वायु प्रदूषणको अर्काे कारक
काठमाडौं । माथिको शीर्षक पढ्दा र सुन्दा पाठकहरूलाई अचम्म लाग्न सक्छ । किनभने पटका पड्काउँदा पनि काहीँ वायु प्रदूषण बढ्छ र ? बढ्न सक्छ । कतिपयले त ‘यो सब बकवास हो’ भन्न पनि बेर नलगाउलान् । यसरी हेर्दा आमपाठकहरूले नपत्याए पनि अथवा हत्तपत्त पत्याई हाल्न गाह्रो भए पनि गत कात्तिक १७ गते ‘अनलाइन खबर’मा प्रकाशित ‘काठमाडौंमा वायु प्रदूषण बढ्यो, कारण के ?’ शीर्षकको एक समाचारमा उल्लेख गरिएअनुसार काठमाडौं उपत्यकामा पटकाका कारण बढेको भनी ‘एयर क्वालिटी इन्डेक्स’ (एक्युआई) लाई उद्धृत गर्दै जनाइएअनुसार (१७ गते, शुक्रबार साँझ) काठमाडौं उपत्यकाको ‘समग्र वायु गुणस्तर सूचकाङ्क’ (एक्यूआई) एक सय ६० रहेको थियो । जबकि सोही दिनभन्दा अघिल्लो दिन (१६ गते बिहीबार) काठमाडौं उपत्यकाको ‘समग्र वायु गुणस्तर सूचकाङ्क’ (एक्यूआई) एक सयभन्दा कम रहेको भनी ‘अनलाइनखबर’ले आफ्नो समाचारमा जानकारी दिएको छ, अनलाइनखबरको समाचारमा उल्लेख गरिएको छ ।
तर समाचार पढ्दा अचम्म लाग्न सक्छ मानिसहरूलाई । किनभने यसपटक काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्नुको कारणचाहिँ पटकालाई मानिएको छ । भनाइको मतलब हिन्दु धर्मालम्बीहरूको दोस्रो ठूलो पर्व तिहारमा लुकीछिपी पड्काइएको पटाकाका कारण वायु प्रदूषण बढेको भनी ‘एयर क्वालिटी इन्डेक्स’ (एक्युआई) ले जनाएको छ । १७ गते शुक्रबार साँझ काठमाडौं उपत्यकाको ‘समग्र वायु गुणस्तर सूचकाङ्क’ (एक्यूआई) एक सय ६० रहेको थियो । जबकि सोही दिनभन्दा अघिल्लो दिन (१६ गते बिहीबार) काठमाडौं उपत्यकाको ‘समग्र वायु गुणस्तर सूचकाङ्क’ (एक्युआई) एक सयभन्दा कम रहेको भनी ‘अनलाइनखबर’ले आफ्नो समाचारमा जानकारी दिएको छ । हिन्दु धर्मावलम्बीहरूको महान पर्वहरूमध्ये दशैंपछिको दोस्रो पर्व तिहारका अचम्म लाग्न सक्छ । आजभोलि विश्वमा जलवायु परिवर्तन, वायु तथा ध्वनि प्रदूषण, बेमौसमी बाढी, आँधी–बेहरी, हिमपहिरो, वन–जंगलमा लाग्ने डँढेलो, एक्कासी बढ्ने गर्मी, अचानक हुने मौसम परिवर्तन, आदिलाई लिएर विश्वका एकसेएक जल तथा मौसम वैज्ञानिक, वातावरणविद् अनि मौसम परिवर्तनका सम्बन्धमा अध्ययन गरिरहेका विज्ञहरू चिन्तित भइरहेका छन् । यो लेखमा हुन पनि केही वर्षअघि विश्वको मानव स्वास्थ्यसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा अध्ययन र अनुसन्धान गर्दै आइरहेको ‘हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसन’ (एचएमई) नामक जनस्वास्थसम्बन्धी संस्थाले गरेको एक अध्ययनअनुसार सन् २०२१ को एक वर्षमा वायु प्रदूषणका कारण विश्वमा ८१ लाख मानिसहरू मरेका थिए ।
स्मरणीय छ, सो संस्था सन् २००७ जुलाईमा मात्रै स्थापना भएको भए पनि विश्वका विभिन्न संघ–संस्थाहरूसँग मिलेर धेरै राम्रो र ठूलो योगदान गरिरहेको देखिन्छ । त्यस्तै, गरेर पछिल्लो पटक ‘हेल्थ मेट्रिक्स एन्ड इभालुएसन’ (एचएमई) नामक संस्थाले संयुक्त राष्ट्र संघ मातहत रहेको ‘द युनाइटेड नेसन्स चिल्ड्रेन फन्ड (युनिसेफ)’ सँगको सहकार्यमा गरिएको अध्ययनमा सन् २०१९ मा वायु प्रदूषणका कारण मात्रै विश्वमा ८१ लाख मानिसहरू मरेको तथ्याङ्क आएको हो । यसरी हेर्दाखेरि कसैले हत्तपत्त नपत्याउने देखिन्छ कि वायु प्रदूषणका कारण एक वर्षमा विश्वमा ८१ लाख मानिसहरू मर्छन् त ? तर यो तथ्य–तथ्याङ्क वास्तविक नै हो । हुन पनि उस्तै खालका सामान्य मानिसहरूले सुन्दा पत्याउन नै नसक्ने र सामान्य लाग्ने कुरो हो । वायु प्रदूषणका कारण मात्रै विश्वभरिका विभिन्न देशमा वर्षेनि ८१ लाख मानिसहरू मरिरहेका छन् र ?
अझ कतिपयलाई त सुन्दा रमाइलो पनि लाग्ला । तर, वायु प्रदूषणका सम्बन्धमा अर्को पनि नपत्याउनेखाले तथ्य रहेको छ । जुन तथ्यलाई आम मानिसहरूले हत्तपत्त पत्याउने छैनन् । तर त्यो पनि वास्तविक तथ्य नै रहेको छ । त्यो के हो भने, वायु प्रदूषणका कारण अहिले विश्वमा जति संख्यामा मानिसहरू मरिरहेका छन्, तीमध्ये ५८ मानिसहरू पिएम दुई अथवा भनौँ धुलो र धुवाँमा मिसिने अतिसूक्ष्म र स–साना विषाक्त कणका कारण मर्ने गर्छन् । जुन कणलाई वैज्ञानिकहरूले माइक्रोस्कोपिक टेलिस्कोप (दूरबिन)ले मात्रै देख्न सक्छन् । अध्ययनमाथि उल्लेखित संस्थाले प्रकाशित गरेको अध्ययन प्रतिवेदनले अर्को रोचक पक्ष के उजागर गरेको छ भने घरभित्रको प्रदूषणको कारण मात्रै विश्वमा वर्षेनि ३८ प्रतिशत मानिसहरू मर्ने गरेका छन् भने ओजोन तह विनाशका कारणचाहिँ केवल छ हाराहारीमा मानिसहरू मात्रै वर्षेनि मर्ने गरेका रहेछन् ।
यसरी हेर्दा विगत लामो समयदेखि वायु प्रदूषणसँगै हामीलाई जलवायु परिवर्तनका कारणले पनि अनेक प्राकृतिक विपत्तिहरूले गाँज्ने गरेको छ । त्यसो त धेरै पहिलेदेखि विश्व जलवायु परिवर्तन र त्यसका कारण हुने वायु प्रदूषणका सम्बन्धमा खोज, अनुसन्धान र विभिन्न काम गर्दै आएका वैज्ञानिक तथा विज्ञको भनाइलाई अटेर गर्दा पनि (खास गरी विकसित देशका सरकार प्रमुखहरूले) विश्वभरि नै अहिले आएर लगाताररूपमा असामान्य ढंगले जलवायु परिवर्तन हुँदै गएको परिस्थिति हो । सोही कारण विश्वका विभिन्न देशमा बेमौसममा पनि अचानक मौसम परिवर्तन हुने, हिमपहिरो आउने, हिमताल फुट्ने, अतिवृष्टि र अनावृष्टि हुने, मुसलधारे वर्षा हुने, बेमौसममा ठूलो पानी पर्ने, अकस्मात चट्याङ्सहितको पानी पर्ने, मेघगर्जने, हावाहुरी चल्ने, बाढी–पहिरो आउने, समुन्द्री आँधी आउने, वन–जंगलमा डँढेलो लाग्ने, दर्के पानी पर्ने, असिना वर्षर्ने, मुसलधारे वर्षा हुने, हिमपात हुने, आँधीबेहरी आउने, हिऊँ पग्लिने, हावा–हुन्डरी चल्ने, समुन्द्रमा पानीको सतह बढ्ने क्रम छिटो गतिमा बढ्दै छ । फलतः कतिपय समुन्द्री किनारमा रहेका स–साना टापु देशहरूका साथै विश्वका ठूला–ठूला सहरहरू डुब्ने जोखिममा रहेका छन् ।
हुन पनि केही वर्षअघि विश्व स्वास्थ्य संगठन/वर्ल्ड हेल्थ अर्गनाईजेसन (डब्लुएचओ)ले प्रकाशित गरेको वायु प्रदूषणसम्बन्धी एक अध्ययन प्रतिवेदनअनुसार वायु प्रदूषणका कारण विश्वका विभिन्न देशमा वर्षेनि ७० लाख मानिसले अल्पायुमै आफ्नो अमूल्य जीवन गुमाउँछन् । वायु प्रदूषणका प्रमुख कारण औद्योगिक उत्पादन, उद्योग–धन्दा र कलकारखाना भए पनि जलवायु र मौसम परिवर्तनलाई पनि अर्को प्रमुख कारण मान्न गरिन्छ । विज्ञहरूका अनुसार गत वर्ष नेपालको राजधानी काठमाडौं विश्वकै ५० प्रदूषित सहरमध्ये पहिलो नम्बरमा रहेको थियो । सो सम्बन्धमा वातावरणविद् डा= माधव अधिकारीले ‘नेपाल समाचारपत्र दैनिक’मा एक लेख लेख्दै जनाएअनुसार ‘वायुको गुणस्तर सूचाङ्क (एक्युआई) काठमाडौंको रत्नपार्कमा तीन सय ७१, ललितपुरको भैँसेपाटीमा तीन सय २९ र भक्तपुरमा दुई सय १६, चितवनको सौराहामा दुई सय १० अंक रहेको थियो ।’ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार वायुको गुणस्तर सूचाङ्क (एक्युआई) ३५ भन्दा कमलाई राम्रो मानिन्छ । त्यस्तै, ५१ देखि एक सयसम्म सामान्य हो भने, दुई सयभन्दामाथि अस्वस्थ्यकर हो । त्यस्तै, तीन सय एकभन्दामाथि घातक हो । यसरी हेर्दा नेपालको सहरी क्षेत्रमा जुनजुन ठाऊँमा वायुको गुणस्तर सूचाङ्क (एक्युआई) मापन गरिएको थियो । ती सबै ठाऊँमा वायुको गुणस्तर सूचाङ्क (एक्युआई) बढी र अत्यधिक घातक रहेको थियो ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- वायु प्रदूषणको अर्काे कारक
- सम्पत्ति विवरण नलुकाऊ
- ‘समाजका धर्म, संस्कृतिको संरक्षण गर्न छठपर्व महत्वपूर्ण’
- मुख्यमन्त्री कार्कीद्वारा छठ पर्वको शुभकामना
- ‘शिक्षा र स्वास्थ्यको गुणस्तरमा सरकारले कुनै सम्झौता गर्दैन’
- करिब ७२ अर्बका आयोजनाहरूको तयारी फास्टट्र्याकमा गरिने
- खाद्यद्वारा चामल उत्पादन सुरु
- स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया