महिला खेलाडीको सफलतामा बजेटको अभाव
काठमाडौं । नेपालमा खेलकुदको इतिहास लामो छ । तर यस क्षेत्रको विकास र प्रगतिमा बजेटको अभाव सधैँ एक चुनौती बनेको छ । यसमा पनि भन्ने नै हो भने विशेषगरी महिला खेलाडीहरूको सन्दर्भमा यो समस्या अझै गहिरो छ । उनीहरूको प्रतिभा, परिश्रम र समर्पणले देशलाई अन्तर्राष्ट्रियस्तरमा गर्व गर्न लायक बनाएको छ । गत कार्तिक २८ गते बलियो प्रतिद्वन्द्वी युएईविरुद्ध ८ विकेटको सानदार जित निकाल्दै नेपाली महिला क्रिकेट टोली पहिलो पटक यु–१९ महिला विश्वकपमा छनोट भएको थियो । जुन भएको छैटौँ तथा निर्णायक खेलमा नेपालले तेस्रो खेलमा १३ रनले हराएको युएईसँग बदला लिँदै विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो । यससँगै नेपाल सन् २०२५ को जनवरी–फेबु्रअरीमा मलेसियामा हुने आईसीसी यु–१९ टी–२० महिला विश्वकपमा सहभागी हुनेछ । यसर्थ एसियाको छनोटअन्तर्गत आयोजक युएईसहित थाइल्यान्ड, कुवेत र नेपाल गरी चार टोलीमध्ये अंकतालिकामा शीर्ष स्थानमा रहने टोलीले विश्वकप खेल्न पाउने प्रावधान छ । त्यसअनुसार नेपाल र युएईले समान पाँच जितमा समान १० अंक जोडे पनि नेपाल रनरेटका आधारमा छनोट भएको हो । नेपालको रनरेट तीन दशमलव नौ रह्यो भने युएईको तीन दशमलव सात मात्रै रहेको छ । तर आवश्यक स्रोतसाधन र आर्थिक सहयोगको कमीले उनीहरूको प्रगति रोकिएको छ । यो अर्थमा भन्ने नै हो भने पनि महिला खेलाडीहरूलाई पर्न जाने आर्थिक चुनौती, यसका कारण र समाधानका उपायबारे चर्चा तथा परिचर्चा विभिन्न समय भएको पाइन्छ ।
हाम्रो देशमा महिला खेलाडीहरूले विभिन्न खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । जसमा भन्ने नै हो भने तेक्वान्दो, भारोत्तोलन, फुटबल, क्रिकेट, एथेलेटिक्स, बक्सिङ, आदिलगायतका क्षेत्रहरूमा नेपाली महिला खेलाडीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पदक जित्दै देशको नाम उज्यालो पारेका छन् । उदाहरणका लागि तेक्वान्दोकी दीपा मगर, भारोत्तोलनकी कमला श्रेष्ठ तथा क्रिकेटकी रुविना क्षेत्रीले आफ्नो उत्कृष्ट प्रदर्शनले नेपाली खेलकुदको इतिहासमा महत्वपूर्ण योगदान पु¥याएका छन् । तर यी खेलाडीहरूको व्यक्तिगत संघर्ष र सफलताको कथा हेर्दा स्पष्ट हुन्छ कि उनीहरूको सफलता केवल उनीहरूको मेहनतको परिणाम पनि हो । त्यस्तैगरी, नेपाली महिला खेलाडीहरूले भलिबल, क्रिकेट, एथलेटिक्स र मार्सल आर्टजस्ता खेलहरूमा अवरोधहरू तोड्दै उल्लेखनीय क्षमता देखाएका छन् । उनीहरूका उपलब्धिहरूको बाबजुद, नेपालमा महिला खेलकुदहरू पुरुष समकक्षहरूको तुलनामा निक्कै कम वित्तीय छन् । यो असमानता सबपार प्रशिक्षण सुविधाहरू, अपर्याप्त कोचिङ, एक्सपोजरको कमी र न्यूनतम प्रोत्साहनहरूमा प्रकट हुन्छ ।
यसरी पछिल्लो समय फुटबलमा सावित्रा भण्डारी र ट्रेल दौडमा मिरा राईजस्ता खेलाडीले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भएका छन् । तिनीहरूका कथाहरू प्रेरणादायी छन् । तर तिनीहरू प्रणालीगत बेवास्ता र आर्थिक अवरोधहरूको कारणले अप्रयुक्त रहन सक्ने सम्भाव्यताको कडा अनुस्मारक पनि हुन् । तर राज्यले पर्याप्त सहयोग गरेको भने देखिँदैन । यसमा पनि भन्ने नै हो भने आर्थिक सहयोगको अभावमा खेलकुद सामग्री, उचित प्रशिक्षण तथा प्रतिस्पर्धाका लागि अन्तर्राष्ट्रिय यात्रामा चुनौतीहरू झेल्नु परिरहेको छ । वस्तुतः मुलुकको बजेटमा शिक्षा, स्वास्थ्य तथा पूर्वाधारजस्ता क्षेत्रमा बढी प्राथमिकता दिइन्छ । तर खेलकुदलाई सधैं दोस्रो दर्जाको रूपमा या क्षेत्रमा हेरिइन्छ । यसमा पनि विशेषगरी महिला खेलकुदलाई प्राथमिकता दिन अझै थालिएको छैन । यसको साथसाथै नेपाली समाजमा खेलकुदलाई महिलाहरूको लागि उपयुक्त क्षेत्र मानिँदैन । यो लैङ्गिक सोचले महिला खेलाडीहरूको लागि बजेट विनियोजन गर्ने प्रक्रिया नै प्रभावित बनाएको छ । यसैक्रममा भन्ने नै हो भने खेलकुद नीति निर्माणमा दीर्घकालीन सोचको कमी छ । जुन तरिकाले नीति बनाए पनि यसको प्रभावकारी कार्यान्वयनको अभाव छ । यसमा पनि महिला खेलाडीहरूका लागि छुट्टै बजेट, प्रशिक्षण केन्द्र तथा सुविधाहरू निर्माण गर्ने योजना प्रभावकारीरूपमा अघि बढ्न सकेको छैन ।
यसमा बजेटलाई अवलोकन गर्ने हो भने कुल बजेटको शून्य दशमलव पाँच प्रतिशत अर्थात् सबैभन्दा कम बजेट युवा तथा खेलकुद मन्त्रालयको रहेको सम्बन्धित क्षेत्रले जनाएको छ । यस मन्त्रालयमा हाल जम्माजम्मी साढे तीन अर्ब बजेट छ । त्योभन्दा धेरै नगरपालिकामै बजेट हुन्छ । यस मन्त्रालयमा कुल बजेटको कम्तीमा एक प्रतिशत बजेट पु¥याउन सके खेलकुद क्षेत्रमा अझै काम गर्न सकिने सम्बन्धित निकायले बताएको छ । यसर्थ, राष्ट्रमा खेलकुदलाई प्रायोजकको माध्यमबाट आर्थिक सहयोग जुटाउन थोरै मात्र पहल भएको छ । जसमा महिला खेलाडीहरूको प्रतियोगिता र अभ्यासलाई प्रायोजकहरू आकर्षित गर्न नसक्दा आर्थिक सहयोग अभाव भइरहन्छ । जसलेगर्दा बजेटको अभावले महिला खेलाडीहरूको व्यक्तिगत र पेशागत जीवनमा गहिरो प्रभाव पार्छ । जसमा भन्ने हो भने कतिपय महिलाहरू विदेश पलायन हुन बाध्य भएका छन् । त्यसरी नै प्रशिक्षण र सुविधाको अभावमा धेरै महिला खेलाडीहरूले आफ्नो खेल जीवनलाई निरन्तरता दिन सक्दैनन् । यसमा कतिपय महिला खेलाडीले खेलकुदलाई नै त्याग्नुपर्ने स्थिति आउँछ ।
मुुलुकले सुरुसुरुका खेलमा राम्रो प्रदर्शन गरे पनि निर्णायक खेलमा भने नेपाल चुक्दै आएको देखिन्छ । यसलाई समेत मध्यनजर गर्दै खेलाडीले विपक्षीप्रति सधैँ आक्रामक शैलीलाई अवलम्बन गर्नुपर्ने देखिन्छ । यसर्थ, देशका खेलाडीहरूमा एकै प्रकारको शैली–भाव देखिँदैन । त्यसैले खेल व्यवस्थापक तथा कोचले पनि यसतर्फ आफ्ना खेलाडीलाई सचेत गराउनुपर्ने देखिन्छ । जे होस्, नेपाली महिलाले फुटबलमा होस् वा क्रिकेटमा पुरुषको तुलनामा बढी सफलता प्राप्त गर्दै गएको देखिन्छ । यसलाई अक्षुण्ण राख्न नेपाली महिला खेलाडीहरूले आफूलाई अब्बल साबित गर्दै अघि बढ्नुको विकल्प देखिँदैन । अतः नेपाली महिला क्रिकेट खेलाडीको हौसला बढाउन नेपाल र नेपाली एक ठाउँमा उभिएर सफलताको कामना गर्न सक्नुपर्छ । जुन पुरुष र महिला खेलकुदबीचको रकममा असमानता विश्वव्यापी समस्या हो । यसमा भन्ने नै हो भने नेपाल पनि यसको अपवाद छैन । जसरी पुरुष खेलकुद, विशेष गरी क्रिकेट र फुटबलले प्रायः सरकारी विनियोजन, कर्पोरेट प्रायोजन र अन्तर्राष्ट्रिय महासंघहरूलगायत विभिन्न स्रोतहरूबाट पर्याप्त आर्थिक सहयोग प्राप्त गर्दा, महिला खेलकुदहरूले यी स्रोतहरूको एक अंश सुरक्षित गर्न संघर्ष गर्छन् । यसमा नेपाल सरकारको खेलकुद बजेटको एक महत्वपूर्ण भाग पूर्वाधारको विकास र प्रमुख खेलकुद घटनाहरूको संगठनमा छुट्याइन्छ । जसले प्रायः पुरुष खेलहरूलाई प्राथमिकता दिन्छ । फलस्वरूप, तालिम, कोचिङ र सहभागिताका अवसरहरूलगायत महिला खेलकुद कार्यक्रमहरू प्रायः कम रकम वा पूरै उपेक्षित हुन्छन् ।
समग्रमा भन्नुपर्दा नेपाली महिला खेलकुदको सफलतामा बजेट र आर्थिक सहयोगको अभाव प्रमुख बाधक पनि हो । यस मुद्दालाई सम्बोधन गर्नको लागि बजेट विनियोजन, सार्वजनिक–निजी साझेदारी, परिष्कृत तल्लो तहका कार्यक्रमहरू, सचेतना अभिवृद्धि र अन्तर्राष्ट्रिय सहकार्यलगायत बहुपक्षीय दृष्टिकोण आवश्यक छ । मूलतः नेपाली महिला खेलाडीहरूले आफ्नो प्रतिभा र मेहेनतबाट देशलाई गौरवान्वित बनाएका छन् । यद्यपि, बजेटको अभावले उनीहरूको यात्रा कठिन बनाएको छ । राज्य र समाजले महिला खेलाडीहरूलाई आवश्यक आर्थिक, भौतिक र मनोवैज्ञानिक सहयोग प्रदान गर्न सके मात्र उनीहरूको क्षमता पूर्णरूपमा फुल्न सक्छ । जसमा समर्पण र सम्भावनाको सम्मान गर्दै उनीहरूलाई साथ दिने जिम्मेवारी राज्य, समाज र प्रत्येक नागरिकको हो । यसमा केवल बजेटको अभाव हटाएर मात्र होइन, सम्मान र समानताको वातावरण सिर्जना गरेर नेपाली महिला खेलाडीहरूको सफलता सुनिश्चित गर्न सकिन्छ । यसको साथसाथै महिला खेलकुदमा लगानी गरेर देशले आफ्ना प्रतिभाशाली खेलाडीहरूको पूर्ण क्षमतालाई उजागर गर्न र विश्वव्यापी मञ्चमा ठूलो सफलता हासिल गर्न सक्छ । जबकि खेलकुदमा लैङ्गिक समानता हासिल गर्ने यात्रा चुनौतीपूर्ण छ । तर सही सहयोग र स्रोतसाधनले नेपाली महिला खेलाडीहरूले आफ्नो छाप कायम राख्न र भावी पुस्तालाई प्रेरणा दिन सक्छन् । यसमा सरकार, खेलकुद संस्था र समाज एकजुट भएर नेपालमा महिला खेलकुदको विकासलाई प्राथमिकता दिनुपर्ने बेला आएको छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- एनपिएल: सुदूरपश्चिम टोलीलाई नेपाल टेलिकमद्वारा प्रायोजन
- शान्ति प्रक्रिया टुङ्ग्याएर नेपालबाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौँ: अध्यक्ष दाहाल
- दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालतमा पेस
- भारतसँग व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह
- मापदण्डविपरीत गरेका कर्मचारी सरुवा सच्याउन निर्देशन
- विष्णुमती कोरिडोरको टहरामा राखिएका ८२ पसल हटाइयो
- महिला खेलाडीको सफलतामा बजेटको अभाव
- भूगर्भमै सीमित बागलुङका तामा खानी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया