अनलाइनमैत्री वित्तीय सेवा
प्रदीप उप्रेती
वर्तमान प्रतिस्पर्धी युगमा हरेक नागरिक समुदायको चाहना भनेको सर्वसुलभताका साथै चुस्तदुरुस्त वित्तीय सेवाको अपेक्षा नै हो । किनकि पुरातन हस्तलिखित विधिबाट एक्काइसौँ शताब्दीको आधुनिक विज्ञानमैत्री अवधारणालाई व्यवहारमा उतार्न निकै नै चुनौतीपूर्ण एवं जोखिमले भरिएको कार्य हो । जसको अभावमा समयको मागअनुसारको सेवा प्रदायो विकास एवं विस्तारमा कठिनाइ उत्पन्न हुनेछ ।
उक्त लक्ष्य प्राप्तिका लागि हरेक सेवा प्रदायले आ–आफ्नो समूहलाई आधुनिक विज्ञानमैत्री प्रविधिको विस्तारलाई कार्यक्षेत्रमा अपनाउनुपर्ने हुन्छ । अन्यथा सेवाभावयुक्त व्यवहारमा कमी आई वित्तीय व्यापार अभिवृद्धिको क्षेत्रमा ऋणात्मकता मात्र हात लाग्ने देखिन्छ । जुन अनलाइन सेवा प्रणालीको सम्बद्र्धन, प्रवद्र्धन तथा विस्तारबाट मात्र सम्भव रहन्छ । तदुपरान्त आफ्नो कार्ययोजनाभित्र अनलाइन सेवामैत्री प्रणालिको विकासलाई समाहित गर्दै समयको मागअनुसारको सेवा समूहको रूपमा रूपान्तरण गर्न सहज वातावरण तयार हुने देखिन्छ ।
प्रस्तुत सेवा प्रणालीको मुख्य उद्देश्य भनेको न्यून समूहमा रहन आउने कर्मचारीको व्यवस्थापनबाटै अधिक लाभ एवं मुनाफा हासिल गर्न सकिने अवस्था पैदा गर्नु हो । साथै यस प्रविधिमा आबद्ध रहने हरेक समुदाय विशेषशले दैनिक प्रयोगमा आउने धारा, बत्ती, पानी, टेलिफोन आदिजस्ता सेवाको मासिक शुल्क भुक्तानीको लागि सम्बद्ध कार्यालयको प्रांगणमा आफ्नो भौतिक समुपस्थिति नै नजनाई यस सेवामार्फत कार्य सुचारु गर्दै सम्पन्नताको सम्भावना रहेको पाइन्छ । यसका अतिरिक्त वित्तीय क्षेत्रद्वारा सञ्चालन गरिने स्वचालित नगद स्थान्तान्तरण प्रणालीले ग्राहक र वित्तीय समूहबीच सेतुको कार्य गर्दै सहयोगीको भूमिका निभाउन कोशेढुंगा साबित हुने देखिन्छ । नगद जोखिमको उच्च सम्भावनालाई क्रमशः शून्य प्रतिशतमा झार्दै नगदरहित वित्तीय समूहको अवधारणालाई नयाँ उचाइमा पु¥याउन यसप्रकारका सेवा समूह जनहितकारी माध्यम बन्न सक्नेछन् ।
त्यसो भएको हुँदा सेवा सञ्चालन स्वतन्त्रताको अभिवृद्धि गराई वित्तीय पारदर्शिताको दरमा विश्वासमय वातावरण कायम गर्ने चेष्ठा गरिएको पाइन्छ । परिणामतः सेवा सुविधाको क्षेत्रमा नौलोपनको अनुभूति दिलाई अन्योन्याश्रित सम्बन्ध विस्तार एवं न्यून मुनाफामा अत्यधिक ग्राहक समर्पित सेवाभावयुक्त कार्यले गति प्रदान गर्नेछ । उपरोक्त कार्यको विकासले बैंकिङसेवा पद्धतिमा मोबाइल फोनको माध्यमद्वारा ग्राहकको घर—घर र खल्ती–खल्तीमा रहेको कारण वित्तीय कारोबारको ताजा स्थिति हरपल विश्वासी ग्राहक महानुभावलाई सहजरूपमा प्राप्त हुनेछ ।
यसप्रकारका कार्यको विकासले ग्राहक ठगिने प्रवृत्तिमा न्यूनता आई आर्थिक कारोबारको सिलसिलामा घण्टौँसम्म लाइन बस्ने प्रवृत्तिमा सुधार आई अमूल्य समयको बचतमा मितव्ययी बन्न सकिने आधार बिन्दु तयार हुने देखिन्छ । तर यस पद्धतिलाई अपनाउँदा सुरक्षा संवेदनशीलताको मूल्य एवं मान्यताअनुसार आफ्नै वाइफाइको प्रयोगमा मात्र विशेष जोड दिनुपर्ने हुन्छ । विपरीत अवस्था पैदा भए वित्तीय ह्याकरको संलग्नता बढ्न गई रकमको चोरी तथा दुरूपयोग हुने सम्भावनालाई पनि नजरअन्दाज गर्न मिल्दैन ।
यही त्यो कारक तत्व हो, जसका कारण पब्लिक वाइफाइ प्रयोगमा वित्तीय काराबवार कुनै पनि हालतमा नगर्ने भन्ने नै हो । जसको प्रत्यक्ष लाभ भन्नु नै ग्राहकको वित्तीय बजेटअनुसारको कार्यले मात्र प्राथमिकता पाउने हुँदा अन्य पक्षबाट रकमको दुरूपयोग हुने सम्भावना लगभग शून्यप्राय अवस्थामा रहनेछ । यसप्रकारका सेवाप्रदाय न्यून शुल्कबाट प्रायोजित गरीने हुँदा सेवा विशुद्ध सेवामुखी भावनाले अभिप्रेरित भएको पाइन्छ । जसका बाबजुद् पनि समय—समयमा आवश्यकताअनुकूल चालू अवस्थामा रहेको पासवर्ड तथा पिनलाई परिवर्तन गर्ने रणनीतिलाई अख्तियार गर्नुपर्ने हुन्छ ।
प्रयोगमा ल्याउने पासवर्डहरू गोप्य राख्नुको अलावा अप्ठारो पासवर्डको अंक र अक्षरमा राख्नु सुरक्षाका दृष्टिकोणबाट राम्रो मान्न सकिन्छ । साथै सम्भव भएसम्म आफ्नो दैनिक हरहिसाबलाई निगरानी बढाउनु यस सेवाको राम्रो तथा भरपर्दो पक्ष हो । उपयुक्त व्यवहारका कारण कागजविहीन वित्तीय सेवा प्रणालीको अवधारणाले वास्तवमै मूर्तरूप धारण गर्नसक्ने बलियो सम्भावना रहन्छ ।
अतः अनलाइन प्रविधिको अवधारणा केवल वित्तीय क्षेत्रमा मात्र सीमित नराखी आर्थिक विकासका हरेक क्षेत्रमा साझेदारीको रूपमा समाहित गर्नुपर्ने हुन्छ । उक्त समूह मुलुकको राष्ट्रियधारको सहयात्री समेत भएको हुँदा सम्बद्ध समूहलाई कुनै पनि हालतमा आर्थिक विकासको क्षेत्रमा पृथक राख्न मिल्दैन । किनकि हरेक आर्थिक कारोबारलाई पारदर्शी अनलाइन सेवा प्रविधिको विस्तारमा आबद्ध गराउनु नै अनलाइनमैत्री सेवालाई विस्तृतीकरण गर्नुसरहको अवस्था हो ।
यसप्रकारका सुविधा व्यक्ति विशेषले मात्र प्राप्त गर्ने नभई व्यापारिक प्रतिष्ठानले पनि भरपुर फाइदा लिन सक्ने देखिन्छ । किनकि सेवाहरू व्यापारिक समूह तथा औद्योगिक प्रतिष्ठानले पनि अपनाउन सक्ने तथ्यलाई अन्यथा लिन मिल्दैन । व्यक्तिसरहको व्यवहार व्यापरिक समूहमा पनि लागू हुने हुँदा कुनै प्रकारका तात्विक विभेद सेवा प्रदाय समूहबाट हुनेछैन भन्ने कुराको ग्यारेण्टी नै विश्वासको महत्वपूर्ण कडी हो । जसले व्यापार अभिवृद्धिको क्षेत्रमा सहयोगीको भूमिका निर्वाह गर्दै आएको छ । सुविधा पहुचको क्षमता यति धेरै मात्रामा विकास भई सकेको छ कि, खाता सञ्चालनका लागि आवश्यक पर्ने हरेक तथ्य प्रमाणसमेत घरमा नै बसेर अनलाइन प्रविधिको प्रयोगमार्फत उपलब्ध गर्न गराउन सकिने अवस्था तयार भएको पाइन्छ ।
अतः अनावश्यक खर्च कटौतीको सम्भावना सम्बद्ध क्षेत्रका कर्मचारीको दक्षताको आधारमा निक्र्योल गरिनेछ । जसका कारण गुणस्तरीय सुधारका अतिरिक्त सीमित सेवाबाट अत्यधिक लाभ हासिल गर्न सकिने वातावरणको विकासलाई अनलाइन सेवा प्रदायले आत्मसात् गर्दै अझै धेरै सुधारको अपेक्षाका लागि लालायित रहँदै ग्राहकमुखी सेवा विस्तारको क्षेत्रमा क्रमशः अगाडि बढ्दै गएको वर्तमान अवस्था हो । जसलाई अग्रगामी परिवर्तनको परीसूचकको रूपमा लिँदै आफ्नो सेवा प्रदायमा समाहित गर्दै, ग्राहकको मन जित्न सफल भई वित्तीय साख उँचो राख्न कुनै किसिमको कसर बाँकी राख्नु हुँदैन भन्ने मान्यतामा आधारित रहँदै आएको पाइन्छ ।
साथै कम्युटर प्रविधिलाई सधैँ नै चुस्तदुरुस्त राख्ने क्षमता नै सुरक्षित वित्तीय एवं विश्वसनीयताको आधारभूमि समेत भएको हुँदा क्षमता तथा दक्षता अभिवृद्धिको क्षेत्रमा भिन्नै पहिचान बनाउन यसप्रकारका सेवा प्रदाय पूर्णरूपले सफल रहेका छन् भन्दा फरक नपर्ला । त्यसो भएकोले खाता प्रयोग गर्दा सधैँ सुरक्षित तवरले गर्नुपर्ने हुन्छ । जसको मुख्य उद्देश्य भनेको कोरोना कहरको वर्तमान भयावह अवस्थामा समेत मानवीय भौतिक दूरीलाई क्रमशः न्यूनीकरण गर्दै आधुनिक अनलाइन सेवाका माध्यमबाट वित्तीय प्रणाली सञ्चालन गर्दै नगदरहित सेवा विस्तारको क्षेत्रमा ठूलो फड्को मार्न सकिनेछ भन्ने विश्वासको आधारमा कार्य क्षेत्रलाई मुलुकभर विस्तार गरेको वर्तमान अवस्था हो ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- पराष्ट्रमन्त्री राणा चीनमा, ओलीको भ्रमणमा बीआरआई कार्यान्वयनसम्बन्धी सम्झौता हुने सम्भावना कति ?
- प्रधानमन्त्रीद्वारा बुद्धका शिक्षाको प्रचारक भएर समाजमा प्रस्तुत हुन आग्रह
- निर्वाचन आयोगले सोध्यो ६ जना उम्मेदवारलाई स्पष्टीकरण
- लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त समारोह
- प्रहरी (असई)द्वारा आफैंमाथि गोली प्रहार !
- रामेछापमा फोर्स गाडी दुर्घटना, पाँच जनाको मृत्यु
- दुर्गा प्रसाईँलाई थप ५ दिन म्याद थप गर्न अदालतले दियो अनुमति
- कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छ: अर्थमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया