकासमा अमेरिकी सहयोग कार्यान्वयनकोे विषयमा छलफल भएको थियो ।

अमेरिकाको सन् २०१५ को व्यापार तथा सहजीकरण तथा कार्यान्वयन ऐनले नयाँ देश केन्द्रित ग्राह्यता कार्यक्रम स्थापित गरी हार्मोनाइज्ड ट्यारिफ सेड्युलअन्तर्गतका ७७ वस्तुद्वारा समेटिएका नेपाली वस्तुलाई भन्सार छुट सुविधा दिएको थियो । जसमा हस्तकला, सल, भ्रमण सामग्रीलगायत वस्तु छन् ।पाँचौँ टिफाको बैठक अगाडिका बैठकमा नेसनल आईपी नीतिमार्फत् नवीनतालाई प्रश्रय दिने नेपालको प्रयासलाई स्वागत गर्दै अमेरिकाले बौद्धिक सम्पत्ति अधिकारलाई अझ बढी संरक्षण गर्न कानुन बनाउने नेपालको प्रयासलाई सहयोग गर्ने बताउँदै आएको छ ।

टिफाको पूर्वप्रारूप
नेपालले २०६६चैत्र १० सम्म पनि अमेरिकासँग बृहत् व्यापार तथा लगानी सम्झौता गर्ने तयारीको रूपमा पहिलो चरणको वार्ता गरेको थियो । यसअघि टिफा सम्झौताबारे द्विपक्षीय छलफल गर्न नेपालले दुई पटकसम्म तयारी गरेकोमा दुवै पक्षको समय मिलेको थिएन । २०६६ चैत्रमा यसबारे छलफल गर्न वाणिज्य सचिवको नेतृत्वको टोली अमेरिका गएको थियो । जसको मुख्य उद्देश्य अमेरिकासँग व्यापार तथा लगानी सम्झौता प्रक्रिया अगाडि बढाउनु थियो । पहिलो पटक व्यापार सम्झौता भएको ६३ वर्षपछि नेपाल र अमेरिकाबीच परिमार्जित स्वरूपमा लगानी र सेवा व्यापारको बृहत् खाका समेटर सम्झौता गर्न धेरै पटक नेपाली टोली अमेरिका गएको थियो । सन् १९४७ अप्रिलमा दुई देशबीच पहिलोमैत्री एवम् व्यापार सम्झौता भएको थियो । सम्झौताले दुई देशबीचको वस्तु एवम् सेवा व्यापारलगायत एक अर्का देशमा हुने लगानी र बौद्धिक सम्पत्तिको संरक्षणलाई सम्झौताले प्राथमिकता दिएको छ ।

टिफाका अग्रपथ
टिफामा विश्व व्यापार संगठनमा भन्दा बढी प्रतिबद्धता गर्न नहुने बताइएकोे थियो । वस्तु तथा सेवा व्यापार र लगानीका लागि प्रारम्भिक सम्झौताका लागि नेपाली टोली पटकपटक अमेरिका गएको थियो ।
भविष्यमा पनि नेपालले सम्झौता गर्ने उद्देश्य र सैद्धान्तिक आधारबारे जाने टोली प्रष्ट हुनुपर्छ । टिफाले दुई पक्षीय व्यापार सम्झौताका लागि बाटो खोल्ने बताइएको थियो । तर सम्झौता गरेको बेलामा नै भन्साररहित सुविधा पाइहाल्ने भने होइन । नेपालले टिफा कार्यान्वयनसँगै दुई पक्षीय व्यापार सम्झौता गरी तयारी पोसाक, पस्मिनाजस्ता नेपालको प्रतिस्पर्धात्मक क्षमता भएका वस्तुको अमेरिका प्रवेशमा भन्सार दरबन्दीमा कम वा छुट पाउने प्रयास भइरहेको थियो । बौद्धिक सम्पत्तिमाथिको अधिकार र कृषकको बीउबिजनसम्बन्धी अधिकारलाई अमेरिकाले कार्यान्वयन गर्न प्रस्ताव राख्न सक्छ । तर यस्मा नेपालले बिव्या संगठनमा नेपालले केही नबोलेकाले केही उल्लेख गरिनु हुन्न रु सेवा व्यापार र लगानीमा अमेरिकासँग प्रतिबद्धता गर्दा नेपालले विश्व व्यापार संगठनसँग गरेको प्रतिबद्धता सन्दर्भ गरिनुपर्छ । अमेरिकाले ४२ देशसँग टिफा सम्झौता गरेको छ । जसमध्ये १७ देशसँग द्विपक्षीय व्यापार सम्झौता गरिसकेको छ ।

टिफाका अघिल्ला बैठकहरूमा नेपालले पाइरहेका भन्सार छुट सुविधाका उपयोगसम्बन्धी छलफल हुँदै आएको छ । १०÷११ वर्षअघि अमेरिकाले निर्यातका लागि ७७ वस्तुमा भन्सार छुट दिएकोमा यस्ता बैठकमा त्यसको समीक्षा र कार्यान्वनका लागि टिफाको पटक–पटक बैठक बस्दै आएको छ । तर पनि निर्यात कार्यान्वयनको अवस्था दयनीय छ । अमेरिकी भन्सार छुटमध्ये नेपालबाट झोला, सुटकेस, लगेज, ब्याग प्रयोजनका उत्पादन, सल, ब्याङ्केट, विभिन्न रेशाका उत्पादन, शिरपोससम्बन्धी वस्तुहरू निर्यात हुने गरेका छन् । सुविधाप्राप्त वस्तु निर्यात भएको छ तर सीमित छ । अमेरिकामा नेपालको कूल निर्यातमा यी ७७ वस्तुका अंश पनि क्रमशः खुम्चिने अवस्थामा छ । अमेरिकाको यी ७७ वटा वस्तु विश्व आयातमा भने सन्तोषजनक छ । अमेरिकाले नेपाललाई निर्यातमा भन्सार छुट दिएका ७७ वटा वस्तुका उत्पादन क्षमता बढाउन प्राविधिज्ञ सहयोग उपलब्ध हाल पनि गराउने भएको थियो ।

नेपाल र अमेरिकाबीच भएको टिफाको पाँचौँ बैठकमा उत्पादन बढाउनका लागि अमेरिकाको प्रविधिज्ञ सहयोग गर्ने बताएको थियो । सन् २०१५ देखि २०२५ सम्म नेपाललाई दिएको ७७ वस्तुमा अमेरिकी व्यापार सहुलियत लाभको पूर्णरूपमा उपयोग गर्नका लागि प्राविधिज्ञ सहयोग उपलब्ध गराउने अमेरिका सहमत भएको थियो ।

सरकारले प्रत्येक वर्ष बजेटमा आयात प्रतिस्थापन गरी निर्यात बढाउन घोषणा गरिएका निर्यातका लागि दिइएका छुटसमेत कार्यान्वयन गर्न सकिएका छ्रन् । स्वदेशका उत्पादनका बढाउनका लागि टिफामा पास भएका पनि कार्यान्वयनमा आउन सकेका छ्रैनन् । अमेरिकाले निर्यात बढाउन प्राविधिकमा सहयोग गर्ने भनिए पनि कार्यान्वयनमा आउन सकेको छ्रैन । नेपालको तर्फबाट अन्तरनिकायबीच संस्थागत समन्वय गर्न नसक्दा निर्यातमा दिइएका सुविधा कार्यान्वयनमा नआउँदा निर्यात बढन सकेको देखिँदैन सम्झौता कार्यान्वयनका लागि पाँच । छ पटकसम्म पनि छलफल र समीक्षा जारी छ र आउँदा सातौँ र पछिका बैठकहरूमा पनि जारी हुुनेछ ।

टिफाका अग्रपथ
अमेरिकासँग गरिएको लगानी तथा व्यापार सम्झौता९टिफा०मा विश्व व्यापार संगठनमा भन्दा बढी प्रतिबद्धता गर्न नहुने बताएका थिए । वस्तु तथा सेवा व्यापार र लगानीका लागि प्रारम्भिक सम्झौताका लागि टिफाका लागि पटक–पटक नेपाली टोली अमेरिका गएका थिए । भविष्यमा पनि नेपालले सम्झौता गर्ने उद्देश्य र सैद्धान्तिक आधारबारे जाने टोली प्रष्ट हुनुपर्छ । टिफाले दुईपक्षीय व्यापार सम्झौताका लागि बाटो खोल्ने बताइएको थियो । तर सम्झौता गरेको बेलामा नै भन्साररहित सुविधा पाइहाल्ने भने होइन ।

नेपालले टिफा कार्यान्वयनसँगै दुईपक्षीय व्यापार सम्झौता गरी तयारी पोशाक, पस्मिनाजस्ता नेपालको प्रतिस्पर्धात्मक क्षमता भएका वस्तुको अमेरिका प्रवेशमा भन्सार दरबन्दीमा कम वा छुट पाउने प्रयास भइरहेको थियो र अद्यापि छँदैछ । बौद्धिक सम्पत्तिमाथिको अधिकार र कृषकको बीउविजनसम्बन्धी अधिकारलाई अमेरिकाले कार्यान्वयन गर्न प्रस्ताव राख्न सक्छ । तर यसमा नेपालले विश्व व्यापार संगठनमा नेपालले केही नबोलेकाले यसमा नेपालले केही उल्लेख गरिनुहुन्नँ कि रु सेवा, व्यापार र लगानीमा अमेरिकासँग प्रतिबद्धता गर्दा नेपालले विश्व व्यापार संगठनसँग गरेको प्रतिबद्धता सन्दर्भ गरिनुपर्छ । अमेरिकाले ४२ देशसँग टिफा सम्झौता गरेको छ । जसमध्ये १७ देशसँग द्विपक्षीय व्यापार सम्झौता समेत गरिसकेको छ । टिफाका अघिल्ला बैठकहरूमा नेपालले पाइरहेको भन्सार छुट सुविधाको उपयोगसम्बन्धी छलफल हुँदै आएको छ । १०÷११ वर्षअघि अमेरिकाले निर्यातका लागि ७७ वस्तुमा भन्सार छुट दिएकोमा यस्ता बैठकमा त्यसको समीक्षा र कार्यान्वनका लागि टिफाको पटक–पटक बैठक बस्दै आएको छ । पहिलेदेखि पाँचौँ टिफाको बैठकमा यस्तै समीक्षा हुँदैरहँदै आएको छ । तर निर्यात कार्यान्वयनको अवस्था दयनीय छ । अमेरिकी भन्सार छुटमध्ये नेपालबाट झोला, सुटकेस, लगेज, ब्याग प्रयोजनका उत्पादन, सल, ब्याङ्केट, विभिन्न रेशाका उत्पादन, शिरपोशसम्बन्धी वस्तुहरू निर्यात हुने गरेका छन् ।

अमेरिकामा नेपालको कुल निर्यातमा यी ७७ वस्तुका अंश पनि क्रमशः खुम्चिने अवस्थामा छ । अमेरिकाको यी ७७ वटा वस्तु विश्व आयातमा भने सन्तोषजनक छ । अमेरिकाले नेपाललाई निर्यातमा भन्सार छुट दिएका ७७ वटा वस्तुका उत्पादन क्षमता बढाउन प्राविधिज्ञ सहयोग उपलब्ध हाल पनि गराउने भएको थियो ।नेपाल र अमेरिकाबीच भएको टिफाको पाँचौँ बैठकमा उत्पादन बढाउनका लागि अमेरिकाको प्रविधिज्ञ सहयोग गर्ने बताएको थियो ।

सन् २०१५ देखि २०२५ सम्म नेपाललाई दिएको ७७ वस्तुमा अमेरिकी व्यापार सहुलियत लाभको पूर्णरूपमा उपयोग गर्नका लागि प्राविधिज्ञ सहयोग उपलब्ध गराउने अमेरिका सहमत भएको थियो ।

सरकारले प्रत्येक वर्ष बजेटमा आयात प्रतिस्थापन गरी निर्यात बढाउन घोषणा गरिएका निर्यातका लागि दिइएका छुट समेत कार्यान्वयन गर्न सकिएको छ्रन् । स्वदेशका उत्पादनका बढाउनका लागि टिफामा पास भएका पनि कार्यान्वयनमा आउन सकेका छ्रैनन । अमेरिकाले निर्यात बढाउन प्राविधिकमा सहयोग गर्ने भनिए पनि कार्यान्वयनमा आउन सकेको छ्रैन । नेपालको तर्फबाट अन्तर निकायबीच संस्थागत समन्वय गर्न नसक्दा निर्यातमा दिइएका सुविधा कार्यान्वयनमा नआउँदा निर्यात बढ्न सकेको देखिँदैन सम्झौता कार्यान्यनका लागि पाँच पटकसम्म पनि छलफल र समीक्षा जारी छ र आउँदा बैठकमा पनि जारी हुुनेछ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x