किशोरावस्थाका समस्या र सुझाव
काठमाडौँ ।
युवायुवती, किशोरकिशोरीको जनसंख्याले कुल जनसंख्याको झण्डै २४ प्रतिशत भाग ओगटेको छ । आगामी ३० वर्षसम्म अहिलेको किशोरीहरू प्रजननशील उमेरमा रहनेछन् । त्यस्तै प्रकारले झण्डै २० प्रतिशत जनसंख्याको भार युवायुवतीले ओगटेका छन् । त्यसैगरी ध्यान दिनुपर्ने कुरा के छ भने अहिले नै प्रजननशील उमेरमा र जनसंख्या वृद्धिको कारकको रूपमा छन् । यदि जनसंख्या वृद्धिदरलाई कम गर्ने हो भने हाम्रो कार्यक्रम यी सबै समूहहरूमाथि केन्द्रित हुनु आवश्यक छ ।
राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको कुल जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार रहेकोमा नेपालमा १५ देखि ५९ वर्ष उमेर समूहका युवाहरूको कुल जनसंख्या एक करोड ५० लाख ९१ हजार आठ सय ४८ रहेको छ । जुन कुल जनसंख्याको ५७ प्रतिशत हुन आउँछ । कुल जनसंख्याको ८३ प्रतिशत युवा ग्रामीण क्षेत्रमा र १७ प्रतिशत सहरमा बसोबास गर्दछन् ।
तर हाल सहरको संख्या एक सय ९१ पुगेकोमा सहरी जनसंख्या पनि बढेको छ । अन्तर्राष्ट्रिय मान्यताअनुसार युवा भनेको सामान्यतया १५ देखि २९ वर्षसम्मका उमेरसमूहका मानिसहरूको समूह हो । विश्व स्वास्थय संगठनले शारीरिक स्वास्थ्यको दृष्टिबाट १५ देखि २९ वर्षको उमेरसम्मका मानिसको समूहलाई युवा भनी व्याख्या गरेको छ । नेपालमा यो कुल जनसंख्याको करिब २७ प्रतिशत जति पर्न आउँछ । नेपाली राष्ट्र सागर, २०५७ ले युवालाई तरुण, युवक, जवान, नवजवान भनी परिभाषित गरेको छ ।
राष्ट्रिय युवा नीति २०६६ मा उल्लेख गरिएअनुसार युवा भन्नाले १६–४० वर्षको उमेर समूहका मानिसहरूलाई जनाउँछ । संख्यात्मक र गुणात्मक दुवै दृष्टिले युवावर्गलाई मुलुकको सबैभन्दा महत्वपूर्ण वर्गका रूपमा लिइन्छ । युवावर्गलाई राष्ट्रनिर्माणको कर्मठ र सक्रिय जनशक्तिको रूपमा लिने गरिन्छ । युवावर्ग राष्ट्रको मेरुदण्ड हो । मुलुकलाई विकासको अग्रपङ्क्तिमा लैजानका लागि युवावर्गको महत्वपूर्ण र अग्रगामी भूमिका तथा योगदान रहने कुरालाई कसैले नकार्न सक्दैन ।
तसर्थ देशविकासमा यस वर्गलाई स्तम्भको रूपमा स्वीकार गरिन्छ । युवाहरूको जोस, जाँगर, हौसला, सिर्जनशीलता र कार्यकुशलतालाई अन्य कुरासँग तुलना गर्न सकिँदैन । तर राष्ट्रनिर्माणमा युवावर्गको यत्रो महत्वपूर्ण भूमिका र दायित्व रहँदारहँदै पनि युवावर्गमा विभिन्न किसिमका चुनौतीहरू रहेका छन् । अधिकांश युवावर्ग आत्मविश्वासको कमीबाट ग्रसित छ । विभिन्न कारणहरूले गर्दा उनीहरूलाई मुलुकको आर्थिक तथा सामाजिक विकासमा अपेक्षितरूपले परिचालन गर्न सकिएको छैन ।
युवाशक्तिलाई ठोस रूपमा परिचालन गर्ने उद्देश्य लिई २०५२ असोज ६ गते युवा, खेलकुद तथा संस्कृति नामक छुट्टै मन्त्रालय गठन भयो । तर २०५८ मा युवा र खेलकुद शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत एउटा शाखाका रूपमा कार्यरत रहेको छ । मन्त्रालयको खेलकुद तथा युवा कार्यक्रम शाखाले युवासम्बन्धमा विगतदेखि विभिन्न क्रियाकलापहरू जस्तैः युवापरिचालन, युवा निबन्ध प्रतियोगिता सञ्चालन, अन्तर्राष्ट्रिय युवा दिवस मनाउने कार्य, युवा नीतिको मस्यौदा निर्माण, खेलकुद प्रतियोगिता सञ्चालन, युवा बुलेटिन प्रकाशन, युवा आदानप्रदान कार्यक्रम, गैरसरकारी संघसंस्थासँग सहकार्य आदि सञ्चालन गर्दै आएको छ ।
नेपालमा विवाहको प्रचलन झण्डै सर्वव्यापक नै छ भने चाँडो विवाह गर्ने प्रचलन पनि यथावत नै रहेको पाइएको छ । यसरी चाँडो विवाह गर्नु भनेको प्रजनन प्रक्रियामा पनि चाँडै भाग लिनु हो । नेपालमा महिलाको बच्चा जन्माउन औसत उमेर भनेको २० वर्ष रहेको छ । यसले के जनाउँछ भने नेपालमा प्राय महिलाले २० वर्ष नपुग्दै एउटा बच्चा जन्माइसकेका हुन्छन् भने १५ देखि १९ वर्ष समूहका करिब २१ प्रतिशत किशोरी कति त आमा बनिसकेका छन् वा पहिलो सन्तानको जन्म दिइसकेका छन् वा हाल पहिलो पटक गर्भवती छन् ।
यस्तो बच्चा जन्माउने महिलाको अनुपात उनीहरूको बढ्दो शिक्षाको पहुँचअनुसार घटेको देखिन्छ । जस्तै ३२ प्रतिशत अशिक्षित महिला आफ्नो किशोरावस्थामै आमा बनिसकेका छन् जुन एसएलसी वा सोभन्दा माथिका महिला आठ प्रतिशत मात्र रहेका छन् । परिवार नियोजनको साधनको ज्ञान उच्च भए पनि यसको प्रयोग विवाहित किशोरीमा अत्याधिक कम भएको पाइएको छ । नेपाल जनसांख्यिक र स्वास्थ्य सर्वेक्षण, २००१ ले हाल विवाहित किशोरीमध्ये मात्र १२ प्रतिशतले परिवार नियोजनको साधन प्रयोग गरिरहेको कुरा देखिएको छ । सबैभन्दा बढी प्रयोग गरेका आधुनिक साधनमा क्रमशः कण्डम (१०.४ प्रतिशत), सुइ (६.४ प्रतिशत) र खाने चक्की पिल्स (३.८ प्रतिशत) छन् भने त्यसैगरी परम्परागत विधिमा प्रायस्खलन विधि (७ प्रतिशत) प्रचलनमा रहेको पाइएको छ ।
हाल कुनै पनि आधुनिक परिवार नियोजनको साधनको प्रयोग गर्ने विवाहित १५ देखि १९ वर्षसम्मका किशोरीको प्रतिशत क्रमशः १२ र ९ प्रतिशत छ ।नेपालमा हाल विद्यमान रहेका किशोरकिशोरीको वर्तमान स्थितिलाई सुधार गरेर युवावर्गको सही परिचालन कसरी गर्ने ? भन्ने समस्याहरूलाई हटाउन निम्नानुसारका सुझावहरू पेस गर्न सकिन्छ :
त्र वैदेशिक रोजगारलाई व्यवस्थित गराउँने ।, नीति निर्माण र कार्यान्वयन जोड दिने ।, वैदेशिक रोजगारलाई भरपर्दो र समयानुकूल बनाउँदै लैजाने ।
विदेशी रोजगारीका अवसरहरू बढाउनुभन्दा स्वदेशमा नै रोजगारीका अवसरहरू बढाउँदै लैजानु । स्थानीय तहमा शिक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित चेतनामूलक गतिविधि र कार्यक्रमहरू सञ्चालन गर्ने संघसंस्था एवं व्यक्तिहरूसँग सम्बन्ध कायम गराउनुपर्दछ ।
त्र भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय, लैङ्गिक विभेद हटाई प्रत्येक जातजातिलाई राष्ट्रले संरक्षण तथा सम्वद्र्धन गर्नुपर्दछ ।
वर्तमान चौधौँ त्रिवर्षीय योजना (२०७३ २०७४ (२०७५÷२०७६मा किशोरकिशोरी तथा युवा विकास कार्यक्रम
सोचः
विकासमा युवा सहभागिताबाट समृद्ध राष्ट्र निर्माण ।
लक्ष्यः
युवाहरूलाई राष्ट्रको सर्वाङ्गीण विकासमा मूलप्रवाहीकरण गर्ने ।
उद्देश्यः
१. युवाको दक्षता, उद्यमशीलता र अन्वेषणात्मक क्षमताको विकास गर्दै आर्थिक–सामाजिक विकासमा युवा सहभागिता अभिवृद्धि गर्नु ।
२. युवालाई सर्वाङ्गीण राष्ट्र निर्माणको संवाहक बनाउनु ।
रणनीतिः
१. युवालाई प्राविधिक शिक्षा तथा सीपमूलक तालिममार्फत् दक्ष, उद्यमशील र आत्मनिर्भर बनाउने ।
२. राज्यको सबै तहको नीति तथा निर्णय प्रक्रियामा युवा सहभागिता बढाउने ।
३. युवालाई विपत् व्यवस्थापन, सामाजिक विकास, वातावरण संरक्षण, खेलकुदलगायतका क्षेत्रमा स्वयंसेवकको रूपमा परिचालन गर्ने । खेलकुद, योगाभ्यास र सामाजिक क्रियाकलापमा युवाहरूको संलग्नता बढाउने ।
किशोरकिशोरीहरूको शैक्षिक स्थितिलाई अध्ययन गर्दा किशोरहरूको तुलनामा किशोरीहरू शिक्षा प्राप्त गर्नबाट पछाडि परेको कुरा तथ्याङ्कले देखाएको छ । प्रायः किशोरीहरू विवाहपश्चात विद्यालय नजाने प्रबृत्ति देखिएको हुँदा किशोरको तुलनामा किशोरीहरूको शैक्षिक स्थिति कमजोर रहेको पाइन्छ । यसो हुनुमा महिलाहरूको कम उमेरमा विवाह हुने सामाजिक प्रवृत्ति जिम्मेवार देखिन्छ । विवाह सामाजिक घटना हो । सामान्यतया नेपालमा प्रजनन विवाहपश्चात् मात्र हुने हुँदा हाम्रोजस्तो समाजमा विावाहको उमेरको प्रजनन्मा महत्वपूर्ण भूमिका रहन्छ । नेपालमा क्रमिकरूपमा महिलाको विवाहको उमेर बढ्दै गइरहेको पाइन्छ । कम उमेरमा बच्चा पाउनाले आमा र बच्चाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकोले समेत विवाहको उमेरको आफ्नै महत्व छ । विश्वमा हाल प्रतिवर्ष जन्मने करिब एक करोड ४० लाख बच्चाहरूमध्ये १० दशमलव छ प्रतिशत बच्चाहरू किशोरी आमाहरूबाट जन्मन्छन् ।
यसैगरी एसियामा जन्मने करिब ६० लाख बच्चाहरूमध्ये आठ प्रतिशत बच्चाहरू किशोरी आमाबाट जन्मन्छन् । किशोरावस्था एक जैविक अवस्था भएकोले यो अवस्थामा पुग्न केटाकेटीहरूले प्राप्त गर्ने पौष्टिक आहार तथा अन्य स्वास्थ्य सुविधा एवं वंशाणुगत कारण समेत रहने कुरालाई मनन गरी यिनीहरूको लागि विशेष नीति तर्जुमा गरी कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिन्छ । नेपालका किशोरकिशोरीहरूको स्वास्थ्य तथा अन्य विकाससम्बन्धी आवश्यकताबारे ध्यान दिई क्रमिकरूपमा यस विषयमा नेपालमा सरकारी तथा गैरसरकारी क्षेत्र एवं नागरिक समाजको एकीकृत प्रयास भई नीति तर्जुमादेखि कार्यान्वयन अनुगमन, मूल्याङ्कनसम्ममा संलग्नता बढाउनुपर्ने हुन्छ । जसबाट किशोरकिशोरीहरूको सर्वाङ्गीण विकासको माध्यमबाट समेत राष्ट्रको भविष्य सुनिश्चित गर्न सकिने देखिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया