कोरोना महामारीले सिकाएको पाठ
काठमाडौं ।
विश्व अहिले कोरोनाको दोस्रो लहरको चपेटामा आइसकेको छ र अनेकौँ समस्याहरू सिर्जना भइरहेका छन् । खास गरेर हाम्रो छिमेकी मुलुक भारतमा दैनिक हाराहारी तीन लाख नागरिक तीव्र गतिले संक्रमित हुँदै गइराखेको र हालसम्म दुई लाखको हाराहारीमा मृत्यु भइसकेको हालको परिस्थितिमा त्यो मुलुक विश्व महामारीको भुमरीमा परिसकेको र विगतमा इटलीको जस्तै त्यहाँको सरकार लाचारको अवस्थामा पुग्दै हात उठाउन बाध्य हुने परिस्थिति देखिँदै छ ।
भारत नेपालको सीमावर्ती भएको र सीमा बन्द गर्न सरकारको आवश्यक सक्रियताको अभावको कारण नेपाल पनि यो महामारीको दोस्रो लहरको मार खेप्न अभिसप्त भइराखेको वर्तमान परिस्थितिको अन्त्य कुनै टुङ्गो नै छैन । अकल्पनीय स्थिति सृजित हुने छाँटकाँट पनि देखिँदै छ । यस महामारीले मानव जातिलाई विभिन्न पाठहरू पढाउँदै गरिराखेको छ ।
१. मानव प्रकृतिको उपज भएकाले उसले प्रकृतिलाई जित्ने प्रयास गरेको खण्डमा त्यसले निर्धारण गरेका सन्तुलनको प्रक्रिया खलबलिन जान्छ र मानव प्रकृतिले जन्माएका प्रकोप र महामारीका रूपमा जन्माएका संकटको भुमरीमा फस्दछ । प्रकृतिले सबैको आवश्यकता पूरा गर्न सक्दछिन् तर कसैको पनि लोभ पूरा गर्न नसक्ने भएकाले मानव माता प्रकृतिप्रति सधैं अनुग्रहित भएर बस्नु उसको परम कर्तव्य हुन जान्छ । तर मानिस लोभी र स्वार्थी बनिराखेको छ ।
२. यो पृथ्वी मानवजातिको मात्रै बासस्थान होइन । यहाँ ऊलगायत अनगिन्ती जीवजन्तु, कीट पतङ्ग, रूख– बिरूवा बस्ने गर्दछन् । सबैको अस्तित्वलाई स्वीकार गर्दै आफ्नो प्रगतिमा तल्लीन हुनु उसको कर्तव्य हुन आउँछ ।
३. हुन पनि हाम्रा वैदिक ग्रन्थहरूले ‘वसुधैव कुटम्बकम’को मन्त्र त्यत्तिकै फुकेका होइनन् । तर मनुष्यले जंगली जनावरलगायत अन्य जीवजन्तुलाई यस सभ्य कहलाइएको युगमा स्वीकार गरेन र उनीहरूलाई आफ्नो आहाराबाहेक बढी कुरा ठानेन ।
४. यसैका कारण मानिस समय–समयमा कहिले एड्स, कहिले इबोला र कहिले कोरोनाको प्रकृतिकको दण्ड भोग्न अभिसप्त छ । चीनका सर्वोच्च नेता सीजिन पिङ सबैलाई त्यत्तिकै साकाहारी बन्न अभिप्रेरित गरेका होइनन् ।
५. मानिसको कुनै पनि अस्तित्वमा नआएको नयाँ वस्तुको सिर्जना गर्नसक्ने क्षमता शून्य छ । पहिले नै अस्तित्वमा रहेका वस्तुहरूमा कुनै पनि ढंगले उययोगिता जोड्ने कामलाई नै उसले उत्पादनको संज्ञा दिनेगरेको छ जसको मात्रामा हुने वृद्धिलाई उसले आर्थिक प्रगति भन्ने गर्दछ ।
६. जति धेरै यस्ता किसिमका भौतिक प्रगति हुने गर्दछन् त्यत्तिकै पृथ्विमा रहेका साधन र स्रोतहरूको पनि त्यत्तिकै धेरै प्रयोग पनि भइराखेका हुन्छन् ।
७. अर्को शब्दमा अति भौतिकवाद वा प्रगति पनि मानव जीवनका लागि अभिसाप हुने स्थितिको पनि सिर्जना हुन जान्छ ।
८. कतै कोभिड–१९ को महामारीको संकट मानव जातिलाई उसको सीमा सम्झाउनका लागि प्रकृतिद्वारा दिइएको दण्ड त होइन ?
९. मानव जातिले जतिसुकै भौतिक प्रगति गरे पनि एक बिन्दुमा पछि तिनिहरू अर्थहीन बन्न पुग्दारहेछन् भन्ने कुरा वर्तमान संकटले प्रस्ट्याएको छ ।
१०. मानवले औषधि विज्ञानमा असीमित प्रगति गरेको दाबी गरे पनि दक्षिण एसियामा त्यसमा सबैभन्दा प्रगति गरेको दाबी गर्ने देश भारत हाल कोभिड–१९ को दोस्रो लहरको सामना गर्न नसकेर निरिह भएको छ ।
११. अब बाँच्न चाहना राख्ने हो भने उसका अगाडि घरको चार दिवारभित्र कोचिएर बस्नुको अरू विकल्प अव भारतीयहरूका अगाडि छैन र यदि छिटै नेपालमा यो महामारीसँंग मुकाबिला गरेर परास्त गर्न सकिएन भने नेपालीहरूले पनि सोही नियति भोग्नुपर्ने अवस्था आउँदै छ । ज्ञातव्य छ नेपालको तयारी र भौतिक स्रोत र साधन निश्चितरूपामा भारतको भन्दा कम छ ।
१२. यो महामारीले सिकाएको अर्को पाठ के पनि हो भने कुनै पनि मुलुक आर्थिकरूपले सम्पन्न हुँदैमा त्यस मुलुकका नागरिकहरूका स्वास्थ्य सेवा पनि त्यत्तिकै सुदृढ हुन्छ बन्ने जरूरी हुँदैन । विगतमा अमेरिका र इटलीजस्ता मुलुकहरू यो कुराको उदाहरणका रूपमा देखा परिसकेका छन् । यसमा सरकारको स्वास्थ्य नीति र प्रणालीको मुख्य भूमिका हुने गर्दछ ।
१३. कोरोना महामारीको यो दोस्रो लहरले विश्वव्यापी आर्थिक मन्दीको पनि अवस्था सिर्जना गर्दै छ ।
१४. सन् १९२९ को महान आर्थिक महामन्दीपछिको सबैभन्दा विकराल आर्थिक समस्याको भुमरीमा विश्व अर्थतन्त्र पर्दै छ ।
१५. कोभिड–१९ ले जन्माएको संकटले सम्पन्न र गरिब, साना र ठूला सबै मुलकहरूलाई अर्थात् विश्वलाई नै आर्थिक सङ्कटतर्फ धकल्ने सम्भावना बढ्दै गइराखेको छ ।
१६. सामूहिकताको महत्व कहिल्यै पनि पुरानो हुँदैन ।
१७. अमेरिका, चीन, युरोपियन युनियनसँग समृद्धजस्ता आर्थिक महाशक्तिहरू एकआपसमा सहयोग गर्दै आवश्यक समाधान ननिकालुन्जेल कुनै एक मुलुकको एकल प्रयासले मात्रै यो समस्याबाट मुक्ति पाउने सम्भावना क्रमशः क्षीण हुँदै गइराखेको छ ।
१८. मानव जीवनका लागि अत्यावश्यक वस्तुहरूको उत्पादन , बिक्रीवितरण मात्रै होइन कि ती वस्तुहरूसँग सम्बन्धित कुनै पनि अनुसन्धान र अध्ययनमा सरकारले नै पूरै भूमिका खेल्नुपर्दछ । यी कुराहरू निजी क्षेत्रको जिम्मामा छोड्नु हुँदैन ।
१९. सरकारी खर्चलाई आर्थिक विसंगतिको जड मान्ने मोडेलले मच्चाएको विसङ्गतिपूर्ण अवस्थाका सिकार जुनसुकै कोणबाट पनि गरिब निमुखा हुने गर्दछन् । पहिलेको लहरकै कुरा गर्दा पनि अमेरिकामा नै यस महामारीको चपेटामा पर्नेहरूमा मुख्य गरेर गरिब र कालाहरू नै रहेको उदाहरण छ ।
२०. नागरिकका लागि आवश्यक पर्ने कुरा उपलब्ध गराउने दायित्व निजी क्षेत्रलाई सुम्पनु जनहितकर हुँदैन भन्ने कुरा अमेरिका र नेपालकै उदाहरणले स्पष्ट भएको छ ।
२१. सरकारको न्यूनतम भूमिका हुनुपर्दछ भन्ने दर्शन अबको परिवेशमा काम नलाग्ने सिद्ध हुन गएको छ । शिक्षा, स्वास्थ्य खानेपानीजस्ता क्षेत्रमा सरकारले पर्याप्त खर्च गर्नु आवश्यक छ ।
२२. महामारीको यो समस्याको हल भए पनि अमेरिकालगायत अन्य पुँजीवादी मुलुकको अर्थतन्त्र पहिलेकै आकार आउन नसक्ने सम्भावना देखिँदै छ । यसले गर्दा अमेरिकी आर्थिक साम्राज्य ढल्ने निश्चित छ ।
२३. कोभिड–१९ को महामारीको दोस्रो लहरको सामना गर्न भ्याक्सिनको आविष्कार भए पनि के त्यो छिटै सर्वसुलभ होला र गरिब र निमुखाहरूलाई पनि उपलब्ध हाला भन्ने कुरामा शंका छ । गरिबहरू कहाँ तुरून्तै पुग्ने कुरामा विस्वास गर्ने कुनै आधार छैन ।
२४. चीनमा उक्त औषधिको उत्पादन भएको अवस्थामा मात्रै नेपाल जस्ता गरिब मुलुकका नागरिकहरू लाभान्वित हुनेछन् ।
नेपालका हकमा
१. खास गरेर नेपालजस्ता गरिब र आयातमा आधारित अर्थव्यवस्था भएका मुलुकमा बस्ने नागरिकहरूका लागि आउँदा दिनहरू थप सकसपूर्ण हुने निश्चित छ ।
२. भारतजस्ता मुलुकमा कोभिड–१९ को महामारीको कहर पूर्णतया साम्य नहुन्जेल त्यस मुलुकबाट नेपालमा हुने निर्यात जसले जे भने पनि ठप्प हुने र खाद्य सामग्रीहरूको संकट समेत केही समयपछि देखिने सम्भावना छ ।
३. नेपालजस्ता कुनै पनि मुलुक कमसेकम आधारभूत कुराहरूमा आत्मनिर्भर हुनुपर्दछ भन्ने कुरा कोभिड–१९ को महामारीको कहर सिकाउँदै छ ।
४. आत्मनिर्भताकको मान्यता लत्याउँदै वैदेशिक रोजगारिका नाममा दिनहुँजसो एक हजारदेखि एक हजार पाँच सयसम्मको युवा जनशक्ति विदेशमा पलायन हुने नीतिको तर्जुमाको परिणति नेपालजस्ता मुलुकहरूले भोग्ने सम्भावना प्रबल देखिँदै छ ।
५. नेपालका नीति निर्माताहरूले आत्मनिर्भताको मूल्यलाई बुझ्नु जरूरी त छ तर अझै पनि उनीहरूमा सद्बुद्धि पलाउने सम्भावना भने देखिँदैन ।
६. कोरोना नियन्त्रणमा आइसकेपछि मिश्रित अर्थ प्रणाली नै नेपालजस्ता मुलुकहरूले अपनाउनुपर्ने हुन्छ ।
७. नवउदारवादका सिद्धान्त र मान्यताहरू नेपालजस्ता मुलुकका लागि हितकारी हुँदैनन् । देशको स्वास्थ्य क्षेत्र सरकारी नियन्त्रणमा नै हुनुपर्दछ
८. यससँग सम्बन्धित सम्पूर्ण क्रियाकलाप सरकारी तवरबाट नै गरिनुपर्दछ ।
९. सरकारी पक्षबाट सहयोग पाएका व्यापारिक एवं औद्योगिक प्रतिष्ठानहरूले आफ्ना कामदारहरूको रोजगारीप्रति आफ्नो नैतिक जिम्मेवारिलाई बिर्सनु हुँदैन । तिनीहरूका न्यूनतम आवश्यकता पूरा गर्नका लागि ती प्रतिष्ठान वा सरकार संवेदनशील हुन आवश्यक छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया