त्यतिबेलाको, ठमेल, झोंछे र गाँजा
रामहरि थापा
नेपालमा टुरिजमको लागि भनेर पहिलो होटल रसियन नागरिक बोरिसले कान्तिपथमा खोलेको ‘द रोयल होटल’ होटल हाल निर्वाचन आयोगको अफिस रहेको ठाउँ हो । रेष्टुरेन्टचाहिँ बोरिसले बानेश्वरमा चिम्नी रेष्टुरेन्ट खोले । हाल त्यो रेष्टुरेन्ट दरबारमार्गमा जेके सराफले खोलेको होटल ‘याक एण्ड यती होटल’ भित्र छ । मरुहिटी एरियामा टुरिस्टलाई लक्षित गरेर पहिलो होटल क्यन होटल खोलेर व्यापार व्यवसाय सुरु गरेको देखिन्छ ।
त्यतिबेलादेखि नै मरुगणेश नजिक व्यनपार व्यवसाय गर्दै आउने एक वृद्ध व्यक्तिले भनेअनुसार एक इण्डियन नागरिक मरुहिटी नजिकै आएर एक घरमा ह्यासीस सेन्टर खोलेर व्यापार सुर गर्न थाले । त्यतिबेला ह्यासीस बेच्न फ्री थियो । ह्यासीसले गर्दा त्यो ठाउँ टुरिस्ट हब बन्न गयो । किनकि त्यो इण्डियनको वल्डवाइड सम्बन्धले गर्दा त्यो ठाउँ छिटै नै साँघुरो महसुस भयो । त्यसपछि त्यो एरियाको विकास हुनथाल्यो । पछि घरबेटीहरूले बहाल महँगो गर्न थालेपछि त्यो इण्डियन नागरिक मरुहिटी छाडेर त्यसपछि झोंछेमा गएर त्यही व्यापार सुरु गर्न थाल्यो । मरुहिटी यरिया सानो भएकोले अरु व्यापारीहरू पनि बिस्तारै–बिस्तारै झोंछे सर्न थाले ।
झोंछेमा पहिलो जीशी लज र ह्यासीस सेन्टरहरू, रेष्टुरेन्टहरू धमाधम खोल्न थाले बसन्तपुर डबलिको पूर्वपटि गाँजा चरेस पाइन्छ । इडन होटल र इडन ह्यासीस सेन्टरमा उत्कृष्ट यहाँ पाइन्छ भनेर ठूल्ठुला बोड राखेर ह्यासीस बेच्नलाई सरकारले लाइसन दिएर व्यापार व्यवसाय गर्न पाइन्थ्यो । व्यापार हुन थालेपछि टुरिस्टको आवागमन बढ्न थालेपछि वरिपरिका आवासका घरहरू धेरैजसो पाँचदेखि १५ रुमका लज, होटल खुल्न थाल्यो त्यसपछि टुरिस्टहरूले झोंक्षेको नाम फ्रिक इस्ट्रिट राखे । त्यसपछि त्यहाँका होटल, लज, रेष्टुरेन्ट बाटाघाटामा पनि फ्री ह्यसीस खाएर नसामा चुर भएर टुरिस्टहरू हिँडडुल गर्न थाले ।
इस १९६८ मा पहिलो पटक ठमेलमा टुरिस्टको लागि भनेर सात रुमको काठमाडौँ गेस्ट हाउसको सुरुवात भयो भने ठमेलमा पहिलो उड्से रष्टुरेन्ट खोलियो त्यसपछि नेपालमा इसं १९७१ तिर इण्डियाको एक फिल्म कम्पनीले नेपालको सिनेरीमा एउटा फिल्म बनायो त्यो फिल्मको नाम थियो हरे राम हरे कृष्ण यसको गीतको बोल थियो डम्मरु दम मितुजाय हम बोलो सिव स्याम हरेकृष्ण हरेराम । यो फिल्म रिलिज भएपछि विश्वभर प्रचारप्रसार हुनपुग्यो यस्ता गीतहरू अरु विदेशीहरूले पनि धेरै गाएका छन् । जस्तै, क्याट स्टिभेन्सको गाना (कठमाडौँ), बब सेगरको गीत बोल (काठमाडौँ) एफडी कोलाबा मालले ईसं, १९७४ मा हिपी धर्म नामक फ्रिक इस्ट्रीट र हिप्पीको समसामयिक विषयलाई लिएर एक पुस्तक लेखेका हुन् ।
राजा महेन्द्र सारै दूरदर्शी र जनप्रिय र जनहितकारी जनतालाई जमीनको मालिक बनाउने आफू गरिब भए पनि जनता धनी होस् भनेर मान्ने, जनतालाई झिटीगुन्टाको व्यापार खोलिदिएका थिए भने नेपालको खालि जग्गामा जुनसुकै ठाउँमा बिनामिहिनेत राम्रो उत्पादन हुने घरेलु औषधि गागाको तेल, कपडा, जुत्ता, प्रयोग गर्दा छालाको रोग लाग्दैन सानो बेलामा बच्चाहरू सुतेन भने गाँजाको जाति र छोगडा घोटेर खुवाएपछि आरामले सुत्ने र बच्चा राम्रो र हेल्दी हुन्छ । यसले धेरै किसिमको रोगहरूको उपचार हुन्छ । मार्केटमा फ्री बेचबिखन गर्न पाएको भए जनता त्यतिबेला नै देश र जनता समृद्धि भैसकेको हुन्थे । राजा महेन्द्र पञ्चायती सरकारलाई त्यतिबेला हिप्पीहरूलाई स्वागत गर्नु ठूलो बुद्धिमानी मानिन्छ ।
सन् १९६८ को फ्रानसेली क्रान्तिले मोह भङ्क भएका विद्वान, कवि, कलाकार, धनी सबै प्रकारका विश्वभरका मानिसहरू हिप्पी भएर विभिन्न देश घुम्दै गोहाबाट क्याराभेन भेन डवलडेकर बसहरू लिएर नेपालमा आगमन हुन थाल्यो । व्यापक टुरिस्टहरू आउन थालेपछि झोंक्षेमा व्यापक विकृति हुनथाल्यो । त्यो इण्डियन नागरिक झाेंछे छोडेर पोखरा लेकसाइड पुग्यो । त्यहाँ पनि उसले राम्रो व्यापार गर्न थाल्यो । त्यतिबेला डबल डेकर बस क्याराभेन, भेन, बस लिएर आउनेहरू बसन्तपुरतिरको होटेल वा ठमेलतिरको होटल, होटल टुक्चेपीमा डबल डेकर बस र क्याराभेन भेन पार्किङ हुने गथ्र्यो ।
त्यतिबेला ल्याएका गाडीहरू धेरैजसो यहीँ नै बेचेर जाने गर्थे । त्यस्ता गाडीहरू बनेपा, भक्तपुर ठिमीका व्यापारीहरूले किन्ने गर्दथे । झोंछेको समस्या भनेको बाटो साना–साना गल्ली, होटलको लागि पर्याप्त जग्गा नहुनु, भाइ–भाइमा मेल नहुनु, विकृति चुलिनु थियो । रक्सी खाएर विदेशी मातिएर झ्यालबाट फरालेर आत्महत्या गर्ने । साथीभाइ मिलेर रुफटप रेष्टुराँमा खाएर झगडा गरेर साथीलाई मारेर छतबाट बाटामा फालिदिने । चालसोभराज कुख्यात अपराधी नेपालको एरपोटबाट हात्ती छिराइदिन्छु भन्थ्यो ।
एक दिन फ्रिक इस्टीटको एउटा होटलमा गलफ्रेन्ड लिएर चालसोभराज बस्दै आएको थियो । एक दिन उसले गर्लफ्रेन्डलाई मारेर बोरामा प्यक गरेर त्यतिबेला सुनसान बाटो मनहराको पुलमुनि लगेर फालेर नेपालबाट भाग्न सफल व्यक्ति । विश्वका धेरै जेलहरू तोड्न सफल इण्डियाको तिहार जेलसमेत तोड्न सफल व्यक्ति । धेरै पासपोट धेरै नाम भएकाले कालले कुतकुत्यायर नेपालमा नाम परिवर्तन गरेर छिरेको रहेछ ।
नेपाल प्रहरिले समाएर अदालतमा बुझाइदियो । हाल जन्मकैद सुनाएर नेपाल जेलमा थुनामा छ । यस्ता गतिविधिले गर्दा विसं २०५१ तिर झोंक्षेबाट टुरिस्टहरू ठमेलतिर जान थाले । त्यसपछि पोखरा लेकसाइड पुगेको इण्डियन ह्यासीस व्यापारी फेरि ठमेलमा व्यपार गर्न आइपुग्यो ।युथहरू बिग्रिन लाग्यो भनेर विदेशी शक्ति र अमेरिकाले राजा महेन्द्रलाई अनुरोध गर्न थाले । त्यसपछि राजाले वीरेन्द्रको राज्यभिषेक पारेर गाँजा सन् २०३१ सालमा प्रतिबन्ध लगाइयो । त्यसपछि एक विदेशी कवि आइरा कोइनले गाँजा प्रतिबन्ध लगाएपछि शिवजी रिसाएर सिंहदरबार आगो लागेको भनेर कविता नै लेखेका थिए ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया