आर्थिक तथा सामाजिक विकास र मार्क्स
काठमाडौं । वैज्ञानिक समाजवादी चिन्तनको विकासमा कार्ल मार्क्सको महत्वपूर्ण एवं सर्वोच्च स्थान छ । मार्क्सको राजनीतिक चिन्तन सिद्धान्तमा मात्र नरहेर यसले व्यावहारिक रूप पनि धारण गरेकाले यो विचारधाराले वर्तमान राजनीतिक चिन्तनमा महत्वपूर्ण प्रभाव पारेको देखिन्छ । मार्क्सको दर्शनको व्यावहारिकताले नै आज मार्क्सको वैज्ञानिक समाजवादको सिद्धान्त ज्यादै लोकप्रिय हुन गएको छ । मार्क्सको जन्म सन् १८१८ मई ५ मा राइनल्यान्डको सानो नगर ट्रिब्जमा भएको थियो । मार्क्स यहुदी थिए । यहुदीहरूलाई दमन गर्ने नीति सरकारको भएकाले मार्क्सका पिताले इसाई धर्मलाई अङ्गिकार गरेका थिए । मार्क्सले प्रारम्भिक शिक्षा प्राप्त गरेपछि सत्र वर्षको उमेरमा बोन विश्वविद्यालयमा भर्ना भएका थिए । त्यसपछि मार्क्सले बर्लिन विश्वविद्यालयमा अध्ययन गरेका थिए । मार्क्सले २३ वर्षको उमेरमा सन् १८४१ मा शोधकार्य पूरा गरेर डाक्टरको उपाधि प्राप्त गरेका थिए । मार्क्स उग्रवादी विचारधाराले गर्दा प्राध्यापक हुन सकेनन् । फलस्वरूप पत्रकारिताबाट आफ्नो जीविका धान्न बाध्य हुनुपरेको थियो । मार्क्सका उग्र लेखले गर्दा उनको पत्रकारिता पनि सरकारले चल्न दिएन । माक्र्सले जेनिवान वेस्टफेलनसित विवाह गरे । केही समयपछि जर्मनी छाडेर मार्क्स पेरिसमा आए ।
मार्क्सवादी समाजवादलाई सर्वहारा तथा वैज्ञानिक समाजवाद पनि भनिन्छ । मार्क्स आफ्नो विचारलाई ऐतिहासिक अध्ययन र आधारमा अढिएको हुनाले वैज्ञानिक भएको दाबी गर्छन् । मार्क्सवादी विचारधारका चार वटा आधारभूत तत्व छन् :—
(१) द्वन्द्वात्मक भौतिकवाद : यो कार्ल मार्क्सको सम्पूर्ण दर्शनको मूल आधार हो । माक्र्सको यो विचारधारा यान्त्रिक भौतिकवादभन्दा भिन्न छ । यिनका लागि पदार्थ नै अन्तिम सत्य हो । चेतनाले मानिसको अस्तित्वको निर्धारण गर्दैन । मानिसको मष्तिष्क, उसको आत्मा, शरीर र चेतनाका विकसित रूप मात्र हुन् । विचार मष्तिष्कबाट विकसित वा उत्पन्न हुने चिज हो तर स्वयं मस्तिष्कको उपज होइन । बरु मस्तिष्क पनि पदार्थबाट नै बन्छ । पदार्थ मस्तिष्कको उपज होइन बरु मस्तिष्क नै स्वयं पदार्थको उच्चतम उपज हो । पदार्थ नै संसारको आधार हो । यसरी सृष्टिको मूल तत्व पदार्थ हो भन्ने सिद्धान्त नै भौतिकवाद हो । मार्क्सको विचारमा आत्मालाई हामी अनुभव गर्न सक्तैनौँ । त्यसैले यसको अस्तित्व छैन । बरु माटो, रुख, घर आदि वस्तुहरू हामी प्रत्यक्ष देख्न सक्छौँ । यसैले यिनीहरू सधैँ सत्य छन् । द्वन्द्वात्मक भौतिकवादका लागि पदार्थ निष्क्रिय वस्तु होइन । यो सक्रिय वस्तु हो, आन्तरिक आवश्यकताको कारण यसको गति हुन्छ । त्यसैले निष्क्रिय पदार्थ होइन गतिमा रहेको पदार्थको विशेषता गतिशीलता हो ।
द्वन्द्वात्मक भौतिकवाद मार्क्सको दर्शनको आधारको रूपमा रहेको छ । उनी कट्टर भौतिकवादी थिए । उनले सबै कुराको केन्द्र नै पदार्थलाई मानेका छन् । उनको भनाइअनुसार संसारको सबै समस्यामा यसैले पथप्रदर्शन गर्छ, यसबाट वर्तमानमा मात्र होइन भविष्यमा हुने परिवर्तनको पनि दिशाबोध हुन्छ । द्वन्द्वात्मक भौतिकवाद दुई शब्द मिलेर बनेको छ । ‘द्वन्द्वात्मक’ शब्दले प्रक्रिया बुझाउँछ । यसअनुसार सृष्टिको विकास द्वन्द्वात्मक भौतिकवाद भनेको पदार्थमा हुने विपरीत तत्वको द्वन्द्वको कारणबाट विकास हुन्छ । द्वन्द्वबाट यान्त्रिक भौतिकवादभन्दा भिन्न हुन्छ । यान्त्रिक भौतिकवाद पदार्थको बाह्यरूपमा नभएर भित्रैबाट परिवर्तन हुन्छ, बाह्य वातावरणले यसको विकासलाई छिटो वा ढिलो गराउनसम्म मद्दत गर्दछ । द्वन्द्वात्मक भौतिकवादले पदार्थलाई निष्कृय नमानी गतिशील मान्छ । यही पदार्थको गतिशीलता परिवर्तनको कारण हो । अर्को शब्दमा पदार्थ गतिशील हुन्छ र आपसी द्वन्द्वबाट गति पैदा भई त्यसमा परिवर्तन भएर नयाँ कुरा पैदा हुन्छ ।
मार्क्सले अतिरिक्त मूल्यलाई वर्ग–संघर्षको मूल कारण मानेका छन् । अतिरिक्त मूल्यलाई मालिकले मात्र खाइदिने हुँदा मालिक र मजदुरबीच संघर्ष हुन्छ । मजदुरहरूले प्रशस्त काम गरेर पनि जीवन धान्न चाहिने रकम प्राप्त गर्न सक्दैनन् । तसर्थ मजदुरहरूले अतिरिक्त रकम प्राप्त गर्नलाई ओभर टाइम काम गर्छन् । अतिरिक्त काम गर्दा काम गर्ने समयमा वृद्धि हुन्छ । धेरै समय काम गर्दा धेरै रकम आउँछ भनेर मजदुरहरूले धेरै समयसम्म काम गर्दछन् ।
मार्क्सको भनाइबमोजिम प्रत्येक वस्तुको वास्तविक मूल्य त्यो वस्तुको उत्पादनमा खर्च गरिएको श्रमद्वारा निर्धारित हुन्छ । वस्तुलाई बेचेर प्राप्त हुने लाभलाई पनि मालिकहरूले एक्लै आफ्नो व्यक्तिगत खातामा जम्मा गर्छन् । मजदुरहरूलाई लाभांश दिँदैनन् । वास्तवमा मार्क्र्सबमोजिम उत्पादबाट प्राप्त हुने लाभको रकम श्रमिकहरूले पाउनुपर्ने हो । पुँजीपतिहरूले वस्तुको लागत रकमभन्दा बढी रकममा त्यो वस्तुलाई बेचेर बढी लाभ प्राप्त गर्छन् । लाभको केही अंश मजदुरहरूको पनि पाउनुपर्छ भनेर माक्र्स भन्छन् । यसरी मार्क्सले पुँजीपतिद्वारा लाभबाट प्राप्त हुने जम्मा रकमलाई नै ‘अतिरिक्त मूल्य’ भनेका छन् ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया