परिवर्तित नेपाली समाज र यसका असर
काठमाडौं । सर्सरी हेर्दा नेपाली संस्कृति धेरै श्रेणीबद्ध छ र समाजको सबैभन्दा गरिब र सबैभन्दा शक्तिशाली बीचको महत्वपूर्ण खण्डीकरण रहेको देखिन्छ । मानिसहरूले प्रायः सामाजिक स्थितिमा यी भिन्नताहरूलाई प्राकृतिक क्रमको रूपमा स्वीकार गर्छन् र जो वृद्ध छन् वा उनीहरूले उच्च प्रतिष्ठा भएको महसुस गर्छन् । उनीहरूलाई उच्च आदर सम्मान जेष्ठ नागारिक भन्ने नयाँ चलन विगत सामाजिक भत्ता दिनेबाट सुरु भएको छ । तर, नेपालमा व्यक्तिको स्थिति र पृष्ठभूमि सधैँ तत्कालै स्पष्ट हुँदैन । उदाहरणको लागि एक फल विक्रेताको व्यवसायमा डिग्री छ कि पाउन सक्छ । कसैको हैसियत हेरेर अनुमान गर्न गाह्रो हुने भएकाले नेपालीहरूले सामान्यतया कसैको उमेर, पेशा, शिक्षा र पारिवारिक पृष्ठभूमिबारे सोधेर उचित सम्मानको स्तर निर्धारण गर्छन् ।
नेपालजस्तो मुलुकमा भौतिक सम्पत्तिको स्वामित्व पनि स्थितिको सामान्य मापन हो । यद्यपि, सामान्यतः भौतिक सम्पत्तिभन्दा पारिवारिक प्रतिष्ठा र हैसियत (इज्जत) महत्वपूर्ण मानिन्छ । मानिसहरूलाई पैसाको कारणले होइन, बरु तिनीहरूको सद्गुणको कारणले सम्मानको आशा गरिन्छ र गरिनुपर्ने पनि हो । विगतमा शिक्षित वा अंग्रेजी बोल्नेहरूलाई पनि प्राथमिकता दिने गरिन्थ्यो । नेपाली संस्कृति सामूहिक छ । सबै सदस्यहरू आर्थिकरूपमा सुरक्षित हुनका लागि परिवारले आफ्ना सम्पत्तिहरू संयोजन गर्न सक्छन् र नजिकका साथीहरूले नियमितरूपमा एकअर्काको पक्षमा काम गर्छन् । यो अन्तरनिर्भरता धेरै हदसम्म आवश्यकताद्वारा सञ्चालित भएको विगत छ, किनकि सरकारमाथि सधैँ समर्थन र टेवा प्रदान गर्ला भनेर भरपर्न सकिँदैन । यसको सट्टा नेपालीहरू आफ्नो परिवार र सामाजिक समूहमा गहिरो भरपर्ने र वफादार हुने गरेको विगतको स्मरण हुन्छ ।
विश्व मानचित्रमा सिन्धुको विन्दुका रूपमा अवस्थित नेपाल प्राचीन मानवीय सभ्यता स्थल हो । प्रागैतिहासिक अवशेषहरूको प्राप्तिले गर्दा यो भू–भागको प्राचीनता स्पष्ट भएको छ । पृथ्वीको आन्तरिक हलचलले गर्दा टेथिस सागरको गर्भबाट उठेको यो भूभागको संरचनात्मक अवस्था र स्थितिले विविधताको मुलुक बन्न पुगेको हो । उत्तरका हिम–शृङ्खलादेखि दक्षिण मैदानमा विकसित घनाजंगलले गर्दा सुरक्षित किल्लाझैँ बनेको नेपाली भू–भागमा आएका शरणार्थी, व्यापारी, घुमन्ते समेतले स्थायी बासस्थलका रूपमा रोजेपछि समाज निर्माण, विकास, रूपान्तरण प्रक्रिया बढेको थियो । सुरुदेखि नै सहयोगी मानसिकताभित्र हुर्किएको हुँदा सदासयता, सद्भाव, सहयोग, समन्वय, सदाचारयुक्त समाजमा परिणत हुँदै आएको नेपाली समाज प्राचीनकालदेखि नै जातीय विभिन्नता र सांस्कृतिक अनेकताभित्र सामाजिक एकताको अतुलनीय उदाहरण बन्दै आएको छ ।
जाति भेददेखि वर्ग भेदसम्मको छाया पनि नपरेको नेपाली समाजमा सबै मत र आस्थाका मानिसहरू मिलेर समन्वयवादको उदाहरण नै प्रस्तुत गरी सबै जात र वर्गको पूmलबारी अर्थात् बहुजातीय रंगमञ्च निर्माण गरेका छन् । विशृङ्खलित धरातलीय संरचनाले उत्तर–दक्षिणका शरणार्थीहरूको स्वर्गभूमि बनेको नेपालमा बसाइँ सरेर आउने जातजातिहरूबाटै सामाजिक संरचनाको थालनी र रूपान्तरण भएको हो ।
धर्म भनेको धैर्य रहनु, सहनशील हुनु, आफ्नो मनलाई नियन्त्रण गर्नु, चोरी नगर्नु, शुद्ध पवित्र रहनु, इन्द्रीयलाई आफ्नो अधीनमा राख्नु, बुद्धि विवेकको उपयोग गर्नु, ज्ञानी हुनु, सत्य बोल्नु, नरिसाउनु, कसैको हिंसा नगर्नु, सात्विक आहारविहार गर्नु यी र यस्ता सद्गुणहरू हुन् । सनातन धर्म भनेको परापूर्वकालदेखि चलिआएको त्यही मानवीय सद्गुणरूप धर्म हो ।
कुसंस्कार र छाडापनः एक दृष्टिकोण
विगतमा मानिसहरूले आफ्नो सम्पूर्ण पारिवारिक एकाइको सुधारको लागि आफ्नै आकांक्षाहरू गुमाउनु सामान्य कुरा हुने गथ्र्यो । उदाहरणका लागि एक व्यक्तिले अरूलाई रेमिट्यान्स फिर्ता पठाउँदा धेरै कठिन अवस्थामा काम गर्न सक्छ । ग्रामीण क्षेत्रहरूमा र उच्च उचाइहरूमा मानिसहरू बाँच्नको लागि आफ्नो समुदायमा निर्भर हुन्छन् र आधारभूत सम्पत्तिहरू सामुदायिकरूपमा बाँडफाँट गरिन्छ । गाउँका अग्रजहरू प्रायः यी समुदायका अख्तियारवाला व्यक्तित्व हुन् । सहरी, शिक्षित र अन्तर्राष्ट्रियरूपमा उजागर भएकाहरू उनीहरूको दृष्टिकोणमा बढी व्यक्तिवादी हुन सक्छन् । तर, नेपालको अविकसित अवस्थालाई हेर्दा आर्थिक स्वाधीनता हासिल गर्न अझै कठिन छ । मित्रता र कम्पनी धेरैजसो मित्रताको नेपालका मानिसहरूको लागि बलियो महत्व र सार्थकता छ । तिनीहरू धेरै गम्भीरतापूर्वक सम्पर्क गरिएका छन् र प्रायः सम्बन्धहरू छैनन्, जुन आउँछन् र छिटो जान्छ ।
त्यहाँ अनुग्रहको भावना छ, जुन अर्कोको कम्पनीमा साझेदारीको साथ आउँछ । मानिसहरू अरूलाई भेट्न, पाहुना पाउन वा नयाँ साथी पाउनको लागि निरन्तर ‘नम्र’ हुन्छन् । एकपटक मित्रताको विकास सुरु भएपछि त्यसैगरी बफादारी र विश्वसनीयताको अपेक्षा पनि हुन्छ । व्यक्तिहरू प्रायः व्यक्तिगत पक्ष र समर्थनका लागि साथीहरूसँग पुग्छन् र सम्बन्धको आधारमा निश्चित विशेषाधिकारहरू (जस्तैः जागिरका अवसरहरू) प्रदान गर्ने अपेक्षा गर्न सक्छन् । सामान्यतया, नेपालीहरूले आफूले गरेको काममा साथ दिँदा सबैभन्दा सहज महसुस गर्छन् । तिनीहरू साथीलाई मन पराउँछन् र कुरा गर्नबाहेक अरू थोरै कारणको लागि कुराकानी गर्न जान्छन् ।
नेपाली संस्कृतिको यो पक्षले धेरै न्यानो र समावेशी महसुस गराउँछ । मानिसहरू विरलै कतै एक्लै जान्छन् (एकलाई), विशेष गरी महिलाहरू । जो एक्लै यात्रा गरिरहेका छन्, तिनीहरूले किन भनेर जिज्ञासाका कारण सोधिने आशा गर्न सक्छन् । एकल यात्रीहरू प्रायः आशीर्वादको साथ पठाइन्छ र तिनीहरूको परिवारको इच्छा र प्रार्थनाको साथमा हुन्छन् । नेपाली समाज एक बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक, बहुजातीय समाज हो । यसको अलावा वर्तमान समयको कुरा गर्ने हो भने नेपाली समाज एक परिवर्तनको संघारमा रहेको समाज हो । नेपाली समाजको हरेक क्षेत्र परिवर्तनको सङ्क्रमणकालीन अवस्थामा गुज्रिरहेको छ । समाजका विभिन्न पक्षहरूको कुरा गर्ने हो भने अथवा हाम्रो समाजको सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक आदि हरेक क्षेत्रको कुरा गर्ने हो भने अहिले यी सम्पूर्ण क्षेत्रहरू परिवर्तनको संक्रमणकालीन अवस्थामा गुज्रिरहेका छन् ।
साथै, शैक्षिक क्षेत्रमा पनि समाजको दृष्टिकोण फेरिएको देखिन्छ । तर, यसलाई सकारात्मकरूपले लिन भने सकिने अवस्थामा छैन । हाम्रो समाजले अन्तर्राष्ट्रियस्तरको शिक्षाको बारेमा सोच्ने त गर्छ तर व्यवहारमा भने परम्परागत सोच नै कायम छ । उदाहरणका लागि पढ्ने कुरामा निर्णय विद्यार्थीको अभिभावकहरूले गर्ने प्रयास गर्छन् । अझै पनि हाम्रा परम्परागत सोच र धारणाहरूको बाहुल्यता रहेको पाइन्छ । पढ्ने कुरामा सम्बन्धित व्यक्तिको इच्छा, चाहना, क्षमता, वातावरणअनुसार नभएर समाज र परिवारको नियन्त्रण हुने गरेको पाइन्छ । समग्र व्यवसायहरू को उत्तिकै महत्व छ भन्ने कुरा सिद्धान्त बोलिचालीमा मात्र सीमित छ । अझै पनि हाम्रो देशमा व्यवसायबीच विभेद मेटिइसकेको छैन, जसका कारणले शिक्षा क्षेत्रमा पनि प्रत्यक्ष वा परोक्ष प्रभाव पारिरहेको छ ।
परराष्ट्र नीति
नेपालको कूटनीतिक सम्बन्ध बढेको छ र विदेशमा रहेका नेपालको कूटनीतिक नियोगको संख्या पनि बढेको छ । भारतले नेपाललाई थप बन्दरगाह उपलब्ध गराउने भएको छ । चीनले नेपाललाई आफ्नो बन्दरगाह निर्यात र आयातका लागि प्रयोग गर्न दिने सहमति पनि गरेको छ । नेपाल भारत र चीनको बीचमा बढी केन्द्रित हुन खोजिरहेको छ । अर्कोतर्फ व्यावहारिक तहमा परराष्ट्र नीतिमा स्पष्टता र सहमति नभएकाले हरेक प्रधानमन्त्रीले आफूले चाहेअनुसार चलेको देखिन्छ । वैदेशिक सम्बन्धमा बढ्दो खर्चको तुलनामा नेपालले सोहीअनुसारको फाइदा उठाउन सकेको छैन । भारत र चीनबीचको केन्द्रमा जान धेरै लामो बाटो छ । नेपाल अझै पनि नयाँ दिल्लीमा धेरै निर्भर र प्रभावित छ ।
पर्यटकहरूलाई आकर्षित गर्ने अन्य क्षेत्रहरूमा परम्परागत सामाजिक प्रचलनहरू धेरै हदसम्म प्रभावित भएका छन् र काठमाडौं उपत्यकालगायत अन्य दुर्गम क्षेत्रहरू अझै पनि सामाजिकरूपमा रूढीवादी र परम्परागत छन् । ऐतिहासिक स्थल र परम्परागत सामाजिक अभ्यासका कारण नेपाल पर्यटकका लागि आकर्षक भए पनि पर्यटकको उपस्थितिले नेपालको सामाजिक अभ्यासमा परिवर्तन ल्याइरहेको छ ।
त्यसर्थ, नेपालमा पनि अन्य मुलुकझैँ समाज दिन प्रतिदिन जटिल बन्दै गइरहेको छ । समाजमा विद्यमान सामाजिक, सांस्कृतिक, राजनीतिक, प्राविधिक एवं आर्थिक सम्बन्धको सूक्ष्म एवं बृहत् तहको परिवर्तनसँगै मानिसले आफ्नो नित्तान्त व्यक्तिगत जीवन समेत विभिन्न समस्या र परिबन्धको शृङ्खलामा परिरहेको अनुभूत गर्न थालेका छन् । यसको मुख्य कारण परिवर्तनशीलता हो । परिवर्तनको समग्र अध्ययन सामाजिक विज्ञानको केन्द्रीय पक्ष हो । सामाजिक विज्ञानमा परिवर्तनको अवधारणालाई निकै महत्वका साथ बुझ्ने र विश्लेषण गर्ने गरिन्छ । सामाजिक परिवर्तनको समाजशास्त्रीय बुझाइ खासगरी दुईवटा फरक र महत्वपूर्ण तर्कमा आधारित रहेको पाइन्छ । विश्व विकासको प्रारम्भदेखि हेर्दा कुनै पनि समाज आधुनिकतातिर जाँदा सभ्य र सुसंस्कृत हुनुपर्ने हो तर ठीक त्यसको उल्टो नेपाली समाज भने आधुनिकताको नाममा असभ्य बन्दै गएको छ । आधुनिकताको अभ्यास गर्ने सिलसिलामा दिनानुदिन समाजमा अश्लील र नैतिकहीनहरूको जत्था बढ्दै गएको छ ।
नेपाली समाजमा थुप्रै संस्कार छन्, जसले विभिन्न जातजाति र समुदायलाई एकताको सूत्रमा बाँध्दै आएको छ । यसका साथै नेपालीमा उखान छ, ‘सुखमा अघि लाग्नु, दुःखमा पछाडि लाग्नु’ अर्थात् जन्ती जाँदा जहिले पनि दुलाहालाई पछाडि राखेर आफू अघि लाग्नुपर्छ र मलामी जाँदा शवलाई अघि लगाएर आफू पछाडि लाग्नुपर्छ भन्ने नेपाली समाजको मान्यता रहेको छ । समाज परिवर्तनशील छ । संस्कृति पनि सँगसँगै परिवर्तन भइरहन्छ । परिवर्तनलाई रोक्न सकिन्न । तर परिवर्तन र आधुनिकताको नाममा बढिरहेकोे विकृतिले नेपाली समाज कतातर्फ पुग्दैछ त ? यो नै आज आम नेपालीको चिन्ता र चासोको विषय हो । बाह्य संस्कृतिको प्रभावका कारण नेपाली समाज आधुनिकतामा रूपान्तरित हुँदै गएको केही विद्वानहरूको तर्क रहेको छ ।
भनिन्छ, जबसम्म कुनै पनि मुलुकमा राजनीतिक अन्यौल कायमै हुन्छ, राजनीतिक स्थिरता हुन्न त्यति नै बेला त्यस देशको कला, संस्कृतिमाथि आक्रमण हुन्छ । यसमा यहाँको राजनीतिक कुसंस्कार र बेथिति पनि जिम्मेवार छ ।
मानवीयताको खडेरी
डाक्टर कुटिँदा रमाउने समाज, नेतालाई दिन दहाडै खुकुरी प्रहार गर्दा वाहवाही गर्ने झुन्ड, छिमेकीको उन्नति र प्रगति देखेर डाह गर्ने परिवार, खेतबारी बाँझै राखेर करोडौँ लगानी गरी देशलाई तथानाम गाली गर्दै तल्लो बाटो अमेरिका पुग्ने युवा, मृत्युपछिको अन्त्येष्टि गर्दा लिने सेल्फी मानिस कति असंवेदनशील भएछन् र मानवीयता कुन हदसम्म हराएछ भन्ने स्पष्ट देखिन्छ । निर्माण व्यवसायी, मिटरव्याज पीडित, सहकारी पीडित, प्राध्यापक, हिंसा पीडित, धार्मिक समुदाय, किसान, व्यापारी, उद्यमी, शिक्षक–शिक्षिका, प्रोफेसर, न्याय खोज्दै सडकमा आउन बाध्य भएको स्थिति छ ।
गङ्गाको मैदानी क्षेत्र, आग्नेय–परिवर्तित र पत्रे चट्टानको बाहुल्यतायुक्त महाभारत–लेकाली प्रदेश, नदी बेसीदेखि ताल तलैया, टारहरूसहितको पहाडी–उपत्यका क्षेत्र, होचो पहाडी भाग, चुरे प्रदेश आदि क्षेत्रमा विभाजित नेपाली भू–भाग प्राचीनकालदेखि नै ज्ञानभूमि, कर्मभूमि, मुक्तिभूमि, व्यापारिकमार्ग, तीर्थस्थल, देवालयदेखि प्राकृतिक स्रोतसाधनहरूले भरिपूर्ण रहेको स्पष्ट भइसकेको छ । बङ्गालको खाडी एवं इरानी खाडिबाट उठेको मनसुनी वायूलाई रोकेर तरलीकरण गरी वर्षा गराउनेदेखि सालैभर हिमाच्छादित भएर महत्वपूर्ण नदीहरूको उद्भव गराउने हिमशृङ्खलाहरूले गर्दा सभ्यता विकास पथमा बढेको नेपाली भू–भाग महत्वपूर्ण वनस्पति, जडीबुटी, तालतलैया, तातोपानीका मुहानहरू आदिले गर्दा मानवीय आकर्षणका केन्द्र बन्दै आएका हुन् ।
ऐतिहासिक धाराका आधारमा विश्लेषण गर्दा नेपालमा नागजातिहरूद्वारा थालेको समाज निर्माण प्रक्रियालाई उत्तर एवं दक्षिणतर्फबाट आउने यात्रीहरू, व्यापारीहरू, शरणार्थीहरू, घुमन्तेहरू, व्यवसायीहरू आदिले क्रमशः सवलीकरण एवं व्यवस्थित गरेको पाइन्छ । तर पनि क्रमबद्ध, व्यवस्थित एवं प्रचुर खोजीनीति, अध्ययन–अनुसन्धान हुन नसकेको स्थितिले गर्दा प्राचीन नेपाली समाजबारे किटानीसाथ उल्लेख गर्न सकिने स्थिति छैन । तर पनि भाषागतदेखि पौराणिक स्रोतहरूमा पाइने महत्वपूर्ण, गौरवमय र उल्लेखनीय अवस्थाले प्राचीन नेपाली समाज मिश्रित एवं महत्वपूर्ण रहेको थाहा पाइन्छ ।
संसारमा पाइने सबै किसिमका जलवायुहरूको प्राप्तिले गर्दा विविधताको मुलुक बनेको नेपाल प्राचीनकालदेखि नै हिमाली क्षेत्रदेखि तराईसम्म नै सभ्यता विकास भएको भू–खण्ड थियो । बुटवल नजिकै तिनाउ किनारमा पाइएको रामापिथेकसको बङ्गारोदेखि मुस्ताङ एवं खसक्षेत्रमा पाइएका मानव अवशेषहरूले नेपाल प्राचीन मानवको बासस्थल रहेको पुष्टि गरेका छन् ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
तपाईको प्रतिक्रिया
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
[…] http://www.aarthikdainik.com/view/157363/ […]