सन्दर्भः विश्व जैविक विविधता दिवस,जैविक विविधता संरक्षण किन ?
काठमाडौँ ।जैविक भन्नाले जीवहरूसम्बन्धी बुझिन्छ । जैविकमा प्राणी र वनस्पति दुवै पर्दछन् । विविधता भनेको भिन्नता, फरकपन वा किसिम हो । जीवित प्राणी र वनस्पतिबीचको भिन्नता, किसिम एवं फरकपनलाई जैविक विविधता भनिन्छ । जैविक विविधताले संसारका सबै क्षेत्र जस्तैः जल, स्थल, समुद्र तथा सिमसारमा रहेका सबै जीवित प्राणी तथा वनस्पतिबीच पाइने फरकपन, प्रकार तथा तिनीहरूबीचको अन्तरसम्बन्ध एवं संयोजनसमेतलाई जनाउँछ । कुनै एक स्थानको वन क्षेत्रमा वनस्पति, पशुपन्छी र अन्य जीव रहेका हुन्छन् । यो जैविक विविधता हो । वन नासिएमा वा आगो लागेमा अरु जीवहरूलाई असर गर्दछ । यो तिनीहरूबीचको अन्तरसम्बन्ध हो । जैविक विविधता तीन प्रकारका हुन्छन् ।
पारिस्थिक प्रणाली विविधता, प्रजाति विविधता र वंशानुगत विविधता । पारिस्थिक प्रणाली विविधता भन्नाले जीवजन्तुहरूको वासस्थान भन्ने बुझिन्छ । यसले जीवजन्तुहरू र तिनीहरूको वातावरणसँगको अन्तरसम्बन्ध समेतलाई जनाउँछ । वनजंगल, घाँसे मैदान, सिमसार, पोखरी, खोलानाला, समुद्र आदि यसका उदाहरण हुन् । प्रजाति विविधता भन्नाले प्राणीहरूको विविधता र वनस्पतिहरूको विविधतालाई बुझिन्छ । विश्वमा रहेका प्राणी र वनस्पतिहरूको फरकपन नै प्रजाति विविधता हो । र वंशानुगत विविधता भनेको प्राणी एवं वनस्पतिको आफ्नै समूहभित्र देखिने फरकपन हो । बाबुआमाबा गुणहरू छोराछोरीमा भए पनि छोराछोरीको बाबुआमा भन्दा फरक हुन्छन्, यो नै वंशानुगत विविधता हो ।
वर्तमान समयमा जैविक वस्तु संरक्षण र वातावरण सुधार शब्द निकै लोकप्रिय बनेको कुरा तपाईं हामी सबैलाई ज्ञात नै छ । विभिन्न विद्वान तथा पर्यावरण विज्ञहरूका विचारमा गहिरिएर विचार गर्ने हो भने पर्यावरण हामी हाक्रै वरिपरिका प्राकृतिक वस्तुहरू, जैविक तथा अजैविक भौतिक वस्तुहरू, सामाजिक तथा मानव निर्मित सांस्कृतिक संरचना तथा तिनबाट मानव तथा अन्य प्राणी र मानिसका आर्थिक तथा जैविक गतिविधिको अन्तरक्रियाबाट सिर्जित सम्पूर्ण सजीव तथा निर्जीव वस्तुलाई असर पार्ने परिवेशले हरेक तत्वलाई एक आपसमा आत्मनिर्भर बनाएको हुन्छ । पृथ्वीमा भएका अनेकौँ तत्वहरूमध्ये कुनै एकको घटी वा बढीले अरुलाई समेत प्रभाव पार्दछ । अझ भन्ने हो भने अन्य प्राणी वनस्पति तथा समग्रमा मानव जातिको अस्तित्वमा समेत प्रश्न चिन्ह खडा गर्न सक्दछ । त्यसकारण पृथ्वीमा भएका विविध तत्वको आत्मनिर्भरताका कारणले गर्दा नै मानवजातिले पर्यावरणको बचावट र संरक्षणका लागि चिन्तित हुनुपर्ने अवस्था देखापरेको छ । पर्यावरणमा देखिने असन्तुलनले मानिसका आर्थिक, सामाजिक, जैविक लगायतका समग्र क्रियाकलापमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित हुन्छन् ।
मानव स्वयंले पर्यावरणप्रति गरेको बेवास्ताले वर्तमानमा प्रचुरमात्रामा जैविक विविधतामा नास भई करोडौँ धनजन तथा मानवीय सुखसमृद्धिका आधार संरचनाहरू जलवायु परिवर्तनका कारणले नष्ट हुँदै गएका छन् ।यसको प्रमाणको रूपमा वन जंगल तथा जैविक विविधताको विनाश, वातावरण प्रदूषण मुख्य त जैविक विविधताको विनाशमा जनसंख्याको चाप, वातावरण प्रदुषण तथा जलवायु परिवर्तन हो ।
जसको फलस्वरूप यहाँको जैविक विविधता संरक्षणमा नै प्रश्न खडा भई पर्यावरण ज्यादै बिग्रिएको कारणबाट आजको मानव समाजमा गुणस्तरीय जीवन त मृगतृष्णा भएको छ । यस सन्दर्भमा ३३ वर्ष अगाडि सन् १९८८ मै जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी समूह गठन भएपश्चात् यस क्षेत्रमा विकसित देशहरूको ध्यान पुगिसकेको थियो भने विकासशील तथा अविकसित देशहरू भने भर्खर मात्र यसतर्फ उन्मुख भएका छन् । वर्तमानमा जलवायु परिवर्तनसम्बन्धी मुद्दा सबैभन्दा बढी बहसमा आएको विषय देखिन्छ ।
जलवाष्प, कार्बनडाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड, क्लोरोफ्लोरो कार्बन आदि ग्यासहरूलाई हरितगृह ग्यास भनिन्छ । वायुमण्डलमा यस्ता ग्यासहरूले पृथ्वीबाट परावर्तन हुने सौर्यविकिरण सोसेर पुनः पृथ्वीमै फर्काउँछन् । फलस्वरूप पृथ्वीको तापक्रम बढ्न जान्छ । जब यी ग्यासको मात्रा वायुमण्डलमा बढ्न जान्छ तब यो प्रक्रियाले तापक्रम अझ बढाउँछ । यी तापक्रम बढ्न जाने प्रभावलाई हरितगृह प्रभाव भनिन्छ ।
यसका कारण भूमण्डलीय तापक्रम बढेको तथ्यांकले देखाएको छ । यो कारणले अप्राकृतिक रूपमा पृथ्वीको तापक्रम बढेको छ ।बोटबिरुवाले वातावरणमा भएको कार्बनडाइअक्साइड सोसेर लिने भएकाले वायुमण्डलमा यसको मात्रा सन्तुलनमा रहेको हुन्छ, तर वनविनाशका कारण वायुमण्डलमा कार्बनडाइ अक्साइडको मात्रा बढ्न गएको छ । यसबाहेक कलकारखानाबाट निस्कने ग्यास, जीवाशेष इन्धनको प्रयोगमा भएको वृद्धिले कार्बनमोनोअक्साइड तथा नाइट्रस अक्साइडजस्ता ग्यास उत्सर्जनमा भएको वृद्धि र विभिन्न अन्य कारण मिथेन ग्यासको उत्सर्जनका कारणले वायुमण्डलमा हरितगृह ग्यासको मात्रा बढेको छ । फलस्वरूप भूमण्डलीय तापक्रम बढ्न गई जलवायु परिवर्तनको दर बढेको छ ।
हरितगृह उत्सर्जनमा अविकसित देशभन्दा विकसित देशको असर अत्यधिक छ । गरिबीका कारण अविकसित देशहरूको प्रभाव सहन नसकेर क्षमता भने कमजोर छ ।हरितगृह ग्यासको प्रभावले पृथ्वीको तापक्रम बढेको र यसका कारणले जलवायु परिवर्तन भएको भन्ने पुष्टि भइसकेको अवस्थामा नेपालले हरिगृह ग्यास उत्सर्जनमा कम प्रभाव पारेको देखिन्छ, तर पनि भारत र चीनजस्ता देशको बीचमा अवस्थित भएका कारण जलवायु परिवर्तनको प्रभाव हाम्रो देशमा पनि धेरै देखिएको छ । जलवायु परिवर्तनका कारण पृथ्वीको सतहको तापक्रममा वृद्धि भएको र वर्षाको स्वरूपमा परिर्वतन भएको छ ।
यी दुई कारणले निम्नानुसारका विभिन्न असर तथा प्रभाव परेको देखिन्छ । यसबाट बोटबिरुवा र बालीनालीको जीवनचक्र छोटो भएको पाइन्छ । उष्ण क्षेत्रमा हुने बोटबिरुवा समशीतोष्ण हुँदै उपोष्ण क्षेत्रतर्फ फैलिन थालेका छन् । मनसुन ढिलो हुनुका साथै वर्षाको तीव्रता बढेको छ । सुख्खा समय लामो हुनेगरेको छ । मौसमका तत्वहरूले अनियमित र अस्थिर स्वरूप देखाउने गरेको छ ।
रोग तथा कीराहरूले अपर्झट व्यापक रूप लिनेगरेको तथा नयाँ–नयाँ झारपातहरूको प्रकोप बढेको र जमिनमा पानीको मात्रा घटेको पाइन्छ । हिउँ पग्लने दर बढ्नुका साथै हिमरेखा माथि सरेको छ र समुद्रको सतह बढेको छ । यस कारण जैविक विविधतामा ठूलो असर परेको छ ।
हुन त कतिपय धेरै चिसा क्षेत्रमा नयाँ बालीको सम्भावना नबढेको होइन, तर मौसमका तत्वहरूमा देखिएको अनियमित तथा अस्थिर स्वरूपले गर्दा कालान्तरमा उत्पादनमा नकरात्मक स्वरूप देखिन जान्छ ।
अनावृष्टि र अतिवृष्टिका कारण बाढी पहिरो गई खेतीयोग्य जमिनको विनाश हुनगएको छ भने सिँचाइ प्रणालीमा नकरात्मक असर परेको छ र पर्नसक्ने देखिएको छ । यस्ता घटनाको प्रत्यक्ष प्रभाव कृषिक्षेत्र र कृषकमा पर्न जान्छ । यसरी आउने नकरात्मक असर पर्याप्त स्रोतको अभावका कारण सबैभन्दा बढी मध्यम वर्गका समुदायमा पर्न गएको छ ।
अबको समयमा वातावरणलाई अति महत्वका साथ हेरेर जैविक विविधतामा ह्रास आउन दिनुहँुदैन् । योजनाकार र नीति निर्माताहरू पर्यावरणलाई असर पार्ने तत्वहरूको पहिचान गरेर मात्र निर्णय लिने तथा विकास योजना वनाउने अवस्था हुनुपर्दछ । यो परिणाम मानिसले पर्यावरणप्रति गरेको बेवास्ताको फलस्वरूप जैविक विविधतामा विभिन्न समस्या आएको हो । समयको क्रममा मानवले पर्यावरणमा पारेको नोक्सानी हेर्दा जैविक वस्तुको संरक्षण एवं पर्यावरणको दिगो विकास दीर्घजीवी हुन नसक्ने कुरा प्रस्ट छ ।
मानव जातिको समुन्नति एवं अस्तित्वकै लागि पनि प्रर्यावरणको महत्व प्रस्ट हुँदै गएको छ । अतः पृथ्वीका सम्पूर्ण जातिको सुखसमृद्धिका लागि आर्थिक तथा सामाजिक क्रियाकलापको जे–जति महत्व छ त्योभन्दा बढी पर्यावरण तथा जैविक विविधताको संरक्षण पनि अपरिहार्य छ ।विश्वमा बढ्दै गएको पर्यावरणीय विनाशले पृथ्वीमा नै ल्याएको नकारात्मक परिणाम तथा संङ्केतहरूले गर्दा आजको विश्वका हरेक देशमा पर्यावरणलाई महत्व दिन आवश्यक छ । राष्ट्रमा विकास आयोजनाको सञ्चालन गर्दा विद्यालय, विश्वविद्यालय तहका पाठ्यक्रम तयार गर्दा वा अन्य महत्वपूर्ण कार्य गर्नका लागि पर्यावरणीय पक्षलाई विशेष महत्वका साथ हेर्नुपर्ने हुन्छ । वर्तमान समयमा मानिसले आफ्ना आवश्यकताहरू पूरा गर्नका लागि विभिन्न क्रियाकलापहरू अगाडि बढाइरहेका छन् ।
यस प्रक्रियामा प्रशस्त मात्रामा जैविक वस्तु नास गर्ने अनेकौँ समस्याहरू देखापरेका छन् । उत्पादन तथा उपयोगमा नकारात्मक प्रभाव पार्ने हुन्छन् । पर्यावरणको अध्ययन तथा जैविक वस्तु संरक्षणले उच्च तथा चिरस्थायी गुणस्तरीय जीवन बनाउन सहयोग पु¥याउन सकिन्छ ।
हावा, पानी माटो आदि जैविक वस्तुहरूको अस्तित्वका लागि अति आवश्यक हुन्छन् । यी जैविक वस्तुहरूमा भएका सानो प्रदूषणको मात्राले पनि व्यापक असर पार्दछ । जीवजन्तु, वनस्पति र स्वयं मानिस तथा अन्य जीवित प्राणी पनि प्रदूषणको मात्राबाट अलग रहनसक्ने अवस्था हँुदैन । तर कति प्रभाव पार्दछ भन्ने कुरा त्यसप्रतिको निर्भरतामा भर पर्दछ ।
पर्यावरणको अध्ययनले यस्तो निर्भरता तथा अस्तित्वका लागि आवश्यक पर्ने उपायहरूको खोजीनीतिमा सघाउ पु¥याउने हुँदा समग्रमा वातावरणले पर्यावरणलाई प्रदूषणविहीन बनाउनमा सहयोग पुग्दछ ।
मानवको अस्तित्वका लागि वन, जंगल, जल आदि प्राणी तथा वनस्पति आवश्यक हुन्छन् । पर्यावरणको अध्ययनले हरेक प्राणी तथा वनस्पतिमा के–कस्तो सम्बन्ध रहेको हुन्छ भन्ने जानकारी दिन्छ । वन जङ्गल जल आदिको महत्व संकटमा पर्नु भनेको जैविक विविधता तथा पृथ्वीका सम्पूर्ण जीवित प्राणी नै संकटमा पर्नु पनि हो ।
मानव आफ्नो अस्तित्वको लागि प्रकृतिबाट प्राप्त धेरै वस्तुहरू ग्रहण गर्दछ । अतः यिनिहरूको सही उपयोग हुनु आवश्यक छ । तसर्थ प्राकृतिक सन्तुलन विचलित नबनाई मानवले वर्तमान आवश्यकताहरू पूरा गरी भविष्यका सन्ततिका लागि संरक्षण गर्नुपर्दछ । पृथ्वीलाई सुन्दर बनाउन तथा मानवजातिको समस्टिगत हितका लागि जैविक विविधताको संरक्षण अति आवश्यक सर्त हो ।
तसर्थ पर्यावरण संरक्षण जैविक विविधता अति आवश्यक एवं महत्वपूर्ण हुन्छ । पर्यावरणको संरक्षणले विभिन्न स्थान, अवस्था तथा परिवेशमा विद्यमान विविधताको संरक्षणको उपायहरू अवलम्बन हुन्छ ।
विश्वमा गरिव मानिसहरूको संख्या अधिक छ । त्यसमा पनि कम विकसित देशमा गरिब तथा खाद्यान्नको संकटबाट गुज्रनेहरूको जमात बृहत् छ । वर्तमान समयमा खेतीपातीबाट मात्र हुने उत्पादनले खाद्यान्न पूर्ति नहुने हुँदा जंगली वस्तुहरू कन्दमूल, फलफूल आदिले पनि जिविकोपार्जनमा सघाउ पु¥याउछन् ।
पर्यावरण तथा जैविक विविधता संरक्षणले मानिसले खाद्यवस्तुका रूपमा स्वीकार गर्ने वस्तुहरू के–कस्ता छन् ? तिनीहरूको उत्पादन कसरी हुन्छ ? र जैविक विविधतालाई संरक्षण गरेर कति वस्तुहरू प्राप्त गर्न सकिन्छ भन्ने कुराको जानकारी लिइन्छ । यस्तो अवस्थामा खाद्यान्नको संकट व्यहोरिरहेका गरिबहरूको संकटपूर्ण अस्तित्वलाई केही मात्रामा भए पनि राहत पनि पुग्ने छ र पर्यावरण र जैविक विविधता संरक्षण भई स्वच्छ, हरा भरा वातावरणमा जीवन बिताउन मदत पुग्नेछ । तब मात्र हरेक वर्ष मे २२ मा मनाइने अन्तराष्ट्रिय जैविक विविधता दिवसले सार्थकता पाउनेछ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया