नेपालमा नयाँ व्यावसायिक योजनाको आवश्यकता, पहिचान तथा छनौट
गम्भीर बहादुर हाडा
सामान्यतः मुनाफा आर्जन गर्ने उद्देश्यबाट सञ्चालित सामाजिक रुपमा स्वीकार्य र वैध आर्थिक क्रियाकलापलाई ‘व्यवसाय’ भनिन्छ । व्यवसायको प्रमुख लक्ष्य समाजमा बस्ने मानिसहरुको असीमित आवश्यकताहरुको पूर्ति गर्नु हो । त्यसैले उद्योग, व्यापार र वाणिज्य सेवाहरुद्वारा वस्तु तथा सेवाहरुको महत्व सृजना गरी अन्तिम उपभोक्ताहरुको आवश्कयता पूरा गर्नुपर्दछ । यसरी व्यवसायको सम्बन्ध वस्तु तथा सेवाहरुको उत्पादन, वितरण र विनिमयसँग रहेको पाइन्छ । व्यवसाय नाफाद्वारा प्रेरित आर्थिक क्रियाकलाप भए पनि यसमा सधैँ नाफा नै हुन्छ भन्ने छैन । यसमा जोखिम तत्व समावेश हुन्छ । त्यसैले भनिन्छ, ‘जोखिम छैन भने व्यवसाय हुँदैन ।’
साथै व्यवसाय निरन्तर चलिरहने प्रक्रिया हो । यदि कुनै आर्थिक क्रियाकलाप निरन्तर रुपमा गरिँदैन भने त्यो व्यवसाय हुँदैन । व्यवसायले केही महत्वपूर्ण विशेषता ओगटेको हुन्छ । ठूलो वा सानो व्यापक वा सीमित श्रममूलक वा यन्त्रमूलक जे जस्तो भए पनि व्यवसायले ओगट्ने विशेषता एउटै हुने गर्दछ । प्रत्येक व्यवसायमा नाफा कमाएर जीवनयापन गर्ने तथा सम्पत्ति आर्जन गर्ने लक्ष्य रहने गर्दछ ।
नाफाको ध्येय नरहने हो भने त्यो समाजसेवा वा मानवताका अन्य पक्षको काम हुनसक्छ । व्यवसाय हुनसक्दैन । नाफा नभई वा निरन्तर नोक्सानी खपेर कसैले व्यवसाय गर्न सक्दैन । व्यवसाय मानवीय कार्य हो । व्यवसायको विकास र विस्तार जतिसुकै भए पनि यसको स्थापना एवं सञ्चालन गर्ने विषय सजिलो छैन । पुँजी, जोखिम, उद्यमशीलताजस्ता थुप्रै पक्षमा गम्भीर भएर विश्लेषण गरेपछि मात्र कुनै व्यवसाय गर्ने वा नगर्ने निधो गर्न सकिन्छ । व्यवसायलाई धैर्य र युक्तिको काम मानिन्छ । भावना, संवेदनशीलता एवं पक्षपातमा यसको कुनै संलग्नता रहँदैन । यसैले कठोर कारोबार गर्नुपर्दा ‘यो व्यवसाय हो भावना होइन’ भन्ने गरिन्छ । व्यावसायिक स्वार्थ भनेको निःस्वार्थ होइन । आर्थिक स्वार्थका लागि व्यवसाय अँगालिन्छ ।
यसर्थ थुप्रै पक्ष र विषय विश्लेषण गरेर मात्र व्यवसायमा प्रवेश गर्ने निर्णय लिनुपर्छ । नयाँ व्यवसाय गर्न चाहने प्रत्येक व्यक्तिले कुन व्यवसाय गर्ने हो त्यसको पहिचान गर्नु साह्रै आवश्यक हुन्छ । सुरुमै एकैपटक यो व्यवसाय गर्ने भनेर रोज्न त सकिन्न, तै पनि व्यवसायको क्षेत्र र प्रकृति भने रोज्नैपर्छ । व्यवसाय रोज्न केही पृष्ठभूमिले सघाउ पु-याउँछ । कसैको पुख्र्यौली व्यवसाय हुन्छ, त्यसकै अनुभवबाट व्यवसाय रोज्न सकिन्छ । यसका साथै विभिन्न किताब पढेर, सम्बन्धित व्यक्तिसँग छलफल गरेर, व्यवसायको अवलोकन गरेर आदिमध्ये कुनै किसिमबाट यो व्यवसाय ठीक होला भनी पहिचान गर्नु उपयुक्त हुन्छ ।
विचार सृजनाको विधिको प्रयोग गर्न धेरै जानकारी र स्वतः विश्लेषणपश्चात् पनि निश्चित व्यावसायिक विचार सृजना हुन नसकेमा विभिन्न उपायद्वारा व्यावसायिक विचारको सृजना गर्नुपर्दछ । समूह केन्द्रित विधिअन्तर्गत व्यावसायिक विचार सृजना गर्ने बेलामा केही व्यक्तिहरु जो प्रत्यक्ष रुपमा व्यवसाय सञ्चालनमा आबद्ध हुन्छन् । तिनीहरुलाई निश्चित खाकामा जानकारीहरु दिन लगाइन्छ । अन्त्यमा ती सबै जानकारीको विश्लेषण गरी व्यावसायिक विचारको छनोट गरिन्छ । यस्तो समूहमा बस्ने मानिसहरु ८ देखि १४ जनाको सङ्ख्यामा हुन्छन् र विषयगत ज्ञाता पनि हुन्छन् ।
मानसिक दबाब विधि समूह केन्द्रित विधिमा छलफल गरेर विचार सृजना हुने गरिएको हुन्छ । तर यस विधिमा समूहको एउटा व्यक्तिले अर्को व्यक्तिको आलोचना गर्न पाउँदैन । यस विधिमा चाहिँ व्यक्तिले बृहत् विचार भने रा्ख्न पाउँछ र विचारहरु असङ्ख्य सङ्ख्यामा आउनुपर्दछ । त्यसैगरी यस विधिमा सुधारात्मक विचारहरु राख्ने छुट पनि हुन्छ । मानसिक दबाब विधिको प्रमुख्य उद्देश्य भनेको विचारहरुको गहिराइमा पुग्नु हो । जसले सामान्यदेखि जटिल समस्याको पहिचान गरी व्यावसायिक अवसर छोप्ने आधार प्रष्ट्याउन सक्छ ।
व्यावसाय छनौट भन्नाले उद्योगको स्थापना गर्ने वा व्यापार सञ्चालन गर्ने भन्ने कुराको निर्णय गर्नु मात्र होइन । व्यवसायअन्तर्गत अनगिन्ती कार्यहरु गर्दछन् । यसको छनौट गर्नसक्ने विचरणीय कुरा छ । कुनै पनि व्यवसाय सुरु गरिसकेपछि परिवर्तन गर्न गाह्रो पर्दछ । त्यसैले व्यवसाय सुरु गरिसकेपछि परिवर्तन गर्न गाह्रो हुन्छ ।
त्यसैले व्यवसाय सुरु गर्नभन्दा पहिले नै विचार पु-याउनुपर्दछ । नाफा कमाउनसक्ने शक्ति जुन व्यवसाय मुनाफा आर्जन गर्ने सम्भावना बढी हुन्छ त्यो व्यवसाय छनौट गर्नु राम्रो हुन्छ । तर मुनाफा झिक्न सकिने सम्भावना मात्र व्यवसाय छनौट गर्ने निर्णयको आधार होइन । जोखिम व्यवसायमा केवल लाभ आर्जन गर्न सकिने सम्भावना भएर मात्र हुँदैन जोखिम पनि त्यति नै हुने त्यस्तो व्यवसाय सञ्चालन गर्न अति गाह्रो हुन्छ । त्यसकारण जुन व्यवसायमा जोखिमको मात्रा कम र लाभ बढी रहन्छ यस्तो व्यवसाय छनौट गर्नुपर्दछ । ज्ञान र कौशल व्यवसाय सुरु गर्ने व्यक्तिले आफ्नो ज्ञान र कौशलातर्फ पनि ध्यान दिनुपर्दछ । जुन क्षेत्रमा आफ्नो चातुर्य छ । त्यसै क्षेत्रमा आफ्नो व्यवसाय छनौट गर्नु उपयुक्त हुन्छ ।
व्यवसायको अनुमानितस्तरमा समेत ध्यान दिनुपर्दछ । यसको साथसाथै पुँजी प्राप्त गर्ने स्रोतहरु पनि ध्यान दिनुपर्दछ । साहस गरी ठूलोस्तरको व्यवसायमा सााधनले महत्वपूर्ण स्थान ओगटेको छ । उपलब्ध हुनसक्ने साधनको आधारमा स्तर निर्माण गर्नुपर्दछ । व्यक्तिगत अभिरुचि व्यवसायीले आफ्नो अभिरुचिअनुसार व्यवसाय रोजेको छ भने त्यसलाई आफ्नो लक्ष्य प्राप्त गर्नमा बढी सफल हुने सम्भावना हुन्छ । काठको सामान बनाउन अभिरुचि भएको मानिसले कपडा पसल खोलेर सफलता पाउन गाह्रो पर्दछ । उसले काठका सामान उत्पादन गर्ने ठूलो कारखाना खोलोस् वा आफैँले सकेको जति काठको समान बनाउन वा बेच्ने काम गरोस्, सफल हुने सम्भावना रहन्छ । खास गरी सानो किसिमको व्यवसायमा त व्यक्तिगत अभिरुचिले निकै प्रभाव पारेको हुन्छ ।
उद्यमी विचार सिर्जनाको एक प्रमुख स्रोतको रूपमा प्राविधिक परिवर्तनलाई लिन सकिन्छ । प्रविधि गतिशील छ । यो निरन्तर परिवर्तनशील छ । यसको विकास र परिवर्तनको गति दिनानुदिन बढ्दै गएको छ । नयाँ आविष्कार, नवप्रवर्तन आदिले प्राविधिक परिवर्तनको गतिलाई तीव्रता दिएको छ । यसै परिवर्तनका बीचबाट उद्यमीले नयाँ व्यवसायको परिकल्पना गर्न सक्दछ । आज कम्प्युटर र सूचना प्रविधिको विकास र विस्तारकै भरमा संसारभरि करोडौँ र सूचना प्रविधिको विकास र विस्तारकै भरमा संसारभरि करोडौँ नयाँ उद्यमीहरूले आफ्नो व्यवसाय सञ्चालन गर्ने अवसर पाएका छन् । प्राविधिक परिवर्तनबाट व्यावसायिक क्रियाकलापहरू तुरुन्तै प्रभावित हुन्छन् । नयाँ प्रविधिको विकासले पुराना प्रविधिलाई पूर्ण रूपमा विस्थापन गर्दछ । यस्तो प्राविधिक परिवर्तनले उद्यमीहरूलाई नयाँ व्यवसाय गर्ने नयाँ विचारहरू सिर्जना गर्ने अवसर प्रदान गर्दछ ।
एउटा राम्रो व्यावसायिक योजनाले बाह्य पक्षको ध्यान आकर्षित गर्न सफल हुन्छन् । यसले लगानीकर्ताहरुलाई पनि आकर्षित गर्न सक्छन् । यसले व्यवसाय सञ्चालन गर्न आधार तयार गर्दछ । वास्तवमा यो एक किसिमको रोडम्याप नै हो जसका आधारमा व्यवसाय सञ्चालन गरिन्छ र व्यावसायिक लक्ष्य हासिल गर्नमा यसको भूमिका व्यवसायको सफलताका लागि कोशेढुङ्गा साबित हुनसक्छ । धन कमाउने वा नाफा आर्जन गर्ने उद्देश्यले सञ्चालन गरिने मानवीय कार्यलाई व्यवसाय भनिन्छ । थोरै पुँजी लगानी गरेर स्थानीय स्तरमा सञ्चालन भएको यस्तो व्यवसायलाई साना व्यवसाय भनिन्छ । यस प्रकारको सानो व्यवसाय ज्यादै व्यक्तिवादी हुन्छ ।
यस्तो व्यवसायअन्तर्गत वस्तुको उत्पादन परिवर्तन, स्थानान्तरण तथा बिक्री केन्द्रमा पु-याउने जस्ता क्रियाकलापहरु पर्दछन् । यस्ता साना व्यवसायहरुको उद्देश्य नाफा आर्जन गर्नुको साथै सेवा प्रदान गर्ने कार्य पनि हुनुपर्दछ । कुनै पनि राष्ट्रको अर्थतन्त्रमा साना उद्योग तथा व्यापारको महत्वपूर्ण योगदान रहेको हुन्छ । यिनै साना उद्योग, व्यापार, वाणिज्य र व्यावसायिक कारोबारहरु ठूला तथा मझौला उद्योगका परिपूरकका रुपमा रहेको पाइन्छ । कतिपय विकसित देशहरुमा साना व्यवसायको कारोबार नहुने हो भने कुल अर्थतन्त्र नै डामाडोल हुने खतरा देखिन्छ । यस्तो महत्वपूर्ण साना व्यवसायहरुको तुलनात्मक फाइदा तथा महत्व रहेको हुन्छ ।
व्यावसायिक योजना तयारी गर्दा उद्यमी आफैँ आफ्नो व्यवसायमा भिजेको छ र उसमा विषयगत ज्ञान छ भने उद्यमीले नै प्रतिवेदन तयार गर्नु राम्रो हुन्छ । तर अज्ञानतामा पनि प्रतिवेदन तयार गर्न खोज्नु मूर्खता मात्र हो । यस्तो बेला विभिन्न परामर्शदाता संस्था वा विशेषज्ञको सहयोग लिनुपर्ने हुन्छ । व्यावसायिक योजना तयारीको क्रममा धेरै विषयमा सूचना तथा जानकारी भेला पार्न सक्नुपर्दछ र लगानीकर्ताले प्रस्तावित व्यवसाय साँच्चै नै सम्भाव्य छ भनेर प्रष्टाउन पारदर्शी सूचना तथा जानकारी चाहिन्छ । यस्ता सूचना संकलन तथा उपयोग गर्दा व्यवसायी स्वयम् पनि व्यावसायिक योजनाबारे प्रष्ट हुन जरुरी छ । एकातिर गोपनीयताको आधारमा बनाइएको व्यावसायिक योजना चुहावट हुने सम्भावना हुने भएकोले यसप्रति सचेत हुनु जरुरी हुन्छ ।
तसर्थ प्रतिस्पर्धीलाई उछिन्नको लागि पनि व्यावसायिक योजनाको महत्व उल्लेखनीय रहन्छ । एउटा राम्रो व्यावसायिक प्रतिवेदन योजना सरल र छोटो हुनुपर्दछ । नेपालमा व्यवसाय योजना तयार गर्दा सामान्यतया चार अङ्गहरू समावेश गरिएको हुन्छ । यसको अलावा, सम्बन्धित उद्यमको बारेमा छोटो विवरण पनि यसमा समावेश गरिन्छ । कुखुरापालन व्यवसायको उदाहरण लिएर व्यवसाय योजनाका अङ्गहरूको बारेमा अगाडि चर्चा गरिएको छ । व्यवसायीले नियमित रूपमा बजार अध्ययन गर्नु अति आवश्यक छ । बजार अध्ययनको मूल उद्देश्य उत्पादन गरिने वस्तुको माग र उपभोक्ताहरूको रूचि थाहा पाउनु हो । बजार अध्ययनको आधारमा के कस्तो वस्तु उत्पादन गर्ने हो भन्नेबारे निर्णयमा पुगिन्छ ।
खासगरी उक्त वस्तुको डिजाइन, रंग, आकार प्रकार, तौल, स्वाद के कस्तो हुने एवम् उत्पादित वस्तुको उपयोग कसरी गरिने हो आदि बारेमा निक्र्यौलमा पुगी योजना बनाइन्छ । यसका अतिरिक्त, उत्पादन गरेको वस्तुबीच गुणस्तर, आकारप्रकार, मूल्य एवम् उपभोक्ता तथा व्यापारीहरूलाई दिइने सुविधाहरूमा के कस्तो अन्तर छन् भन्नेबारे पनि बजार सेवा योजनामा उल्लेख गर्नुपर्छ । यसैगरी, उत्पादित वस्तुको बिक्री वितरणका तह एवम् माध्यमहरू, लक्षित बजार तथा उपभोक्ताहरू, बजार प्रवद्र्धनका उपायहरू र बजार प्रतिस्पर्धाका रणनीतिहरू आदि पक्षहरूलाई विचार गरी बजार सेवा रणनीति पनि उल्लेख गर्नु आवश्यक हुन्छ ।
कामदार कर्मचारीको सहयोगमा नै व्यवसायको उद्देश्य प्राप्ति निर्भर गर्दछ । तसर्थ कामदार कर्मचारीको छनोट गर्दा बडो होस पु-याएर सोच–विचार गरी गर्नुपर्दछ । सस्ता कामदार कर्मचारी छानेर दक्ष कार्यकुशल व्यक्ति गुमाउनुहुँदैन । तर बढी पारिश्रमिक मात्र दिँदैमा दक्ष व्यक्ति प्राप्त गर्न सकिन्छ भन्ने पनि होइन । त्यसैले व्यवसायको लागि छनौट गरिने कामदार कर्मचारी इमानदार, योग्य, कार्यकुशल छ वा छैन राम्ररी जाँच गर्न सक्नुपर्दछ । कुनै पनि प्रकारको व्यवसायको नियन्त्रण, प्रशासन र प्रबन्ध गर्नको लागि एउटा कार्यालयको आवश्यकता पर्दछ । व्यवसायको प्रकृति तथा परिमाणअनुसारको कार्यालय सामानहरु राख्नुपर्दछ । टाइपराइटर, डुप्लिकेटिङ्ग मेसिन, फाइल आलमारी आदि जुनसुकै किसिमको सामग्री होस् खास यसले व्यवसायलाई वास्तविक र सजिलो किसिमले सञ्चालन गर्न मद्दत गर्छ वा गर्दैन यसमा विचार पु-याउनुपर्दछ ।
व्यवसायको लागि स्थान छनौटमा प्रभाव पार्ने तत्वहरुको विश्लेषण गरिसकेपछि अब आफ्नो उद्योग वा व्यवसायको लागि विशेष स्थल छनौटमा ध्यान केन्द्रित गर्नुपर्दछ । दुई, तीन वटा वैकल्पिक स्थानहरुलाई लिएर भूमिको लागत र स्थल तयारी तथा विकासका लागतका आधारमा मूल्यांकन गर्नुपर्दछ । प्रत्येक स्थलका आकर्षक विशेषताहरुको मूल्यांकन गर्ने र उद्यमीको आफ्नो इच्छा वा पारिवारिक उपयुक्ततालाई पनि विशेष ध्यान दिएर स्थलको चयन गर्नुपर्दछ । स्थान छनोट गर्दा तीनवटा प्रमुख चरणहरुको अवलम्बन गर्नुपर्दछ । जस्तैः (१) सम्भाव्य स्थलहरुको पहिचान (२) प्रत्येक स्थलको आकर्षकताको विश्लेषण र (३) स्थलको छनोट । आकर्षक ठानिएको स्थललाई उद्यमीले व्यवसाय स्थापना गर्ने स्थलको रुपमा छनोट गर्न सक्दछ ।
विशेषतः उसलाई पायक पर्ने, नपर्ने वा नसक्ने र स्थलको व्यावसायिक महत्वलाई मुख्य रुपले ध्यान दिएर मूल्य स्थल छनोटमा निर्णय गर्नुपर्दछ । एउटा राम्रो व्यावसायिक योजना प्रतिवेदन सरल र छोटो हुनुपर्दछ । व्यावसायिक योजना वा परियोजना प्रतिवेदन तयार गर्न व्यक्तिले लामो समय व्यतित गर्नुपर्दछ । अर्कोतर्फ यसका लागि उसमा धैर्यता पनि हुनुपर्दछ । लटरपटर गरेर बनाएको प्रतिवेदनले न त व्यवसायी नै आफ्नो व्यवसायको बारेमा स्पष्ट हुन सक्छ न लगानीकर्ता नै लगानी गर्ने हिम्मत गर्न सक्छन् । त्यसकारण यो बृहत् अध्ययनपश्चात् बनाइनुपर्दछ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया