Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगविश्व पर्यटन दिवस र आम्दानीको लक्ष्य

विश्व पर्यटन दिवस र आम्दानीको लक्ष्य


काठमाडौं । आज विश्वभरि ‘४५औँ विश्व पर्यटन दिवस’ मनाइँदैछ । हुन पनि पर्यटन उद्योग मात्रै यस्तो उद्योग हो, जुन उद्योगलाई कम लगानीमा धेरै प्रतिफल दिने उद्योगका रूपमा लिन सकिन्छ । साथै, राज्यले नीति बनाएरै ठूलो लगानी पनि गर्नुपर्दैन । एवम् रीतले पर्यटन उद्योगले अरू धेरै उद्योग व्यवसायलाई भरथेग गरेको हुन्छ । यसरी हेर्दाखरि सन् १९८० देखि ‘विश्व पर्यटन दिवस’ मनाउन थालिएको हो । विश्व पर्यटन दिवसको अवसरमा नेपाल सरकारले त मूल समारोह समिति नै गठन गरेर विश्व पर्यटन दिवस मनाउँछ भने काठमाडौं, पोखरा, चितवन, लुम्बिनी, इलाम, भैरहवा, नेपालगञ्ज, धरान, भेँडेटार, हिले, जोमसोमलगायत विभिन्न पर्यटकीय क्षेत्रमा नागरिकस्तरमा पनि आ–आफ्नो ढंगले विश्व पर्यटन दिवस मनाइँदै आएको छ ।

हुन त नेपाली अर्थतन्त्रमा कुल गार्हस्थ उत्पादन (जीडीपी)को योगदानमा समग्र पर्यटन क्षेत्रबाट तीन दशमलव ७७ प्रतिशत मात्रै रहेको छ । सो समाचारमा जनाइएअनुसार राष्ट्रिय तथ्याङ्क कार्यालय (रातका), नेपाल पर्यटन बोर्ड (नेपबो), राष्ट्र बैंक र विश्व पर्यटन संगठन (विपसं)ले संयुक्तरूपमा गरेको ‘टुरिज्म सेटलाइट एकाउन्ट (टुसेए)’को सुरुवाती अध्ययनअनुसार नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा समग्र पर्यटन क्षेत्रबाट तीन दशमलव सतत्तर (तीन दशमलव ७७) प्रतिशत पुगेको रिपोर्ट प्रकाशित गरिएको हो । त्यस्तै, गरेर समाचारमा जनाइएअनुसार राष्ट्रिय तथ्याङ्क कार्यालय (रातका), नेपाल पर्यटन बोर्ड (नेपबो), राष्ट्र बैंक र विश्व पर्यटन संगठन (विपसं)ले संयुक्तरूपमा गरेको ‘टुरिज्म सेटलाइट एकाउन्ट (टुसेए)’ को सो अध्ययनअनुसार समग्र पर्यटन क्षेत्रमा ११ दशमलव पाँच प्रतिशत रोजगारी पनि सिर्जना भएको जनाइएको छ । जे भए पनि पूर्वअर्थमन्त्री पुनले आर्थिक आर्थिक वर्ष २०८१–८२ को वार्षिक बजेट प्रस्तुत गर्ने क्रममा आर्थिक सर्वेक्षण २०८०/८१ को प्रतिवेदनलाई उल्लेख गर्दै आगामी १० वर्षमा नेपाल भ्रमण गर्न आउने प्रतिपर्यटक औसतमा एक सय २५ अमेरिकी डलर पुर्याउने लक्ष्य लिइएको बताएका थिए । त्यस्तै, गरेर नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले गर्ने दैनिक खर्च १० वर्षमा एक सय २५ अमेरिकी डलर पुर्याउने लक्ष्य राखिएको छ । जबकि सन् २०२३ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले प्रतिव्यक्ति, प्रतिदिन केवल ४१ अमेरिकी डलर मात्रै खर्च गरेको तथ्याङ्क रहेको छ भने सन् २०२२ मा त अझ कम अर्थात् नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले प्रतिव्यक्ति, प्रतिदिन केवल ४० दशमलव पाँच अमेरिकी डलर मात्रै खर्च गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । यसरी सन् २०२२ र सन् २०२३ मा नेपाल नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको प्रतिदिन प्रतिव्यक्ति औसत बसाइँ अवधि र औसत खर्च गराईलाई तुलना गरेर हेर्दा सन् २०२२ मा भन्दा सन् २०२३ मा थोरै भए पनि वृद्धि भएको देखिन्छ ।

जस्तोकि सन् २०२२ नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले दैनिक ४० दशमलव पाँच अमेरिकी डलर मात्रै खर्च गरेको थियो भन्ने भनाइ वा भनौँ तथ्याङ्कमाथि नै उल्लेख गरिएको छ । त्यस्तै, सन् २०२२ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरूको प्रतिव्यक्ति औसत बसाइँ अवधिचाहिँ १३ दशमलव शून्य एक प्रतिशत रहेको थियो । उता सन् २०२२ को तथ्याङ्क हेर्दा सन् २०२३ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले प्रतिव्यक्ति, प्रतिदिन ४१ अमेरिकी डलर खर्च गरेको तथ्याङ्क रहेको छ भने प्रतिव्यक्ति प्रतिदिन औसत बसाइँ अवधिचाहिँ १३ दशमलव शून्य दुई दिन रहेको थियो । यसरी तथ्याङ्क हेर्दा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरूले प्रतिव्यक्ति प्रतिदिन औसतमा गर्ने खर्च वार्षिक शून्य दशमलव पाँच प्रतिशत मात्रै बढ्ने, बढाउने हो भने सरकारले आगामी १० वर्षमा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकहरूले गर्ने दैनिक खर्च एक सय २५ अमेरिकी डलर पुर्याउने लक्ष्य पूरा हुन सक्ने देखिँदैन । किनभने यही रफ्तारमा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकहरूले दैनिक खर्च गर्ने हो भने त आगामी १० वर्षमा लगभग ५६/५७ अमेरिकी डलरभन्दा बढी नपुग्ने देखिन्छ, नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकहरूले गर्ने दैनिक खर्च । जबकि हामीले नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले हरेक वर्ष कम्तीमा १२/१६ अमेरिकी डलरदेखि २०/२४ अमेरिकी डलरका दरले प्रतिव्यक्ति प्रतिखर्च गर्ने क्षमता बढाउँदै लाने लक्ष्य लिनुपर्ने हो । त्यसो गर्न सकिएमा आगामी १० वर्षमा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले प्रतिव्यक्ति प्रतिदिन अनुमानित १७२/१८४ अमेरिकी डलरदेखि २४०/२४८ अमेरिकी डलर खर्च गर्ने थिए । यो मेरो ‘रफ अनुमान’ मात्रै हो । त्यस्तै, गरेर नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण गर्ने क्रममा यो वर्ष (विसं वर्ष २०८१ मा) नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकहरूको संख्या १६ लाख पुर्याउने लक्ष्य पनि उल्लेख गरेका छन् । सम्भवतः नेपाल सरकारको यो लक्ष्यचाहिँ पूरा हुन सक्छ । किनभने आर्थिक वर्ष २०८०/८१ को चैत १६ वैशाख १५ देखि वैशाख १५ जेठ १६ सम्ममा लगभग दुई लाख १२/१३ हजार विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आइसकेका छन् । त्यसैले विसं २०८१ को बाँकी लगभग १० महिनामा १३ लाख ७५/७६ हजारदेखि ८०/८१ हजार विदेशी पर्यटकहरू नेपाल आउने सम्भावना रहेको छ । अहिलेकै रफ्तारमा विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आए भने । तर त्यसका लागि हामीले जति सक्दो चाँडो बाह्य हवाई उडान भने थप्नैपर्ने हुन्छ । हुन पनि विगत लामो समयदेखि युरोप महादेशका देशहरू, अस्ट्रेलिया महादेशका देशहरू, उत्तर तथा दक्षिण अमेरिकाका अधिकांश देशमा नेपालको सीधा हवाई उडान नै हुन सकेको छैन ।

त्यस्तै, हाम्रो देशको हवाई उडान सेवाका कुरो गर्दा केही समयपछि काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने धेरै विदेशी हवाई उडान सेवाको संख्या कटौती हुँदैछ । त्यसले पनि निश्चय नै नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या घट्ने नै छ । हुन त गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमालस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको दुई/तीन वर्ष भएको छ । तर पनि ती क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नियमितरूपमा सुचारु हुन सकेका छैनन् । त्यसो हुनुको अनेक कारणहरूमध्ये भारतले आफ्नो भू–भागबाट (पश्चिम क्षेत्रबाट) अहिलेसम्म नेपाल आउन चाहने विदेशी हवाई कम्पनीहरूलाई सीधा हवाई रुट नदिनु पनि एक हो ।

जेहोस् हामीले आगामी १० वर्षमा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकहरूबाट हरेक वर्ष कम्तीमा पनि दैनिक १२/१६ अमेरिकी डलरदेखि २०/२४ अमेरिकी डलरका दरले प्रतिव्यक्ति प्रतिदिन खर्च गर्ने, गराउने गरी नीति बनाउनुपर्ने देखिन्छ, लक्ष्य लिनुपर्ने हुन्छ । साथसाथै आगामी १० वर्षमा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकहरूको संख्या पनि कम्तीमा वार्षिक साढे दुई लाखदेखि तीन लाख तीन/साढे तीन लाखका दरले बढाउँदै लाने लक्ष्य लिनुपर्ने हुन्छ । त्यसो गरेमा मात्रै आगामी ११/१२ वर्षमा ४२/४३ लाखदेखि ४५/५० लाख पुग्न सक्छ, नेपाल आउने विदेशी पर्यटकको संख्या ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x