Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगप्रदेशगत धान खेती र रोपाइँ

प्रदेशगत धान खेती र रोपाइँ


काठमाडौं । 
विश्वभर चामल उत्पादन चार सय ८८ मिलियन टन भएको विभिन्न माध्यमबाट जानकारी भएको छ । मूलतः धानको ९० प्रतिशतभन्दा बढी उत्पादन र खपत एसियाली देशहरूमा हुने भएकोले धानले एसियालीहरूलाई एक स्थानमा ल्याउन सेतुको काम पनि गर्दछ । विश्वभरको अवस्था हेर्ने हो भने आधाजति जनसंख्या यानी तीन अर्ब ५० करोडजति मानिसको मुख्य खाद्यान्न चामल नै हो ।

विश्वको जनसंख्या सन् २०५० सम्म नौ अर्ब पुग्ने र उनीहरूका लागि हालको भन्दा ७० प्रतिशतले खाद्यान्न उत्पादन वृद्धि गर्नुपर्ने हुन्छ । यसको साथै जलवायु परिवर्तन र विश्वव्यापी कोरोनाको महामारीको कारणहरूले गर्दा अर्को समस्या एवं चुनौती थपिएका छन् । यसरी आर्थिक दृष्टिले भन्ने हो भने नेपालमा धान उत्पादन एक खर्ब रुपैयाँभन्दा बढीको हुने गर्दछ । धान उत्पादन १० प्रतिशतले वृद्धि हुँदा कुल ग्रार्हस्थ्य उत्पादन एक प्रतिशतले बढ्ने देखिन्छ ।

त्यसैगरी चालू आर्थिक वर्षमा करिब ४० लाख मेट्रिक टन चामल आवश्यक पर्नेमा ३४ लाख मेट्रिक टन स्वदेशमै उत्पादिन धानबाट प्राप्त हुने र छ लाख मेट्रिक टन अपुग हुने देखिएको छ । वार्षिक करिब एक खर्ब ५० अर्ब रकमबराबरको धान तथा धानका सहायक उत्पादन हुने गरेको छ भने चामल आयातका लागि ३१ अर्ब रकम बाहिरिने गरेको तथ्यांक छ ।

हाम्रो देशको कुरा गर्ने हो भने कृषि नेपाली अर्थतन्त्रको प्रमुख क्षेत्र हो । यसले कुल जनसंख्या को करिब ६५ प्रतिशत रोजगारीको अवसर प्रदान गर्दछ र जीडीपी करिब २७ प्रतिशत योगदान छ । त्यसैले, कृषि क्षेत्रको विकास र राष्ट्रिय अर्थतन्त्रको विकासका लागि महत्वपूर्ण छ । मूलतः असार महिना मानो रोपेर मुरी फलाउने मौसम पनि हो ।

देशमा प्रायः १३ लाख ७१ हजार सात सय छ हेक्टरमा रोपाइँ हुने अनुमान छ  । तसर्थ नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षको असार १५ सम्म ३५ दशमलव ४८ प्रतिशत रोपाइँ भएको थियो । यसरी गत असारसम्म तीन लाख ७१ हजार नौ सय ५८ हेक्टरमा रोपाइँ सकिएको छ । गत वर्षको असार १५ सम्मको तुलनामा केही यसवर्षको असार १५ सम्मको रोपाइँलाई तुलना गर्ने हो भने ८ दशमलव ३६ प्रतिशतले कमी भएको हो ।

देशको प्रदेशगत रूपमा विश्लेषणात्मक रूपमा अध्ययन गर्ने हो भने प्रदेश १ मा दुई लाख ७५ हजार नौ सय एक हेक्टरमा रोपाइँ हुनेगरेकोमा अहिलेसम्म १७ दशमलव ९९ प्रतिशत अर्थात् ४९ हजार छ सय ३५ हेक्टरमा मात्रै धान रोपिएको छ । जब कि, गत वर्षको यही समयसम्ममा २१ प्रतिशत रोपाइँ भएको थियो । त्यसरी नै प्रदेश २ मा तीन लाख ६५ हजार छ सय १५ हेक्टरमा रोपाइँ हुन्छ । जसमध्ये १० दशमलव ५५ प्रतिशत अर्थात् ३८ हजार पाँच सय ७२ हेक्टरमा मात्रै रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा २९ प्रतिशत रोपाइँ भएको थियो ।

त्यसरी नै वाग्मती प्रदेशमा पनि गतवर्षभन्दा कम रोपाइँ भएको छ  । उक्त प्रदेशमा एक लाख १५ हजार दुई सय ९५ हेक्टर क्षेत्रमध्ये २४ हजार दुई सय ९३ हेक्टर अर्थात् २१ दशमलव ०७ प्रतिशतमा मात्रै धान रोपिएको छ । त्यसरी नै गण्डकी प्रदेशमा पनि एक लाख आठ हजार दुई सय ७८ हेक्टरमध्ये १६ हजार छ सय १० हेक्टर अर्थात् १५ दशमलव ३४ प्रतिशत रोपाइँ भएको छ । त्यसैगरी लुम्बिनी प्रदेशमा भने गत वर्षकै सरह झन्डै ४५ दशमलव ९४ प्रतिशत रोपाइँ भएको छ । यो प्रदेशमा तीन लाख तीन हजार पाँच सय ९३ हेक्टरमध्ये एक लाख ३९ हजार चार सय ७१ हेक्टर क्षेत्रफलमा धानको रोपाइँ भएको अनुमान छ ।

त्यस्तै कर्णालीमा गत वर्षको असार १५ सम्मको तुलनामा १३ प्रतिशत बढी रोपाइँ भएको छ । कर्णालीमा ३८ हजार तीन सय ८५ हेक्टरमा धान रोपाइँ हुन्छ । जसमध्ये २३ हजार आठ सय ५२ हेक्टरमा रोपाइँ सकिएको छ । र यो सुदूरपश्चिम प्रदेशमा एक लाख ६४ हजार छ सय ३९ हेक्टरमध्ये ७९ हजार पाँच सय ३७ हेक्टरमा अर्थात् ४८ दशमलव ३१ प्रतिशत धानको रोपाइँ भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

समग्रमा भन्नुपर्दा मुलुकभर १३ लाख ७१ हजार सात सय छ हेक्टर धान रोपाइँ हुने खेतीयोग्य भूमि रहेको अनुमान छ । त्यसमध्ये हालसम्म तीन लाख ७१ हजार नौ सय ७० हेक्टर अर्थात् ३१ दशमलव ६२ प्रतिशतमा रोपाइँ भइसकेको अवस्था छ । अब धानको रोपाइँ हुन बाँकी नौ लाख ९९ हजार सात सय ३६ हेक्टर अर्थात् ६८ दशमलव ३८ प्रतिशत धानको भूमि रहेको अनुमान छ । यसको साथै समयमा मनसुन सुरु भएको हुँदा गत वर्षको तुलनामा यो वर्ष धान रोपाइँ समयमा नै सुसम्पन्न हुने अनुमान विज्ञहरूको रहेको छ । यसको अलावा मल, बीउको उपलब्धताका कारण देशभर यसवर्ष रोपाइँ उल्लासमय रहेको कृषि विभागको दाबी रहेको छ ।

देशभरका ७७ जिल्लाहरूमध्ये रामेछापमा यस वर्ष कम पानी परेका कारण रोपाइँमा ढिलाइ भएको गुनासो विभागमा आएको छ । अन्य जिल्लाहरूमा भने रोपाइँ नियमित रूपमा चलिरहेको विभागको भनाइ छ । यसको साथसाथै कुल धान उत्पादनको झण्डै ७५ प्रतिशत हिस्सा ओगट्ने प्रदेश २ मा भर्खर रोपाइँ सुरु भएको विभागले जनाएको छ ।

त्यसरी नै अर्कोतिर हेर्ने हो भने कर्णाली प्रदेशमा सबैभन्दा धेरै ६२ प्रतिशतभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ सकिएको छ भने प्रदेश दुईमा सबैभन्दा कम १० दशमलव ५५ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ । फलतः धान देशको प्रमुख खाद्यन्न बाली पनि हो । गत वर्ष ५५ लाख मेट्रिक टनभन्दा बढी धान फलेको थियो । समयमा धान रोपाइँ, अनुकूल मौसम, पर्याप्त सिँचाइ, रासायनिक मलको व्यवस्था हुँदा धान उत्पादन वृद्धि भएको थियो ।

सरकारले चामललगायत खाद्यवस्तु आयात प्रतिस्थापन गरी खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा गरेको छ । अतः सिँचाइ, मल, बीउ वर्षेनी समस्या हो । यसर्थ बजारमा मलको पनि अभाव छ । हाल कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत छ । जसमध्ये धानको मात्रै करिब २० प्रतिशत छ ।

धान उत्पादन वृद्धि गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत विशेष पकेटक्षेत्र बनाइएको छ । मन्त्रालयले धान उत्पादन बढाउन खडेरी र धेरै पानी परेर डुबान हुने नयाँ जातका धान लगाउन प्रोत्साहित गर्दै आएको छ । देशको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान उल्लेखनीय छ । हाम्रो देशमा कृषि परापूर्वकालदेखि नै जीवन निर्वाहका लागि एक आधारभूत पेसाको रूपमा रहिआएको छ । विश्व अर्थतन्त्रमा अरु क्षेत्रको विकास र विस्तारसँगै कृषि क्षेत्रको अंश क्रमशः कम हुँदै गएको भए पनि कृषि क्षेत्रको उत्पादनको आकार भने बढ्दै गएको छ । देशको अर्थतन्त्रमा कृषि क्षेत्रले ओगटेको छ ।

मुलुकमा युवा जनशक्ति विदेशिनु, जमिनमा हुने खण्डीकरण, समयमै कृषकलाई बीउबिजन तथा रासायनिक मलको व्यवस्थापनमा देखिएको समस्या र चुनौतीका कारण उत्पादनमा समेत असर परेको छ । यसरी खाद्य सुरक्षाका लागि धानको उत्पादकत्व वृद्धि गरी मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनुपर्ने, नीति निर्माण तह कृषकमैत्री हुनुपर्ने, वैज्ञानिक भण्डारणको व्यवस्था हुनुपर्ने र उपभोक्ता बजार मूल्य र किसानले पाउने मूल्य न्यायोचित हुनुपर्ने देखिन्छ । प्रत्येक वर्ष किसानले भोग्नुुपरेको बजारभाउ समस्या तथा कृषि क्षेत्रको समग्र विकासमा केन्द्रित रहेर मन्त्रालयले हालै ५८ बुँदे मागर्चित्र अघिसारेको छ । आगामी ५ वर्षभित्र कृषि उत्पादन दोब्बर बनाउने सरकारको लक्ष्यबमोजिम मन्त्रालयले स्पष्ट र प्रभावकारी कार्ययोजना बनाएर अघि बढेको जनाएको छ । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x