सिंहदरबार कहिलेदेखि मर्यादित होला ?
काठमाडौं । कतिपय जनतामा सिंहदरबारबाट मुलुकको सुशासन चलिरहेकोको भन्ने सोचाइ छ, अड्कल छ र विश्वास पनि छ । तर सिंहदरबारलाई प्रत्यक्ष देख्नेले चाहिँ सिंहदरबारबाट खासै सुशासन चलेको देखेका हुँदैनन् । सिंहदरबारभित्र हुने बेथितिहरू धेरै छन् । त्यहाँ अस्तव्यस्तता छ अनि मनपरी पनि छ । जनमानसमा देशको ज्यादा चिन्ता छ, देशको चिन्ता गर्नेहरूको संख्या बढ्दो छ । कसरी हुन्छ आफ्नो दुनो सोझ्याउनेहरू मात्र सक्रिय देखिन्छन् सिंहदरबारभित्र । एकहप्ताअघि एकजना विशिष्ठ श्रेणीका अर्थात् मन्त्रालयका सचिवलाई एकजना नासुस्तरका कर्मचारीले थर्काएछन् र भनेछन् ‘यो कुर्सीमा बस्ने मन छ कि छैन ?’ ती थर्काउने कर्मचारी कुनै कर्मचारी संगठनका थिए । त्यस्ता संघ–संठगनका पदाधिकारीहरू सिधै राजनीतिक दलसँग वा नेताहरूसँग सम्बन्ध हुन्छ । त्यसैले जतिसुकै खराब चरित्र देखाए पनि त्यस्ता बेइमान कर्मचारीमाथि कारबाही हुनेमा शंका नै हुन्छ ।
अवैध प्रवेश पास: नक्कली र अवैध पासबाट पनि सिंहदरबारभित्र प्रवेश गर्नेगरेको अनुमान लगाउन सकिन्छ । कुनै समय यो लेखकको कानमा एउटा आवाज ठोक्किएको थियो– ‘मसँग सिंहदरबार छिर्नका लागि १५ वटा पास छन् कति चाहियो तिमीलाई ?’ सिंहदरबार प्रवेशद्वारमा सुरक्षाकर्मीहरूले नियालेर र केलाएर पास हेर्ने गरेको पाइँदैन । सुरक्षा गर्ने निकायको सुरक्षासम्बन्धी कार्य फितलो नै देखिन्छ । सिंहदरबारको दक्षिणगेटमा तमाम मानिसहरू दिनहुँ सलबलाइरहेका हुन्छन् ।
सिंहदरबार छिर्ने चाहना: कतिपयले जीवनमा एकपटक सिंहदरबार छिरुँ र कस्तो छ सिंहदरबार हेरुँ भन्ने चाहना पूरा गर्न सिंहदरबारमा प्रवेश गर्ने गरेको पाइन्छ । सेवाग्राहीहरूको संख्याभन्दा काम नभएका त्यस्ता मानिसहरूको संख्या सिंहदरबारभित्र धेरै देखिन्छन् । कोही उच्चपदस्थ अधिकारीसँग फोटो खिचाएर फेसबुकमा पोस्ट गरेर मख्ख पर्नेगरेको पनि पाइन्छन् । फोटो खिचाउन उभिने त्यस्ता पदाधिकारीहरूलाई पनि अलिकति भए पनि महसुस हुनेपर्ने हो– ‘म त सरकारले प्रवाह गर्ने सेवाप्रति लाग्नुपर्ने हो, यो अनावश्यक काममा किन लागेँ ।’ कतिपय त सिंहदरबार छिरेपछि ठूलो मान्छे होइन्छ कि भन्ने भावना पालेका पनि भन्ने अनुमान गर्न सकिन्छ ।
अटेरी कर्मचारी: कर्मचारी सरुवा नियमित प्रक्रिया हो, तर कर्मचारी सरुवा गरे पनि जहाँतहीँ जान मान्दैनन् । अनेक बहाना बनाएर र शक्ति (भनसुन अर्थात् सोर्सफोर्स) प्रयोग गरेर साविककै निकायमा वा सहरकै अन्य कार्यालयमा बस्न जोड गर्छन् । अहिले स्थानीय निकायहरूमा समेत जनशक्तिको अभाव देखिएको छ । स्थानीय तहमा गएर काम गर्दा स्थानीय तहका नेता वा गाउँपालिका अध्यक्ष वा वडाध्यक्षको दबाबमा परेर काम गर्नुपर्ने हुन्छ । पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीलाई मात्र होइन भ्रष्टाचारको आरोपमा स्थानीय तहका पदाधिकारीहरूमाथि पनि मुद्दा चलाउदै आएको छ । देशभर सेवाप्रवाह गर्नका लागि जिल्लाजिल्लामा कार्यालयहरू छन् । पहिलेपहिले दुर्गम जिल्लामा सरुवा भएर जानका लागि कर्मचारी–कर्मचारीबीचमा हानाथाप हुन्थ्यो । कुनै बखतसम्म दुर्गम जिल्लाहरूमा तलबको शतप्रतिशतसम्म दुर्गम भत्ता थियो, जुन अहिले कटौती हुँदैआएको छ । कर्मचारीहरू सकेसम्म स्थानीय निकायमा जान नमान्ने खालका छन् । राजधानीमै रहेर छोराछोरीलाई राम्रा स्कुल र कलेजमा पढाउँला भन्ने धेरै कर्मचारीको चाहना भएको पाइन्छ । दुर्गममा गएपछि परिवारमा असन्तुलन हुने हुँदा बालबच्चाको पढाइ बिग्रिने अवस्था आउन सक्ने हुँदा कर्मचारीहरू सहरकेन्द्रित हुने गरेको पाइन्छ ।
नेताहरूबाट कर्मचारीमा त्रास
नेपालको प्रशासन क्षेत्रमा राजनीतिक हस्तक्षेप चर्को छ । सत्ताधारी पार्टीका नेतालाई मन नपर्ने भएमा जुनसुकै कर्मचारीलाई जता पनि सरुवा गरेर पठाइन्छ । आफू अनुकूल र आफूले फाइदा लिन सकिने खालका र आफूनिकट कर्मचारीलाई आफ्नो काम पर्ने निकायमा सरुवा गरेर ल्याउने कार्य चलन प्रशासनवृत्तको साह्रै खराब चलन हो । मन्त्रीले आफ्नै श्रीमतीलाई भान्सेमा नियुक्त गरेर तलब खानेगरेको समाचार भर्खरै मात्र प्रकाशन भएको छ, यो साह्रै लज्जाजनक कुरा हो । सिंहदरबारले कर्मचारीहरूलाई कसरी प्रोत्साहन गर्ने ? कसरी प्रेरित गर्ने भनेर विचार पुर्याएमा र त्यहीअनुसार कर्मचारी व्यवस्थापन गर्न सकेमा सिंहदरबारको मात्र होइन गाउँगाउँमा रहेका स्थानीय निकायहरूको समेत छवि सुत्ने कुरामा दुईमत छैन ।
वातावरण प्रदूषण
सिंहदरबारभित्र झन्पछि झन् गाडीका ताँतीहरू देखिन्छ । सिंहदरबारभित्रका बाटामा समेत बाटो काट्न मुस्किन पर्छ । यति धेरै संख्यामा गाडीहरू सिंहदरबारमा भित्रिन दिनुहुँदैन । सिंहदरबारलाई मर्यादित गराउने क्रममा वातावरण पनि स्वच्छ राख्नु जरुरी भइसकेको छ । निजी नम्बर प्लेटका गाडी तथा मोटरसाइकलहरूको संख्या सरकारी सवारीसाधनको भन्दा पनि बढी देखिन्छ ।
अनावश्यक मानिसको भीडभाड
सिंहदरबारभित्र कतिपय मानिसहरू कामविशेषले जानेगर्छन् भने कतिपय कामविना पनि प्रवेश गर्नेगरेको पाइन्छ । सिंहदरबार एकपटक हेरुँ न त भनेर प्रवेश गर्नेहरूको जमात पनि देखिन्छ त्यहाँ । सिंहदरबारको दक्षिण गेटमा सधैँ मानिसहरूको भीडभाड देखिन्छ । त्यो भीडभाड देखेपछि लाग्छ कि सिंहदरबारभित्र भोजभतेर नै चलिरहेको छ ।
पोशाकको महत्व
कतिपय कर्मचारीहरूले कर्मचारी पोशाकलाई खासै ख्याल गरेको पाइँदैन । दिउँसै कर्मचारी पोशाकमै सडक किनारमा यताउता गरिरहेको पाइन्छ । यसरी देख्नेलाई नै लाज लाग्ने किसिमले कर्मचारी कार्यालय छोडेर बाहिर निस्कनु राम्रो होइन ।
कार्यकक्ष र कुर्सी खाली
सिंहदरबारभित्र कसैलाई भेट्न गयो भने पाँचजनामा एकजना मात्र कार्यकक्ष वा कुर्सीमा भेटिने गरेको यो लेखककै अनुभव हो । कर्मचारीहरू दिउँसै भाग्ने काम धोका हो, किनकि सेवा लिन आएका सेवाग्राहीहरूलाई सेवा लिन कठिन हुन्छ अथवा सेवा नै नपाइने अवस्था हुन्छ । जनताले तिरेको करबाट तलब खाएर जनतालाई नै दुःख दिनु सरासर गलत कार्य हो । दायित्वविमुख हुनु कर्मचारीको नालायकीपन हो । यसतर्फ सतर्कता केन्द्रको पनि ध्यान जानु जरुरी हुन्छ ।
सिंहदरबारका कुकुर
सिंहदरबारभित्र कैयन कुकुरहरू पनि देखिन्छन् । त्यहाँ रहेका क्यान्टिनले विसर्जन गर्ने हड्डी, भातलगायतका खाने कुरा खानका लागि त्यहाँ कुकुरहरू यताउती गरिरहेको देखिन्छ । कहिलेकाहीँ पाँच छवटा छाउरासहितका माउ कुकुर पनि देखिनेगर्छन् । सिंहदरबारको पर्खालबाहिर बिहान हेर्न गयो भने कुकुरका दिसाहरू यत्रतत्र देखिन्छन् । बिहानी पदयात्रा अर्थात् मर्निङ वाक गर्नेहरूले घरघरबाट डो¥याएर ल्याउने कुकुरहरूले दिसा गर्ने थलो बन्नेगरेको छ । सिंहदरबार पर्खालबाहिरका फुटपाथहरू । यस्तो अशोभनीय कार्य काठमाडौंबासीहरूले गरेको देख्दा सहरका मानिस कति असभ्य हुन्छन् भन्ने कुराको झल्को दिन्छ । कुकुर पाल्नेले कुकुरलाई घर कम्पाउण्डमै शौच गर्ने व्यवस्था मिलाउनुपर्छ ।
कर्मचारीलाई आउजाउ गर्न कठिन
पहिलेपहिले सिंहदरबारको मूलगेट अर्थात् पश्चिमतर्फको द्वारबाट विनापास पनि आउजाउ गर्न दिइन्थ्यो । २०४६ मा प्राप्त बहुदलीय व्यवस्थामा जनताले जुनसुकै बेला पनि धर्ना, जुलुस, विरोध प्रदर्शनका कार्य गर्ने हुँदा सो गेटबाट भित्रबाहिर गर्न कडाइ गरियो अर्थात् परिचयपत्रको अनिवार्यता गरियो । पछि दक्षिण गेट निर्माण भएपछि पश्चिमतर्फको सो मूल गेटबाट पैदल तथा मोटरसाइकल÷साइकलबाट आउन र जान बन्द गरियो । कुनैबखत पश्चिममै रहेको सैनिक गेटबाट पनि कर्मचारीहरूलाई आउन–जान दिइएको थियो। कुनै एक गृहमन्त्रीको निजी विचारले त्यो गेट बन्द गरिएपछि कर्मचारीहरूमा आक्रोश सिर्जना भएको थियो । पुरानो बसपार्कमा जानुपर्ने मान्छेलाई पुतलीसडक निस्किनुपर्दा अनामनगर भएर घुमेर निस्कनुपर्ने हुँदा थकाई र समयको अनावश्यक बर्बादीका कारण कर्मचारीहरू ती गृहमन्त्रीसँग चिढिएका थिए । कर्मचारीलाई जुनसुकै गेटबाट पनि आउजाउ गर्न दिइनुपर्छ । कर्मचारी भनेका सरकारका प्रिय र विश्वसनीय पात्र हुन् । समयमै कार्यालय जाने र समयमै घर फर्किने उनीहरूको अधिकारीलाई हनन् गर्नु राम्रो होइन ।
सरुवामा चलखेल
सामान्य प्रशासन मन्त्रालयमा दिनहुँ सरुवाका लागि कर्मचारीहरूको सलबलाहट देखिन्छ । पहिले पहिले निश्चित अवधिमा मात्र कर्मचारीको सरुवा हुन्थ्यो भने पछिल्ला दिनहरूमा जहिले मन लाग्यो त्यहिले सरुवा गरेको पाइन्छ । सञ्चार माध्यमहरूबाट दिनहुँ सरुवाका समाचार आइरहेको देखिन्छ । सरुवामा आर्थिक चलखेल पनि हुनेगर्छ । कार्यालय नभएको ठाउँमा सरुवा गरिएपछि यस लेखकले एक वर्षसम्म हैरानी खेप्नुपरेको थियो । साथीहरूले ‘पैसा खुवाउनुस् न, भनेको ठाउँमा सरुवा हुन्छ’ पनि भने । कर्मचारी सरुवामा नेताहरू पनि लाग्नु लज्जाजनक कुरा हो । नियमित हुने सरुवामा राजनीतिक हस्तक्षेप हुनु बिडम्बनाको कुरा पनि हो भन्नुमा फरक पर्दैन । एकजना सचिवको महिनामा चारपटक सरुवा गरिएको समाचार ताजै छ । चार–चार महिनामा सीडीओको सरुवा भएको पनि धेरैलाई थाहै छ । त्यस्तै, प्रहरी प्रशासनमा पनि राजनीतिक दबाबका कारण प्रहरीमा पनि असन्तोष देखिन्छ ।
कर्मचारीहरू ‘बरण्डा’मा किन
सामान्य प्रशासन मन्त्रालयको एउटा समूह छ जहाँ कर्मचारीलाई जगेडामा राखिन्छ । महिनौँसम्म पनि त्यस्ता कर्मचारीहरूको व्यवस्थापन नहुँदा सेवा प्रवाहमा नराम्रो असर परिरहेको हुन्छ । अतिरिक्त समूह अर्थात् जगेडा ठाउँलाई व्यग्यात्मक शब्दमा ‘बरण्डा’ भनिँदै आएको छ । सरुवाका लागि सम्बन्धित शाखामा नभएर मन्त्रीको निजी सचिवालयमा सूची बनाइन्छ र मोलमोलाई गरिन्छ ।
स्टाफ बस सबैको हुनुपर्ने
कर्मचारीलाई ल्याउने र लैजाने कामका लागि कतिपय मन्त्रालयहरूमा स्टाफ बसको व्यवस्था छ । तर कमजोर मन्त्रालयमा त्यस्तो गाडीको व्यवस्था नहुँदा अरू मन्त्रालयको गाडीमा हिच्किच्याएर यात्रा गर्नेगरेको पाइन्छ ।
अव्यवस्थित क्यान्टिन
सिंहदरबारभित्रका क्यान्टिनहरू अव्यवस्थित किसिमबाट चलेको देखिन्छ । सरसफाइमा कमी र लापरवाहीपूर्वक भण्डारणका कारण कर्मचारी र सेवाग्राहीहरूले अस्वस्थकर खाजा र खाना खानुपरेको छ ।
सिंहदरबार छेउछाउमा गगनचुम्बी भवन
पछिल्ला दिनहरूमा सिंहदरबारकै छेउछाउमा गगनचुम्बी भवनहरू बनिरहेका छन् । यस विषयमा सिंहदरबार आफैँ आँखा चिम्लेर बसेको देखिन्छ । सुरक्षाका दृष्टिले सम्वेदनशील क्षेत्र सिंहदरबारका वरपर यस्ता भवनहरू निर्माण गर्न दिइनुहुँदैन ।
मन्त्रालय जोडिदै टुक्रिँदै
कहिलेकाहीँ नयाँ मन्त्रीमण्डल बनाउने क्रममा सरकारमा समाहित दलका नेतालाई भाग पु¥याउनका लागि मन्त्रालय नै फुटाएर तीनटुक्रा पार्नेगरेको यो लेखक नै साक्षी हो । लोकप्रियता कमाउने क्रममा कुनै कुनै सरकारले भने मन्त्रीमण्डल सानो आकारको बनाउनका लागि मन्त्रालयहरू गाभेको कुरा पनि यस लेखकलाई छर्लङ्गै छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया