हेपाटाइटिस रोकथाम र गुणस्तरीय स्वास्थ्य सेवा
काठमाडौं । संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने एवम् स्वास्थ्य सेवामा समान पहुँच प्राप्त हुने विषयलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको पाइन्छ । नागरिकको स्वास्थलाई गुणस्तरीय वनाउन राज्यले स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्ने एवम् गुणस्तरीय, सहज, सुलभ स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्दै सबैको स्वस्थ जीवन प्रत्याभूत गरी दिगो विकास सुनिश्चित गर्नुपर्ने दायित्व पनि संविधानबाटै निर्देशित भएको पाइन्छ ।
यसै सन्दर्भमा सोह्रौँ योजनाको अन्तसम्म मातृ मृत्युदर प्रतिलाख जीवित जन्ममा ८५ जना, नवजात शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा १३ जना, पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर प्रतिहजार जीवित जन्ममा २२ जना, पाँच वर्षमुनिका बालबालिकाको पुड्कोपनाको अवस्था १७ प्रतिशत, सडक दुर्घटनाका कारण ज्यान गुमाउने व्यक्तिको संख्या प्रतिएक लाख जनसंख्यामा पाँच जना, पूर्ण खोप लगाउने बालबालिका ९५ प्रतिशत, स्वास्थ्यकर्मी उत्पादन प्रतिहजार जनसंख्यामा चार दशमलव ६४ जना, स्वास्थ्य जन्ममा आबद्ध जनसंख्या ७० प्रतिशत, स्वास्थ्य बीमा कार्यक्रममा नवीकरण दर ९० प्रतिशत, कुल स्वास्थ्य खर्चमा व्यक्तिगत तहमा हुने खर्च ३८ प्रतिशत, ३० मिनेटको दूरीमा स्वास्थ्य संस्था भएको घरधुरी ८६ प्रतिशत, पाँच वर्षमुनिका बच्चाहरूमध्ये जन्मदर्ता गरिएको बालबालिका सय प्रतिशत हासिल गर्ने लक्ष्य रहेको पाइन्छ ।
सो लक्ष्य हासिल गर्नको लागि आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने, गुणस्तरीय स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच सुनिश्चित गर्नु, स्वास्थ्य बीमा प्रणालीलाई पुनः संरचना गरी सबल बनाउने, समग्र स्वास्थ्य प्रणालीको अत्याधुनिक र उच्चतम् प्रविधीकरण गर्ने, गुणस्तरीय, भरपर्दाे तथा एकीकृत स्वस्थ्य प्रणालीको विकास गर्ने, स्वास्थ्य पर्यटन प्रवद्र्धन गर्ने, बहुक्षेत्रीय र बहुपक्षीय अवधारणा अवलम्बन गर्ने, जनसांख्यिक लाभांशको अधिकतम उपयोग गर्ने, अध्ययन, अनुसन्धान तथा तथ्यमा आधारित स्वास्थ्य व्यवस्थापन प्रणालीको विकास गर्ने, औषधि, औषधिजन्य सामग्री र खोपको उत्पादनमा आत्मनिर्भर हुने, स्वास्थ्य क्षेत्रमा सुशासन तथा सामाजिक न्याय कायम गर्ने, स्वास्थ्य प्रणालीको सुदृढीकरणका लागि लगानी अभिवृद्धि गर्ने, विद्यमान सञ्चालनमा रहेका कार्यक्रमहरू पुनः मूल्याङ्कन र परिमाजर्न गर्ने रणनीति रहेको पाइन्छ ।
यसै सन्दर्भमा मुलुकमा लोकतन्त्रको बहालीसँगै राज्यसँग आमजनताले गर्ने अपेक्षामा अत्यधिक वृद्धि हुनुका साथै चेतनास्तरमा भएको विकासका कारण सार्वजनिक सेवाप्रवाहलाई नागरिकको हित अनुकूल बनाउनुपर्ने आवश्यकता टड्कारो देखिएको छ । लोकतान्त्रिक परिपाटीले नागरिकको सार्वजनिक सेवाप्रतिको चासो र जनस्तरबाट यसको प्रभावकारी अनुगमनलाई थप बल पु¥याएको छ । नेपालको संविधानले ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन’ भनी स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकभित्र समावेश गरेको पाइन्छ ।
यसै सिलसिलामा प्रत्येक वर्ष जुलाई २८ तारिखको दिन विश्व हेपाटाइटिस दिवस मनाइँदै आइएको छ सो बारेमा यहाँ छोटो चर्चा गर्ने प्रयास गरिएको छ । भाइरल हेपाटाइटिसको प्रभाव घटाई विश्वभरका मानिसहरूलाई गुणस्तर स्वास्थ्य बनाउने उद्देश्यले विश्वभरका मानवहरू एकजुट हुने दिन हो जुलाई २८ । भाइरल हेपाटाइटिसले मावनको गुणस्तर स्वास्थ्यमा विकराल समस्या ल्याउँछ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्कलाई हेर्ने हो भने विश्वभरमा करिब ३२ करोड ५० लाख मानिसहरू भाइरल हेपाटाइटिस बी र सीबाट ग्रसित छन् । यो रोगबाट ग्रसित हुने १०० जनामध्ये ९० जना यस रोगबाट अनभिज्ञ रहने पनि तथ्याङ्कले जनाएको छ । माथिको तथ्याङ्कअनुसार एक सय जनामा ९० जना यसबाट अनभिज्ञ हुनु नै यो रोगको विकराल समस्या हो । यसले मानव स्वास्थ्यलाई झन् अस्वस्थकर बनाउँछ । यस्तो अनभिज्ञता र अज्ञानता हटाउनुपर्छ भनेर नै यो दिवस मनाउन थालिएको हो । एचआईभी, एड्स, मलेरिया, क्षयरोग जस्तै यो रोग पनि संसारभरका मानवलाई मृत्युको शिकार बनाउँदै लगेको छ । हेपाटाइटिस बी र सी लागेर हरेक वर्ष करिब १३ लाख मानिसहरूको मृत्यु हुने गर्छ । कलेजोको क्यान्सर हुनमा पनि यसले प्रभाव पार्छ । हेपाटाइटिस भनेकै भाइरल संक्रमणको कारण कलेजो सुन्निनु हो । हेपाटाइटिस मुख्य गरी पाँच किसिमका हुन्छन्, ए, बी, सी, डी र ई ।
एचआईभी, एड्स, मलेरिया, क्षयरोगभन्दा हेपाटाइटिस बी र सीको प्रभावले वर्षेनि धेरै मानिसको मृत्यु भइरहेको छ । कलेजोको क्यान्सरले मृत्यु हुने तीनमध्ये दुई हेपाटाइटिसका रोगी हुने गर्छन् । हेपाटाइटिस बी सीलाई मौन महामारीको रूपमा लिइन्छ । यसले मुख्यत बालबालिका र सीमान्तकृत समूहलाई धेरै असर पु¥याउँछ । त्यस्तै, लागुपदार्थ दुव्र्यसनी, एचआईभी एड्सका रोगीहरूलाई हेपाटाइटिसले बढी सताउने गर्छ । अतः हेपाटाइटिसबारे जागरुकता बढाउन अतिआवश्यक छ । स्वास्थ्य संस्थाको सहज पहुँच, स्वास्थ्यकर्मी र औषधिको सुलभ उपलब्धता भएमा यो रोगबाट बच्न सकिन्छ । स्वास्थ्य सेवा सुलभ र सहज प्रयोग नभएको हाम्रोजस्तो देशमा त झन् कुनै पनि रोग लाग्नु यसै नै घातक छ । त्यसकारण हेपाटाइटिसबारे जागरुक भई विश्वभरका मानिसको स्वास्थ्य रक्षा गरी गुणस्तर राख्न यो दिवस मनाइन्छ । सन् २०२४ को विश्व हेपाटाइटिस दिवसको नारा हेपाटाइटिसविरुद्ध कदम चाल्ने बेला आयो भन्ने रहेको छ ।
मानवको गुणस्तर स्वास्थ्य सेवाबाट मात्र आर्थिक विकास सम्भव हुन्छ । स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने राज्यको नीतिलाई भौतिक संरचनाको निर्माणले सघाए पनि गुणस्तर सेवा प्रवाहमा चुनौती भएको सम्बन्धित विज्ञहरूले बताएका छन् । यस चुनौतीको कारणले गुणस्तरीय स्वास्थ्य नभई यसको प्रभाव आर्थिक विकासमा पनि परेको छ ।
निष्कर्षमा गुणस्तर स्वास्थ्यका लागि स्वास्थ्य संस्थाहरू नीति र विधानअनुसार चल्नुपर्छ, आफ्नो हात जगन्नाथ हुनुहुँदैन । आवश्यक दक्ष स्वास्थ्य जनशक्ति हुनुपर्छ । औषधि, उपकरण, प्रविधि, प्रभावकारी स्वास्थ्य सेवा प्रणालीको विकास हुनुपर्छ । आम नागरिकलाई प्रवर्द्धनात्मक, निरोधात्मक र उपचारात्मक कार्यक्रमहरू सञ्चालन गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्छ । निःशुल्क औषधि बेलैमा उपलब्ध हुनुपर्ने, सो औषधि कति प्रकारको पाइन्छ सबै नागरिकलाई थाहा हुनुपर्ने, कमसेकम आवश्यक मापदण्डअनुसार स्वास्थ्य संस्थाका भौतिक संरचनाहरू हुनुपर्छ । स्वास्थ्य संस्था विकास समितिलाई समयअनुसार प्रशिक्षण दिनु आवश्यक छ । स्वास्थ्य संस्थाहरूमा आधुनिक सूचना प्रविधिको विकास गरी सेवा प्रवाहलाई गुणस्तरीय बनाइ स्वास्थ्यकर्मीहरूलाई आफ्नो कार्यक्षेत्रमा टिकाउन अतिआवश्यक छ । यसो भएमा मात्र हाम्रो देशमा स्वास्थ्य संस्थाले आम नागरिकको स्वास्थ्यमा गहन भूमिका खेली स्वास्थ्य सेवा गुणस्तर हुनेछ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया