खसी, बोका र च्याङ्ग्रा किन्दा ध्यान दिनुपर्ने कुरा
काठमाडौं । चाडैचाडको देश नेपालमा मुखैमा दशैँ आइपुगेको छ । दशैँको विशेषता भनेको मासुका चौरासी व्यञ्जन, परिकार तयार गरी घर परिवारका लागि मात्र नभई इष्टमित्र, माइती, ससुराली खलकमा कोसेली बाँडी रमाइलो मनाउनु पनि हो । हुन त बढ्दो सहरीकरण अनि विद्युतीय सञ्जालको प्रभावका कारण आजका हाम्रा प्लस–२ का पुस्ता पश्चिमी सभ्यताका अभ्यस्त भइसकेका छन् । यसको प्रत्यक्ष उदाहरण दरबारमार्ग खुलेका केएफसीको पसलले काठमाडौंको टोलटोलमा आफ्नो व्यापार विस्तार गरेको मान्न सकिन्छ ।
भनिन्छ, मासुको उपभोग, उपभोगको वृद्धि हुनु भनेको व्यक्ति अनि समाजको आयस्तर वृद्धि हुनुको मापक पनि हो । तर गरिब सुकुम्बासी अनि ज्यालादारी, बनिबुँतो गरी खानेहरूको लागि त दशैँ नै कुर्नुपर्ने हुन्छ, त्यो पनि ऋण काढी भए पनि ।
कुरोको चुरो त यहाँ छ, यसपालिको दशैँ चाडबाड खसी, बोको अथवा भन्नैपर्ने हुन्छ, भन्नलाई त चाडबाड अझैँ हिन्दुहरूको महान चाड तर हाम्रो आफ्नो परिवेशमा जस्तो किसिमको जनघनत्वको बसोबास छ । दशैँमा पुग्ने जति मासु, त्यो मासु पसलमा किनेर नपुग्ने । आफ्नो धर्म, रीति, परम्पराअनुसार आफ्नो गच्छेलाई भ्याए पनि नभ्याए पनि एउटा, पशुपन्छी आफ्नो कुल देवतालाई बली चढाउनैपर्ने अझ एउटा घोर्ले खसी ।
हाम्रा गाउँघरतिर त बुढापाकाले यसपटकको चाडबाडमा खसी, बोका च्याङ्ग्रा बधपछि अर्को वर्षलाई गोठमा भएको पाठापाठीलाई अर्को वर्षका लागि तयार पार्थे । तर आजको सहरी पुस्ताका लागि बढ्दो सहरीकरणको प्रभाव खेती तथा पशुपालनका लागि चाहिने ठाउँको संकुचनले गर्दा यो असम्भव मात्र होइन, दुरुह कार्य हुन जान्छ । त्यसैले मुखमा नै आएको दशैँको लागि चाहिने खसी, बोका च्याङ्ग्राको हाम्रो स्रोत कि त ग्रामीण क्षेत्रमा भएका आफन्तले खसीबोका पालेको भए कोसेली पठाइ पो दिन्छ कि त्यो पनि विगतकोे विविधखाले द्वन्दका कारण के तराई के मधेश, के पहाड सबैतिरका आफन्त यही सहरमा पाहुना लागेका छन् ।
विकल्प के त ?
खाद्य संस्थानले खसी बोका च्याङ्ग्रा ल्याई मूल्य तोकी बिक्री गरी हाले आफू जाँदा आफ्नो भागमा किन्नै मन लागे पनि पनि पाइएला वा नपाइएला, पाइहाले छिट्टै पुगेको छिमेकीले छान्दा बाँकी रहेको पनि भाग नपर्ला भन्ने डर पनि छ । त्यसबाहेक यस काठमाडौं उपत्यकाकै कुरा गर्ने हो भने नियमितरूपमा खसीबोका च्याङ्ग्रा किन्ने ठाउँ भनेको कलंकीको खसीबजार, टुकुचाको खसी बजार त हँुदैछ । त्यसबाहेक त्यसबेला बाटा, चौबाटामा पनि खसी बोका च्याङ्ग्रा बिक्री गर्न राखिएको पाइन्छ । समस्या अलि कति मूल्यमा पर्न सक्छ । सरकारीस्तर बजार अनुगमन थालिएको हुन्छ । यस बारेमा अन्तिम निर्णय त उपभोक्ता तथा विक्रेताको समझदारीको कुरा भयो ।
समस्या कहाँनिर छ ?
आजको काठमाडौंको बसाइँ अलि बेग्लै छ, घर त आफ्नो छ, तर बहाल पनि लगाइएको छ । पहिले नै खसीबोका किनी ल्याउँ, बहालमा बस्नेलाई झिझो लाग्ला भन्ने डर वा घर धनीले कचकच गर्ला भन्ने डर । अनि यसको एउटा समाधान त छ, त्यो के भने घरमा साइत पनि जुरायो, पानी पनि ततायो अनि खसी बोका किन्न हिँड्यो, जे मूल्यमा आफ्नो गच्छेअनुसारको खसीबोका ल्यायो अनि बलि चढायो । यो नै व्यावहारिक देखिन्छ ।
यदि पहिला नै खसीबोका खरिद गर्ने सोच्नुभएको छ, अनि घरमा राख्ने ठाउँ पनि घरबेटी बहालमा बस्नेको त कुरा छिमेकीले पनि कचकच गर्दैन भन्नेमा आश्वस्त हुनुहुन्छ भने । खसी किन्दा डम्म पेट भएका, लौ यो त खासै रहेछ भनी नकिन्नु होला । त्यस बेला खसी बोका मोटाघाटा देखाउन प्रशस्त अन्न खुवाएको हुन सक्छ । किनभने त्यस बेला खसी विक्रेताले यो यति किलो को है भनि मोल भाउ गर्ने गर्छन् । त्यति बेला खसीबोका किनी हाल्नुभयो भने घरमा ल्याई बध नगरुन्जेलसम्म थप अन्न खान नदिनु होला, किनभने त्यो खसी बोकाले पहिले नै जोहो गरी केको हुन्छ । अन्यथा तपाईंको खसीबोका फेरि अस्पताल पुर्याउनुपर्ने हुन्छ । बरु बली चढाउने खसीबोका च्याङ्ग्रालाई खाली सादा पानी, थोरै मात्रामा स्याउलो वा इलेक्ट्रो लाइट दिए पुग्छ ।
त्यसो गरियो भने त्यो खसी बोका च्याङ्ग्राले पहिला खाएको अन्न, घाँसपात पिच शरीरबाट मलमूत्रका रूपमा विसर्जन गर्छ । अनि तपाईंले वधगर्दा त्यसको जिउमा लादी पनि कम हुन्छ । आन्द्राभुँडी सफा गर्न पनि कम झन्झटिलो हुन्छ । यसभन्दा अझ फाइदा यसमा पो छ, त्यो खसीबोका च्याङ्ग्राले खाएको अन्न घाँसपात, उसको शरीरमा चयअपचय हुँदा त्यसबाट उत्पन्न हुने विष कति पनि उसको शरीरबाट बाहिरिएको हुन्छ । जसकारण त्यस्ता खसीबोका च्याङ्ग्राबाट तयार पारेका दशैं परिकार, स्वस्थ्य पनि हुन्छन् । तपाईं आफैँले वध, काँटछाँट गर्नुभएको छ, मासु स्वच्छ पनि हुन्छ, सफा त त्यसै हुने नै भयो । यसो भयो भने दशैँमा तपाईंले खाएको खुवाएको मासुबाट, मासुजन्य विषाक्त हुन जोखिम कम हुनेछ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया