Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगजात होइन साथ रोजौँ

जात होइन साथ रोजौँ


काठमाडौं । पूर्ण विकसित देशहरू जातको पछि लाग्दैनन् । खास जातको पछि लाग्ने देशहरू नेपाल र भारत मात्रै हो । चाइनामा जात छैन । अमेरिकमा जात छैन त्यहाँ कोही पनि अछुत हुन्नन् । त्यहाँ कोही पनि रूपा सुनुवारहरूजस्ता व्यक्तिले म यो जातको हुँ मेरो जात मलार्ई मन परेन पनि भन्ने अनि यही जातलार्ई हतियार बनाएर राज्यबाट सुविधा पनि लिने भनेर आफ्नो परिचय दिँदैनन् । त्यसकारण पनि जातीय विभेदको अन्त्य नभएको हो हाम्रोमा ।

जातीयताको कुरा आयो कि सबैभन्दा पहिला बाहुनमाथि गालीको वर्षा सुरु हुन्छ । जो जुन जातको भए पनि हामी आफ्नो जातमा किन गर्व गर्न सक्तैनौँ ? आखिर के छ जातमा त्यस्तो जसले तपाईंलार्ई दुखाउँछ, मलार्ई दुखाउँछ, उनीहरूलार्ई दुखाउँछ, दुख्नुपर्ने कारणचैँ के छ ? सूर्यजस्तै धपक्कै बल्नुस् बाल्नुस् यो जगत प्रेम र सेवाले अनि जातको अंगार पनि उज्यालोमा बदलिन्छ ।

नेपालमा जनजाति, आदिवासी, दलित भनेर वा छुट्टयाउनु सरकारले निकै ठूलो भुल गरेको छ । र दलितको नाउँमा आदिवासीका नाउँमा आरक्षण दिनु सरकार आफैंले सामाजिक विभेद निम्त्याएको हो । माओवादी द्वन्द्वकालमा आदिवासी जनजाति दलितलार्ई खुब प्रयोग गरियो । उनीहरूलार्ई यस्तो सपना देखाइयो कि तिमीहरू कुनै सामन्ती ब्राह्मणभन्दा पनि माथि हुनेछौ । तिमीहरू पछाडि परेको तिमीहरूको जातले गर्दा हो, तिमीहरूलार्ई विशेष आरक्षण र सुविधा उपलब्ध गराइन्छ जसका कारण तिमीहरू यो समाजमा हुनेखानेका रूपमा परिवर्तन हुनेछौ । जातले कोही पनि गरिब या धनी हुँदैन भन्ने कुरा उनीहरूले बुझ्न सकेनन् वा उनीहरूलार्ई बुझाइदिने वातावरण नै भएन । र होमिए युद्धमा । आजको बिग्रँदो परिणाम त्यसैको अवशेष हो ।

कतिले जिते कतिले हारे । माओवादी द्वन्द्वबाट कतिपय सकारात्मक कुराहरूको पनि जन्म भयो तर अहिले आएर जुन परिवेश सिर्जना हुँदै गएको छ त्यो युद्ध कथित थियो भन्ने कुरा जनताले बुझ्न थालेका छन् । मनुष्यको उत्पत्तिको हिसाबले कोही पनि कुनै एकल समूह जाति आदिवासी हुँदैन । एकै देशमा जन्मिएको एउटा वर्ग आदिवासी अनि अरुचैँ नयाँवासी कसरी हुन्छ ? के हिसाबले एउटा निश्चित वर्गलाई आदिवासी भनिएको ? यो विभेद किन ल्याए नेपालका राजनीतिक पार्टीहरूले । कस्का स्वार्थ पूरा गर्न यो सामाजिक विभेद ल्याएको ? यो केवल केही कथित नेताहरूले आफ्नो भोट सुरक्षित गर्न फ्याँकिएको एउटा तुरुप मात्रै थियो । र हामी अशिक्षित जनता भेडाबाख्राझैँ तिनका कथित कुराहरू मानेर तिनका तलुवा चाटिरहे छौं ।

कोही दलित भएको भरमा उसलाई बिचरा भन्नु र कोही बाहुन क्षेत्री भएको भरमा उसलार्ई सधैँ सराप्नु यो सामाजिक विभेद किन र कहिलेसम्म हो नेपालमा ? वर्षको तीस अर्बको चामल भारतसँग किनेर खाने हामी नेपालीहरू जातभात र आरक्षणमै आफ्नो समय बर्बाद गरिरहेछौँ । हामी अल्छी । कुरा काट्ने । अर्काको खिसीटिउरी गर्ने । अर्काको अहित चिताउने । उत्पादनमुलक काम छोडेर छिमेकीको निन्दा गर्ने । अरुलाई होच्याउने, गिजाउने, बार्है महिना राजनीति गर्ने । हड्ताल गर्ने । सडक जुलुसले भर्ने । कुतर्क र कुविचार छर्ने । मजस्तो जान्ने कोही छैन भन्ने । अहंकार देखाउने । कोटा र लोटामा अल्झिने । भ्रष्टाचार गर्ने । नेताको कट्टु धुने । चाकरी भजन गाउने । गरिब सोस्ने । सधैँ सोसल मिडियामा लम्पसार हुने । भाइरल हुने नाउँमा जे पनि गर्न तयार हुने । पुरुष जातिले सोझा स्त्रीलाई बलात्कार गर्ने । स्त्रीजाति बाह्र वर्ष काट्न नपाउँदै उत्ताउलिएर अर्धनग्न हुने । नांगिनु भनेको आधुनिक हुनु हो भनेर भ्रममा बाँच्ने । हामी नेपालीमा यो प्रवृत्तिले जरा गाडिसकेको छ । सभ्यता भनेको गालीगलौज र छाडा हुनु हो भन्ने गरिब मानसिकता पाल्नेहरूलाई म शूद्र भन्छु चाहे ती ब्राह्मण कुलमा जन्मियोस् चाहे राजा माहाराजाका कोखमा ।

हामी धेरै फुर्सदिला छौं र जातभातको जातीय राजनीति गरिरहेका छौँ । यहाँका नेताहरू नेपाली नेपालीबीच कुखुरे फाइट गराएर आफू सत्तामा उक्लन्छन् । खेतबारी बाझो राखेर तीस अर्बको चामल किनेर खाने । अनि जातीय द्वन्द्व चर्काउने खालको राजनीति गर्ने नेताले बिगारेका हुन् यो पवित्र देशलार्ई । छिमेकी देश चाहन्छ नेपालमा कहिले पनि शान्ति नआओस् । ऊ चाहन्छ यहाँ सधैँ अशान्ति मच्चियोस् । चाहे त्यो जातभातका नाउँमा होस् या राजनीतिक असन्तुष्टिका कारण । खोइ कहिले आयो शान्ति नेपालमा ? तपाईंले अनुभव गर्नुभएको छ कहिले ? अहँ ! मैले त गरेको छैन ।

जातीय राजनीति गर्न र नेपालीबीच द्वन्द्व चर्काउने काम सबै राजनीतिक पार्टीले निम्त्याएको हो । अरु चन्द्रमामा होटेल बनाइरहँदा हामीचैँ आफ्नै जातको रोइलो गाइरहेका छौं । अरुले मानव क्लोनको विकास गरिसक्ता हाम्री रूपा सुनार मलार्ई कमिनी भने भनेर उत्पात मच्चाउन विभिन्न मिडियामा अन्तर्वार्ता दिएर नेपाललार्ई जातीय द्वन्द्वमा धकेल्दै छिन् । यो देशमा एउटा मलार्ई किन कामी भनेको भन्छ । मलार्ई किन दमाई भनेर हेपेको भन्छ अर्को । मलार्ई किन सार्की भनेको भनेर निहुँ खोज्छ फेरि अर्को । जन्मका आधारमा कसैको जात निर्धारण हुँदैन । सार्कीको छोरालार्ई बाहुनले लगेर पाल्यो भने उसले बाहुनको थर लेख्छ । तामाङको छोरीलाई कामीले लगेर हुर्कायो धर्मपुत्री बनायो भने उसकै थर लेख्छ । बाहुनको छोरीहरू दमाईसँग पोइल गएको हजारौँ उदाहरण छन् । ती नारीले बाहुनको थर मेटेर आफ्नो लोग्ने दमाईको थर लेख्छिन् । जात कसले लिने हो र जात कस्ले दिने हो यी माथिका उदाहरणबाट प्रस्ट हुन्छ ।

हामी आफैँले आफ्नो जात निर्माण निर्धारण गरिरहेका छौं । अनि दोषचैँ अरुलाई दिएर हुन्छ ? हामी जे हौं त्यो सिर्फ आफ्नै कारणले हौ अरुको कारणले पक्कै होइनौँ भन्ने कुरामा हामी कहिले सहमति हुने ? । जातले भात दिदैन भात त कर्मले दिन्छ श्रमले दिन्छ । आजको युगमा जातको होइन साथको आवश्यकता छ । विपत्तिमा पर्दा जात हेरिँदैन साथ हेरिन्छ । जब मनुष्य दुःखमा फस्छ उसले वरिपरि जात हेर्दैन उसले अफूलाई सबैको सहयोगको अपेक्षा राखेको हुन्छ ।

एक मनुष्यले अर्को मनुष्यलार्ई दिने साथ र सहयोग सबैभन्दा नजिक हुने माध्यम हो । दया, धर्म र सेवाप्रति जो मनुष्य आफूलाई सर्वात्मना समर्पण गर्छ ब्राह्मण त्यही मनुष्य हो । मानिस कर्मले चिनिने हो कुनै कथित जातले होइन । कामी दयावान्, धर्मपरायण, असल आचारसंहिताको छ भने ऊ नै पूर्ण ब्राह्मण हो । जन्मको हिसाबले होइन कर्मको हिसाबले यो जगतमा मनुष्यले आफ्नो जात निर्धारण गर्छ ।

भनिन्छ– ‘जन्मना जायते शूद्र’ यो भनेको सबै मानिस जन्मदा शूद्रका रूपमा जन्मिन्छन् । पछि, योग्यताको आधारमा व्यक्ति ब्राह्मण, क्षत्रीय, वैश्य वा शूद्र बन्छ । मनुको नियमअनुसार यदि ब्राह्मणको बच्चा अयोग्य छ भने ऊ आफ्नो योग्यताअनुसार चौथो वर्ग वा शूद्र बन्छ । त्यस्तै चौथो वर्ग वा शूद्रका बच्चाहरू योग्यताको आधारमा प्रथम श्रेणी वा ब्राह्मण हुनसक्छन् । हाम्रो पुरानो समाजमा त्यस्ता धेरै उदाहरणहरू छन्, जब कुनै व्यक्ति शूद्रबाट ब्राह्मण भयो ।

मर्यादा पुरुषोत्तम रामाका गुरु वशिष्ठ महाशूद्र चन्दलाको सन्तान थिए, तर आफ्नो क्षमताको बलमा उनी एक ब्रह्मरिषि भए । एक माछावाला (निषाद) आमाको बच्चा, पछि महर्षि व्यास भयो । आज पनि भागवत कथा सुरु हुनुभन्दा पहिले व्यास पीठको पूजा गर्ने परम्परा रहेको छ । विश्वामित्र आफ्नै योग्यताबाट एक क्षत्रीयबाट ब्रह्मऋषि बने । त्यस्ता धेरै उदाहरणहरू छन् हाम्रो आर्य संस्कृतिमा ।

मनुस्मृति न दलितविरोधी ग्रन्थ हो न यसले ब्राह्मणवादको प्रवर्द्धन गर्दछ । यसले मानवता र मानव कर्तव्यको बारेमा मात्र कुरा गर्दछ । मनुले कसैलार्ई पनि दलित मान्दैनन । दलित प्रणालीहरू बेलायती र आधुनिकतावादीहरूको उत्पादन हो । दलित भन्ने शब्द पुरानो संस्कृतिमा छैन । चार वर्ण जाति होइनन् तर मानवका चार प्रकारका श्रेणीहरू छन् जुन पूर्णरूपमा उसको योग्यतामा आधारित छ । पहिलो ब्राह्मण, दोस्रो क्षत्रिय, तेस्रो वैश्य र चौथो शूद्र । अहिलेको सन्दर्भमा पनि यदि हामीले हे-यौँ भने, मान्छेहरूलार्ई चार वर्गमा विभाजन गरिएको छ– पहिलो, दोस्रो, तेस्रो र चौथो कोटी प्रशासन चलाउनका लागि । मनुको व्यवस्थाअनुसार हामी पहिलो श्रेणीलार्ई ब्राह्मणको रूपमा राख्न सक्छौँ, दोस्रो क्षत्रीयको रूपमा, तेस्रो वैश्यलार्ई र चौथो शूद्रको रूपमा । जन्मको आधारमा तब उसको जाति कुनै पनि हुन सक्छ । मनुस्मृतिले केवल एक मानव जातिलार्ई हेर्दछ । त्यो मानव जातिको दुई भिन्नताहरू छन् । तिनीहरू पुरुष र महिला हुन् ।

मनुले लेखेका मनुस्मृतिलार्ई हिन्दु धर्मका धेरै धर्मशास्त्रहरूमा एक प्राचीन कानुनी पाठ र संविधान हो भन्ने विश्वास गरिन्छ । पुरातन भारतवर्षमा ऋषिमुनिहरू प्रायजसो समाज कसरी चल्नुपर्छ भन्ने बारेमा तिनीहरूले लिखित धारणा बनाउँथे । यो विश्वास छ कि मनुस्मृतिको मूल रूप परिवर्तन भयो किनकि पाण्डुलिपिमा लेखिएका धेरै कुराले एक अर्काको विरोधाभास गर्दछ । अग्रेजी भाषामा फिलोलिस्ट सर विलियम जोन्सद्वारा अंग्रेजीमा अनुवाद गरिएको पहिलो संस्कृत पदहरूमध्ये एक हो, ब्रिटिश औपनिवेशिक सरकारको फाइदाको लागि हिन्दु कानुन निर्माण गर्न प्रयोग गरिएको थियो । त्यसमा नै मनुले लेखेका कतिपय कुराहरूलार्ई बङ्ग्याइयो जातभातलाई उछालेर वर्गीय विभेदता कायम गरियो अनि त्यसको प्रभाव नेपालमा पनि प-यो । मनुलाई वर्ण व्यावस्था र जातभातका सूत्रपात गर्ने, मनुष्यलार्ई विभाजन ग-यो भनेर नेपालका जातीय राजनीति गर्ने ठेकेदारले भन्दै आएका छन् तर कुरो त्यसो होइन । मनु बुझ्नेले त्यसो भन्दैनन् ।

अहिले मनुस्मृतिका पचासभन्दा बढी पाण्डुलिपिहरू चिनिन्छन्, तर शताब्दीऔँदेखि नै सबैभन्दा पहिले पत्ता लागेको, सबैभन्दा बढी अनुवाद गरिएको र अनुमानित प्रामाणिक संस्करण कुल्लक भट्ट टिप्पणीको साथ कोलकाता (पहिले कलकत्ता) पाण्डुलिपि हो । आधुनिक छात्रवृत्तिले यो अनुमानित प्रामाणिकता गलत छ भन्छ र भारतमा भेटिएका मनुस्मृतिका विभिन्न पाण्डुलिपिहरू एक अर्कासँग असङ्गत छन् ।

यसको मूल सार संस्कृतमा लेखिएको छ, यो इसापूर्व दोस्रो शताब्दी इसापूर्व तेस्रो शताब्दीको मिति हो र यो आफूलार्ई कर्तव्य, अधिकार, कानुन, आचरण, धर्मजस्ता धर्म विषयहरूमा मनु (स्वायम्भुवा) र भृगुले दिएको प्रवचनको रूपमा प्रस्तुत गर्दछ । सद्गुण र अन्य । औपनिवेशिक युगभन्दा धेरै अगाडि पाठको प्रसिद्धि भारत बाहिर फैलियो । म्यानमार र थाइल्याण्डको मध्ययुगका बौद्ध कानुनहरू पनि मनुमा लेखिएको छ, उक्त पाठले कम्बोडिया र इन्डोनेसियाको विगतका हिन्दु राज्यहरूलार्ई असर ग-यो ।

ब्राह्मणवादको वास्तविकता के हो भनेर जान्नका लागि अध्ययन हुनु जरुरी छ । वास्तवमा ब्राह्मणवाद मनुको उपहार होइन । केही निहित स्वार्थहरू यसका लागि जिम्मेवार छन् । सबै मान्छे कुनै पनि युगमा असल हुन्नन् । खराबहरू तल्लो जातमा खस्दै गए र असलहरू उपल्लो जातमा पदोन्नति हुँदै गए । दोष जातको हुँदै होइन दोष आचारण र चरित्रको हो । दुष्ट व्यक्ति ब्राह्मण कुलमा जन्मिएर म उपल्लो जातको हुँ भनेर हुँदैन । खराबहरूको जात आफैँ च्यूत हुँदै जान्छ । र असल धर्मावलम्बी व्यक्ति सानै जातको भए पनि आफ्नो तप, यश, सेवाभाव, अध्ययन, प्रेम, सद्भावनाका कारण उपल्लो जातमा परिवर्तन हुँदै जान्छ । नेपालका प्रसिद्ध विद्वान काले राई पछि गएर डाक्टर स्वामी प्रपन्नाचार्यमा आलोकित भएको कुरा छर्लंग छ । शंकर वेदान्तजस्तो जटिल विषयमा उहाँले विद्यावारिधि गर्नुभएको थियो । तिनै काले राइको पाउमा नेपालका ब्राह्मणहरू शिर झुकाउँथे । राईको बच्चा ब्राह्मण भएको उदाहरण त हामीसँगै छ । कर्मले, तपले, साधनाले, साथले, सेवाले, सत्कर्मले र शिक्षाले मात्रै मनुष्यको जात निर्धारण गर्छ न कि रगत वीर्य र रजले ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x