Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगस्व. प्रदीप गिरिको आदर्श यात्रा

स्व. प्रदीप गिरिको आदर्श यात्रा


काठमाडौं । सादा जीवन उच्च विचारका धनी, शान्तिप्रिय, गान्धीवादी नेता प्रदीप गिरिको जन्म २००४ साल कार्तिक १६ गते आमा पुण्य प्रभा र बुबा मित्रलालको कोखबाट लहानमा भई २०७९ भदौ ५ गते घाँटीको क्यान्सरका कारण दुःखद् निधन भयो ।

नेपाली राजनीति आकाशका एक ध्रुवताराजस्तै वैचारिकरूपमा अटल व्यक्तित्व त छँदै थियो, साथै नेपालमा मानवअधिकारको रक्षा प्रवर्द्धनको लागि पञ्चायत कालमा पञ्चायती निराश शासनविरुद्धमा अहोरात्र सङ्घर्ष गरी नेपाल मानवअधिकार संघठनको केन्द्रीय अध्यक्ष भएर तानाशाही पञ्चायती शासनविरुद्ध लडी मानवअधिकार रक्षाका लागि देशभरि विभिन्न प्रकारको कामहरू मानव रक्षाका लागि गर्नु भएको थियो । २०४५ मङ्सिर २४ सन १९८८ चैत १० गते स्थापना भएको उक्त संस्था स्थापनाकै दिन विश्व मानवअधिकार दिवस पनि घोषणा गरियो । संगठनले पञ्चायती व्यवस्था हटाई बहुदलीय व्यवस्था ल्याउन, वाक स्वतन्त्रता, राजनीतिक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रका साथै २०४६ को जनआन्दोलनमा समेत मानवअधिकार संगठनको ठूलो भूमिका रहेको छ ।

हुल र भिडको पछि नलाग्ने र आफ्नै विचारमा अडिक गिरिले संविधानसभाका सदस्य हुँदा र देशमा संविधान बनाउँदै गर्दा सबै वर्ग, जाति, क्षेत्र, भूगोललाई संविधानले नसमेटेको भनेर संविधानमा हस्तान्तरण गर्नु भएन ।

नेपाली काँग्रेसको केन्द्रीय सदस्य प्रखरवक्ता प्रदीप गिरीले पार्टीको संगठन बलियो बनाउका लागि भेटघाट गर्न तारे होटेल र पार्टी प्यालेस नभई गाउँमा बस्तीमा रहेका कार्यकर्ताको कुरालाई सुन्ने/सुनाउने प्रवचन दिने/वैचारिक कुराहरू राख्ने भेटघाट गर्ने थलोको रूपमा आफ्नो गृह जिल्लाको लहान नगरपालिकामा १५/१६ बिगाह जमिनमा आश्रम बनाई विचारको मन्थन गर्ने थलो बनाएका थिए । यसले के कुरा स्पष्ट हुन्छ भने नेतामुखी नभई कसैको अन्धभक्त पनि नभएर कार्यकर्ताको नजिक रहेको एक समाजवादी नेता थिए भन्ने कुराको छर्लङ्ग हुन्छ ।

प्रदीप गिरि कम्युनिस्टलाई पनि मार्क्सवाद पढाउने गुरु थिए । वीपीका सहयात्री भएकाले समाजवादलाई वीपीले बोलेका कुरालाई लिपिबद्ध बनाएर हामी माझ छोड्ने क्रममा लेनिनको जीवनी/नारी/मार्क्सवाद/अर्थशास्त्रजस्ता एक दर्जनभन्दा बढी पुस्तकहरू लेखेर हामी माझ छोड्नु भएको छ । मन र चेतनाको विकास र परिवर्तनले प्राप्ति हुने समाजवाद नै हाम्रो समाज हो भन्ने आदर्श दर्शनका दर्शनशास्त्री वीपीका सहयात्री गिरिले कयौँपटकको शान्तिपूर्ण आन्दोलनमा भाग लिँदै गर्दा तीन वर्ष जेल जीवन समेत बिताएका छन् ।

प्रदीपको विचारमा के हो समाजवाद ? भन्ने प्रश्नमा फरक दर्शन छ । उहाँ भन्नुहुन्छ ‘आदर्श र सैद्धान्तिक कुरामा समाजवाद हुँदैन वास्तविक समाजवाद भनेको गरिबका बच्चाले विद्यालय जानसक्नु/पाउनु, बिरामीले सरकारी अस्पतालमा सहज ढङ्गले औषधि उपचार पाउनु । किसानले समयमा मल, अनुदान, बीउविजन, उपयुक्त सिञ्चाइ सुविधा, उत्पादित वस्तुको उचित मूल्य, उत्पादनका लागि आधुनिक औजार उपकरण पाउनु, युवाले रोजगार पाउनु, महिलाले समान अवसर पाउनु, सबै खाले नागरिकको लागि राज्य छ भन्ने अनुभूति हुन समाजवाद हो ।

बौद्धिक नेता अद्भूत व्यक्तित्व प्रदिप गिरिले भारतको जवारलालनेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गर्नु भएको थियो । आजभोलि दिनहुँजस्तो उहाँको स्मृतिमा विभिन्न सङ्घसंस्थाले कार्यक्रमहरू गर्दैगर्दा कताकता उहाँको दर्शन र हामीले गरेको कार्यक्रम र हामी कार्यक्रममा सहभागी हुनु सन्दर्भिकता भ्उ पनि उहााको आत्माले स्वीकार्य गरिरहेको छैन कि भन्ने भान हुन्छ । किनकि तारे होटेल नभई गाउँमा आश्रम बनाएर संगठन विस्तार गर्ने र विचार र दर्शनलाई व्यवहारमा लागू गर्नुपर्छ । सैद्धान्तिक कुरा र गफ समाजवाद होइन भन्ने बहुआयामिक प्रतिबद्ध मानवअधिकारकर्मी जसले मानवबाहेक पार्टी, विलाशिता होइन भन्ने स्व समाजवादी चिन्तकका दर्शनलाई उहाँले भनेझै व्यवहारमा लागू गर्ने पो हो कि ?

उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै उहाँले देखाउनुभएको निष्ठा, न्याय र समाजवादको बाटोमा अविचलित भएर हिँड्ने प्रतिबद्धता व्यक्त गरौँ ! आदर्शको खडेरी परेको यो देशमा उहाँका महान् जीवन दर्शन पछ्याउँदै मुलुकमा सस्कार र संस्कृतिको बिरुवा हुर्काउनु आजको परम आवश्यकता हो ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x