Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगबौद्ध धर्मावलम्बीको दृष्टिमा पशुपतिमा मैले जे देखेँ

बौद्ध धर्मावलम्बीको दृष्टिमा पशुपतिमा मैले जे देखेँ


काठमाडौं । हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथको मन्दिर जहाँ देशविदेशबाट हिन्दु श्रद्धालु भक्तजनको भिड लाग्ने गर्छ । त्यसो त विभिन्न तिथिमितिमा यहाँ भक्तजनहरूलाई मन्दिर दर्शन गर्न पालो मिलाउन सुरक्षाको बन्दोबस्त मिलाउनुपर्छ । यो हामीले भोगिरहेको देखिरहेको सामान्य कुरा हो । म बौद्ध धर्ममा आस्था राख्ने एक बुद्धिस्ट हुँ । हुन त बुद्ध र हिन्दु धर्म एउटै ॐकारभित्रको सनातन धर्मावलम्बी नै हुन् । म सबै धर्मलाई उत्तिकै सम्मान गर्ने गर्छु र सबै धर्मको आस्थाको केन्द्र भनेकै आत्मसम्मानसँगै आत्मसन्तुष्टि हो । आत्म भनेको मन, धर्म मनले गर्ने, मनले गरेको कार्यले दोस्रोको मनमा खोट नदेखाउने सङ्गै चोट नपुराउने हो, मैले जानेको धर्म यति हो । मेरो मन पशुपतिको सन्ध्याकालीन आरतीको दृश्यतिर लगाएर दुई÷तीन दिनदेखि नै त्यसको तयारीमा थियो ।

मलाई त्यसको ऊर्जा मेरो एक जना हितैषी मित्रले दिनुभएको थियो । पूर्वयोजना अनुरूप त्यो दिन हामी साढे पाँच बजे पशुपति क्षेत्रमा पुग्यौँ । हुन त पशुपतिमा पुगेको म पहिलोपटक भने थिएन । पशुपतिमा चार ढोका चाँदीका भन्ने गीतलाई कण्ठ पारेर चाँदीका चारढोका खोजेर हिँड्दा म हराएर मेरो बाबाआमालाई एक÷डेड घण्टा तनावग्रस्त बनाएको दिन आजै पनि मेरो दिमागमा झल्झल्दी याद आइरहन्छ । त्यही मन्दिर जहाँ चारवटा ढोकामध्येको एउटाबाट म निस्केथेँ । मेरो बाबाआमा अर्कै ढोकाबाट मलाई खोज्दै गर्दा म हराएका ढोकैनेर पुग्दा मान्छेहरूको भिडभाडभित्र एउटा लास लिएर आएको भिड भेटेँ । मनमनै ‘ॐ मनेपद्मे हुँ’ भनेँ र शब्दले चाहिँ सङ्गैका साथीलाई सोधे, कहाँबाट कहाँ लैजाँदै हो ? लास जलाउने त माथि होइन र ? जवाफ थियो मुख धुलाएर गङ्गा स्नान गरिवरि विद्युतीय शवदाहमा दहनको लागि होला । यो कुराले मेरो मनमा भने कताकता मिडियामा आएको एक करोड ५० लाखको विद्युतीय शवदाह मेसिनमा दश करोडमा खरिद गर्ने पर्यटनमन्त्री सुदन किराँतीको करोडौँ घोटालाको पर्दाफास तीन भन्ने समाचारले ताने । तर केही बोलिनँ, हाम्रो हिँड्ने क्रम जारी नै थियो । हामी अगाडि बढ्दै गयौँ । हाम्रो आजको योजना भने त्यो चाँदीको ढोकातिर नगई साँझको आरतीतिर नै ध्यान केन्द्रित गर्यो दुई/तीन वटा सामान्य गेट पार गर्दै हामी मन्दिर नजिक पुग्यौँ । पुलमा एक दुईवटा फोटो भिडियो लिएँ । तेतिखेरसम्म मान्छेहरू आउने क्रम सुरु भइसकेको थियो । पुलबाट आरतीस्थल हेर्दा केहीकेही ठाउँबाहेक मान्छेले भरिसकेको थियो । पुल पार गरिसकेपछि तीन/चारवटा सिँढी चडे फेरि फोटो भिडियो गरे, हामीलाई दुवैजनाको फोटो आउने गरी एकजना मान्छेलाई भिडियो बनाइदिन अनुरोध गरे । हाम्रो कुरालाई सहषरूपमा स्वीकार गरेका ती महानुभावले आफू फोनमा व्यस्त भए पनि भिडियो भने राम्रो बनाइदिएको रहेछ भिडियो बनाइदिएबापत हामीले उहाँलाई धन्यवाद भनेँ । तर उहाँलाई मेरो कुरा शब्दमा केही बोल्न सक्ने अवस्था थिएन, किनकि उहाँ अझै फोनमै बोलिरहनुभएको थियो । मात्रै टाउको हल्लाउँदै मेरो धन्यवाद स्वीकारेको संकेत गरे ।

अब भने हामी आरतीस्थलको छेउमा बस्न भनेर हिँड्यौ केही मान्छे आरतीको तयारीमा थियो । पुजारी बाबाहरू पहेँलो भेषमा राम्रोसँग सजिएको थियो । आरतीको लागि बत्ती राख्ने ठाउँदेखि मान्छे बस्ने ठाउँको सरसफाइ गर्दै थिए । त्यताका कर्मचारी या आरती गर्न आको मान्छे हो हामीलाई हामी बसेको ठाउँबाट उठायो त्यो क्रम तीन पटकसम्म जारी रह्यो । तेस्रो पटकको बसाइँमा भने गारोसारो बस्ने व्यवस्थापन भयो । सिँढीको पेटी रहेछ । माथिल्लोमा बसेको चेपियो तल्लो पेटीमा सरेको छोटो खुट्टा, तल भुइँ छुइन खुट्टाले माथि अडेस लाउन नि गारो भयो अनि उभिएर बसेँ । यता आरती सुरु हुँदै थियो । म पशुपतिको आरतीमा पहिलोपटक सहभागी हुँदै थियो । हुन त ४/५ वर्षअघि छिमेकी देश भारतको हरिद्वारमा सन्ध्याकालीन आरतीको राम्रै दर्शन गरेको अनुभव छ मसङ्ग ।

सङ्गैका साथीले मलाई आरती सुरु हुँदैछ है भनेपछि मैले पनि आरतीस्थलकै छेउबाट नजर झन् नजिक लगेँ । तेतिखेरसम्म मैले छेउमा सयौँको संख्यामा रहेका सहभागीतिर नजरअन्दाज नगरेको रहेछु । एकजना केटा मान्छे मेरोअघि उभिए यसो हेरेको मेरो छोराको उमेरको रहेछ । बाबु बसम न तिमी मेरो अगाडि उभिपछि मलाई छेकिँदो रहेछ भनेँ । ऊ पनि ज्ञानी र भलाद्मी रहेछ, हस् आन्टी भनेर अप्ठ्यारो मानेर आधा ज्यान भाँचेर बस्यो । त्यो बाबुलाई देखेपछि मलाई लाग्यो कसले भन्छ हाम्रा बालबालिकालाई धर्मसंस्कारप्रति लगाव छैन भनेर ? सो आरतीको भीडमा बसेर हेर्दा कतिपय क्याम्पसको पोषाकमा देखिन्छन्, कोही कार्यालयको पोषाकमा त कोही आफ्नो काम विशेषको पोषकमा त्यहाँ भेटिन्छन् । गहिरिएर हेर्दा प्रायः केटाकेटीसँगै बसेको पाइन्छ । मैले मलाई हेरेँ, मेरो साथीलाई हेरेँ, सबैलाई हेर्दा केहीबाहेक मेरो पुस्ताका भेटिएनन् । बरु जम्मै दोस्रो पुस्ताका केटाकेटीहरू थिए । जतिखेर म मन्दिर जाने सोच बनाएको थिए तेतिखेर मेरो दिमागमा लागेको थियो कि धार्मिकस्थलमा जाने भनेको कर्म गरिसकेर थकाई मार्न बसेका आफू र आफ्ना सन्तान अनि सम्पूर्ण प्राणीको सुरक्षा र कल्याणको लागि भक्ति गर्नेहरू हुन् । तर त्यो यथार्थमा देखिएन । यताको वातावरणले त काहीँकतै युवालाई भेटघाट गर्ने ठाउँ पो बनेको हो कि भन्ने भान परिरहेको थियो । सुरक्षित ठाउँको रूपमा आफ्नो प्रेम जोडीको भेटघाटस्थलको रूपमा पशुपति परिसर प्रयोग भइरहेको त छैन ? यदि त्यसो हो भने पशुपतिनाथ मन्दिरका गुरु पुरोहित र बाबाले आरतीको एउटै गायत्री मन्त्रलाई मात्रै वाचन नगरी हाम्रा ती आरतीमा आएका १५ देखि २५ वर्ष उमेर समूहका छोराछोरीलाई भविष्यमा काम लाग्ने, आत्मसम्मानसँगै आत्मरक्षा र आत्मनिर्भरता हुने भक्तिभजन सुनाउने हो कि ? जहाँ आफ्नो साथी, मिल्नेसाथी, जीवनसाथीसँग बसेर व्यावहारिक र जीवनोपयोगी वचन सुन्न पाइयोस् र धार्मिकस्थलबाट सुनेका कुराले हाम्रा सन्ततिलाई संस्कारी बनाइयोस्, सामाजिक बनाइयोस् । जसले भिडसँगै लम्पसार रहेको त्यो लासले त्यहाँ भएका सबै सहभागी मेरो मलामी हो भन्ने आभास होस्, जहाँ यथार्थमा भइरहेको छ त्यो नहोस् ।

जहाँ सबै पूजा र आरतीतिर हेरिरहेका फोटो भिडियो बनाउन मस्त पण्डित, पुजारी, गुरुसँगै आवाज दिने गरेको ताली बजाएको क्या मिलाएर हामी बसेको अगाडिपट्टि एउटा लास, जसलाई अघि स्ट्रेचरमा लिएर आएको थियो । त्यता गङ्गजलले मुख, खुट्टा धुनेदेखि आफन्तले नयाँ कपडा ओढाउने काम भइरहेको थियो । आफ्नाबाहेक त्यो मरणमा त्या भएको भीडलाई भने कुनै मतलब थिएन । रमाइलोको उत्साहजनकको आवाज दिइरहेको थियो । जय शम्भो, जय महादेवजस्ता धार्मिक शब्दहरूको बोलिले पशुपतिनाथको मन्दिर हुनुमा साँच्चिकै कुनै काम परिश्रमविना बन्यौ या केही प्राप्ति भए पशुपतिनाथले धानेको देश भन्थ्यो । यी र यस्तै भक्ति र भक्तजनको श्रद्धाले गर्दा भगवान्ले आशीर्वाद दिएको रहेछजस्तो लाग्यो । यी त भए मेरो आँखाको देखाइ र भोगाइ मात्र हुनेचाहिँ हरेक दृश्यलाई दृष्टिकोणले निर्धारण गर्दा छ यो प्राकृतिक न्यायको सिद्धान्तभित्र पर्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x