अर्थतन्त्रका प्राचीनतम सिद्धान्त : वाणिकवाद र प्रकृतिवाद
काठमाडौं ।
अर्थतन्त्र देशको मेरुदण्ड हो । यो आर्थिक क्रियाकलापमा निर्भर गर्दछ । यिनै आर्थिक क्रियाकलापको योगलाई अर्थतन्त्र भनिन्छ । अर्थतन्त्रका प्राचीनतम् दृष्टिकोण वाणिकवाद र प्रकृतिवादबाटै वर्तमान अर्थतन्त्र निर्देशित छ । वाणिकवाद औद्योगिक अर्थतन्त्र र प्रकृतिवाद कृषि अर्थतन्त्रमा विश्वास गर्ने सिद्धान्त हुन् ।
वाणिकवादले विश्वमा सन् १५ सयदेखि सन् १८ सयसम्म लगभग तीन सय वर्ष राज ग-यो । यसको प्रमुख उद्गमस्थान बेलायतलाई मानिन्छ । तत्कालीन समयमा युरोपमा यो दृष्टिकोणले अर्थतन्त्रको मजभूतीकरणलाई महत्व दियो । बचत व्यापारको वाणिज्यमार्फत राष्ट्रको मजभूतिकरण यसको प्रमुख उद्देश्य हो । यसले राष्ट्र सम्पन्न बन्न धेरैभन्दा धेरै सुन र चाँदी जम्मा गर्नुपर्छ । जुन बढीभन्दा बढी निर्यातीकरणबाट सम्भव छ । तत्कालीन समयमा प्रमुख धनको रूपमा सुनचाँदीलाई लिइन्थ्यो । तसर्थ सुनचाँदीको बढी संकलन गर्नसक्ने राष्ट्र धनी हो । यो देशमा उत्पादनको बढोत्तरी र वैदेशिक व्यापारमा निर्भर गर्दछ ।
वाणिज्य पुँजीको विस्तार, जलयात्राको आविष्कार तथा लेनदेनमूलक अर्थतन्त्र वाणिकवादको महत्वपूर्ण अंश हुन् । यसैलाई टेकेर यो दृष्टिकोण विश्वमा फैलियो । यसले निर्यातमुखी वस्तुको उत्पादन गर्ने र बढीसे बढी निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने र राष्ट्रलाई पुँजीगतरूपमा सम्पन्न बनाउने उद्देश्यलाई आत्मसात् ग-यो । एक समय बेलायत यसै दृष्टिकोणलाई आत्मसात् गरेर विश्वमै सम्पन्न/धनी राष्ट्रको रूपमा थियो भन्ने कुरा सुनिँदै आएको पनि हो । यसैको उपज थियो औद्योगिक क्रान्ति ।
मूल्यवान सुन र चाँदीका पैसा लोप हुनु वाणिकवादकै उपज हो, जसका कारण आन्तरिक मूल्य नभएको कागजी नोटको आविष्कार भयो । मुलुक पुँजीवादलाई मात्र आत्मासात् गर्दै निर्यात व्यापारलाई मात्र बढी महत्व दिने स्थितिमा पुगे । यसले समाजिक, वातावरणीय, खुसी, स्वस्थता, आनन्द प्रकृति संरक्षणजस्ता विषयलाई खासै चासो दिएन, विदेशी मुद्र थुपारेर कसरी धनी बन्ने भन्ने सोच मात्र छरिरह्यो ।
यसबाट मुलुकमा धनी र गरिब जन्मियो । उद्योग गर्ने, जससँग सबैभन्दा बढी पैसा छ त्यो धनी, कृषि गर्ने जसले संसारका मानिसलाई पाल्छ ऊ गरिब हुने/बन्ने स्थिति देखाप-यो । यसकै फलस्वरूप फ्रान्सबाट प्रकृतिवादको उदय भयो । वाणिकवादले धन स्वार्थलाई उजागर गर्दै लग्यो । धन कमाउन स्वार्थी बन्न थाले मानिसहरू र कमाइसकेपछि स्वार्थै स्वार्थ लाद्न थाले । व्यक्ति आफू मात्र कसरी अगाडि बढ्ने भन्ने सोचले स्थान लियो ।
यस्तै स्वार्थले एक–आपसमा मनमुटाव सुरु भई द्वन्द्व हिंसाको सुरुवात गरायो । वास्तवमा आज विश्वको द्वन्द्व व्यापारको हो । जुन द्वन्द्वले प्रकृतिलाई नष्ट गर्दै लगिरहेको अनुभूति हुन थालेको छ । यसरी प्रकृतिको विनाशले प्रकृति पनि सक्रिय भई आफैँले सन्तुलन राख्ने काम गर्दछ । कोभिड–१९ प्रकृति विनाशको एक महत्वपूर्ण उपज हो भन्दा आजका दिनमा गलत अर्थ नलाग्ला । प्राकृतिक शक्ति मानवीय शक्तिभन्दा कोटीकोटी शक्तिशाली हुन्छ ।
प्रकृतिवाद प्रकृतिको संरक्षण र प्राकृतिक उत्पादनमा निर्भर रहेर जिउने दृष्टिकोण हो । यसको जन्म सन् १७५० देखि सन् १७८० बीचमा फ्रान्सबाट भएको मानिन्छ । प्राकृतिक नियमसँग आत्मसात् गर्दै समाजमा मानिसले सुखी जीवनयापन गर्न सक्दछ भन्ने विचार प्रकृतिवादको हो । यसको प्रमुख तत्व कृषिलाई मानिन्छ ।
कृषि अर्थतन्त्रलाई अंगाल्दा प्रकृति संरक्षणको साथै मानवीय दुर्व्यवहारहरू न्यून हुने हुन्छ । औद्योगिक होडबाजीलाई बेवास्ता गर्दै कृषि अर्थतन्त्रबाट मुलुक अगाडि बढ्नुपर्छ भन्ने विचार तत्कालीन समयको विचार हो जसलाई विश्वले प्रकृतिवाद भनेर चिनियो । किसान गरिब भए राज्य गरिब हुन्छ, राज्य गरिब भए राष्ट्रप्रमुख गरिब हुन्छ भन्ने नारा प्रकृतिवादीहरूको थियो ।
कृषि अर्थतन्त्रमा आर्थिक कारोबार कृषक, जग्गा धनी र कृषिका कच्चापदार्थलाई प्रयोग गरी वस्तु निर्माण गर्ने उद्योगीहरूबीचमै भइरहेको हुन्छ । यसका लागि बाहिरी देशसँग मात्र प्रतिस्पर्धाले व्यापार गर्नुपर्छ भन्ने छैन । देशभित्रै मानवीय आवश्यकताका वस्तुहरू प्रकृतिको संरक्षण गर्दै उत्पादन गर्न सकिन्छ । यसले कृत्रिम वस्तुहरूको उत्पादन मानवीय तथा वातावरणीय दुवै हिसाबले प्राय हानिकारक हुनसक्ने कुरालाई अंगीकार गरेको छ । दूषित आहार र वातावरणले दूषित विचारको सिर्जना गर्दछ जसका कारण मानिस अरुको क्षय गराएर आफू विजयी र सम्पन्न बन्न चाहिरहेको छ ।
समयभन्दा पनि छिटो विजयी र सम्पन्न बन्न खोज्ने विचारले संसारमा द्वन्द्व सिर्जना भइरहेको छ । तसर्थ प्रकृतिवादलाई अंगाल्ने वातावरण निर्माण गरी प्राकृतिक सम्पत्तिको संरक्षण र संवर्द्धन गर्न तत्कालीन प्रकृतिवादीहरू लागिपरेको देखिन्छ । उनीहरूले वैदेशिक व्यापारबाट अधिक सुनचाँदी थुपार्ने उद्देश्यले मानवीय त्रुटि बढाउने विचार प्रकट गरे । उनीहरूको अनुसार मानिसको आधारभूत वस्तु कृषिबाट नै प्राप्त हुन्छ जब कुनै पनि राष्ट्र आधारभूत सम्पत्तिमा धनी हुन्छ त्यो राष्ट्र नै सम्पन्न राष्ट्र हो ।
व्यापारिक प्रयोजनले मात्र आधारभूतीय वस्तुहरूको प्राप्ति हुन्छ भन्ने छैन । तसर्थ राष्ट्र सम्पन्न हुन उक्त राष्ट्रमा आधारभूतीय वस्तु निर्माण हुनुपर्दछ । त्यो आधारभूत वस्तु भनेको कृषीकरण हो । कृषीकरणले विश्वमा चक्रिय व्यापार सिर्जना गर्दैन । धनी र गरिबबीचको विभेदीकरणलाई वास्ता गर्दैन । म मालिक कामदार दुवै हुँ, मैले परिश्रमबाट फल पाउनुपर्छ शोषण गरेर होइन भन्ने अभिप्रायलाई प्रश्रय दिएको छ ।
कृषिविना जीवनको अस्तित्व छैन, यस अस्तित्वलाई बेवास्ता गरेर कृत्रिम औद्योगीकरणतर्फ मात्र मोडिनुले प्रकृतिको क्षयीकरण गराउँछ । प्रकृतिको क्षयीकरणले प्रकृतिबाट नै हानिकारक तत्वहरू सिर्जित हुनथाल्छ जसले जीवको क्षयीकरण गर्छ । प्रकृतिद्वारा हुने क्षयीकरण शक्तिशाली हुन्छ । यसलाई रोक्ने औषधि प्रकृति संरक्षण मात्र हो । यसर्थ मानिसले सञ्चालन गर्ने उद्योग÷व्यापार कृषिमा निर्भर हुनुपर्छ, प्राकृतिक हितविनाको कार्य गर्नु मानिसले आफ्नै घँुडामा बन्चरोले हान्नुसरह हो ।
वर्तमान समयमा विश्वमा फैलिरहेको कोरोना भाइरस महामारी मानवीय क्षयीकरणको हिंसा हो । जुुन मानिसले आफ्नो लागि आफैँले सिर्जना गरिरहेको छ । कोभिड–१९ आज यति शक्तिशाली छ जसले विश्वलाई कपाइरहेको छ । जसबाट शक्तिसम्पन्न औद्योगिक राष्ट्रहरूको बढी क्षयीकरण भइरहेको छ । आधुनिकताको सीमा कहाँ र कतिसम्म हो भन्ने कुरालाई वास्ता नगर्दा विश्व आज दयनीय बन्दै गइरहेको छ ।
वाणिकवाद र प्रकृतिवाद दुवै प्राचीन अर्थतन्त्रका दृष्टिकोण हुन् । वाणिकवादका आफ्नै फाइदा बेफाइदा छन् । जसले व्यापार र सम्पत्तिको संकलनबाट बलियो अर्थतन्त्र निर्माण हुन्छ भन्ने विचार पस्किए । यो विचारले विषेशतः युरोपियन मुलुकहरूमा लामो समय राज ग-यो । यसको प्रतिफलस्वरूप धेरै राष्ट्रहरूले सीमित राष्ट्रहरूको प्रभुत्व तथा उपनिवेसीकरण पनि स्वीकार्नु परेको थियो ।
यो क्रम प्रकृतिवाद, स्वतन्त्र अर्थतन्त्रसम्म आइपुग्दा विश्वमा चरम आर्थिक उतारचढाव देखाप¥यो । त्यसबाट उन्मुक्ति पाउन मानिसहरूले अप्राकृतिक बाटोलाई अपनाउन थाल्यो जसले विभेद र दुःख सिर्जना ग-यो । उता प्रकृतिवादले प्रकृतिको उत्थान विकास र संरक्षणलाई प्रश्रय दियो । कृषि उद्योग प्रकृतिवादको मुटु बन्यो । यसले प्राकृतिक नियमहरूलाई उल्लंघन नगरी प्राकृतिक स्रोतसाधनको सदुपयोग गर्दछ ।
कृषितन्त्रबाट हुने शुद्ध उत्पादन भनिन्छ, अर्थतन्त्रमै घुमिरहन्छ । यसमा एउटा क्षेत्रको उत्पादन अर्को क्षेत्रको उपभोग र एउटा क्षेत्रको उपभोग अर्को क्षेत्रको उत्पादन हुनेहुँदा शुद्ध उत्पादन अर्थतन्त्रमै घुमिरहेको हुन्छ । यसमा सीमित स्वार्थ र व्यापारको ठूलो अभिलाषा नहुनाले प्रकृतिको अनावश्यक दोहन हुँदैन जसले गर्दा दिगो विकासले निरन्तरता पाउँछ । मानिस अप्राकृतिक भएर दुःख र विपत्तिको शिकार हुनुपर्दैन । बाँझो भूमि उर्वर हुन्छ, भूमिको ताजा उत्पादनले जीवन स्वस्थ बन्छ, वातावरण स्वच्छ बन्नपुग्दछ । औद्योगिकीकरणको तीव्रताले सिर्जित समस्याबाट पार पाउने एउटै उपाय हो कृषि अर्थतन्त्रको अवलम्बन ।
हाल विश्वमा जसरी समाजवाद र पुँजीवादको चर्चा परिचर्चा छ, त्यसैगरी प्राचीन समयमा वाणिकवाद र प्रकृतिवादको हुन्थ्यो । यिनमा कुन उपयुक्त अनुपयुक्त भनेर ठ्याक्कै भन्नुभन्दा पनि यिनको मिश्रित प्रयोग आजका दिनमा बढी फलदायी हुने देखिन्छ । सामाजिक आर्थिक हिसाबबाट यसलाई बुझ्नसके समग्र अर्थतन्त्र वातावरणीयरूपमा फलदायी हुने देखिन्छ । वर्तमान सन्दर्भलाई हेर्ने हो भने चरम औद्योगीकरणले ल्याएको समस्याबाट उन्मुक्ति पाउन अर्थतन्त्र प्रकृतिवादतिर उन्मुख हुँदै जाने देखिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया