Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकोभिड–१९ ले शिथिल पारेको वर्तमान विश्व अर्थतन्त्र

कोभिड–१९ ले शिथिल पारेको वर्तमान विश्व अर्थतन्त्र


काठमाडौं ।
विश्वभर फैलिएको कोरोना भाइरसले लाग्ने कोभिड–१९ रोगको कारण लाखौँ व्यक्तिहरूको मृत्यु भएको छ भने लाखौँ संक्रमित भई उपचारको अवस्थामा छन् । आज विश्वले एक पटक स्वास्थ्य र आर्थिक संकट बेहोर्नुपरेको कारण गरिबी, बेरोजगारी र आय असमानता बढ्ने अनुमान छ ।

कोभिड–१९ रोगको संक्रमणबाट हुनसक्ने जोखिमलाई नियन्त्रण गर्न गरिएको बन्दाबन्दीपछि बैंक तथा वित्तीय संस्थाहरूमा कर्जा लगानी अत्यन्त न्यून भएको कारण निक्षेपमा क्रमशः वृद्धि हुँदै गइरहेको छ । फलतः वित्तीय बजारमा अधिक तरलताको अवस्था सिर्जना भएको छ । कर्जा प्रभावकारी मात्रा बढ्न नसक्दा ब्याज आम्दानीमा उल्लेख्य मात्रामा कमी आउने देखिन्छ भने निक्षेप संककलन निरन्तर रूपले बढ्दै गई बंैकिङ क्षेत्रमा अत्यधिक तरलताको अवस्थामा लामो समयसम्म रहिरहँदा र अर्थतन्त्रमा नयाँ लगानीका अवसरहरू थप हुन नसक्दाको अवस्थामा वित्तीय संस्थाहरूको सञ्चालन मुनाफामा समेत असर पर्ने कुरा निश्चित छ ।

आज विश्वमा अर्थतन्त्र सन् १९३० को दशकको महामन्दीपछिको ठूलो संकुचनमा गएको छ । यति मात्र होइन, कोभिड–१९ को संक्रमणपछि यसको नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापीरूपमा अवलम्बन गरिएको उपायहरूबाट उत्पादनदेखि आपूर्तिसम्मका श्रृंखला अवरुद्ध भई विश्व अर्थतन्त्र संकुचनमा गएको छ । अन्तर्राष्ट्रिय मुद्राकोषले जुन २०२० मा अध्यावधिक गरेको बल्र्ड एकोनोमिक आउटलुकअनुसार सन् २०२० मा विश्व अर्थतन्त्र चार दशमलव नौ प्रतिशतले संकुचन हुने प्रक्षेपण गरेको थियो ।

विकसित मुलुकहरूको अर्थतन्त्र सन् २०१९ मा एक दशमलव सात प्रतिशतले विस्तार भएकोमा सन् २०२० मा आठ प्रतिशतले संकुचन हुने अन्तर्राष्ट्रिय मुुद्राकोषको प्रक्षेपण छ । उदीयमान तथा विकासशील अर्थतन्त्र सन् २०१९ मा तीन दशमलव प्रतिशतले वृद्धि भएकोमा सन् २०२० मा तीन प्रतिशतले संकुचन हुने र चीनको अर्थतन्त्र एक प्रतिशतले बढ्ने प्रक्षेपण छ । नेपालको आर्थिक वृद्धि भने एक प्रतिशतमा सीमित हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण छ ।

कोभिड–१९ को कारण समष्टिगत मार्गमा संकुचन आउनुको साथै पेट्रोलियम पदार्थको मूल्यमा समेत गिरावट आएकोले मुद्रास्फीति केही न्यून रहेको छ । अन्तर्राष्ट्रिय मुद्राकोषको अनुसार विकसित देशहरूमा सन् २०१९ मा मुद्रास्फीति पाँच प्रतिशत थियो भने सन् २०२० मा चार दशमलव चार प्रतिशत हुनेछ ।

विश्वबैंक, अन्तर्राष्ट्रिय मुद्राकोष, एसियाली विकास बैंकलगायतका संस्थाहरूले कोभिड–१९ रोगको महामारीको कारण विश्व आर्थिक मन्दीतर्फ उन्मुख भएको जनाएका छन् । सन् २०२० मा विश्व अर्थतन्त्र संकुचित हुने अन्तर्राष्ट्रिय मुद्राकोषको प्रक्षेपण छ । किनभने विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको जोखिमको कारण गरिएको बन्दाबन्दीले उत्पादन, सेवा क्षेत्र आदिमा ह्रास आएको छ ।

विश्व अर्थतन्त्रमा देखिएका चुनौतीहरू सामना गर्न अधिकांश मुलुकहरूले विस्तारकारी मौद्रिक एवं वित्त नीतिहरू अवलम्बन गरेका छन् । कोभिड–१९ संकटबाट सिर्जित अनिश्चितताका बाबजुद धेरै मुलुकहरूले आर्थिक क्रियाकलाप सहज बनाउन बन्दाबन्दीलगायतका व्यवस्थाहरू क्र्रमशः खुकुलो बनाउँदै लगेका छन् ।

नेपाल राष्ट्रबैंकको मौद्रिक नीतका अनुसार कोभिड–१९ ले अनपेक्षित चुनौती थपेको छ । नेपालको अर्थतन्त्रमा लगातार तीन वर्ष उच्च आर्थिक वृद्धिपछि आर्थिक वर्ष २०७६÷७७ मा प्रभावित क्षेत्रको कर्जा व्यवस्थापन र नेपाल राष्ट्रबैंकको पहलमा सहजीकरण गर्नुपर्ने र वित्तीय साधनहरूलाई उद्यमशीलता विकास, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नेतर्फ प्रोत्साहित गर्नुपर्ने भएको छ ।

कोभिड–१९ को कारण कर्जाको प्रभावकारी माग बढ्न नसक्दा ब्याज आम्दानीमा उल्लेख्य मात्रामा गिरावट आउने देखिन्छ भने निक्षेप संकलन निरन्तर बढ्दै गई बुकिङ क्षेत्रमा अत्याधिक तरलताको अवस्था लामो समयसम्म रहिरहँदा र अर्थतन्त्रमा, नयाँ लगानीको अवसरहरू थप हुन सक्दाका अवस्थामा वित्तीय संस्थाहरूको सञ्चालन मुनाफामा समेत प्रभाव पर्न जाने निश्चित छ ।

विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण उत्पन्न स्वास्थ्य संकटले सिर्जना गर्न आर्थिक संकट नेपालका लागि पनि अर्थतन्त्रको विस्तार र व्यवस्थापनका थप चुनौती बनेको छ । आन्तरिक आर्थिक क्रियाकलापमा देखिएका शिथिलता, आपूर्ति श्रृङ्खलामा परेको असहजताको कारण वित्तीय बजारको सन्तुलन प्रभावित हुने सम्भावना छ । नेपालमा कोरोनाको महामारीपछि आउने बजेट उद्योगमैत्री, व्यवसायमैत्री र किसानमैत्री हुने आमजनताको अपेक्षा थियो । तर यस्तो हुनसकेन ।

नेकपा अध्यक्षको नेतृत्वको सरकार आफ्नै कार्यशैलीका कारण चौतर्फी घेराबन्दीमा परेको छ । यो सरकारबाट जनताले विश्वास र समृद्धिको अपेक्षा गरेका थिए । परन्तु आज जनअपेक्षाविपरीतको व्यवहार सहन परिरहको छ । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर दुई दशमलव आठ प्रतिशत रहने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान भए पनि विश्व बैंकको प्रक्षेपणअनुसार यो शून्य दशमलव छ प्रतिशतमा खुम्चिनेछ । यसबाट यहाँको आर्थिक विकासमा नकारात्मक प्रभाव पर्नेछ ।

राष्ट्रिय योजना आयोगले गरेको अध्ययनअनुसार कोरोनाले शिथिल पारेको अर्थतन्त्रको सुधार गर्न छ खर्ब ६५ अर्ब रुपैयाँ आवश्यक पर्नेछ । कोरोनाको कारण नेपाली अर्थतन्त्रमा परेको प्रभाव अध्ययनबाट उक्त आयोगले यो निष्कर्ष निकालेको हो ।

वस्तुतः गत आर्थिक वर्षको पछिल्लो चार महिना लगभग बन्दाबन्दीमै अर्थतन्त्र गुज्रियो । चैत ११ गते सुरु भएको बन्दाबन्दी असारमा केही खुकुलो भए पनि नयाँ आर्थिक वर्षको पहिलो दुई महिनासम्म निषेधाज्ञामै बित्यो र अर्थतन्त्र चलायमान हुन सकेन ।

विगत चार/पाँच वर्षयता केही सुधार हुन थालेका आधारहरू धराशायी बने । सबैभन्दा बढी पर्यटन अर्थतन्त्रमा प्रभाव प-यो । अरु क्षेत्रमा विस्तारै सुधार भए पनि बाह्य पर्यटक आगमन लगभग ठप्प हुँदा यहाँको अर्थतन्त्रमा नकारात्मक प्रभाव प-यो । तर वर्तमान समयमा यहाँको मुद्रस्फीति बढेको र निर्यात घटेकोले अर्थतन्त्रमा केही सुधार हुने लक्ष्यण देखिएको छ ।

यथार्थतः उदार अर्थनीतिले मात्र मुलुक समृद्ध बन्न सक्छ । किनभने यस्तो नीतिले केवल देश विकास मात्र नभई आर्थिक गतिविधि बढाउने, रोजगारीका अवसर सिर्जना गर्ने र आयआर्जनका अवसरहरू सिर्जना गर्छ । कुनै पनि देशको राजस्व बढाउन उदार अर्थनीतिको आवश्यकता छ । किनभने आर्थिक गतिविधि बढाउने सरकारको मात्र जिम्मेवारी होइन, सरकारले गर्नुपर्ने उपयुक्त काम सरकारले नै गर्नुपर्छ र बाँकी काम निजी क्षेत्रलाई जिम्मा दिनुपर्छ । वास्तवमा पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, गरिबी निवारण र सामाजिक सुरक्षाको काम सरकारले गर्नुपर्छ भने उद्योगधन्दाहरूको सम्वद्र्धन तथा प्रवद्र्धनका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ ।

एकातिर सरकारले गैरसरकारी र सहकारी क्षेत्रलाई प्रोत्साहन गरेर मुलुक समृद्ध बनाउने वातावरण सिर्जना गर्नुपर्छ भने अर्कोतर्फ स्वदेशी पुँजी संरक्षण गर्दै व्यवसायीहरूको हकहितका लागि सरकारले उपयुक्त वातावरण सिर्जना गर्नुपर्छ । योबाहेक राष्ट्रलाई आर्थिक समृद्धिको बाटोमा अग्रसर गराउन सबैबीच सहमति र सहकार्यको आवश्यकता पर्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया