Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगटोखा नगरपालिकाको पूर्वाधार विकासका लागि आवश्यक सुझाव

टोखा नगरपालिकाको पूर्वाधार विकासका लागि आवश्यक सुझाव


काठमाडौं ।
विगतभन्दा वर्तमानमा टोखा नगरको मुहार अलिक उज्यालो भएको छ । जनताको समस्या कहाँ छ र पूर्वाधार विकास निर्माणका लागि कुनै पूर्वाग्रह नराखी समानुपातिक ढंगले सामाखुसी चक्रपथदेखि झोरको बाल उद्यान जगातसम्म उत्तिकै रूपमा विकास निर्माणको काम भएको र भइरहेको देखिन्छ । यसमा नगरप्रमुख प्रकाश अधिकारीलगायत उहाँको सक्रिय टिमलार्ई नगरवासीको हैसियतले धन्यवाद दिनुपर्ने हुन्छ । चाहे काभिड संक्रमणले अक्रान्त परेका बिरामीको सेवामा रातारात अक्सिजन उपलब्धता पु-याउने काम होस्, सडक निर्माणको काम होस, चाहे खानेपानी ढल र नगर निर्माणका अन्य काम हुन्, ती यावत क्षेत्रमा नगरप्रमुखको ध्यानाकर्षण भएको छ र काम भइरहेको छ ।

यो पालिको बजेट निर्माणका लागि नागरिक समाजबाट पनि आवश्यक सरसल्लाह लिने काम भएको रहेछ त्यसैअनुरुप नीति निर्माण तथा दीर्घकालीन आयोजना निर्माण सञ्चालन तथा यसका वैधनिक कार्यविधि सञ्चालनमा नागरिक समाजको भूमिकाको अपेक्षा गरिएकोमा यो प्रभाव अझै राम्रो हुने कुरामा सबैको चासो बढेको छ ।

आर्थिक विकास र भौतिक सम्पन्नताविना जनतामा सुखको दिन आउन सक्तैन यो अहिलेको २१औँ शताब्दीको गुरुमन्त्र नै हो । टोखा नगरलार्ई पूर्वाधार निर्माणका लागि नेपाल सरकारले आफ्नो परिधिभित्र रहेर खर्च गर्न र विभाजन गर्न पाउने बजेट निर्माणका लागि निम्नलिखित कुराहरूमा ध्यान जाओस् भनेर अनुरोध गर्दछु ।

१. अहिले जनताको प्रमुख समस्या स्वास्थ क्षेत्र भएको छ । कोभिडले कहिलेसम्म दुःख दिइरहने हो अनिश्चित छ । टोखा क्षेत्रभित्र रहेका निजी अस्पतालमा निम्न आय भएका जनताले उपचार गर्न सम्भावना कम छ । त्यसैले टोखा नगरमा केही सामुदायिक हस्पिटल निर्माण गरियोस् । त्यसका लागि प-याप्त बजेट राखियोस् । यो वर्ष एउटा मात्रै भने पनि सामुदायिक हस्पिटल तयार होस् निम्न आय भएकाका लागि ।

२. बाटोहरू प्रायः पिच गर्ने काम सप्पन्न भएको देखिन्छ । यो अत्यन्तै सराहनीय काम हो । लगभग ७० प्रतिशत पिचको काम सम्पन्न भएको हुनुपर्छ । अब बसपार्कदेखि सुरु भएको विष्णुमति कोरिडरको कामलार्ई पुनः सञ्चालन गर्न बजेट व्यवस्थापन गरी त्यो बाटोको अन्तिम मिलनबिन्दु भनेको झोर साङ्ले खोला नै भएकोले यो वर्ष यो विष्णुमति कोरिडर सम्पन्न गर्न बजेट व्यावस्थनलाई प्रमुखता दिएर छिटोभन्दा छिटो काम सम्पन्न गरौँ भन्ने हार्दिक अनुरोध गरें ।

३. टोखा नगरलार्ई सफा र हरियाली बनाउने काम पनि महत्वपूर्ण हो यतातिर ध्यान पुगेको छैन । नगर सफाइ कर्मचारीको पनि अभाव देखिएको छ । सडकमा एउटा भुस्याहा कुकुर म-यो भने एक/दुई दिनसम्म पनि त्यो दुर्गन्ध सडकमै भएको पाएको छु । जसका कारण समुदायमै रोग फैलिने सम्भावना रहेकोले यसपालिको बजेटमार्फत नगर सफाइ गर्ने र सबै वडाको सफाइ तर्जुमा के–कस्तो छ दैनिकी रिपोर्टिङ गर्ने कार्यका लागि थोरै भए पनि कर्मचारी व्यवस्थापन र नियमनका लागि बजेट व्यवस्थापन होस् भन्ने मेरो अनुरोध छ ।

४. नगरप्रमुख यहीँको माटोमा जन्मी हुर्किएको व्यक्ति भएको नाताले पनि यो क्षेत्रको पूर्वाधार विकासमा आफैँ दिलोज्यान दिएर लाग्नुभएको कुरा सबैलार्ई सर्वविदितै छ । विष्णुमति करिडर भत्केको पुलदेखि उत्तरपूर्व सरास्वती हुँदै पन्चेटार जोडिने बाटो निर्माण सम्पन्न र पिच गर्न यो वर्षको बजेटमा व्यवस्थापन गर्न हार्दिक अनुरोध गर्द्छु । यो बाटोको स्तरोन्नति भएको खण्डमा माथि सामाखुसी ग्रीनल्यान्ड ग्र्यान्डी टोखा हुँदै झोर जगात पुग्ने बाटोमा त्यति धेरै ट्राफिक जाम हुँदैनथ्यो र जनताले अवश्य नै सहजता महसुस गर्नेथिए ।

५. नगरप्रमुखको सक्रियतामा अक्सिजन प्लान्ट स्थापनाको लागि पहल भएको कुरा छापाहरूमा पढ्न पाइएको हो । यो अक्सिजन प्लान्टले टोखा नगरपालिकाभित्रका अस्पतालहरूलाई अक्सिजन प-याप्त मात्रमा पु-याउन सकियो भने यो ज्यादै जनग्राह्य काम हुन जानेछ । नगर आफैँले निर्माण गर्ने सामुदायिक हस्पिटल र स्थापना भइसकेका निजी र सरकारी अस्पताललार्ई अक्सिजन दिन सकियो भने यो जनताको ज्यान बचाउने पवित्र कार्य हुनेछ यो कामको लागि पनि बजेटमै व्यवस्थापन गर्न अनुरोध गरेँ ।

६. टोखा नगरपालिकाभित्र स्थायी आवास भएका भोटर लिस्टमा नाम भएका व्यक्तिहरूलाई टोखा नगरपालिकाभित्र रहेका निजी अस्पताल सामुदायिक अस्पतालमा गई उपचार गर्दा उपचार खर्चमा विशेष छुट दिने व्यवस्थापन होस् यसको लागि नगरले परिचयपत्र व्यवस्थापन गरोस् र अस्पताललार्ई पनि परिपत्र जारी गरोस् ।

७. बजेट व्यवस्थापन गर्दा मुख्य तीन कुरामा ध्यान दिइयोस्ः
(क) जनताको आधारभूत स्वास्थ्य प्राप्तिको बाटो सहज होस्
(ख) पूर्वाधार निर्माणका लागि उच्चतम आवश्यकता के हो हेरौँ
(ग) खानेपानी, ढल, बाटो, सार्वजनिक शौचालय, वडा कार्यालय भवन र मूल सडकमा भएको फितलो ट्राफिक व्यवस्थापनका लागि जनगुनासो संकलनसहितको योजना बनाऔँ ।

८. बजेट निर्माण, बजेट व्यवस्थापन, बजेट वितरण, बजेटको उच्चतम सदुपयोग र बजेट निर्माणका क्रममा समानुपातिक रूपमा होइन आवश्यकताको मर्मलार्ई आधारबिन्दु बनाउनु आवश्यक छ । चक्रपथवरिपरि र त्यसभित्र लगभग पाँच किलोमिटर उत्तरी भेगमा पूर्वाधार विकासका धेरै काम भएको छ तर अझै उत्तरी बेल्टमा पूर्वाधार विकास कम भएको पाइएको छ । जुन भेगमा विकास निर्माणका काम कम भएका छन् निश्चितरूपमा बजेटको केही बढी भाग तत क्षेत्रमा वितरण गर्दा कसैले विरोध जनाउनु जरुरी छैन । यो काममा नगरप्रमुख र सम्बन्धित वडाप्रमुखको भूमिका अहम् रहन्छ ।

९. गोंगबु चोकदेखि मनोहर पार्टीसम्म लगभग तीन किलोमिटर क्षेत्रमा हदभन्दा बढी ट्राफिक जाम झेल्नुपरेको कुरा सबैलार्ई सर्वविदितै छ । यो क्षेत्रमा सडक पेटी मिचेर पसल थाप्ने काम भएको छ । बाटोमा मनपरी ढंगले गाडी र मोटरसाइकल पार्किङ गर्दा दिउँसो हिँड्न् पनि कठिन झेल्नुपर्ने हुन्छ । गोंगबु गणेशस्थानमा एउटा अस्थायी प्रहरी पोस्टको व्यवस्थापन गर्न यो वर्षको बजेटमै व्यवस्थापन होस् भन्ने अनुरोध गर्दछु र ट्राफिक व्यवस्थापनमा सडक मिचेर राखिएका तरकारी फलफूल र लुगाफाटो पसलेलार्ई कडा कारबाहीको व्यवस्था होस् । सुनिन्छ यी पसलेबाट कुनै व्यक्ति वा समुदायले हप्ता असुलिरहेको छ । विष्णुमति करिडर बाटो निर्माण सप्पन्न भएपछि अधिकतम गाडीहरू त्यही बाटो भएर गुड्ने सम्भावना भएकोले विष्णुमति करिडर छिटोभन्दा छिटो सप्पन्न गर्नु आवश्यक देखिन्छ ।

१०. टोखा नगरवासीको मुहारमा खुसी ल्याउने काम पहिलेभन्दा अहिले धेरै भएको छ । सीमित स्रोत र साधनको बाबजुद पनि धेरै कामहरू भइरहेका छन् यसमा नगरपालिका प्रमुख उहाँका सबै टिम, विकास कार्यमा सहयोग पु-याउने सबै तह र तप्काका व्यक्तिहरू प्रतिनगरपालिका प्रमुखले आवश्यक सहयोग र सद्भावना पाइरहनुभएको छ । र परेका खण्डमा आह्वान गर्नुहोस् हामी सबै नगरवासी तपाईंसँग सहकार्य गर्न हरसमय तयारीमा छौँ ।

११. अहिले सबैभन्दा खड्किएको र जनताले दुःख पाइरहेको बिषय भनेको खानेपानी समस्या हो । टोखा नगरपालिकामा विगत दश वर्षदेखि घरहरू लगातार निर्माण भइरहेका छन् र त्यहीअनुरुप जनसंख्या पनि वृद्धि भइरहेको छ । घर थपिने र जनसंख्या बढिरहेअनुरुप खानेपानीको पूर्वाधार पुरानै ढंगमा चलिरहेको छ ।

सबै टोखा नगरवासीले दैनिकी सञ्चालनका लागि ट्यांकरको पानी र पिउनका लागि जारको पानी चलाइरहेको अवस्था छ । यो अवस्थाको अन्त्यका लागि यो बजेटमार्फत सम्बोधन हुनु नितान्त जरुरी छ । भएन भने टोखा नगरवासीमा यो अन्योलताको स्थिति कायमै हुनेछ । बत्ती सडक र ढलको समयोचित विकास भएको छ तर पानीको हाहाकार छ । यो समस्यालार्ई प्रमुखताका साथ अगाडि बढाउने र मेलम्ची खानेपानी आयोजनालार्ई टोखा नगरपालिकामा भित्र्याउने काम गर्नु अत्यन्तै आवश्यक छ ।

राजनीतिक पूर्वाग्रहविना अहिले विकास निर्माणका कामहरू भइरहेका छन् त्यसको लागि चुनिएका नगरपालिका प्रमुख तथा अरु वडा अध्यक्ष र सदस्यहरूमा पाइएको राजनीतिक इमानदारिता कार्यकौशलता चातुर्यता सहकार्यप्रतिको विश्वास र भाइचाराप्रतिको विश्वास नै हो । सहकार्यविना अहिले केही हुनेवाला छैन । माथि पार्टी फुट्ने, टुट्ने र जुट्ने काम अनि राजनीतिक अन्तरघात भइरहन्छ तर त्यस्को असर नगरपालिका र स्थानीय तहमा पुग्नुहूँदैन यसो भयो भने विकास निर्माणका सबै कामहरूमा दीर्घकालीन असरपर्छ भन्ने सबैको मान्यता हो । अभिवावक बाजे पनि सन्तानहरू मिल्नुपर्छ भन्ने मान्यता टोखा नगरपालिकामा लागू भएको महसुस भएको छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x