भारतसँग सार्वभौम हैसियतमा नेपाल समान
काठमाडौं । नेपाल–भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक, राजनीतिक र आर्थिक हिसाबले धेरै महत्वपूर्ण छ । भारतको स्वतन्त्रतापछि नेपाल र भारतले कूटनीतिक सम्बन्ध स्थापना गरे । नेपाल र भारतबीचको सन्धि १९५० मा सम्पन्न भएको हो, जसले दुवै देशका नागरिकलाई स्वतन्त्ररूपमा आवतजावत गर्न अनुमति दिन्छ । यसै सन्धिको आधारमा रहेर सीमाहरू भूगोलले तय गरिएका छन् । कानुन, भाषा, मुद्रामा भिन्नता छन् । यति हुँदा पनि संस्कृति, सभ्यता, इतिहास, रहनसहन र नातासम्बन्धले नेपाल र भारत यसरी बाँधिएका छन् । नेपालका लागि भारत र भारतका लागि नेपाल ‘गाँस्दिन’ भन्दा पनि गाँसिनुपर्ने सम्बन्ध भएका मुलुक हुन् ।
एउटा सार्वभौम मुलुक र अर्को त्यस्तै सार्वभौम मुलुकबीचका सम्बन्धहरू निश्चित सीमाले बाँधिएका हुन्छन् । भौगोलिक सीमा त अनिवार्य नै हो । यसबाहेक सबै नीति, कार्यशैली र व्यवहार सीमाबद्ध हुन्छन् । यसका बाबजुद नेपाल–भारत सम्बन्धले औपचारिक सीमाहरू स्वीकारे पनि सारमा दुई देशबीच सीमाहीन सम्बन्ध छ । यस्तो प्रगाढ सम्बन्ध विश्वमा सायदै कुनै मुलुकका बीचमा होला ।
नेपाल र भारतबीचको मजबुद धार्मिक सम्बन्ध विश्वका कुनै पनि देशमा पाउन सकिँदैन । तीर्थयात्रा, जस्तै पशुपतिनाथ (नेपाल) र काशी (भारत), दुवै देशका जनताका लागि महत्वपूर्ण छन् । भारतको केदारनाथ दर्शन गर्न गएका यात्री नेपालको डोलेश्वर पुग्ने गरेका छन् । यस्ता धार्मिक मात्र होइन दुई देशबीचको सामाजिक सम्बन्धलाई अझ बलियो बनाएको छ । धर्म र सांस्कृतिका दृष्टिले यी दुवै देशबीच कुनै पनि विवाद आजका दिनसम्म देखिएको छैन ।
नेपाल–भारत सम्बन्धको सबैभन्दा जबरजस्त आधार हो, नातासम्बन्ध । दुवै देशका सीमावर्ती क्षेत्रमा बिहेवारी चल्ने क्रम जारी छ । त्यसले सामाजिक र सांस्कृतिक अन्तर्घुलनलाई व्यापक बनाएको छ । भाषिकरूपमा पनि समान लिपिको प्रयोग, भाषाशैलीमा समानताका थुप्रै उदाहरण छन् । मैथिली, भोजपुरी, अवधिसहितका अनेकौँ भाषा दुवै देशमा समानरूपले प्रचलनमा छ । विभिन्न धार्मिक, सामाजिक, जन्म, मृत्यु र विवाह संस्कारका समानता दुई देशको सम्बन्धको अर्को बलियो पक्ष हो । नेपाली र भारतीय समाज एउटै धार्मिक मान्यता, उही पौराणिक पात्र र चरित्रहरूबाट प्रेरित छ । पौराणिक कालखण्डका कतिपय भारतीय ऋषिमुनि, जोगी, तपस्वीले ध्यान गर्ने, दीक्षाप्राप्त गर्ने र आफ्ना यावत गतिविधि निर्वाधरूपमा गर्ने भूमि नेपाल हो । यही प्रकारले भारतीय भूमिमा नेपालका थुप्रै जोगी, तपस्वी पुगेका पौराणिक प्रसंग छन् । उदाहरणका लागि विश्वशान्तिका अग्रदूत गौतम बुद्ध नेपालको कपिलवस्तुस्थित तिलौराकोटमा जन्मिए । तर, उनले बुद्धत्व भने भारतीय भूमिमा हासिल गरे । भारत वर्षको एउटा ऐतिहासिक, पौराणिक राज्य अयोध्याका राजा रामले नेपालको मिथिला नगरीका राजा जनककी छोरी सीतासँग वैवाहिक सम्बन्ध गाँसे । प्रकारान्तरमा यही ठाउँलाई ‘जनकपुर’ को नामले चिनियो ।
स्वास्थ्य, भौतिक पूर्वाधारसहित अनगिन्ति जनकल्याणकारी कार्यक्रमसहित भारतले नेपालमा आफ्नो सहयोगात्मक उपस्थिति जनाइरहेको छ । ऊर्जा, पर्यटन, सम्पदा, धार्मिक स्थल, सडकसहित अनगिन्ति क्षेत्रमा भारतीय लगानी भित्रिएको छ । नेपालले पनि आफ्नो तहबाट सक्दो ढंगले मित्रवत् भूमिका निर्वाह गरिरहेको छ । दुई छिमेकी देशका कामदार नेपालबाट भारतमा र भारतबाट नेपालमा आउने क्रम जारी छ । खुला सीमाका कारण कामदारको यकिन संख्या गणना हुन सकेको छैन । तर, विभिन्न देशमा रोजगारीका निम्ति जाने भारतीय कामदारले अहिले पनि नेपाल–भारतबीचको व्यापारिक सम्बन्ध नङ र मासुजस्तै छ । भारतको कुल निकासीको दुई दशमलव १६ प्रतिशतको अंश नेपालले ओगटेको छ भने भारतको पक्षमा ट्रेड सरप्लस भएका मुलुकमा नेपाल तेस्रो हो । अर्थात्, नेपालको वैदेशिक व्यापारको दुई तिहाई अंश भारतले ओगटेको छ ।
भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । भारतबाट नेपालको मुख्य आयात पेट्रोलियम पदार्थ हो । मोटर, अन्य सवारीका वाहनदेखि स्पेयर पार्ट्ससम्म नै भारतीय क्षेत्रबाट आउने गरेको छ । त्यस्तै, दैनिक आवश्यक चामल, धान मात्र होइन् सियोदेखि साइकलसम्म, हालोदेखि ट्याक्टरसम्मै नै निर्यात हुने गरेको छ । यी क्षेत्रमा भारतीय पक्षले ठूलै सहयोग गर्ने गरेको छ । अन्य मेसिनरी र पार्ट्स औषधिदेखि रोल्ड पानास विद्युतीय उपकरण, सिमेन्ट कृषि उपकरण सबैको सहयोग गर्दै आएको छ । नेपालमा भारतीय लगानीका फर्महरू नेपालमा सबैभन्दा ठूलो लगानीकर्ता हुन्, जसले कुल स्वीकृत विदेशी प्रत्यक्ष लगानीको तीन सय पाँचभन्दा बढी हिस्सा ओगटेको छ ।
तथापि दुई देशबीच केही चुनौतीहरू पनि छन् । सबैभन्दा ठूलो विवाद सिमाना विवाद हो । जस्तै कालापानी क्षेत्र र पानीसम्बन्धी विवादहरूले कहिलेकाहीँ दुई देशबीच तनाव पैदा गरेको छ । नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक र सांस्कृतिकरूपमा निकट छ । तर राजनीतिक र आर्थिक क्षेत्रहरूमा केही चुनौतीहरू पनि छन् । दुवै देशले यस्ता मुद्दाहरूलाई समाधान गर्न र सम्बन्धलाई सुधार गर्न निरन्तर प्रयास गरिरहेका छन् ।
नेपाल र भारतबीचको सम्बन्धमा केही दरार र चुनौतीहरू उत्पन्न भएका छन् । कालापानी, लिपुलेक, र लिम्पियाधुरा क्षेत्रमा भएको सीमा विवादले तनाव उत्पन्न गरेको छ । नेपाल र भारतको सीमारेखा स्पष्ट गर्नका लागि चेष्टा भइरहेका छन् । यस विवादले दुवै देशबीचको सम्बन्धमा खटपट ल्याएको छ ।
भारत र नेपालबीचको जलस्रोत व्यवस्थापनमा पनि विवाद देखिन्छ । खासगरी, कालीगंगा र गण्डकी नदीहरूमा पानीको वितरण र व्यवस्थापनमा असहमतिहरू छन् । यसले दुवै देशको नीतिमा केही प्रभाव पारेको छ ।
नेपाल र भारतबीच व्यापारको सम्बन्ध सुदृढ छ । तर समय–समयमा व्यापारिक विवाद र नाकाबन्दीका समस्याहरू उत्पन्न भएका छन् । यसले आपसी व्यापारमा असर पारेका थुप्रै उदाहरण छन् । सीमा क्षेत्रका नागरिकहरूको गतिविधिहरू र सुरक्षा मामिलामा असहमति उत्पन्न भएको छ । नेपालमा भारतका सुरक्षाकर्मीहरूको गतिविधिमा असन्तोष जनाइएका घटना पनि कर्योपटक आएका छन् । नेपालको आन्तरिक राजनीति र भारतसँगको कूटनीतिक सम्बन्धमा विभिन्न मुद्दाहरू उठेका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुराजस्ता सीमा विवादहरूको स्थायी समाधान खोज्नका लागि विशेष प्रयास गर्न आवश्यक छ । यो विवादहरूको समाधानले दुवै देशको विश्वासलाई बलियो बनाउँछ ।
दुवै देशले व्यापारमा बाधा उत्पन्न गर्ने कुनै पनि समस्याको समाधान गर्नुपर्छ । पारदर्शिता र आपसी सहयोगले व्यापार र आर्थिक सम्बन्धलाई प्रगाढ बनाउन मद्दत गर्न सक्छ । नदी र जलस्रोत व्यवस्थापनमा दुवै देशले संयुक्त परियोजनाहरू र सम्झौताहरूको आधारमा काम गर्नुपर्छ । यसले प्राकृतिक स्रोतहरूको साझा उपयोगलाई व्यवस्थित गर्न मद्दत गर्छ । सुरक्षा र सामरिक सहयोगमा पारदर्शिता र विश्वास कायम गर्न दुवै देशले आपसी सुरक्षा सहयोगको समीक्षा गर्नुपर्छ । समन्वय र सहयोगले समस्याहरूलाई समाधान गर्न मद्दत गर्न सक्छ । यी पहलहरूमा ध्यान दिएर र आपसी विश्वास निर्माण गरेर नेपाल र भारतबीचको सम्बन्धलाई सुधार्न सकिन्छ । नेपाल र भारतबीचको सम्बन्ध सुधार्नका लागि दुवै देशका अधिकारीहरूले नियमितरूपमा संवाद राख्नुपर्छ । कूटनीतिक वार्तालाप र समझदारीका माध्यमबाट समस्याहरूको समाधान खोज्नसके समस्या आफैँ हराएर जानेछ ।
एक्काइसौँ शताब्दीमा कूटनीतिक सम्बन्धको प्रमुख आधार सार्वभौमिकताको समान सिद्धान्त हो । संयुक्त राष्ट्र संघको बडापत्रमा पनि सोही सिद्धान्त अंकित छ । राजनीतिशास्त्रको परिभाषाअनुसार देशको भौगोलिक आकार र आर्थिक तथा सैन्य हैसियत असमान भए पनि सार्वभौमिकता समान हुन्छ । भौगोलिक दृष्टिले सबैभन्दा ठूलो रसिया र सानो नाउरु तथा आर्थिक–सामरिक दृष्टिले सबैभन्दा शक्तिशाली अमेरिका र विपन्न बुरुन्डीको सार्वभौम हैसियत समान हुन्छ र सोही सिद्धान्तअनुसार कूटनीतिक सम्बन्ध स्थापित तथा विकसित गर्नु आजको आवश्यक्ता हो ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया