Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगजीवनमा मुस्कानको खाँचो

जीवनमा मुस्कानको खाँचो


काठमाडौं ।
मानव जीवनको लागि खुशी महत्वपूर्ण क्षण हो । योविना कुनै पनि प्राणीको जीवन सार्थक मान्न सकिन्न । यसको साथसाथै स्वस्थ्य र जीवनलाई सफल बनाउन खुशीको महत्वपूर्ण स्थान रहेको हुन्छ । मानिसहरूले सकारात्मकभन्दा नकारात्मक सोचाइको कारणहरूले गर्दा यस्तो हुन जाने हुन्छ । यसैले भनिने गरिन्छ नकारात्मकभन्दा सकारात्मक सोचाइ गर्नु स्वस्थ्य र जीवनको लागि अति राम्रो हुन्छ । यसैलाई ध्यान दिएर होला खुशीको अवस्था तथा स्थिति कस्तो छ भन्ने हेतुले संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले सन् २०२१ को वर्ल्ड ह्याप्पिनेस रिपोर्टअनुसार विश्वका एक सय ४९ देशहरूमा यसको सर्वेक्षण गरिएको थियो । मूलतः राष्ट्रसंघले कोभिड भाइरस महामारीपछि मनोवैज्ञानिक, सामाजिक, आर्थिक सूचकलाई आधार मानेर त्यसको परिणाम यसप्रकार निस्किएको छ ।

उक्त खुशीको सर्वेक्षणअनुसार यसमा शून्यदेखि दशसम्मका अंकको स्केलबाट यसको मापन गरिने गरिन्छ । यसमा शून्य अंकको स्केल भन्नाले धेरै बेखुशीबाट विस्तारै खुशीको मात्र बढ्दै गई सबैभन्दा बढी दश अंकसम्ममा मापन गरिने मापदण्ड निर्धारण गरिएको छ । विश्वमा सबैभन्दा खुशी हुने देशको सूचीमा फिनल्याड पर्दछ । यस देशको खुशीको स्केल सात दशमलव आठ शून्य नौ स्केल अंक रहेको छ । हालसालै खुशी प्राप्त गर्नको लागि संसारभर झन्डै एक करोड मानिसहरूले दाँतमा हिरा जडेका छन् । यो एक किसिमको फेसन युरोपबाट सुरु भई युरोपेली देश हुँदै जापान, सिंगापुर, भारत हुँदै हाम्रो देशमा प्रवेश गरेको छ । मानवमा विद्यमान रहेको कुनै पनि घाउ वा पीडाविना सजिलै दाँतमा हिरा जडान गर्न सकिन्छ ।

यसकिसिमको प्रचलन पनि मानवको हाँसो तथा मुस्कानलाई अझ बढी प्रस्फुटन गर्न सक्ने एक किसिमको कला पनि हो । यसको साथसाथै प्रायः गरी युरोपेयन मुलुकहरूमा डेनमार्क, स्वीजरलाण्ड, जर्मनी, फ्रान्स, इटली, स्पेन, बेलायतलगायत अन्य देशहरू रहेका छन् । सन् १९६० देखि नै यो ब्रम्हाण्डमा रहेका मानिसहरूमा खुशीको हाँसो बढ्दै गएकोे थियो । यसमा चारवटा रासायनिक तत्वहरू विद्यमान रहेको सम्बन्धित विज्ञहरूको भनाइ रहेको पाइन्छ ।

यसमा पहिलो रासायनिक तत्वमा सेरोट्रनेस, ड्रब्बोभाइन, इन्ड्रोफिस् र अक्टिट्रास रासायनिक तत्वहरू रहेका छन् । यी तत्वहरूलाई समाधान गर्नको लागि प्रत्येक व्यक्तिलाई आइपर्ने विभिन्न किसिमका दुःखकष्टहरूलाई सजिलैसँग बहन गर्ने शक्ति विकास गर्नुपर्छ । यसको लागि योगा, खेलकुद, विभिन्न किसिमका व्यायामहरू प्रतिदिन खेल्नु आवश्यक हुन्छ । मानवलाई सन्तान उत्पादनदेखि विभिन्न समयमा पर्ने आपत्विपत्को सजिलैसँग समाधान गर्नसक्ने क्षमताको विकास गरिरहनु पर्छ । मूलतः हाम्रो देशको खुशीको स्केल मापदण्ड अंकमा कुरा गर्ने हो भने विश्वका एक सय ४९ देशहरूमध्ये हाम्रो छिमेकी देश भारत भने एक सय ३९ र अर्को उत्तरी सिमानाको चीन देश भने ८४औं स्थानमा परेको छ ।

संसारको आमूल परिवर्तनसँगै मानवहरूको लागि जीवनशैलीमा निकै नै परिवर्तन हुनआएको छ । पृथ्वीको सृष्टिको क्रममा ढुङ्गे युगदेखि आजको २१औं शताब्दीसम्म आइपुग्दा मानवको जीवनमा विभिन्न किसिमका उथलपुथलको स्थिति सिर्जना भएको छ । यसमा पनि आजको युगमा जिउनको लागि आवश्यक परेको रहनसहन, खानपान, व्यायाम आदि भौतिक विकासमा ठूलो हेरफेर भएको छ । मानवजीवनमा रिस, राग, घमण्ड, चिन्ता आदिलाई कम गर्न अचुक औषधिको रूपमा हाँसो, मुस्कान र खुशी रहेको छ । यसले मानव जीवनमा घट्ने विभिन्न पिरमर्काहरूलाई समाधानको लागि धेरै नै उपयोगी हुने हुन्छ । अहिले मानववर्गले दैनिक जीवनमा अति आवश्यक परेको हाँस्नु, सन्तुलित भोजन खानु, पर्याप्त सुत्नु, व्यायाम गर्नु, अरुको प्रशंसा गर्ने बानीको विकास गर्नु आदि कुराको नितान्त आवश्यक भएको छ ।

त्यस्तै गरी दैनिक जीवनमा घण्टा, दिन, हप्ता, महिना, वर्षको योजनाहरू बनाउनु, आफ्ना साथीभाइ र आफन्तसँगको भेटघाट बाक्लो बनाउँदै लैजाने, कुनै फुर्सतको समयमा प्रकृतिसँग रम्न सिक्ने बानी बसाल्ने, वार्षिकरूपमा स्वस्थ्यको जाँच गर्ने र ध्यान गर्ने कार्यक्रमहरू पनि बेला–बेलामा आयोजना गर्नुपर्ने हुन्छ । त्यसैगरी मासिक तथा वार्षिक कार्ययोजनाको योजनाहरू तर्जुमा गर्नको लागि बाहिरी दुनियाँसँग रमाउन सिक्ने, आफ्नो विचारको लेखाजोखा बेलावखत गर्ने बाली बसाल्ने र आफ्नो मूल्यांकन आफैँले गर्ने योजनाको तर्जुमा पारिपाटी विकास गर्ने कार्य गरेमा आफूलाई सन्तुष्टि प्राप्त भई खुशीको मात्राको स्केल अंकमा पनि वृद्धि हुन्छ ।

अन्त्यमा भन्नुपर्दा उक्त नेटवर्कले केही दिनअगाडि सार्वजनिक गरेको सन् २०२१ को वल्र्ड ह्याप्पिनेस रिपोर्टअनुसार खुसी देशको सूचीमा नेपालले पाँच दशमलव २६९ अंकसहित ८७औं स्थान प्राप्त गरेको छ भने सबैभन्दा खराब अवस्था भने दक्षिण एसियाकै अफगानिस्तानको छ । यसर्थ जीवन हाँसीखुशी जीउन सक्ने एक किसिमको कला पनि हो । तर, शोक तथा भोकलाई मुस्कानले मिच्छ भने मुस्कानले नै रिसलाई पनि जित्ने गर्दछ । मूलतः खुशी भनेको जीवनलाई बाँध्ने पुलको रूपमा रहेको छ । हाँस्दा तथा खुशी हुँदा अनुहारमा जम्मा १३ वटा अंगहरूको प्रयोग हुन्छ भने र झोक्किँदा ६४ वटा मांसपेशी उपयोगमा हुने गर्छ । यसमा मानिसहरूले हाँस्दाभन्दा रिसाउँदा वा चिन्तित हुँदा ज्यादा जोड पर्छ । धेरै मांसपेशी प्रयोग हुन्छन् । जबकि धेरै ऊर्जा शक्ति खर्च हुन्छ र नकारात्मक प्रभावले अरू धेरै हानि नोक्सानी पु-याउँछ ।

यसमा मुख्य कुरा बुझ्न आवश्यक छ जति बढी नकारात्मक आउनेले खुशीको स्केल मापन गर्ने शून्यको नजिक धकेल्ने काम गर्छ भने सकारात्मक सोच रहेमा अर्थात् हाँस्दा, खुशी हुँदा पनि शरीरमा ऊर्जा शक्ति वृद्धि हुन जान्छ । जसले गर्दा शरीरमा रहेका विभिन्न अंगहरूको मांसपेशीलाई फाइदा पुग्न जान्छ । जसबाट खुशीको मापदण्डको स्केलमा खुशीको लहरमा वृद्धि हुन जान्छ । यसबाट के कुरा बुझिन्छ भने शरीरलाई तन्दुरुस्त र मजबुज बनाउनको लागि मांसपेशीलाई रिस, रागभन्दा खुशी र आनन्दमा प्रयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने हुन्छ । यसको साथसाथै खुशी र हाँसोले हरेक किसिमका सकारात्मक प्रभाव पार्छ । तसर्थ कुनै पनि किसिमका कमेडी कार्यक्रम हेर्दा तौल घट्छ । त्यसकारण मानवको खुशीको हाँसोले सम्पूर्ण शरीरलाई आराम दिलाउँछ । प्रत्येक मानिसलाई स्वस्थ रहने रसायन बढाउँछ, आयु बढाउँछ र बौद्धिकस्तर बढाउँछ ।

कुनै पनि तनाव घटाउन, रक्तचाप घटाउन सकारात्मक सोचाइ, आत्मरक्षा, मस्तिष्कको कार्यशक्तिमा सुधार, इम्युनिटी शक्ति बढाउने, हृदयको धड्कनलाई बचावट गर्ने, मुटुमा सुप्रभाव पार्ने, आराम तथा शान्त महसुस हुने, आफूलाई राम्रो, सफल तथा सहयोगी महसुस हुने र व्यक्तिगत एवं सामाजिक सम्बन्ध तथा भावनामा सकारात्मक प्रभाव पार्नको लागि हाँसो, खुशीलाई कसरी बढाउन सकिन्छ त्यस्ता किसिमका क्रियाकलापहरू गर्न जरुरी रहेको हुन्छ । वास्तवमा भन्नुपर्दा एक्लै घरमा बसेको, नियमित क्रियाकलापबाट समेत थाहै नभई टाढा रहनु हुँदैन । दैनिकरूपमा बेलुका सुत्ने समय र बिहान उठ्ने समय निश्चितरूपमा हुनुपर्छ । अतः धेरै समयको आन्तरालपछि रातिको समयमा काम पाएर गर्न हुँदैन ।

यस कारणले गर्दा रातको कामका कारण अनिद्राको कारणले हाँसोभन्दा शरीरमा आलस्य बढी हुने भएकोले खुशी हुनेभन्दा दुःखी बढी भएको महसुस गरिन्छ । यसको लागि खानपान, बसिबियालो, नियमित जीवनयापन, सन्तुलित भोजन गर्न नसक्दा धेरै मानिसहरू एकदम छिटो रिसाउने, एक्लै बस्न मन पराउने हुन थालेको छन् । यसरी उनीहरू मानसिक रोगको सिकार झन तीव्ररूपमा हुन पुग्दछन् । यसै क्रममा मानवलाई सधैँभरि नै सकारात्मक सोचलाई निरन्तररूपमा राख्नुपर्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया