Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगविश्व हुलाक दिवसको सन्देश र नेपाल

विश्व हुलाक दिवसको सन्देश र नेपाल


काठमाडौं । विश्व हुलाक दिवस प्रत्येक वर्षको अक्टोबर ९ तारिखमा मनाइन्छ । यो दिवस स्विस राजधानी, बर्नमा सन् १८७४ मा विश्वव्यापी हुलाक संघ स्थापना भएको सम्झनामा पनि मनाइन्छ । यसर्थ, आजभन्दा एक सय पचास वर्ष अगाडि सन् १८७४ मा जापानको टोकियामा अन्तर्राष्ट्रिय हुलाक संघको गठन भएको सम्झनामा सन् १९६९ वाट विश्व हुलाक दिवस मनाउन सुरु गर्ने औपचारिक घोषणा गरिएको थियो । यसलाई सर्वप्रथम सञ्चारको प्रारूपको सुरुवात हुलाकबाट सुरु भएको थियो । यो दिवस अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन (आईटीयु)को आयोजनामा सम्पूर्ण विश्वमा हुलाकको महत्व र योगदानलाई स्मरण गर्न, जनचेतना फैलाउन तथा हुलाक सेवाको सामाजिक, आर्थिक र विकासात्मक भूमिकालाई स्वीकार्नका लागि मनाइन्छ । यसरी हुलाक प्रणालीको विकासले संसारभरिका मानिसहरूलाई एक आपसमा जोड्ने काम गरेको छ र हुलाकको इतिहास मानव सभ्यताको विकासको एक अभिन्न अंश मानिन्छ । सन् १८७४ मा स्थापना भएको युनिभर्सल पोस्टल युनियन (युपीयु)ले संसारभरिका देशहरूको हुलाक प्रणालीलाई एकीकृत गर्ने महत्वपूर्ण भूमिका खेलेको छ ।

सन् २०२४ मा, विश्व हुलाक दिवसले एक सय ५०औँ वार्षिकोत्सव मनाउँदै छ र यस अवसरमा हुलाक सेवाका उपलब्धिहरू, चुनौतीहरू र प्रविधिको विकाससँगै यसको भविष्यका सम्भावनाहरूको चर्चा हुनेछ । यस लेखमा, हामी नेपालमा हुलाकको इतिहास, यसको विकास, वर्तमान स्थिति र हुलाक सेवाले नेपाली समाजमा पु¥याएको योगदानको विस्तृत विवरण प्रस्तुत गरिन्छ ।

हुलाकको विश्वव्यापी महत्व
हुलाक सेवा संसारका विभिन्न भागहरूमा जानकारी, समाचार र सन्देश आदानप्रदानको सबैभन्दा प्रारम्भिक र महत्वपूर्ण माध्यम पनि हो । यसरी हुलाक सेवाले मानव जातिलाई एक आपसमा जोड्न मात्र होइन, व्यापारिक क्रियाकलापलाई पनि सहज बनाएको छ । यसले संसारभरि कागजपत्र, पार्सल र व्यक्तिगत सन्देशहरू आदानप्रदानको माध्यम बनेर हुलाक सेवाले विश्वव्यापी आर्थिक तथा सामाजिक सञ्जाल निर्माणमा भूमिका खेलेको छ । यसमा पनि भन्ने नै हो भने विशेष गरेर हुलाकले ग्रामीण र दुर्गम क्षेत्रमा पनि सूचना प्रवाहलाई सुनिश्चित गरेको छ । यसरी पत्र र पार्सलहरूको आदानप्रदान मात्र नभई, हुलाक प्रणालीले बैङ्किङ सेवा, सामाजिक सुरक्षा कोषको वितरण र अन्य सरकारी सेवाहरूलाई नागरिकहरूसम्म पुर्याउने काम पनि गरेको छ ।

अन्तर्राष्ट्रिय सेवामा सुधार
देशको अन्तर्राष्ट्रिय हुलाक सेवा पनि निरन्तर सुधार भइरहेको छ । सन् २०२४ मा मुलुकले अन्तर्राष्ट्रिय कुरियर सेवासँग प्रतिस्पर्धा गर्न विभिन्न कदमहरू चालेको छ । जसले गर्दा हुलाक सेवा विभागले अन्तर्राष्ट्रियस्तरमा काम गर्ने कम्पनीहरूसँग साझेदारी गरी विदेशी देशहरूमा हुलाक सामग्रीलाई छिटो र सुरक्षितरूपमा पु¥याउने लक्ष्य लिएको छ । यसले मुुलुकको अन्तर्राष्ट्रिय व्यापार र पर्यटन क्षेत्रलाई समेत मद्दत पुर्याउने अपेक्षा गरिएको छ ।

नेपालमा हुलाकको इतिहास
नेपालमा हुलाक सेवाको इतिहास पुरानो छ । राजा प्रताप मल्लको पालादेखि नै पत्र तथा सन्देश पठाउने र प्राप्त गर्ने प्रणालीको विकास भएको पाइन्छ । फलतः आधुनिक हुलाक सेवाको विकास भने १९३५ सालमा भएको मानिन्छ । जसरी देशमा सन् १८७८ मा आधुनिक हुलाक प्रणालीको सुरुवात भएको थियो । जुन राणा प्रधानमन्त्री जंगबहादुर राणाको पालामा नेपाल र भारतबीच हुलाक सेवा स्थापनाका लागि सम्झौता गरिएको थियो । यो सम्झौता मुलुकमा हुलाक सेवाको आधिकारिक सुरुवात मानिन्छ । प्रारम्भिक चरणमा, हुलाक कार्यालयहरू काठमाडौंमा मात्र थिए । तर विस्तारविस्तारै मुलुकभरि विस्तार गरिएको थियो । देशले सन् १९५६ मा विश्व हुलाक संघको सदस्यता प्राप्त गरेको थियो । यो सदस्यतापछि नेपालले आफ्नो हुलाक सेवा अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न सफल भएको हो । जुन हुलाक सेवाले नेपालको ग्रामीण क्षेत्रमा शिक्षा, सञ्चार र व्यापारको विकासमा महत्वपूर्ण योगदान गरेको छ ।

हुलाक सेवाको आधुनिक युग
यो २१औँ शताब्दीको आएर पनि प्रविधिको विकाससँगै हुलाक सेवामा पनि परिवर्तन देखिन थालेको थियो । वस्तुतः कम्प्युटर र इन्टरनेटको आगमनले पुरानो पत्राचार प्रणालीलाई चुनौती दिएको छ । तर पनि हुलाक सेवा आधुनिक प्रविधिहरूसँग अनुकूलित हुँदै आएको छ । यसको साथसाथै राष्ट्रमा पनि हुलाक सेवा अब केवल पत्र आदानप्रदानमा मात्र सीमित छैन । यसैक्रममा ई–पोस्टल सेवा, कुरियर सेवा र हुलाक बचत योजनाजस्ता नयाँ सेवाहरूको सुरुवात पनि गरिएको छ ।

नेपालमा हुलाक सेवाको वर्तमान अवस्था
देशमा हुलाक सेवा अझै पनि ग्रामीण क्षेत्रमा प्रमुख सञ्चारमाध्यमको रूपमा काम गरिरहेको छ । यसरी नै नेपाल हुलाक सेवा विभागको मातहतमा रहेका विभिन्न शाखा कार्यालयहरूमार्फत देशका सबै भागमा पत्र र पार्सलहरू वितरण गरिन्छ । देशमा हाल तीन हजार नौ सय ७० वटा हुलाक कार्यालयहरू रहेका छन् । जसले जनतालाई विभिन्न प्रकारका हुलाक सेवाहरू प्रदान गर्दै आएका छन् ।

नेपालको भूगोलिक कठिनाइका कारण देशका केही दुर्गम स्थानहरूमा सञ्चार र यातायातको सहज पहुँच छैन । त्यस्ता स्थानहरूमा हुलाक सेवाले जनतालाई सूचना प्रवाह गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ । जसरी नेपाल हुलाक सेवाले ग्रामीण भेगका जनतालाई बैंकिङ सेवा तथा सरकारी सेवाहरू प्राप्त गर्न सहज बनाइरहेको छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x