भूकम्पको छैटौँ स्मृति दिवस र पुनर्स्थापना
काठमाडौं ।
नेपालमा विक्रम संवत् १९९० माघ २ मा गएको महाभूकम्पपछिको सबैभन्दा ठूलो विपत् पछिल्लो समय विसं २०७२ वैशाख १२ गते गोरखालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प नै हो । यो भूकम्प गएको छैटौँ स्मृति अर्थात् सम्झना दिलाउने पछिल्लो पटकको विपत्को दिन पनि हो । यसको साथै विसं १९९० को महाभूकम्पमा आठ हजार पाँच सय १९ को मृत्यु भएको थियो भने घर, मठ, मन्दिर, देवालय, पाटी, पौवा गरी दुई लाख सात हजार सात सय ४० संरचनामा क्षति पुगेको थियो ।
विसं २०७२ वैशाख १२ मा गोरखाको बारपाक केन्द्रबिन्दु भई गएको सात दशमलव छ रेक्टर स्केलको भूकम्पले नेपालमा ठूलो क्षति पु-यायो । यसपछि विभिन्न समयमा गएका पराकम्पनले झन् बढी क्षति भए । यस भूकम्पका कारण आठ हजार नौ सय ७९ को मृत्यु भयो भने २३ हजार तीन सय दुई जना घाइते भए । यसै क्रममा गृह मन्त्रालयबाट प्रारम्भिकरूपमा संकलन गरिएको क्षति विवरणअनुसार सात लाख ७३ हजार ९५ घरहरू पूर्णरूपमा र दुई लाख ९८ हजार नौ सय ९८ घरहरू आंशिक क्षति भएका थिए ।
विशेषगरी ढुंगा, माटोबाट बनेका कच्ची घरहरूमा बढी क्षति पुगेको थियो । निजी घरहरूबाहेक सार्वजनिक विद्यालय, स्वास्थ्य संस्थाका भवन, सार्वजनिक सम्पदा, पुरातात्विक सम्पदा, सडक आदिमा ठूलो क्षति पुग्यो । मुख्यगरी नेपालका ३१ जिल्लाहरूमा भूकम्पका कारण बढी क्षति पुग्न गयो । यीमध्ये १४ जिल्लाहरू अति प्रभावित थिए । यसरी २०७२ वैशाख १२ को भूकम्पबाट प्रभावितहरूको निजी आवास निर्माणका लागि सरकारले आर्थिक सहयोग गर्दै आएको छ । भूकम्पबाट प्रभावितलाई सरकारले निजी आवास निर्माणका लागि तीन लाख अनुदान उपलब्ध गराउँदै आएको छ । उक्त अनुदान पाएर घर बनाउनेहरूको संख्या भने ९३ प्रतिशत पुगेको छ ।
प्राधिकरणले निजी आवास निर्माणका लागि पहिलो किस्ता ५० हजार, दोस्रो एक लाख ५० हजार र तेस्रो किस्ता ५० हजार उपलब्ध गराउँदै आएको छ । अतः भूकम्प गएको पछिल्लोपटक १२ वैशाख २०७२ सालको गोरखा भूकम्पको स्मृतिले अहिले पनि आमसमुदायलाई त्रसित पारेको छ । यसबाट भएको भौतिक क्षतिको पुनर्निर्माण कार्य सम्पन्न हुन अझै केही वर्ष लाग्ने देखिएको छ । भूकम्पबाट क्षति भएका घर पुनर्निर्माणको जम्मा लाभग्राही संख्या आठ लाख २६ हजार सात सय ६५ थिए । त्यसमध्ये सात लाख ८१ हजार एक सय ७६ ले अनुदान सम्झौता गरेका थिए । त्यसलाई प्रतिशतमा भन्ने हो भने ९४ प्रतिशत हो । त्यसमा छ लाख ८४ हजार एक सय ८९ अर्थात् ८३ प्रतिशतले निर्माण सुरु गरेका छन् ।
तिनीहरूमध्ये चार लाख ९४ हजार ४४ अर्थात् ६० प्रतिशतले घर निर्माणकार्य सम्पन्न गरेका छन् । त्यसरी घर निर्माण बाँकी रहेका एक लाख ९० हजार एक सय ४५ अर्थात् ४० प्रतिशत रहेको छ । त्यस्तै गरी सार्वजनिक विद्यालयतर्फ हेर्ने हो भने कुल सात हजार पाँच सय ५३ मा पाँच हजार तीन सय ८० अर्थात् ७१ प्रतिशत सम्पन्न भएको छ भने एक हजार सात सय ८७ निर्माणाधीन अवस्थामा रहेको छ भने तीन सय ८६ अर्थात् पाँच प्रतिशत निर्माण हुन बाँकी रहेको छ ।
त्यसैगरी स्वास्थ्य संस्था भवनहरू कुल एक हजार एक सय ९७ मा छ सय ६५ अर्थात् ५६ प्रतिशत सम्पन्न भई एक सय ४९ अर्थात् १२ प्रतिशत निर्माणाधीन छ भने तीन सय ८३ अर्थात् ३२ प्रतिशत निर्माणाधीन अवस्थामा बाँकी रहेको छ । त्यसरी नै पुरातात्विक सम्पदाहरूमा कुल ८९१ मा ३८७ अर्थात् ४३ प्रतिशत सम्पन्न भई एक सय २३ अर्थात् १४ प्रतिशत निर्माणाधीन हुन बाँकी रहेको छ । त्यसरी नै सरकारी भवनमा कुल चार सय १५ मा तीन सय ५९ अर्थात् ८६ प्रतिशत सम्पन्न भई ४९ भवन अर्थात् १२ प्रतिशत निर्माणाधीन भइरहेको छ भने सातवटा भवन अर्थात् दुई प्रतिशत भवनको निर्माणकार्य बाँकी रहेको छ र सुरक्षा निकायको भवनतर्फ हेर्ने हो भने कुल तीन सय ८३ मा एक सय ९४ अर्थात् ५१ प्रतिशत सम्पन्न भई २२ वटा भवन अर्थात् छ प्रतिशत निर्माणाधीन अवस्थामा छ भने बाँकी एक सय ६७ अर्थात् ४३ प्रतिशत भवन निर्माण हुन बाँकी नै रहेको सम्बन्धित निकायको तथ्याङ्कबाट स्पष्ट हुन्छ ।
सरकारले भूकम्पपीडितको निजी आवास निर्माणमा सघाउन अनुदानको व्यवस्था गरेको थियो । यसर्थ पुनर्निर्माणको कामले सबैमा जनचेतना जगाउने खालको काम हुनुपथ्र्यो तर, त्यो हुन सकेको छैन । यसरी ३२ जिल्लामा भूकम्पप्रतिरोधी घर बनेका छन्, भूकम्पमा क्षतिग्रस्त घर मात्र होइन, नयाँ बन्नेमा पनि नयाँ प्रविधि प्रयोग भएको पाइएको छ । यसैगरी ७० हजार घरमा रेक्ट्रोफिटिङ गर्नुपर्ने अवस्था रहेको छ । यसर्थ प्राधिकरणबाट रकम लगेर पनि घर नबनाएका बारे बुझ्ने र पैसा लगेर फिर्ता नगर्नेलाई कारबाही अघि बढाइने र लाभग्राही कायम गर्ने समय भूकम्पपछिको पुनर्निर्माण बिट मार्ने चरणमा पुगेको छ ।
यसरी आगामी असार मसान्तभित्रै पुनर्निर्माण टुङ्ग्याउने योजनामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जुटेको छ । अपितु, भूकम्पको छैटौँ स्मृति अवसर पारेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजनाले गत वैशाख १२ गते भूकम्पको छैटौँ स्मृति दिवस मनाएको थियो । उक्त प्राधिकरणले २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पले पु-याएको भौतिक संरचनाको पुनर्निर्माणका लागि स्थापना गरिएको सो प्राधिकरणको कार्यावधि आगामी पुस मसान्तसम्म रहेको छ ।
समग्रमा भन्नुपर्दा महाभूकम्पपछिको सबैभन्दा ठूलो विपत् पछिल्लो समय विसं २०७२ वैशाख १२ गतेको भूकम्प नै थियो । सो भूकम्पबाट क्षतिग्रस्त भएका निजी आवास हालसम्म ९३ प्रतिशत, सम्पदाहरू ५४ प्रतिशत, विद्यालयहरूमा ८३ प्रतिशत विद्यालयहरू निर्माण भएका छन् । यी सबै निर्माणको लागि हालसम्म तीन खर्ब ५७ अर्ब रुपैयाँ खर्च भएको अनुमान गरिएको सम्बन्धित क्षेत्रको दाबी रहेको छ । यसर्थ भूकम्पपछिको विपत् आकलन प्रतिवेदनअनुसार सात खर्ब छ अर्ब रुपैयाँबराबरको क्षति भयो । यसरी पुगेको क्षतिलाई पुनर्निर्माण गर्न छ खर्ब ६९ अर्बको आवश्यकता पर्ने अनुमान उक्त प्रतिवेदनमा गरिएको थियो ।
अहिले भूकम्पपीडितका आवास भूकम्पप्रतिरोधी निर्माण भइरहेको प्राधिकरणको दाबी छ । सरकारको पञ्चवर्षीय पुनर्निर्माण तथा पुनस्र्थापना योजनाअनुसार निजी आवास निर्माणका साथै पुरातात्विक सम्पदा, विद्यालय, सडक, स्वास्थ्यचौकीलगायत भौतिक संरचना बनाउन नौ सय ३८ अर्ब आवश्यक पर्ने बताइएको छ ।
अतः प्राकृतिक प्रकोप कुनै पनि मानव हितमा हुँदैन । त्यसमा पनि भुइँचालो भन्नेबित्तिकै प्रायको जिउ नै सिरिङ्ग हुन्छ । यसको परिणाम कल्पनासमेत गर्न सकिन्न । त्यसमा पनि काठमाडौँ उपत्यका भूकम्पीय जोखिममा ११औं स्थानमा रहेको र अति संवेदनशील क्षेत्र हो भनेर विज्ञहरूको मत रहेको विभिन्न सञ्चारमाध्यममा आइरहेकै छ । मानवीय नियन्त्रणमा नभएको यो गम्भीर विषय हाम्रो देशमा विभिन्न कालखण्डमा घटेको प्रमाण इतिहासमा उल्लेख छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया