पर्यटन प्रवर्द्धनमा नेपाल वायुसेवा निगमको भूमिका
हरिगोपाल प्रधान
नेपाल वायुसेवा निगम (तत्कालीन शाही नेपाल वायुसेवा निगम)ले आजभन्दा ६ दशक अघिदेखि आफ्नो सेवा सुरु गरेको हो । यसले विविध समस्याहरू झेल्दाझेल्दै पनि नेपालका हिमाली र पहाडी भेगका निकै स्थानहरूमा निरन्तर रूपमा आन्तरिक हवाइ सेवा पु-याइरहेको छ । नेपाल वायुसेवा निगमको सेवा नै नेपालका हवाइ सेवाहरूमध्येको पुरानो र महत्वपूर्ण सेवा हो । यो निगम देशका विभिन्न ठाउँहरूका अतिरिक्त विदेशसम्म पनि आफ्नो उडान गराउन स˚ल रहेको छ । यो निगमले सुलभ र नियमितरूपमा हवाइ यात्रुहरूलाई सेवा पु-याउँदै आएको छ ।
हिमाली क्षेत्रको प्रतिकूल मौसम, भू–धरातलीय अवस्थिति, पर्याप्त प्रविधिको अभाव, उड्डयनसम्बन्धी राष्ट्रिय नीतिको अपर्याप्तता, व्यवस्थापकीय पक्षमा राजनीतिक दबाब र आवश्यकताभन्दा कम साधन–स्रोत यो निगमले झेल्दै आएका केही समस्याहरू हुन् । यति हुँदाहुँदै पनि यो निगम आर्थिकरूपमा धेरै घाटा खपेर समेत हालसम्म सञ्चालन भइरहेको छ । यसबाट यात्रुहरूप्रति यो निगम पूर्णरूपमा सचेत रहेको कुरा प्रस्ट भएको छ ।
नेपाल वायुसेवा निगमले सडक यातायात पु-याउन नसकिएका कतिपय ठाउँहरूमा पनि हवाइ सेवा पु-याइरहेको छ । त्यस्तै यसले हिमाली शृङ्खलाका मनोरम दृश्य हेर्न आउने विदेशी पर्यटकहरूलाई ती स्थानमा पु-याई सेवा गरिरहेको पनि प्रस्टै छ । कतिपय ठाउँका मानिसहरूले दैनिक उपभोग्य वस्तुहरूको आपूर्तिमा पनि निगममै भर पर्नुपरेको तथ्य सर्वविदितै छ । त्यस्ता ठाउँहरू यातायातका अन्य साधनहरूबाट पूर्णरूपमा वञ्चित रहेका छन् र मानिस ले सामान ढुवानी गर्न पनि विलकुलै असम्भव रहेको छ । राजधानीबाट अत्यन्तै टाढा र अति दुर्गम स्थानमा रहेका र कुनै पनि यातायातको सम्भावना नरहेका यस्ता स्थानहरूमा निगमले सेवा पु-याउँदै आएको छ ।
संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई नहुने साधन भनेको यातायात नै हो । यातायातविना समुचित विकासको कल्पनै गर्न सकिँदैन । यातायातको असुविधाकै कारणले गर्दा पहाडी राष्ट्रहरूमा विकासको गति अत्यन्त मन्द हुन्छ । यस्ता राष्ट्रहरूमा यातायातका स्थलसाधनहरू विकट पहाडी क्षेत्रहरूमा पु-याउन अत्यन्त कठिन र जोखिमपूर्ण हुन्छ । त्यसैले त्यस्ता क्षेत्रहरूमा हवाइ साधनको व्यवस्था गर्नु आवश्यक पर्दछ । तर हवाइसाधनको व्यवस्था गर्नु पनि महँगो पर्दछ । नियमित उडान गराउन विविध समस्याका कारणले गर्दा अत्यन्त कठिन हुने भए पनि त्यस्ता राष्ट्रहरूमा स्थल यातायातभन्दा हवाइ यातायात नै चाँडै व्यवस्था गर्न सकिन्छ ।
अत्यन्तै न्यून भू–भाग मात्र सुगम र अत्यधिक भू–भाग दुर्गम रहेको हाम्रो राष्ट्रमा अझैसम्म पनि कतिपय सुगम मानिने ठाउँहरूमा समेत यातायात सेवा पु-याउन सकिएको छैन । हिमाली र पहाडी भेगमा पर्ने धेरैजसो स्थानहरू यातायातको सुविधाबाट वञ्चित रहेका छन् । यो स्थिति राष्ट्रकै लागि लाजलाग्दो कुरा हो । विकासको गतिलाई तीव्र बनाउने हो भने नेपालका हिमाली र पहाडी भेगका सबै ठाउँहरूमा यातायातको विस्तार गर्नु अत्यावश्यक देखिन्छ । सरकारको इच्छाशक्ति, विश्वसनीयता र जनपरिचालन हुने हो भने यो काम कठिन र असम्भव पनि होइन ।
विमानसेवाको विकास, विस्तार र व्यवस्थापनले राष्ट्रको विकासका निम्ति महत्वपूर्ण भूमिका खेलेका हुन्छ । अझ हाम्रोजस्तो पहाडी मुलुकमा त हवाइ सेवाको विस्तार नगरिकन अन्य क्षेत्रको विकास गर्न अत्यन्तै कठिन पर्ने मात्र होइन, असम्भव नै हुन्छ । हवाइ सेवाको विस्तार गरी देशको विकास गर्न निगमले अत्यन्तै महत्वपूर्ण भूमिका खेल्न सक्तछ । आर्थिक घाटा, विमानको कमी, उच्चस्तरीय दक्ष जनशक्तिको अभाव आदिजस्ता निगमले हाल झेल्दै आएका प्रमुख समस्याहरूको समाधान गरी आधुनिक उपकरण तथा अन्य आवश्यकीय वस्तुहरूको परिपूर्ति गर्दै जाने हो भने भविष्यमा निगमले प्रशस्त सेवा गर्नसक्ने कुरामा पटक्कै विवाद हुन सक्तैन ।
केवल हवाइ यातायातका दृष्टिले मात्र निगम महत्वपूर्ण भएको होइन, राष्ट्रको समग्र विकासमा पनि यसको अग्रसरता रहेको स्पष्टै छ । विकट पहाडी स्थानहरूको सम्पर्क राजधानी तथा सुगमका स्थानहरूमा गराई निगमले एक–अर्काबीच व्यापार–व्यवसाय र सांस्कृतिक आदानप्रदान गराई सामाजिक एकीकरण नै गराइदिएको छ । आवतजावत र सम्पर्क बारम्बार भइरहनाले भाषिक एकीकरण गर्ने र शैक्षिक चेतना जगाउने कार्यमा समेत निगमबाट महत्वपूर्ण भूमिका निर्वाह हुँदै आएको छ ।
विदेशका धेरै मुलुकहरूमा राष्ट्रिय ध्वजावाहकका रूपमा नेपालको छविलाई विश्वमा फैंलाउने कार्यमा नेपाल वायुसेवा निगम उत्तिकै क्रियाशील रहेको छ । स्वदेशका सगरमाथा, माछापुच्छ्रे, मकालु, कञ्चनजङ्घा, गौरीशङ्कर, आमादाब्लम, लाङ्टाङ तथा अन्य थुप्रै हिमाली क्षेत्रमा यसले यात्रुहरूलाई दृश्यावलोकन गराइरहेको छ भने विदेशतिर विभिन्न स्थानहरू, जस्तैः मलेसियाको क्लालालम्पुर, यूएईको दुवई, कतारको दोहा, थाइल्याण्डको बैङ्कक, भारतको दिल्ली, बैंगलोर, बम्बई, हङकङ, जापानको नारिता आदिजस्ता थुप्रै स्थानहरूमा सेवा पु-याउँदै आएको छ । निगमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धेरै उडानहरू कटौती गरेको भए पनि आवश्यक व्यवस्था गरी कटौती भइसकेका स्थानमा पनि अब उडानहरू भर्नु अत्यावश्यक भइसकेको छ ।
अर्को कुरो, नेपालका अत्यन्तै विकट र दुर्गम स्थानहरूमा आधुनिक सञ्चारका साधनहरूको कमी छ र व्यवस्थित मैदानको पनि अभाव छ । यस्ता समस्याहरूलाई सहँदै निरन्तर हवाइ सेवा सञ्चालन गरिरहेको हुनाले समाधानतिर लागिपर्न थाल्नेबित्तिकै निगमले सेवाका स्थानहरू बढाउन सक्ने कुरामा द्विविधा छैन । अँन्तरिक तथा बाह्य पर्यटकहरूलाई एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्नु मात्र निगमको कर्तव्य होइन, यातायातको सुविधा नभएका ठाउँहरूमा उपभोग्य वस्तुको ढुवानी गर्नु पनि यसको कर्तव्य हो ।
हाम्रो जस्तो हिमालैहिमाल र पहाडैपहाडले भरिएको मुलुकमा विदेशी पर्यटकहरूलाई भित्र्याउन सक्नु र उनीहरूबाट विदेशी मुद्रा प्रशस्त आर्जन गर्न सक्नु हाम्रो राष्ट्रको प्रमुख कर्तव्य हो । यो कर्तव्यको निर्वाह गर्ने प्रमुख माध्यम नै नेपाल वायुसेवा निगम हो । पर्यटन–उद्योग नै देश विकासको मेरुदण्ड भएको हुनाले र पर्यटन–उद्योगको विकास निगमको क्रियाकलापमा नै निर्भर रहेको हुनाले निगमको उचित संरक्षण र व्यवस्थापन गर्नु अत्यावश्यक छ । अनि मात्र पर्यनटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न र राष्ट्रको उन्नति गर्न हामीलाई सजिलो पर्नेछ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया