फूलैफूल र बत्ति नै बत्तिको पर्व तिहार
काठमाडौं । दशैँको पन्द्र दिनपछि मनाइने नेपालको दोस्रो ठूलो चाड तिहार हो । महोत्सवका लागि प्रसिद्ध छ र यो लक्ष्मीको पूजा गर्ने सुअवसर हो । खाना चाडपर्वका लागि प्रख्यात छ र हरेक वर्ष नेपालबाट भाइमसाला वा ड्राई फ्रुटको आयात गरिन्छ । विदेशी मुलुकबाट करिबकरिब दुई अरबभन्दा बढीको आयात हुन्छ ।
दीपावलीको अर्थ ‘बत्तीको पङ्क्ति’ हो । यो अँध्यारो आधाको अन्तिम दुई दिनमा पर्छ कात्तिक (अक्टोबर–नोभेम्बर) । कसैको लागि यो तीन दिनको चाड हो । योसँगै सुरु हुन्छ धन–तेरस, कात्तिकको अन्धकारको १३औँ दिन, अर्को दिन नरक चौदसहरू, १४औँ दिन र १५औँ दिन दीपावलीद्वारा उचित पूजा आराधना गरिन्छ । यस पर्वमा विभिन्न कथाहरू छन् । कतिपयले मनाउने गर्छन्, भगवान् विष्णुसँग लक्ष्मीको विवाह । बंगालमा यो पर्व कालीको पूजामा समर्पित छ । यो त्यो शुभ दिनको सम्झना पनि गरिन्छ, जुन दिन विजयी भगवान् राम अयोध्या फर्केर आएका थिए, रावणलाई पराजित गर्दै ।
यसै दिन श्रीकृष्णले नरकासुर राक्षसको वध गरेका थिए । दक्षिण भारतमा मानिसहरू बिहान तेलले नुहाउने र नयाँ लुगा लगाउँछन् । महालक्ष्मीको पूजा धन र फसलको देवीको लागि काठमाडौं उपत्यकामा शरद ऋतुको फसलको भण्डारणसँगै देशका जनता रमाइलो गर्छन् । साथीहरू र आफन्तहरूलाई आमन्त्रित गर्छन् सम्मान गर्ने उत्सवको लागि तिनीहरूको गाउँहरू वरिपरि र रक्षा गर्ने परोपकारी देवीहरूलाई धन्यवाद दिने र भण्डार गरिएको अन्नलाई पूजा गर्ने गरिन्छ ।
महालक्ष्मी धनकी महान् देवी, भगवान्की पत्नी हुन् । विष्णु, समुद्रको धनको उदाहरण दिँदै जहाँबाट उनी निस्किए–मोती, कोरल र खोल । तर देशका लागि धन भनेको चामल हो र अनाज, महालक्ष्मीको उपहार, जसलाई तिनीहरूले चिन्छन् । पृथ्वी माता, देवी बसुन्धरा र अन्नपूर्ण, दाता र कृषि उत्पादनको संरक्षक पनि उनै हुन् । धेरै ग्रामीण बासिन्दाले महालक्ष्मीलाई भैरवीसँग पनि जोड्छन् । डरलाग्दो र शक्तिशाली भैरबको महिला समकक्षी, जसले भगवान् शिवको विनाशकारी पक्ष वा पशुपतिनाथको रक्षकलाई प्रतिनिधित्व गर्छ ।
यो डरलाग्दो पक्षमा कल्पना गरिएको कुरा हो । देवी महालक्ष्मी स्वयं पवित्र गाईको अवतार, उथलपुथलपूर्ण उत्सव, रगतको बलिदानले आश्वस्त हुनुपर्छ । देशी आत्माको प्रस्ताव र आत्मसात गरेको फसल जस्तै चामल, अनाज, फलफूल र तरकारीहरू देवीलाई मन पर्दछ ।
धेरै गाउँमा महालक्ष्मीको प्रमुख संरक्षक देवता हुन्छन । थानकोट नजिकैको तिखानपुरको सानो पहाडी बस्तीबाट केही माइल टाढा काठमाडौंको दक्षिण–पश्चिममा, फसल काटिसकेपछि तिनलाई तीन दिनसम्म मनाउने चलन छ ।
‘तिहारै आयो, लौ झिलिमिली’ वा ‘भैलेनी आइन् आँगन….’ यादब खरेलद्वारा लिखित र लोचन भट्टराई र नुतन प्रधानको स्वर रहेको एउटा लोकप्रिय गीत २०५४ सालको कथानक चलचित्र स्वर्गमा गुन्जिएको छ । यो गीत प्रायः हिन्दु चाड तिहारको समयमा बजाइन्छ । यस गीतमा गौरी मल्ल र शिव श्रेष्ठको अभिनय रहेको छ ।
नेपालमा मनाइने चाडबाड केवल यहाँका जनमानसले मात्र मनाउने होइनन् । अपितु यस्ता चाडबाडले सम्पूर्ण वातावरणलाई समेत आनन्दित, मनमोहक र तरंगित बनाइदिएको हुन्छ । नेपालमा मनाइने चाडपर्व केवल भगवान् देवी देवताको पूजा आराधनामा मात्र सीमित छैन । मौसम परिवर्तनको लागि, बग्ने नदीनालाका लागि, वनजंगलका लागि, हिमालय पर्वतका लागि, मुसादेखि सर्प, गाईदेखि भैँसी, कागदेखि कुकुरसम्मका लागि नेपालमा चाडबाड छन् । प्रत्येक चाडबाडमा जंगलको झारपातदेखि फलफूूल, मिष्ठान्न, उपहारस्वरूप सजाउनका लागि वा मन्दिरमा पूजाका लागि प्रयोग गरिन्छन् ।
झट्ट हेर्दा संरचनाविना मनाइएकोजस्तो लागे पनि विकासको क्रममा समुदायका सबै सरोकारवालाहरू नेपालमा मनाइने प्रत्येक प्रमुख र सहायक चाडबाडमा संलग्न र प्रतिबिम्बित भएका हुन्छन् । प्रत्येक व्यक्तिले समग्र विश्वको हितको कामना गरेको हुन्छ भने चाडबाडसँग सम्बन्धित व्यापक सहभागिता समेत रहेको हुन्छ ।
तिहारको अवसरमा कुनै गल्ली वा सडकमा हिँड्नुस ग्रामीण भेगबाट ल्याइएका सामग्री देख्न सकिन्छ । चाहे त्यो मखमली फूलको माला होस् वा ब्योरा । जुन दूरदराजको गाउँबस्तीबाट ल्याइन्छन् । व्यवसायको आयतन सानो भए पनि यसमा संलग्न व्यक्ति र संस्था एउटा चाडबाड सम्पन्न गर्न बृहत् सहभागिता रहेको कुरा सबैमा ज्ञात भएकै कुरा हो ।
त्यसो भएको हुनाले तिहारजस्तो चाडबाडले गर्दा समुदाय–समुदायबीच, सहर र गाउँ बीचमा, जीवित र दिवंगत बीचमा, मानव र वातावरण बीचमा, भौतिकवादी र सादगीको बीचमा, विश्वास र भक्तिको बीचमा अनुपम एवं मजबुत सेतुको काम तिहार तथा दीपावली चाडबाडले गर्छन् । युवा समुदायको उत्साह र उमंगको यस पावन अवसरमा परम्परागत चाडबाडको भित्री रहस्य थाहा पाउन सक्ने र अनुशासित भई जीवन जीउने कला युवा पुस्ताले सिक्न सक्छन् ।
हिन्दुहरूको कुनै पनि चाडबाड समग्र विश्व कल्याणसँग सम्बन्धित छ भन्नुमा अत्युक्ति नहोला । ‘वशुधैव कुटुम्बकम्’ अर्थात् ‘संसार नै परिवार’ हो भन्ने धारणाबाट अभिप्रेरित भई चाडबाड मनाउँछौं । नेपाल संवत् र तिहारको हार्दिक तथा मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं ।
पाल्पा तानसेनको तिहारको सम्झना
पाल्पा तानसेनमा आफ्नो बाल्यकाल बिताएको हुनाले त्यहाँ बिताएका र मनाएका सुनाहरा पल स्मरण हुन्छ । तिहारमा यमपञ्चक भनी मनाउने चलन रहेको थियो । तत्कालीन अवस्थामा यमपञ्चक अवधिभर जुवातास खेल्न छुट भएको भनिए पनि हाम्रो पारिवारिक संस्कारका कारण त्यसतर्फ त्यति ध्यान नगएको आभाष हुन्छ । तर, पाल्पालीहरू पनि आफ्नो इच्छाअनुसार मनोरञ्जनका लागि खेल्ने गरेको, छिमेकीको घरमा रातबिरात खेलेको, ढोका खोलेको आदि आवाज आउने गर्दथ्यो ।
तिहार सुरु हुनुभन्दा करिब २÷३ हप्ता अगाडि नै तिहारको लागि रोटीहरूः फिनी, सेल, अनर्सा, जुम्ली , झर, सयगुली, लहरा, पाटेरोटी, सिन्का वा झिनिया रोटी, जेरी, निम्की (काठमाडौंको लाखा मरीको स्वाद), आदि विविध रोटी टोलका अग्रज तथा सहयोगीको सहयोगमा पकाउने गरिन्थ्यो ।
साथै, प्रकाशको उत्सव भएकाले भुइँ चम्पा, (सानोठूलो झार भयर गर्ने, रेल, रकेट आदि तानसेनको शितलपाटीमा अवस्थित युगल, भीमबहादुर श्याम प्रसाद र गंगा दाइ आदिको दुकानबाट किन्ने र मनोरञ्जन गरिन्थ्यो ।
त्यसबेला तानसेनको सुपरमार्केट भने पनि डिपार्टमेन्टल स्टोर भने पनि यिनै चार÷पाँच वटा दुकान थिए । प्रत्येक घरमा पालामा तेल राखी कपासको बत्ति, आकर्षक ‘मतकला’मा बत्ती, बाल्ने र लक्ष्मीपूजा र किजा पूजाको दिन देउसी भैलो खेल्न आउनेलाई केही पैसा सुका (२५ पैसा), मोहर (५० पैसा) र बढीमा एक रुपैयाँसम्म दिने चलन थियो ।
म्हः पूजा घरको थकाली नक्कीले मण्डप बनाउने, पूजा गर्ने, तामाको पाथीले घ्वाल्ल गर्ने, सगुन दिने, जजंका फूलमाला आदि लगाउने गरिन्थ्यो । स्पष्टरूपमा भन्नुपर्दा तानसेनमा तत्कालीन अवस्थामा ‘न्हुँ दया भिन्तुना’ भन्ने मैले सुनेको थिएन । २०३४ सालमा काठमाडौं आएपछि मात्र ‘न्हुँ दया भिन्तुना’ , नेपाल संवत् र शंखधर साख्वाको बारेमा मर्म, औचित्य र इतिहास बुझ्ने अवसर प्राप्त भयो । त्यसमा ‘जब जागे तब सबेरा’ वाला हिसाब भयो भन्ने लाग्छ ।
त्यस फूल किन्ने भन्ने चलन थिएन । फूल पनि किनेर चढाउँछ भन्ने मान्यता थियो । अहिले फ्लोरिकल्चर एसोसिएसनकै सदस्यको करोडौको कारोबार छ । भाइ टीकाको दिन जति दिदीबहिनी धेरै भयो त्यति बढी अण्डा सगुन खान पाइछ भनेर खुसी हुने गरिन्थ्यो । भाइमसलालाई ‘मसिपो’ भन्ने गरिन्थ्यो र दिदीबहिनीले दिएको रोटी, फलफूल कात्तिकको पूर्णिमासम्म मिलाएर पुर्याउनुपर्थ्यो । दिदीबहिनी नहुनेले भगवती माताको मन्दिरमा गएर टीका ग्रहण गरेको स्मरण हुन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया