पर्यटन पुनरुत्थानका लागि पहल
काठमाडौं ।
सन् २०२० को सुरुआतसँगै विश्वव्यापीरूपमा फैलिएको कोभिड १९ को महामारीबट नेपाल समेत नराम्ररी प्रभावित बन्नपुगेको छ । कोरोनाभाइरस महामारीका कारण देशको दोस्रो सबभन्दा धेरै विदेशी मुद्रा आर्जन गर्ने पर्यटन क्षेत्र लगभग धराशायी बनेको छ ।
विश्वव्यापी कोभिड–१९ महामारीले हाम्रो स्वास्थ्य र जनजीविकामा मात्रै हैन अर्थतन्त्रमा पनि ठूलो चुनौती थपेको छ । दोस्रो चरणमा आएको कोरोना भेरिएन्टको प्रभावले विस्तारै आन्तरिकरूपमै भए पनि अघि बढ्दै गरेको पर्यटन उक्षेत्र पुनः नराम्ररी प्रभावित बन्न पुगेको छ । विस्तारै विदेशी पर्यटक पनि नेपाल भ्रमणमा आउन होटलहरू बुकिङ गरिरहेको समयमा भारतबाट फैलिएको कोरोना भेरियन्टले विशवका अधिकांश देशमा फैलिन गई धमाधम भ्रमणलाई स्थगित गर्दै रद्द गर्न थालेका छन् । निश्चय नै कोरोनाको यो असर अघिल्लो पटकको भन्दा बढी नै प्रभावित तुल्याउने खालको हुनेछ ।
सन् २०२० लाई पर्यटन वर्षको रूपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको नेपालले वर्षको सुरुदेखि नै कोरोना भाइरस संक्रमणका कारण क्षति बेहोर्नुपरेको छ । यसबाट पर्यटनलाई राष्ट्रिय आय बनाएको मुलुकहरू नराम्ररी प्रभावित भएका छन् । आज विश्वका समृद्ध र ठूला अर्थतन्त्र भएका मुलुकहरू समेत यसबाट नराम्ररी थला परेको अवस्थामा हाम्रोजस्तो देशमा ठूलो असर पर्नु स्वभाविक हो । यद्यपि, आर्थिक सूचकांकहरू ती मुलुकहरूको तुलनामा नेपालको नकारात्मक देखिँदैन ।
अघिल्लो वर्षको झण्डै छ महिनाको बन्दाबन्दी र घुमफिरमा लगाइएको प्रतिबन्धले गर्दा पर्यटन क्षेत्रका व्यवसाय र सेवा प्रभावित बनेको थियो । यस वर्षको सुरुआतदेखि नै पुनः बन्दाबन्दी गर्न सुरु भएको छ र यो तत्कालका लागि भनिए पनि लामो समयसम्म कायम रहने सम्भावना रहेको छ ।
गत वर्षको अनुभवका आधारमा सुुरक्षाका मापदण्ड अपनाउँदै पर्यटनका गतिविधि सञ्चालन गराउँदा पर्यटनलगायत अनय आर्थिक क्षेत्रले विस्तारै गति लिन सक्नेछ ।यस्तोबेला पर्यटन क्षेत्रलाई गतिशील बनाउने भनेको आन्तरिक पर्यटकबाट नै हो भन्ने कुरा अघिल्लो पटक बन्दाबन्दी खुला गरिएपछि मुलुकभरका पर्यटकीयस्थलहरूमा देखिएको चहलपहलबाट नै प्रष्ट भएको छ ।
विदेशी पर्यटकलाई लक्षित गरी विभिन्न पूर्वाधारदेखि ठूला होटललगायतका संरचनाहरू निर्माण भए पनि यतिबेला तिनेहरूले पर्यटक भित्र्याउन सकेका छैनन् । तिनको लगानी खेर जान नदिन पनि आंशिकरूपमा भएपनि आन्तरिक पर्यटनलाई नै चलायमान गराउन आवश्यक छ । यसका लागि राज्यले सम्बन्धित व्यवसायीहरूलाई राहत सुविधा दिनुको साथै आन्तरिक पर्यटनको वातावरण निर्माण गर्न विदाका प्याकेजहरू प्रदान गर्न सक्नुपर्छ ।
सरकारले आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले सातामा दुई दिन बिदा दिने गरी गृहकार्य शुरु गरेपनि निर्णय नहुँदा कामकाजी व्यक्तिहरूले चाहेर पनि देशदर्शन गर्न पाएनन् । विभिन्न एयरलाइन्स तथा पर्यटनसँग सम्बन्धित सङ्घसंस्था एवं होटलहरूले आन्तरिक पर्यटन बजार चलायमान बनाउन घोषणा गरेका विभिन्न टुर प्याकेजहरूको कारणले पनि चहलपहल बढेको हो ।
पर्यटन मुलुकको एउटा प्रमुख र दिगो आधार भएकाले यसको प्रवर्द्धनका लागि निजी क्षेत्रको सहभागितालाई राजयले विशेष महत्व दिनु आवशयक छ । कोरोना महामारीबाट पर्यटन क्षेत्रमा परेको असरलाई मूल्यांकन गरी पुरुत्थानका कार्यक्रमहरू सञ्चालन गर्न सकिएमा पर्यटनले पुरानै लय समात्न सक्नेछ । बहुआयामिक उद्योगका रूपमा चिनिएको पर्यटन क्षेत्रको नेपालको समृद्धि यात्रामा उल्लेख्य भूमिका र योगदान रहेको छ ।
विश्व पर्यटन परिषदको सन् २०१९ को तथ्यांकअनुसार नेपालको कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६.७ प्रतिशत रहेको छ भने करीब ११ लाख जनशक्तिका लागि पर्यटन क्षेत्रले रोजगारका अवसरहरू सिर्जना गरेको छ । विदेशी पर्यटकको खर्चबाट आर्जन हुने निर्यात आम्दानीमा ३०.८ प्रतिशतको योगदान रहेको छ ।
विश्व पर्यटन दिवशको अवसरमा पर्यटन पुनरुत्थान कार्यक्रमको शुभारम्भ गरेको छ । सरकारले निजी क्षेत्रको सहकार्यमा कोभिड–१९ महामारीका सन्दर्भमा नेपालको पर्यटन पुनरुत्थानका लागि सकारात्मक, सक्रिय र परिणाममूखी भूमिका खेल्न निजी क्षेत्रको पहलमा सार्वजनिक निजी साझेदारीको अवधारणाबमोजिम पर्यटन पुनरुत्थान टास्क फोर्स–नेपाल स्थापना गरेको थियो । तर यसले ठोस काम गर्न सकेको छैन ।
उचित, उत्तरदायी, सुधारोन्मुख तथा रचनात्मक रूपमा पर्यटन क्षेत्रका नेतृत्वदायी भूमिकामा रहनुभएका निर्णयकर्ता तथा नीतिनिर्माताहरू माझ पर्यटनबारे बुझाई बढाउन, मुख्य सरोकारवाला निकायहरू बीच परिणाममुखी समन्वय स्थापना गराउन र देशभित्रका पर्यटन क्षेत्रका सरोकारवालाहरू तथा स्रोत बजारका टुर अपरेटर्स एवं सम्भाव्य पर्यटकहरूबीच विश्वसनीय तथा प्रभावकारी सञ्चार गर्र्ने कार्यमा केन्द्रित रहने गरी यस कार्यदलले काम गर्ने भनिए पनि कुनै पहल भएको छैन ।
पर्यटनको दिगो तथा छिटो पुनरुत्थानका लागि नेपालमा भैरहेका राम्रा प्रयासहरू तथा आवश्यक तैयारीमा सहयोग गर्ने र सकारात्मक सन्देश प्रवाह गर्न आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका कार्यक्रमहरू सम्बन्धित निकायहरूलार्ई सुझाउने गरी अभियानहरू सञ्चालन गरिनेछ । परिणाममुखी कार्ययोजना र सरभाइभल, रिभाइभल तथा थ्राइभलको स्पष्ट रणनीतिका आधारमा कार्यक्रम तथा गतिविधिहरू तय गरी त्यसमा सबेै मुख्य सरोकारवालाहरूको प्रयासलाई जोड्दै छिटोभन्दा छिटो पर्यटन पुनरुत्थान गर्नु कार्यदलको मुख्य जिम्मेवारी रहेको छ ।
पर्यटन पुनःसंचालनका लागि पर्यटन क्षेत्रको तयारीका सन्दर्भमा सर्भेक्षण गर्ने, सुरक्षा मापदन्ड सम्बन्धि सूचना तथा जनचेतनाका सचित्र सामग्री तयार पार्ने, विदेशका अन्य गन्तव्यहरूमा भैरहेका अभ्यासहरूका बारेमा तथ्य तथा सूचना संकलन गर्ने, आन्तरिक पर्यटन प्रवर्द्धनका लागि वातावरण बनाउने र प्रवर्द्धन गर्ने जस्ता कार्यहरू शुरु गरिएका छन् ।
महामारीको समयमा स्वाथ्य सुरक्षाका मापदण्ड अपनाई पर्यटकलाई आकर्षित गर्नसके अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ र यसले आर्थिक विकासको गतिलाई कायमै राख्न मद्दत पुग्दछ । त्यसैले पर्यटनको माध्यमबाट अर्थतन्त्रलाई सुदृढ बनाउन सरकारी, निजी र अन्य क्षेत्रहरूबीच सहकार्यको खाँचो पर्दछ ।
सूचना प्रविधिको उच्चतम् उपयोग गर्दै पर्यटन क्षेत्रलाई अझ बढी गतिशील बनाई पुनरुत्थानसँगै दिगो पर्यटनको अवधारणासहित अगाडि बढ्नु नै अहिलेको मुख्य आवश्यकता हो । यतिबेला मुलुकको समृद्धिको कुरा भनेकै नयाँ आर्थिक एजेण्डाहरू स्थापित गर्नुभन्दा पनि हिजो हाम्रा आर्थिक विकासका आधारहरूलाई मजबुद तुल्याउनु नै हो ।
कोरोना भाइरसका कारण प्रभावित नेपालको पर्यटन क्षेत्रको भविष्य अहिले फेरी दोस्रो लहरको कोरोना संक्रमण विश्वव्यापी रूपमै बढेसँगै थप अन्यौलमा परेको छ । यो अवस्थामा सरकार आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेट निर्माणको तयारीमा छ । त्यो बजेटमा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर राहत र सहुलियतको व्यवस्था गर्नुपर्ने देखिन्छ ।
पर्यटक आगमन एक वर्षदेखि प्रभावित हुँदा पर्यटनमा खबौंको लगानी जोखिममा परेको छ भने सयौ व्यवसायीहरू यस क्षेत्रबाट पलायन हुनुपर्ने अवस्था सृजना भएको छ । उनीहरूलाई सरकारले बचाउनुपर्छ । त्यसका लागि बजेटमा विशेष व्यवस्था गर्न जरुरी देखिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया